text
stringlengths
2
914
कामदारलाई आर्थिक भार पार्ने मलेसियाको एकतर्फी नीति सरकारद्वारा खारेज (भिडियोसहित)
होम कार्की
सरकारले मलेसिया सरकारद्वारा एकतर्फी रुपमा कामदारमाथि भार पर्ने गरी लगाएको नीतिलाई खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले माइग्राम्स, स्वास्थ्य परीक्षणमा भएको सेन्डिकेट, ओएससी, भीएलएन, जीएसजीलाई खारेज गरेको हो ।
८२७ कामदारका समस्या समाधान गर्न सिफारिस
कान्तिपुर संवाददाता
कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ ।
वैशाख ३१, २०७५
नेपाल फाइनान्स हङकङको १८ प्रतिशत लाभांश
किसन राई
हङकङका नेपालीहरुद्वारा प्रवद्र्धित नेपाल फाइनान्स लिमिटेडले १८ प्रतिशत लाभांश वितरण गरेको छ । यो प्रतिशत स्थापनाको सातौँ वर्षमा अहिलेसम्मकै उच्च रहेको छ ।
वैशाख २९, २०७५
मलेसियामा एक नेपाली युवाको मृत्यु
कान्तिपुर संवाददाता
मलेसियामा सवारी दुर्घटनामा एक नेपाली युवाको मृत्यु भएको छ । जोहोरबारुस्थित एक सुपरमार्केटमा कार्यरत सन्धिखर्क संखुवासभाका दावा छिरी शेर्पाको शुक्रबार बिहान करिब ३.१० बजेतिर गाडीले ठक्कर दिँदा मृत्यु भएको हो ।
मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छाड्न प्रतिबन्ध
रासस, सिन्ह्वा
मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । मलेसियाको आप्रवासन विभागले भर्खरै सत्ताबाट बाहिरिका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो ।
वैशाख २८, २०७५
कांग्रेसका १४ जनसम्पर्क समिति अध्यक्षले भने- 'पार्टीभित्रको गुट-उपगुट र भागबण्डा अन्त्य होस्'
कान्तिपुर संवाददाता
कांग्रेसका विदेशस्थित जनसम्पर्क समितिका अध्यक्षहरुले पार्टीभित्रको गुट, उपगुट र भागबण्डा अन्त्य गर्न अपील गरेका छन् ।
वैशाख २७, २०७५
बनारसका नेपाली सम्पदा अतिक्रमणमा
सुरेशराज न्यौपाने
बनारसमा रहेका ऐतिहासिक नेपाली घाट, मठ तथा मन्दिर वर्षौंदेखि अतिक्रमणमा पर्दै आएका छन् । गंगा नदी किनारमा रहेको ललिताघाट र त्यसको परिसरका साम्राज्येश्वर पशुपतिनाथ मन्दिर, धर्मशालालगायत सम्पदा संकटमा परेका हुन् ।
दोहोरो नागरिकता प्रकरण : अस्ट्रेलियाका १५ सांसदको पद गुम्यो
नारायण खड्का
दोहोरो नागरिकता विषयमा अहिलेसम्म अस्ट्रेलियाका १५ सांसदले पद गुमाएका छन् । बुधबार यहाँको सर्वोच्च अदालतले सिनेटर केटी गालाघरलाई पदमा बस्न अयोग्य बताएसँगै थप चार सांसदले समेत पदबाट राजीनामा दिएका छन् ।
वैशाख २३, २०७५
लन्डनमा बुद्धम् शरणम् गच्छामी...
