text stringlengths 2 914 |
|---|
मेलबर्नमा नेपालीको ‘वाक फर वेलफेयर’ |
नारायण खड्का |
घरेलु हिंसा तथा मानसिक रोग विरुद्ध जनचेतना जगाउन र सहयोग पुरयाउने उद्देश्यका साथ अष्ट्रेलियाको मेलबर्नमा ‘वाक फर वेलफेयर’ सम्पन्न भएको छ । |
मलेसियामा कामदार चढेकाे बस दुर्घटना, कम्तीमा ३६ नेपाली घाइते |
होम कार्की |
मलेसियाको पेनाङस्थित पया टेर्वोङमा कामदार बाेकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए । |
असार १०, २०७५ |
धर्मनाथ परिवारलाई ७२ हजार सहयोग |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ, साउदी अरबले उपचार खर्च भुक्तान गर्न नसकेर स्वदेश फर्कन नसकेका धनुषाका धर्मनाथ पासवानको परिवारलाई ७२ हजार सहयोग गरेको छ । |
दुवईमा हेटौंडा अवार्ड वितरण |
कान्तिपुर संवाददाता |
प्रथम हेटौंडा पत्रकारिता अवार्ड ८ जनालाई दिइएको छ । न्यु मिडिया एकेडेमीद्वारा दुबईमा आयोजित कार्यक्रममा ८ विधामा अवार्ड वितरण गरिएको हो । अवार्ड मकवानपुरलाई कर्मथलो बनाउने पत्रकार र मिडिया हाउसमा काम गर्नेले पाएका छन् । |
जापानमा नेपालीको मृत्यु |
कान्तिपुर संवाददाता |
पाँच वर्षअघि अध्ययनका लागि जापान आएका एक नेपालीको सुतेकै अवस्था मृत्यु भएको छ । गुम्बाकेनमा बस्दै आएका सिन्धुपाल्चोकका २७ वर्षीय सुरज थापाको मृत्यु भएको नेपाली साझा समाज जापानका अध्यक्ष बुद्वि शेरचनले जानकारी दिए । |
के होला जनसम्पर्क समिति अमेरिकाको भविष्य ? |
पीताम्बर भूषाल |
तीन वर्षमा गरिनुपर्ने जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन समयमै नहँदा हामी सबैलाई चिन्तित तुल्याएको छ । |
असार ८, २०७५ |
कतारमा इद मिलन कार्यक्रम |
कान्तिपुर संवाददाता |
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको आयोजनामा दोहामा इद मिलन कार्यक्रम भएको छ । |
नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया |
किसन राई |
नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया गरेको छ । नेपालीद्वारा सञ्चालित पाम्पास स्टेक हाउसमा सम्पन्न अन्तरक्रियामा कार्यसमिति, सल्लाहकार र संरक्षक समितिको सहभागिता थियाे । |
मलेसियामा विदेशी कामदारसंग रकम असुल्ने कम्पनीमाथि अनुसन्धान सुरु |
कान्तिपुर संवाददाता |
मलेसियाली सरकारले विदेशी कामदारसंग मोटो रकम असुली गरेको र मानव तस्करी गरेको हुनसक्ने आशंकामा विभिन्न कम्पनी र त्यससँग सम्बद्ध अनलाइन प्रणालीमाथि रोक लगाएको छ । |
असार ७, २०७५ |
बहराइनमा तेरिया र सुरजको प्रस्तुती |
कान्तिपुर संवाददाता |
बहराइनको सरकारी निकायमा दर्ता भई सामाजीक कार्य गर्दै आइरहेको नेपाली क्लव बहराइनले इदको अवसरमा साँस्कृतिक कार्यक्रम गरेको छ । |
सिंगापुरकाे विकास नीति अवलम्बन गर्न दाहाललाई सुझाव |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंगापुरमा रहेका नेपालीले मुलुकको विकासका लागि सिंगापुरको जस्तै विकास–नीति अवलम्बन गर्न सुझाव दिएका छन् । उनीहरुले नेपालको दीगो विकासका लागि सिंगापुरबाट सिक्नुपर्ने सुझावहरु दाहाललाई पेश गरेका हुन् । |
