text
stringlengths
2
914
पश्चिमी वायुको प्रभावले उपत्यकामा बढ्यो चिसो
कान्तिपुर संवाददाता
पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकालगायत मुलुकका अधिकांश भागमा मौसम बदली भई चिसो बढेको छ । पश्चिमी न्यून चापीय वायुको कारण काठमाडौं उपत्यकालगायत देशभर सोमबारदेखि चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
प्रधानमन्त्रीको प्रतिबद्धताबमोजिम सरकारले जनतामा आशा जगाउन सकेको छैन : महर
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस र एमालेबीचको शक्ति सन्तुलन हुनु आवश्यक देखिएको बताएका छन् । उनले संयुक्त सरकारमा शक्ति सन्तुलन मिलाउने जिम्मेवारी प्रधानमन्त्रीको हुने बताए ।
आज ‘क्रिसमस डे’ मनाइँदै
रासस
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।
मौसम पूर्वानुमान : काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने
कान्तिपुर संवाददाता
हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सहकारीपीडितको बचत फिर्ताबारे सर्वोच्चको प्रश्न
घनश्याम खड्का
सरकारले घोषणा गरेको समस्याउन्मुख सहकारीका ५ लाख रुपैयाँसम्म बचत गर्ने पीडितको रकम फिर्ता गर्ने योजनामा काम भए/नभएको जानकारी गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
फरार श्रीमतीको बिदा थप्न लेखा समिति सभापतिद्वारा विद्यालयलाई दबाब
पर्वत पोर्तेल , जयसिंह महरा
उमा–गौरी कृषि सहकारीको बचत ठगी मुद्दाकी फरार अभियुक्त अञ्जला कोइरालाको उनले पढाउँदै आएको विद्यालयमा बिदा थप्न संसद्को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका श्रीमान् ऋषिकेश पोखरेलले दबाब दिएका छन् ।
कांग्रेस–एमालेद्वारा संविधान संशोधनको गृहकार्यका लागि संयन्त्र बनाउने निर्णय
कुलचन्द्र न्यौपाने
सत्तारूढ कांग्रेस र एमाले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउने निर्णयमा पुगेका छन् । दुई दलका शीर्ष नेतासहित बालुवाटारमा केही दिनदेखि भएको शृंखलाबद्ध बैठकले संविधान संशोधनको गृहकार्य गर्न संयन्त्र गठन गर्ने र असार १७ मा दुई दलबीच भएको सातबुँदे सहमति कार्यान्वयनका लागि ठोस योजना अघि सार्ने तयारी थालेका हुन् ।
सहकारी प्राधिकरण गठन गर्न अध्यादेश, ५ लाखसम्मको बचत फिर्तालाई प्राथमिकता
कृष्ण आचार्य , यज्ञ बञ्जाडे
सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ ।
बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट
अर्जुन शाह
कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
वाइडबडीमा घूस खुवाउने कम्पनीलाई अमेरिकामा ५५ मिलियन डलर जरिवाना
मातृका दाहाल
नेपाल वायु सेवा निगमलाई दुई वटा वाइडबडी जहाज बिक्री गर्ने क्रममा घूस दिएको अभियोगमा अमेरिकी सरकारले जहाज आपूर्तिकर्ता कम्पनी एएआर कर्पोरेसनलाई ५५ मिलियन डलर जरिवाना गरेको छ ।
पुस ९, २०८१
प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने पत्रकार महासंघको निर्णय
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी गर्ने निर्णय गरेको छ ।
आज दिनभर देशमा के–के भयो ?
कान्तिपुर संवाददाता
जाजरकोटका भूकम्प पीडितहरुले दोस्रो हिउँद पनि कष्टपूर्ण तरिकाले टहरामै बिताएको खबरदेखि पाँच महिनामा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको गलैँचा निर्यात भएको खबरसम्म आज चर्चामा रहे ।
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदबारे प्रत्यक्ष निर्वाचन हुने
कान्तिपुर संवाददाता
माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि ३२ वर्षे उमेर हदको विवाद प्रत्यक्ष निर्वाचनबाट टुंगो लगाइने भएको छ ।
निजामती विधेयक संघीयताको खिलाफमा र कर्मचारीको सुविधामा मात्रै केन्द्रित छ : मैनाली
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय व्यवस्थाको खिलामा र कर्मचारीको सुविधामा मात्रै केन्द्रित रहेको लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले बताएका छन् ।
संघीयता कार्यान्वयन गर्न तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
रासस
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको मर्मअनुसार संघीयता कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
मन्त्रीलाई ४ र सचिवलाई ५ दिन हेटौंडामै बस्न मुख्यमन्त्रीको निर्देशन
सुवास विडारी
वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई चार दिन हेटौंडामै बस्न निर्देशन दिएका छन् ।
नेता-कार्यकर्ताका मुद्दा फिर्ता लिने विधेयकको दफा फिर्ता लिएकामा नेकपाको आपत्ति
कान्तिपुर संवाददाता
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ फिर्ता लिने सरकारकाे निर्णयप्रति आपत्ति जनाएको छ ।
किन निष्क्रिय छ समाजवादी मोर्चा ?
