text
stringlengths
2
914
ओमनसँग यथाशक्य श्रम सम्झौता गर्न सुझाव
कान्तिपुर संवाददाता
ओमनको सोहरमा कार्यरत नेपाली समुदायले ओमनसँग यथाशक्य छिटो श्रम सम्झौता गर्न नेपाली दूतावासलाई सुझाव दिएका छन् ।
वैशाख ५, २०७५
एनआरएनए थाइल्यान्डले छात्रवृत्ति दिने
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको पहलमा भूकम्प प्रभावित गोरखा र दोलखाका ४० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । संघले मेघा बैंकसँगको साझेदारी र स्थानीय साझेदार नागरिक अभियानसँग मिलेर छात्रवृत्ति वितरण गर्न लागेको हो ।
बेलायती राजकुमार ह्यारी र मेगानको बिहेमा गोर्खाहरुलाई विशेष निम्तो
कान्तिपुर संवाददाता
बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मर्केलबीच १९ मेमा हुन लागेको बैवाहिक समारोहमा गोर्खाहरुलाई समेत विशेष आमन्त्रण गरिएको छ ।
जोर्डनमा नेपाली चढेको बस दुर्घटना
होम कार्की
जोर्डनको पेत्रास्थित मानस क्षेत्रमा नेपाली महिला कामदार चढेको बस दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । बिदाको दिन घुम्न जाँदा गत शुक्रबार बस दुर्घटना भएको थियो ।
वैशाख ४, २०७५
'माइत जाने बाटो'लाई पारिजात पुरस्कार
किसन राई
नेपाली भाषा तथा साहित्य परिषद् हङकङले पारिजात स्मृति दिवसको अवसर पारेर प्रदान गर्ने पारिजात पुरस्कार यो वर्ष सुनिता गिरीको कविता संग्रह ‘माइत जाने बाटो’लाई प्रदान गरिएको छ ।
पर्यटन प्रवर्द्धनका लागि जापानका गाँउ र नगरमा नेपालको प्रचार
प्रकाश पन्थी
नेपाली कला संस्कृति र सम्पदाबारे जानकारी दिएर नेपालमा पर्यटन प्रवर्द्धन गर्न जापानमा सक्रिय नेपाली समुदायले गर्दै आएको प्रचारप्रसार कार्यलाई राजधानी टोकियोसहित फुकुओकामा पनि गरेको छ ।
वैशाख २, २०७५
चिनियाँमा नेपाली मन
चेतनाथ आचार्य
बेइजिङस्थित नेपाली दूतावासको प्राङ्गणमा शनिबार अपरान्ह चिम्सा आँखा र डल्लो अनुहार भएका ६ युवायुवती रेसम फिरिरी गीतमा नाच्दै थिए । तीनजना युवतीले चौबन्दी चोलो र सारी लगाएका थिए भने तीनजा युवाले दौरासुरुवाल र टोपी लगाएका थिए ।
कतारमा अनेसासको ८० औं डबली
कान्तिपुर संवाददाता
नयाँ वर्ष २०७५ सालको शुभकामना आदानप्रदान गर्दै अनेसास नवोदितको ८० औं डबली सम्पन्न भएको छ । डवलीमा तीन दर्जन साहित्यकारहरुले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए ।
कतारमा सामूहिक रुपमा नयाँ वर्षको शुभकामना आदनप्रदान
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ, कतारको समन्वयमा ४५ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा नयाँ वर्ष २०७५ शुभकामना आदान प्रदान भएको छ ।
बेल्जियमवासी नेपालीले मनाए नेपाली नयाँ वर्ष