नवीन पोखरेल
वर्षेनी करिब ५० लाख पर्यटक पुग्ने लन्डनको ट्राफलगर स्क्वायर यहाँको प्रमुख दश आकर्षणभित्र छ । घुमफिर बाहेक अरु बेला हत्तपत्त नेपालीको पहुँच नरहने उक्त पर्यटकीयस्थल शनिबार साँझ नेपालमय बन्यो ।
वैशाख २२, २०७५
बेलायतमा तीन भूतपूर्व गोर्खा बने काउन्सिलर
कान्तिपुर संवाददाता
बेलायतमा बिहीबार भएको स्थानीय निर्वाचनमा तीन जना भूतपूर्व गोर्खालाई सफलता मिलेको छ । भूतपूर्व गोर्खा सैनिकहरु विष्णु गुरुङ, लक्ष्य गुरुङ र मेजर चित्र राना काउन्सिलर पदमा विजयी भएका हुन् ।
लन्डनमा ‘भिमसेन थापा’ प्रदर्शनको तयारी
कान्तिपुर संवाददाता
‘हाइटेक सिनेमा हेर्न त फूर्सद ननिकाल्ने जमातलाई नाटकतिर आकर्षित गर्न कम चुनौति छैन्’, लन्डनवासी रंगकर्मी सनमकुमार बैराग बेला बेला नाट्यकर्मबाट विचलित नहुने होइनन् । तर, फेरि घोत्लिन्छन्, ‘सबैले वेवास्ता गर्ने हो भने विदेशमा नेपाली नाटकको हालत झन् के होला ? त्यसकारण यसलाई त बचाउनु पर्छ ।’
किर्तिमानी धावक मानन्धर सिड्नीमा सम्मानित
नारायण खड्का
नेपालका किर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई सिड्नीमा सम्मान गरिएको छ । अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको पदयात्रा कार्यक्रममा सहभागी हुन आएका उनलाई ओलम्पिक पार्कमा शनिबार नगदसहित सम्मान गरिएको हो ।
वैशाख २१, २०७५
अस्ट्रेलिया आउन नक्कली विवाह
नारायण खडका
झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद (डिभोर्स) का लागि आवेदन दिइन् ।
बेलायतको स्थानीय निर्वाचनमा अप्रत्यासित नतिजा, एक नेपाली बने काउन्सिलर
नवीन पोखरेल
बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनको नतिजा आउने क्रम जारी छ । इंग्ल्यान्डको १५० काउन्सिलमा ४ हजार ३७१ सिटका लागि भएको निर्वाचन परिणाम अनुसार सत्तारुढ कन्जरभेटिभ र प्रतिपक्षी लेबरले मुख्य काउन्सिलहरुमा आफ्नो पकड गुमाएका छन् ।
वैशाख २०, २०७५
बेलायती सांसदहरुले नेपाल भ्रमण गर्दै
कान्तिपुर संवाददाता
लन्डन। बेलायती सांसदहरुले आगामी साता नेपाल भ्रमण गर्ने भएका छन् ।
वैशाख १९, २०७५
बेलायती नागरिकता माग्दै हङकङका नेपाली
किसन राई
हङकङमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरुले बेलायती नागरिकता र पासपोर्टको माग गर्दै स्थानीय बेलायती कन्सुलेट जनरलमा धर्ना दिएका छन् ।
वैशाख १८, २०७५
लन्डनमा नेपालको सौन्दर्य चर्चा
कान्तिपुर संवाददाता
ब्रिटिस ट्राभल एण्ड हस्पिटालिटी अवार्डस्‌मा नेपालको प्राकृतिक सौन्दर्य चर्चाले महत्व पाएको छ ।
नेपाली व्यवसायी संघ नेदरल्याण्डमा श्रीराम कंडेल
कान्तिपुर संवाददाता
नेदरल्याण्डसमा नेपाली भाषी व्यवसायीहरुको एक भेलाले नेपाली व्यवसायी संघ नेदरल्याण्ड गठन गरेको छ । भेलाबाट व्यवसायी श्रीराम कंडेल अध्यक्ष र निशान सापकोटा महासचिव सहित १७ सदस्सीय कार्य समिति चयन भएको छ ।