असार ५, २०७५ |
ग्यास सिलिन्डर पड्किँदा कोरियामा एक नेपालीको मृत्यु |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मंगलबार भएको औद्योगिक दुर्घटनामा मोरङ बेलबारीका बलकुमार राईको मृत्यु भएको हो । |
अस्ट्रेलियामा नेपाली विद्यार्थीमा मानसिक रोग बढ्दो |
नारायण खड्का |
उच्च शिक्षाका लागि यहाँ आएका नेपाली विद्यार्थीमा देखिएको मानसिक र आर्थिक समस्या जटिल बन्दै गएको छ । सिड्नी र मेलबर्नमा उच्च शिक्षाका लागि आएका ५ विद्यार्थी मानसिक रोगकै कारण पछिल्लो समय नेपाल फर्किएका छन् । |
सिंगापुरे शैलीमा विदेशी कामदारको व्यवस्थापन गर्दै मलेसिया |
कान्तिपुर संवाददाता |
मलेसियाले वर्षौंदेखि चुनौती बन्दै आएको विदेशी कामदारको व्यवस्थापन गर्न ‘सिंगापुरे मोडेल’ अपनाउने भएको छ । |
अनेसास नवोदितको ८२ औ डबली |
कान्तिपुर संवाददाता |
अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज र नबोदित साहित्यिक वाचनालय कतारको ८२ औं डबली सम्पन्न भयो । प्रवासमा नेपाली साहित्यको विकासको लागि यो डबली हरेक महिना हुँदै आएको छ । |
हङकङ सरकारको ‘र्यासियल हार्मोनी कमिटि’ सदस्यमा गुरुङ मनोनित |
प्रदीप मेन्याङबो |
हङकङ सरकारले नेपालीहरुको छाता संगठन हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङलाई आइतबार ‘कमिटि अन द प्रोमोसन अफ र्यासियल हार्मोनी’ को सदस्यमा मनोनित गरेको छ । हङकङ सरकारको गृह मन्त्रालयले गुरुङलाई ३१ मे २०२० सम्मकालागि सदस्यमा मनोनित गरेको हो । |
असार ४, २०७५ |
एनआरएनको उपाधि रासअल खेमालाई |
कान्तिपुर संवाददाता |
पहिलो एनआरएन यूएई कपको उपाधि रासअल खेमाको नेपाली स्पोर्ट्स् क्लबले हात पारेको छ । |
युएईमा नेपाली महिलाद्वारा आत्महत्या |
कान्तिपुर संवाददाता |
संयुक्त अरव ईमिरेट्स (युएई)को रसअल खैमाह स्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा–काभ्रेकी कृष्णा परियारले आइतवार आत्महत्या गरेकी छिन् । |
‘नेपालको समृद्धिमा साथ दिनुहोस्’ |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समीम अन्सारीले मुलुकको विकास र समृद्धिमा साथ दिन अपिल गरेका छन् । |
भिजिट नेपाल २०२० : हङकङमा वार्मअप |
किसन राई |
नेपाल पर्यटन वर्ष २०२० ‘भिजिट नेपाल २०२०’ सफल बनाउन वार्मअपको रुपमा नेपाल पर्यटन बोर्डले ३२औँ हङकङ अन्तर्राष्ट्रिय ट्राभल एक्सपोमा सहभागिता जनाएको छ । |
असार ३, २०७५ |
नेपाली दूतावास अस्ट्रेलियाको वार्षिक प्रगति विवरण सार्वजनिक |
नारायण खड्का |
नेपाली दूतावास अस्ट्रेलियाले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । क्यानबेरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजदूत लक्की शेर्पाले एक वर्षको कार्यकालमा दूतावासले नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध थप उचाइमा पुर्याउने लगायत महत्वपूर्ण काम गरेको बताइन् । |
