text
stringlengths
2
914
कोरियामा नेपाल डे मनाइयो
कान्तिपुर संवाददाता
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आइतबार दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया र नेपाली विद्यार्थी समाज (सोनसिक) को संयुक्त आयोजनामा सोलको केन्द्र मानिने ख्वंङहामुनमा दिवस मनाइएको हो ।
जेठ २ गतेसम्म भिसा लागेका नेपालीलाई मलेसिया जान अनुमति
होम कार्की
सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल ‘भिसा स्ट्याम्पीङ’ भइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय आइतबार गरेको छ । यसबाट कम्तीमा चार सय ५३ जना नेपाली कामदार लाभान्वित हुने भएका छन् ।
डा. केसीको पक्षमा पश्चिम अष्ट्रेलियामा प्रदर्शन
कान्तिपुर संवाददाता
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसरनरत प्रा.डा. गोविन्द केसीको मागलाई तत्काल पुरा गर्न तथा सरकारबाट भइरहेको हस्तक्षेप तत्काल बन्द गर्न यहाँका नेपालीले माग गरेका छन् ।
श्रावण २, २०७५
सगुनको लाख डलर बराबरको शेयर नेपाल हाउस प्रोजेक्टलाई
नविन पाेखरेल
सोसियल इकमर्स साइट सगुनले आफ्नो एक लाख डलर मुल्य बराबारको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको छ ।
श्रावण १, २०७५
कोमामा रहेका लुङ्गेलीको रकम अभावले उपचारमा समस्या
कान्तिपुर संवाददाता
हृदयघात भई कोमामा राखिएका इलामका जङ्गबहादुर लुङगेलीको रकम अभावले उपचारमा समस्या उत्पन्न भएको छ । उनको उपचारमा अहिलेसम्म एक लाख ३४ हजार दिर्हाम (झन्डै ३४ लाख रुपैयाँ) खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।
असार ३१, २०७५
बेइजिङमा हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्च
चेतनाथ आचार्य
रनमिन विश्वविद्यालयमा चीन–नेपाल साँस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्यले हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्च कार्यक्रमको आयोजना गरिएको छ ।
अस्ट्रेलियाले घटायो आप्रवासी कोटा
नारायण खड्का
पछिल्लो समय आप्रवासीप्रति कडा नीति लिएको अस्ट्रेलियाले हरेक वर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ । अस्ट्रेलियाले हरेक वर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ ।
असार ३०, २०७५
हङकङमा भानुजयन्ती
किसन राई
यहाँ अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवस एवं आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्म जयन्ती मनाइएको छ । गैरआवासीय नेपाली संघ हङकङले चुम्लुङ हिममा आयोजना गरेको कार्यक्रममा नेपाली भाषा तथा साहित्यप्रेमी र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
पुन: कार्यस्थलमा फर्कन दिनुपर्ने माग
कान्तिपुर संवाददाता
ओमनको पर्यटकीय सहर सललाहमा कार्यरत नेपाली घरेलु कामदार (हाउसमेड) ले कन्सुलर सेवा दिन पुगेकी राजदूत शर्मिला पराजुली ढकालसमक्ष बिदामा गएर पुन: कार्यस्थल फर्कन दिनुपर्ने माग राखेका छन् ।
असार २९, २०७५
अस्ट्रेलियाले घटायो आप्रवासीको संख्या
नारायण खड्का
पछिल्लो समय आप्रवासीहरुप्रति कडा नीति लिएको अस्ट्रेलियाले यसवर्ष स्थायी अनुमतिको संख्या करिब १० प्रतिशतले घटाएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार गत वर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्या करिब २१ हजार कम छ ।
असार २८, २०७५
बलात्कारको आरोपमा अष्ट्रेलियामा एक नेपालीलाई साढे ६ वर्षको जेल सजाय
कान्तिपुर संवाददाता
बलात्कारको आरोप लागेका एक नेपाली युवालाई मेलबर्नस्थित एक अदालतले साढे ६ वर्षको जेल सजाय सुनाएको छ ।
असार २६, २०७५
सललाहका हाउसमेड भन्छन्, ‘बिदामा जान पाएनौं’
कान्तिपुर संवाददाता
ओमनको पर्यटकीय सहर सललाहमा कार्यरत नेपाली घरेलु कामदार (हाउसमेड) ले कन्सुलर सेवा दिन पुगेकी राजदूत शर्मिला पराजुली ढकालसमक्ष बिदामा गएर पुन: कार्यस्थल फर्किन दिनुपर्ने माग राखेका छन् ।
चिनियाँ र नेपाली कलाको समिश्रण
चेतनाथ आचार्य
चीनमा रेशमी कपडाबाट बनाइएका पङ्खामा परम्परागत चित्रहरु पेन्टिङ गरिन्छ । यस्ता रेशमी पङ्खामा ड्रागन तथा चिनियाँ सुन्दर युवतीको चित्र बनाउने प्रचलन निकै पुरानो हो । चीनको राजधानी बेइजिङको केन्द्रमा रहेको प्यालेस म्युजियम अर्थात् फोर्बिडन सिटी दरवारभित्र यस्ता परम्परागत चिनियाँ पङ्खा प्रदर्शनी गरेको देख्न पाइन्छ ।
