text
stringlengths
2
914
अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई दुई प्रतिष्ठित अवार्ड
नारायण खड्का
दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी हिमाल कँडेलले यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ठ अवार्ड पाएका छन् ।
अष्ट्रेलियामा नेपाली बिद्यार्थीलाई दुई प्रतिष्ठित अवार्ड
नारायण खड्का
दक्षिण अष्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीमा अध्ययनरत नेपाली बिद्यार्थी हिमाल कंडेलले यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ठ अवार्ड पाउन सफल भएका छन् ।
बेलायतमा जम्दै नेपाली व्यवसाय
नविन पाेखरेल
अल्डरसट भिक्टोरिया रोडमा सेप्टेम्बर दोश्रो साता नयाँ व्यवसाय ‘टेम्पटेसन ककटेल बार एण्ड क्लब’ सुरु गरेपछि प्रेम गाहामगरलाई अहिले बिजनेस प्रमोसनले भ्याइ नभ्याइ छ । एनआरएनए यूके उपाध्यक्ष समेत रहेका मगरलाई सामाजिक कामसँगै व्यवसायमा संलग्न हुँदा सुरुका दिन चुनौतिपूर्ण महशुस भयो ।
कार्तिक २, २०७५
लन्डन पशुपतिनाथ मन्दिरमा टीका कार्यक्रम
कान्तिपुर संवाददाता
साउथ इष्ट लन्डन, प्लमस्टेडमा अवस्थित युरोपकै पहिलो पशुपतिनाथ मन्दिरमा शुक्रबार दसैं टीका कार्यक्रम भएको छ ।
दशैं सम्झदैं नेपाली डायस्पोरा
दिनेशजंग शाह
बिजया दशमीको रौनक चलिरहेको बेला, सात समुन्द्रपार अमेरिकामा बस्ने नेपालीका लागि भने ‘दशै’ एक सम्झना बन्दै गएको छ । ‘परदेशको तन, नेपाली मन’ भने झैं, दशैं आएको त छ, तर मन उमङ्गित छैन् ।
कार्तिक १, २०७५
युके डान्स अफको उपाधि रजनीलाई
कान्तिपुर संवाददाता
बेलायतमा आयोजित नृत्य प्रतियोगिता ‘युके डान्स अफ २०१८’को उपाधि रजनी गुरुङले जितेकी छिन् । अल्डरसटस्थित प्रिन्सेस हलमा सप्ताहन्त सम्पन्न तेस्रो प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई उछिनेर रजनीले उपाधि जितेकी हुन् । पब्लिक भोट पनि उनका पक्षमा अत्यधिक थियो ।
आश्विन ३१, २०७५
रातभरि जाग्छ सनैया
होम कार्की
पोखराका रेशम बस्नेत दसैंमा घर फर्किन नपाए पनि टीका शुक्रबार परेकोमा दंग छन्  । ‘शुक्रबार हाम्रो बिदा हुन्छ, बिहीबार दिनभरि काम सकेपछि राति खसी ढाल्ने योजना छ,’ २३ वर्षदेखि कतारमा कार्यरत बस्नेतले भने, ‘यसपालि महानवमीको रातभरि सनैया जागिरहनेछ  ।
आश्विन ३०, २०७५
फेरिदै अस्ट्रेलियाको दसैं
नारायण खड्का
अस्ट्रेलियामा दसैं टीका थाप्ने,आशिर्वाद लिने, खाने पिउने मात्र नभएर नेपाली कलासंस्कृति र परम्परालाई जर्गेना गर्ने अवसरका रुपमा मनाउन थालिएको छ ।
आश्विन २८, २०७५
दुप्चेश्वर मेलाको माया भूकम्पले टुटायो !