वैशाख १६, २०७५
एनआरएनएद्वारा टोपबहादुर बिकका लागि संकलन गरेको एक लाख दिराम दूतावासलाई हस्तान्तरण
होम कार्की
गैरआवासीय नेपाली संघ, यूएईले टोपबहादुर बिकका लागि संकलित एक लाख दिराम (करिब २९ लाख रुपैयाँ) नेपाली दूतावासलाई शनिबार हस्तान्तरण गरेको छ ।
वैशाख १३, २०७५
बसाइँ सर्ने चरा संकटमा
अब्दुल्लाह मियाँ
विश्वमा बसाइँसराई गर्ने करिब २८ सय चराका प्रजातिमध्ये ४० प्रतिशत विश्वमै दुर्लभ अवस्थामा पुगेको तथ्यांक सार्वजनिक भएको छ ।
वैशाख १२, २०७५
‘ब्लेण्डेड फाइनान्स’ सम्मलेनमा नेपाल
कान्तिपुर संवाददाता
अल्पविकसित राष्ट्रहरुमा ‘ब्लेण्डेड फाइनान्सको सम्भाव्यता सम्मलेन’ यहाँ बुधबार सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघ फाउण्डेशन र संयुक्त राष्ट्रसंघ पुँजी विकास कोषले आयोजना गरेको तीनदिने सम्मेलनमा बहुपक्षीय र द्विपक्षीय दाताहरु, अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्कका प्रतिनिधिहरु एवम् विकासविद्हरुको सहभागिता थियो ।
महाभूकम्पपछि नेपालीलाई दिइएको ‘टीपीएस’ खारेज गर्ने तयारीमा ट्रम्प प्रशासन, ९००० नेपालीले अमेरिका छोड्नुपर्ने !
वासिङ्टन पोस्ट
महाभूकम्प गएको तेस्रो वर्ष पुगेको दिन अमेरिकामा टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा लिएर बसोबास गरिरहेका नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलै झट्का दिने तयारी गरेका छन् ।
वैशाख ११, २०७५
अमेरिकामा नेपाल दिवस
कान्तिपुर संवाददाता
अमेरिकामा दोस्रो नेपाल दिवस मनाइएको छ । अमेरिकाको नर्थ क्यरोलाइना राज्यको मेरिसभिल सहरमा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को आयोजनामा नेपाली दिवस मनाइएको हो ।
बेलायतमा तीन कलाकारले देखाए नारी शक्ति
कान्तिपुर संवाददाता
गायिका प्रिती आले, मोडल तथा डान्सर रश्मी तामाङ र नायिका छुल्ठिम गुरुङ बेलायतको डायस्पोरामा सु:खद सम्झना छाडेर नेपाल फर्किए ।
वैशाख १०, २०७५
सगरमाथा समूह ओमानको अधिवेशन
कान्तिपुर संवाददाता
सगरमाथा समूह ओमानको अध्यक्षमा नगेन्द्र पौडेल चयन भएका छन् ।
यूएईमा नेपाली खेलाडीलाई ६ स्वर्ण पदक
कान्तिपुर संवाददाता
युनाइटेड अरब इमिरेट्स (यूएई) मा सम्पन्न १४ औं नेसनल जेकेएस कराँते च्याम्पियनसीपमा दुबईस्थित नेपाली टिम एभरेस्ट मार्सल आर्टका खेलाडीले ६ स्वर्ण, ५ रजत र एक काँश्य पदक जितेका छन् ।
वैशाख ६, २०७५
परराष्ट्रमन्त्री सिचुवानमा, नेपाली गैससप्रति चीन असन्तुष्ट
चेतनाथ आचार्य
चिनियाँ बुद्धिजीवी एवम् पूर्वकूटनीतिज्ञहरूले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
कतारमा स्कुलस्तरीय दौडमा नेपाली छात्रा प्रथम
कान्तिपुर संवाददाता
कतार ओलम्पीक कमिटिद्वारा आयोजित स्कुल स्तरीय सय मिटरको दौडमा ११ वर्षीया नेपाली छात्रा गुल्मीका दिक्षा खड्का प्रथम भएकी छिन् ।