असार २४, २०७५
अवैधानिक नेपालीलाई फर्काउन शिविर
कान्तिपुर संवाददाता
मलेसियास्थित नेपाली दूतावासले राजधानी क्वालालम्पुरबाहिरका दुई ठूला सहर जोहोरबारु र पेनाङमा कन्सुलर सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।
हङकङमा नेपालीलाई सरकारी सम्मान
किसन राई
हङकङ सरकारबाट सम्मानित हुनेहरुको सूचीमा एक जना नेपाली परेका छन् ।
असार २३, २०७५
नेपाली अभिभावकलाई अष्ट्रेलियाली संसदको भ्रमण
नारायण खड्का
नेपालबाट आएका अभिभावकहरुले दक्षिण अष्ट्रेलियाको संसद भवन भ्रमण गर्ने अवसर पाएका छन् ।
असार २२, २०७५
नेपाल भ्रमणको लोगो जापानी भाषामा
पवन वर्षा शाह
नेपाल सरकारले दुई वर्षमा २० लाख पर्यटक भित्र्याउने योजनासहित नेपाल भ्रमण २०२० मनाउने कार्यक्रम सार्वजनिक गरेसँगै विदेशमा रहेका नेपाली पनि प्रचारमा जुटेका छन् ।
असार २१, २०७५
हङकङमा एनआरएन महिला फोरम गठन
किसन राई
गैर आवासीय नेपाली (एनआरएन) महिला फोरम हङकङ गठन गरिएको छ । महिला संयोजक अनु राईको संयोजकत्वमा गठित फोरम २१ सदस्यीय रहेको छ ।
भर्जिनियामा गोली प्रहार गरी एक नेपालीको हत्या
कान्तिपुर संवाददाता
ग्यास स्टेसन लुट्न आएका लुटेराको आक्रमणमा परी अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा बुधबार बिहान भएको घटनामा ४० वर्षिय रेशम बजगाईंको मृत्यु भएको हो ।
असार १८, २०७५
न्युयोर्कमा चौथों ट्राभलिङ किम्फ
कान्तिपुर संवाददाता
अमेरिकाको न्यूयोर्कबाट प्रकाशित हुने एभरेष्ट टाइम्सको सहआयोजनामा न्युयोर्कमा चौथों (काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल) किम्फ सम्पन्न भएको छ ।
ओमनको कानुनलाई पालन गर्न आग्रह
कान्तिपुर संवाददाता
ओमनस्थित नेपाली दूतावासले ओमनमा कार्यरत नेपाली कामदारलाई स्थानीय कानुनलाई पुर्ण रुपमा पालना गर्दै सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।
मलेसियामा गैरकानुनी आप्रवासीमाथि धरपकड, सयौं पक्राउ
कान्तिपुर संवाददाता
मलेसियाले गैरकानुनी आप्रवासी कामदारमाथि आइतबारदेखि थालेको धरपकड अभियानको पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् ।
पोर्चुगलमा कांग्रेसको यूरोपस्तरीय भेला हुने
कान्तिपुर संवाददाता
यूरोपमा कांग्रेसका भातृसंगठनकारुपमा क्रियाशील जनसम्पर्क समितिको यूरोपस्तरीय भेला हुने भएको छ ।
असार १७, २०७५
हायलमा श्रमिक सचेतना
कान्तिपुर संवाददाता
साउदी अरवस्थित नेपाली दूतावासले हायलमा नेपाली कामदारको स्वास्थ्य परिक्षण गर्नुको साथै सचेतना कार्यक्रम गरेको छ ।
असार १६, २०७५
‘नेपालमा लगानी गर्ने वातावरण छ’
नारायण खड्का
नेपालको पछिल्लो अवस्थाबारे जानकारी दिने कार्यक्रम तय गरेर लगानी बोर्डका प्रमुख महाप्रसाद अधिकारी मेलवर्न आइपुगेका छन् । अस्ट्रेलियाका व्यवसायीहरुको लगानी नेपाल भित्र्याउने भन्दै उनी यहाँ आएका हुन् ।
असार १३, २०७५
मेरिल्याण्ड स्टेट हाउस चुनावमा नेपाली मुलका ह्यारीको प्रारम्भिक जित
दिनेशजंग शाह
नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिष्ट्रिक ८ को प्रारम्भिक चुनावमा जित हासिल गरेका छन् । मंगलबार सम्पन्न डेमोक्रयाटिक् पार्टी प्रतिस्पर्धामा भण्डारी आगामी नोभेम्बरको अन्तिम प्रतिस्पर्धाका लागि पार्टी मनोनयन जित्न सफल भएका हुन् ।
अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी नेतृत्वमा नेपाली
नारायण खड्का
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्स अस्ट्रेलिया (सिसा) को अध्यक्षमा पुन: नेपाली युवा चयन भएका छन् । क्युन्सल्यान्डको केन्समा सम्पन्न राष्ट्रिय अधिवेशनले विजय सापकोटालाई सर्वसम्मत अध्यक्षमा चुनेको हो ।
कोरियामा आकाशे पुलबाट हाम फालेर नेपाली युवाद्वारा आत्महत्या
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएका एक युवाले आफु गैरकानुनी भएपछि तनावमा आएर आत्महत्या गरेका छन् । कास्की जिल्ला पोखरा बाझपाटन निवासी ३२ वर्षीय बलबहादुर गुरुङले बुधबार रातको १ बजे सउलको आकाशे पुलबाट हाम फालेर आत्महत्या गरेका थिए ।
असार ११, २०७५