मकाओमा आत्महत्या प्रयास गर्नेलाई कन्सुल जनरलले भेटे |
किसन राई |
मकाउमा आत्महत्याको प्रयास गर्ने ईश्वर थिङलाई नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईले भेटेका छन् । प्रहरीको कडा निगरानीमा स्थानीय सान्तोङ अस्पतालमा उपचाररत उनीसंग कसैलाई भेट्न दिइएको थिएन । |
असार १, २०७५ |
माल्टामा नेपाली कामदारको माग बढ्यो, श्रम सम्झौताको तयारी |
कान्तिपुर संवाददाता |
ब्रिटेनको पूर्व उपनिवेशरहेको युरोपेली मुलुक माल्टामा नेपाली कामदारको माग बढ्दै गएको छ । वर्क परमिट लिएर काम गर्न यो वर्षमात्र झण्डै ६ सय नेपाली त्यहाँ पुगेका छन् । विशेषगरि हस्पिटालिटी क्षेत्रमा नेपालीको माग बढि छ । क्लिनर, वेटर, अकाउन्टेन्ट क्लर्क र हाउस किपिङ काममा नेपाली संलग्न छन् र मासिक न्यूनतम कमाइ करिब ७ सय ३५ युरो छ । |
बेलायत आउन डाक्टर-नर्सलाई खुकुलो नियम |
कान्तिपुर संवाददाता |
बेलायत सरकारले युरोपेली युनियन (ईयू) बाहेकका मुलुकबाट आउने चिकित्सक तथा नर्सहरुका लागि अध्यागमन नीति खुकुलो बनाउने भएको छ । ब्रिटेनको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले चिकित्सक तथा नर्सहरुको बढ्दो अभाव झेलिरहेका बेला सरकारले दक्ष कामदारको भिजा रुट सहज बनाउन लागेको हो । |
जेष्ठ २९, २०७५ |
७४ हजारभन्दा बढीले दिए ईपीएस परीक्षा |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियामा काम गर्न प्रवेश पाउने रोजगार अनुमति प्रणाली (ईपीएस) को नवौँ कोरियन भाषाको परीक्षामा आवेदन दिएका मध्ये ९० प्रतिशतले परीक्षा दिएका छन् । |
कतारमा मुस्लिम समुदायद्वारा इफ्तार |
कान्तिपुर संवाददाता |
मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपाली मुस्लिम समाजले कतारमा वृहत इफ्तार आयोजना गरेको छ । इफ्तारमा झन्डै ५ सय नेपाली कामदारको सहभागी थियो । |
जेष्ठ २८, २०७५ |
कुवेतमा अवैध मदिरा उत्पादनमा नेपालीको संलग्नता बढ्दो |
होम कार्की |
कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’ मा पर्छ । कुवेतको आन्तरीक मन्त्रालयको प्रतिवेदन अनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराध जन्य घटना घटेको थियो । |
कुवेतमा ६ नेपाली पक्राउ |
कान्तिपुर संवाददाता |
कुवेत प्रहरीले गैरकानुनी रूपमा मदिरा उत्पादन गरेको आरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ । साद अल–अब्दुल्लाहा क्षेत्रमा बिक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल मदिरासहित उनीहरूलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको छ । |
जेष्ठ २६, २०७५ |
युएईमा एनआरएनको क्षेत्रीय भेला |
कान्तिपुर संवाददाता |
खाडी क्षेत्रमा कार्यरत नेपालीको बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघको मध्यपुर्वको छैठौं क्षेत्रीय भेला युएईमा भदौ ८ र ९ गते युएईमा हुने भएको छ । |
जेष्ठ २३, २०७५ |
चीनमा नेपालीको मृत्यु |
चेतनाथ आचार्य |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.