कान्तिपुर संवाददाता
बेल्जियमको लुभेनमा नेपालीहरुले नयाँ वर्ष मनाएका छन् । नेपाली दुतावासको संरक्षकत्व र एनआएएनए बेल्जियमको आयोजनामा ११ औं नेपाल महोत्सव तथा नेपाली नयाँ वर्ष २०७५ मनाएका हुन् ।
बेलायतमा नयाँ वर्ष उल्लास
नवीन पोखरेल
सात समुद्रपार भए पनि बेलायतका नेपालीले आफ्नो मन मस्तिष्कमा मातृभूमि बिर्सेका छैनन् । नेपाली कला संस्कृति, वेशभूषा र चाडपर्वलाई जीवन्तता दिन उनीहरूको सक्रियता स्वदेशभन्दा कम छैन यहाँ । लाग्छ, बेलायतमै बनेको छ मिनी नेपाल ।
वैशाख १, २०७५
दुई च्याम्बरबीच सम्झौता
किसन राई
नेपाल च्याम्बर अफ कमर्स हङकङ (एनसीसीएचके) र पोखरा च्याम्बर एण्ड कमर्स एण्ड इन्डस्ट्री (पीसीसीआई)बीच एक सम्झौता भएको छ ।
चैत्र ३०, २०७४
बेलायतमा नेपाली नयाँ वर्षको उल्लास
नवीन पोखरेल
सात समुद्रपार भएपनि बेलायतका नेपालीले आफ्नो मन मस्तिष्कमा मातृभूमि बिर्सेका छैनन् । नेपाली कला संस्कृति, भेषभुषा र चाडपर्वलाई जीवन्त दिन उनीहरुको सक्रियता स्वदेश भन्दा कम छैन् यहाँ । लाग्छ, बेलायतमै बनेको छ मिनी नेपाल । नेपाली मेला, पशुपतिनाथ मन्दिर र गुम्बा निर्माण, विभिन्न साँस्कृतिक पर्व मनाइनु यसका उदाहरण हुन् ।
चैत्र २९, २०७४
फिर्ती केन्द्रबाट ३० नेपालीको उद्दार, ‘कानूनी सेवा’को तयारी गर्दै दुतावास
कान्तिपुर संवाददाता
मलेसियाका विभिन्न फिर्तीकेन्द्र (डिपोर्टेसन सेन्टर) मा रहेका ३० जना नेपालीको उद्दार गरिएको छ । विभिन्न अभियोगमा कानुनी सजाय पूरा गरी यहाँका विभिन्न फिर्ती केन्द्रमा अलपत्र रहेकाहरुको बुधबार उद्दार गरिएको नेपाली दुतावासले जनाएको छ ।
चैत्र २८, २०७४
साइप्रसमा आश्रय गृह सञ्चालन गर्न १३ सय युरो संकलन
कान्तिपुर संवाददाता
साइप्रसमा अलपत्र नेपाली घरेलु कामदार (हाउसमेड) का लागि आश्रयस्थल सञ्चालनका लागि १३ सय युरो संकलन गरिएको छ । नयाँ वर्षको अवसरमा गैरआवासीय नेपाली संघ, साइप्रस र चितवन सेवा समाज मिलेर राजधानी निकोसियामा आयोजित ‘सांगीतिक धमाका’ बाट यो रकम जुटेको हो ।
किर्तेमा फसेका नेपालीको उद्धार
कान्तिपुर संवाददाता
कम्पनीको छलमा परेर फस्न पुगेका ७ नेपाली कामदारलाई कतार सरकारले विशेष निर्णय गरी नेपाल पठाएको छ । स्वीस इन्जिनियरिङ फर कन्स्ट्रक्टर कम्पनीले यात्रामा प्रतिबन्ध लगाई ७ नेपालीविरुद्ध क्रिमिनल अदालतमा मुद्दा दायर गरेको थियो ।
चैत्र २७, २०७४
एनआरएन कतारद्वारा युवा जागरण
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ, कतारले नयाँ पुस्तालाई गैरआवासीय नेपालीको अभियानमा आर्कषित गर्ने प्रयत्न गरेको छ ।
कतारमा लमजुङद्वारा शुभकामना आदनप्रदान
कान्तिपुर संवाददाता