गंगा बीसी
माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउने हतियारका रूपमा प्रयोग गरेको समाजवादी मोर्चा निष्क्रियजस्तै भएको छ । माओवादी, एकीकृत समाजवादी प्रतिपक्षमा पुगेपछि यसका गतिविधि ठप्पप्राय: छन् ।
राप्रपाले ल्यायो सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले आफ्ना नेता तथा कार्यकर्ताहरूका लागि सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी गरेको छ ।
तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आएकी राजकुमारी
मधु शाही/रासस
मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वार्म’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी देखिन्छिन् । मालिङ प्राथमिक स्वास्थ्य चौकीमा ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दै आएकी उनले यसअघि नवजात शिशुलाई चिसोदेखि जोगाउन विगतमा निकै समस्या हुने गरेको सुनाउँदै ‘बेबी वार्म’ (शिशुलाई न्यानो बनाउने उपकरण) जडान भएपछि खुसी लागेको बताइन् ।
भूकम्पपीडितको दोस्रो हिउँद पनि टहरामै
कृष्णप्रसाद गौतम
गत वर्ष कात्तिक दोस्रो साता गएको भूकम्पमा परी घर गुमाएका कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरीले गत वर्ष अस्थायी टहरामा चिसोले ज्यान गुमाए । दमका रोगी उनले ज्यान गुमाएदेखि नै उनको ६ जनाको परिवारको बिचल्ली छ भने ५१ वर्षीया पत्नी चित्रलेखा पनि ज्वरोले एक सातायता बिरामी छिन् ।
सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो
कान्तिपुर संवाददाता
पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
कान्तिपुर संवाददाता
सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
अनुत्तीर्ण विद्यार्थी दीक्षित भएकोमा केयूको छानबिन
सुदीप कैनी
अनुत्तीर्ण विद्यार्थीलाई ग्रेसलिस्टमा समावेश गरी दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्रदान गरेको विषयमा काठमाडौं विश्वविद्यालय (केयू) को सर्वोच्च निकाय सिनेटमा सोमबार छलफल भएको छ ।
पीडित महिलाका पक्षमा लड्दालड्दै अस्ताइन् सुनिता
नुमा थाम्सुहाङ
हालै थाइल्यान्डमा मानव बेचबिखनसम्बन्धी एसियाली देशहरूको सम्मेलन भएको थियो । जसमा नेपालको प्रतिनिधि टोलीमा सुनिता दनुवार पनि थिइन् ।
लामिछानेको सांसद पद निलम्बन, पार्टी नेतृत्व पनि कार्यवाहकलाई
जयसिंह महरा , दीपक परियार
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर भएसँगै रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेको सांसद पद निलम्बित भएको छ । लामिछाने निलम्बन भएसँगै पार्टीको नेतृत्व पनि कार्यवाहक सभापतिका रूपमा डीपी अर्यालले लिएका छन् ।
अन्ततः आमालाई रुसबाट खबर आयो– उनका छोरासहित १० नेपाली मारिए
होम कार्की
कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरकी कमलादेवी विष्टलाई रुसी सेनामा भर्ती भएका छोरा लोकेन्द्रबहादुरले गत असारमा मेसेन्जरमा भनेका थिए, ‘चिन्ता नलिनु आमा, ऋण तिरिसकेको छु, अब फर्किएर घर बनाउने हो ।’ छोराको त्यो वचनयता कमलादेवीको फोन सुनसान थियो, आँखाबाट दशधारा रोकिएका थिएनन् । अन्ततः रुसबाट त्यो खबर आयो, जुन खबरले उनी स्तब्ध भएकी छन् ।
पुस ८, २०८१
सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की अवार्ड’
कान्तिपुर संवाददाता
बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की अवार्ड-२०२४’ प्रदान गरेको छ ।
अदालतमा छविको बयान : ‘गोर्खा मिडियामा मभन्दा अघि रवि’
दीपक परियार
पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीले ग्यालेक्सी टीभी सञ्चालन गर्ने सन्दर्भमा गोर्खा मिडियामा आफूभन्दा अघि रवि लामिछाने जोडिएको बयान दिएका छन् ।
दुई साता लामो विदेश भ्रमण सकेर स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा
कान्तिपुर संवाददाता
करिब २ साता लामो विदेश भ्रमणपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । युरोपका केही देश र भारतको भ्रमणपछि उनी सोमबार स्वदेश फर्किइएकी हुन् ।
हनी ट्रयापमा मुछिएकी प्रहरी निरीक्षक शाही ५ लाख धरौटीमा रिहा
कान्तिपुर संवाददाता
ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको ललितपुर जिल्ला अदालतका प्रवक्ता रामसजीवन महतोले जानकारी दिए ।
फुल्चोकी जंगलमा बाटो बिराएका १३ जना प्रहरी सम्पर्कमा
कान्तिपुर संवाददाता
ललितपुरको फुल्चोकी जंगलमा बाटो बिराएका १३ जना प्रहरीको सम्पर्कमा आएका छन् ।
आज दिनभर देशमा के–के भयो ?
कान्तिपुर संवाददाता