आश गुरुङ
नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत गाउँदागाउँदै गीतमै युवायुवतीबीच मायाप्रेम बस्छ । मनमायालाई गीतमार्फत मन्त्रमुग्ध बनाएर विहे गरेपनि १५ वर्षसम्म सन्तान हुँदैन ।
मलेसियासँग कार्तिक १२ मा श्रम सम्झौता
होम कार्की
नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्विपक्षीय श्रम समझदारी (एमओआई) को मिति तय भएको छ । दुई देशका श्रममन्त्रीले समझदारीमा कार्तिक १२ गते काठमाडौंमा हस्ताक्षर गर्ने भएका छन् ।
एनआरएनएमा अब ६ उपाध्यक्ष
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेतृत्वको संरचनाहरू हेरफेर गर्दै विधान संशोधन गर्ने भएको छ  । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा अब ६ जना उपाध्यक्ष राख्ने गरी विधान संशोधन हुने भएको हो  ।
आश्विन २६, २०७५
डा. भट्टराईलाई सुझावको चाङ
कान्तिपुर संवाददाता
अमेरिकाको वाशिंगटन डीसी क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपालसंग अन्तर्क्रिया गरेका छन् ।
आश्विन २५, २०७५
बेलायतबाट नेपालको स्वास्थ्य सेवामा सुधारको आशा
नवीन पोखरेल
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालको स्वास्थ्य लगायत पूर्वाधार विकासमा बेलायतले पुर्याएको सहयोगको प्रशंसा गरेका छन् ।
बेल्जियमको स्थानीय चुनावमा एक दर्जन नेपाली मूलका उम्मेदवार
कान्तिपुर संवाददाता
बेल्जियममा अगामी अक्टोबर १४ तारिखमा हुन गइरहेको स्थानीय र प्रादेशिक निर्बाचनमा एक दर्जन नेपाली उम्मेदवारहरुले प्रतिष्पर्धा गर्दैछन् । बेल्जियमका विभिन्न सहरहरूबाट चुनावी मैदानमा उत्रेका नेपालीहरूसंग नेपाल पत्रकार महासंघ युरोप शाखाले मंगलबार अन्तर्क्रिया गर्‍यो ।
आश्विन २४, २०७५
पौडेल पुत्रको युवा जागरण अभियान लन्डनमा
कान्तिपुर संवाददाता
युवा जागरण अभियान नेपालले बेलायतका नेपालीलाई आफ्नो अभियानबारे अवगत गराउन लन्डनमा एक कार्यक्रम गरेको छ । नेपालमा पछिल्लोपटक देशव्यापी अभिमुखीकरण कार्यक्रम गरिरहेको अभियानले गत आइतबार लन्डनमा च्यारिटी कार्यक्रम गरी अभियानबारे जानकारी गराएको हाे ।
आश्विन २३, २०७५
कतारमा कामदारलाई सुनको सिक्का
कान्तिपुर संवाददाता
कतारको नासर अल अली इन्टरप्राइजेज कम्पनीले नेपालीसहित ६० कामदारलाई ५/५ ग्राम सुनको सिक्का दिएको छ ।
पहिलोपटक ‘थिंक ट्याङ्क’ खडा गर्दै एनआरएनए
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघले नेपालको सामाजिक र आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीहरुको भूमीकामा जोड दिंदै विकास–नीति तथा अध्ययन संस्था अर्थात् ‘थिंक ट्याङ्क’ को स्थापना गर्न लागेको छ ।
आश्विन २१, २०७५
प्राध्यापक सुवेदीले सुनाए संघर्ष र सफलताको कथा
नवीन पोखरेल
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी शनिबार कानुनका विद्यार्थीलाई लेक्चर दिदै थिएनन् । बरु, उनी ती विद्यार्थी र अन्य प्रोफेसनलहरुलाई आफ्नो सफलताको कथा सुनाएर अभिप्रेरित गर्न व्यस्त रहे ।
ओमनमा नेपाली दूतावासद्वारा मोवाइल एपबाट सेवा दिन शुरु
कान्तिपुर संवाददाता
ओमनस्थित नेपाली दूतावासले कन्सुलर सम्बन्धी सेवा अनलाइनबाट प्रदान गर्नको लागि ‘नेप्लीज इन ओमन’ नामको मोवाइल एप शुरुवात गरेको छ ।
आश्विन २०, २०७५
मलेसियाको ढोका खुल्दै
होम कार्की
मलेसियामा नेपालले कामदार पठाउन बन्द गरेयता काठमाडौंका झन्डै ८० प्रतिशत म्यानपावर कम्पनीका कार्यालय सुनसान छन् । मलेसियामाथि निर्भर म्यानपावर कम्पनी जेठ लागेदेखि कामविहीन हुन पुगे ।
आश्विन १६, २०७५
भूपू गोर्खाहरूद्वारा पुन: आन्दोलनको चेतावनी
नवीन पोखरेल
भूतपूर्व ब्रिटिस गोर्खाहरूले आफ्ना माग सम्बन्धमा बेलायत र नेपाल सरकारबाट कुनै प्रतिक्रिया नआएको भन्दै पुन: आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आश्विन १५, २०७५
डा. धिताल ‘प्राइड अफ अष्ट्रेलिया मेडल’ मा मनोनित
नारायण खड्का
मृतक घोषणा गरिएको मुटुलाई पुन: जीवित गराएर अर्को शरीरमा सफल प्रत्यारोपण गरेर विश्वब्यापी चर्चा कमाएका नेपाली मुलका डाक्टर कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित ‘प्राइड अफ अष्ट्रेलिया मेडल’ का लागि मनोनित भएका छन् ।
आश्विन १४, २०७५
अस्ट्रेलियामा पनि इन्द्रजात्रा [तस्बिरहरु]
नारायण खड्का
नेवारी समुदायको मुख्य पर्व इन्द्रजात्रा अस्ट्रेलियामा पनि धुमधामसँग मनाइएको छ । जीवितदेवी मानिने कुमारीलाई रथमा राखेर यात्रा गरी मनाइएको पर्वमा नेपालीहरुका साथै अस्ट्रेलियालीसमेत सहभागी थिए ।
आश्विन १२, २०७५
करेन्ट लागेर कुवेतमा हाउसमेडको मृत्यु
कान्तिपुर संवाददाता
वेलवारी–५, मोरङकी ३९ वर्षिय फुलमाया बिकको कुवेतको जिलिवमा करेट लागेर मंगलवार बिहान मृत्यु भएको छ । उनी ७ महिना अघि कुवेत पुगेकी थिइन् ।
घर फर्काउने भन्दै ठगिएकालाई न्याय दिन माग
कान्तिपुर संवाददाता
गैरकानुनी अवस्थामा रहेका २६ जना नेपालीहरुलाई मलेसियाबाट नेपाल पठाईदिने भन्दै रकम लिएर नफर्काईंदिंदा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न र अलपत्र पार्नेलाई कारबाही गर्न मलेसियास्थित नेपाली संघसंस्थाहरुले नेपाली दुतावासलाई आग्रह गरेका छन् ।
आश्विन ९, २०७५
एनआरएनए युकेको सदस्यता वितरण अनलाइनबाटै
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अबदेखि सदस्यता अनलाइनबाटै वितरण गर्ने भएको छ । आइतबार लन्डनमा पत्रकार सम्मेलन गरी अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ गरिएको हो ।
आश्विन ८, २०७५
तोकिएको तलब पाउँदैनन् नेपाली कामदार
होम कार्की
सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने अदक्ष कामदारको न्यूनतम तलब ११ सय दिराम (करिब ३४ हजार रुपैयाँ) तोकेको छ । तर, त्यहाँ पुगेपछि तोकिएअनुसारको रकम पाउने नेपाली विरलै हुन्छन् । नेपाली कामदारलाई ३ सय ४५ दिराम (१० हजार ६ सय रुपैयाँ) मात्रै तलब दिने कम्पनीसमेत रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली महिलामाथिको हिंसा र बलात्कारबिरुद्ध पेरिसमा प्रदर्शन
कान्तिपुर संवाददाता