नयाँ वर्षको उपलक्ष्यमा लमजुङ सेवा समाज कतारले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
पूर्वप्रधानमन्त्री माधव नेपाल सिआनमा
चेतनाथ आचार्य
चीनको गैरसरकारी संगठन अन्तर्गत अन्तर्राष्ट्रिय आदानप्रदान प्रवर्द्धन संघ र पल्लो शान सी प्रान्तीय जन सरकारको संयोजकत्वमा ‘क्षेत्रीय शान्ति र सहकार्य प्रवद्र्धन र मानव भाग्यको एकरुपता स्थापना : गैरसरकारी संस्थाको लक्ष्य’ मुख्य नारामा शाङ्गहाई सहयोग संगठनको पहिलो जन मञ्च सोमबार र मंगलबार चीनको पल्लो शान सी प्रान्तको सदरमुकाम सिआन सहरमा आयोजना भएको छ ।
बेलायती सांसदको मृत्यु भएको घटनामा भूतपूर्व गोर्खा सैनिक दोषी करार
नवीन पोखरेल
बेलायत स्थित एक अदालतले लापरवाही पूर्वक गाडी चलाउँदा एक वृद्ध तथा अपांग बेलायती सांसदको ज्यान गएको भन्दै भूतपूर्व गोर्खा सैनिकलाई दोषी ठहर गरेको छ ।
टोपबहादुरको सहयोगार्थ ७३ हजार दिराम संकलन
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ, युएईले टोपबहादुर बिकलाई सहयोग गर्न ७३ हजार दिराम (झन्डै २० लाख ६३ हजार रुपैयाँ) जुटाएको छ ।
चैत्र २६, २०७४
हङकङमा छोराद्वारा बाबुको हत्या
किसन राई
एक ३२ वर्षीय नेपाली युवा मचिन्द्र लिम्बू (मादेन) ले हङकङमा बाबुको हत्या गरेका छन् । उनलाई बाबुको हत्या आरोपमा गएराति नै याउमातेबाट प्रहरीले पक्राउ गरेको छ ।
चैत्र २३, २०७४
लन्डनमा साहित्य सन्ध्या
कान्तिपुर संवाददाता
नेपाली साहित्य विकास परिषद यूकेले नेपाली नयाँ वर्ष २०७५ को शुभागमनका अवसरमा लन्डनमा एक साहित्यिक कार्यक्रम गरेको छ । बिहीबार साँझ आयोजित परिषदको २९ औं उक्त साहित्य सन्ध्यामा पुरस्कार वितरण, कविता वाचन र नयांवर्ष शुभकामना आदानप्रदान गरियो ।
चैत्र २१, २०७४
मलेसियामा झूठा समाचार विरुद्ध नयाँ कानुन
कान्तिपुर संवाददाता
मलेसियाले झूठा समाचारविरुद्ध नयाँ कानुन लागू गर्ने भएको छ । अघिल्लो साता संसदमा दर्ता भएको यससम्बन्धी एक नयाँ विधेयक मलेसियाली संसदमा सोमबार बहुमतले पारित भएको छ ।
बेलायतमा न्यूनतम ज्याला वृद्धि
कान्तिपुर संवाददाता
बेलायतले कामदारको न्यूनतम ज्याला वृद्धि गरेको छ । १ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरेको हो । अब २५ वर्ष माथिका कामदारको न्यूनतम ज्याला प्रतिघण्टा ७.५० बाट बढाएर ७ पाउन्ड ८३ पेन्स पुर्‍याइएको छ, जुन गत वर्षको तुलनामा ४ दशमलव ७ प्रतिशत वृद्धि हो ।
चैत्र २०, २०७४
बेलायतमा न्यूनतम ज्याला वृद्धि
कान्तिपुर संवाददाता
बेलायत सरकारले कामदारहरुको न्यूनतम ज्याला वृद्धि गरेको छ । १ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरिएको हो ।
चैत्र १८, २०७४
नेपाली च्यारिटीमा ब्रिटिश बक्सर
कान्तिपुर संवाददाता
हिजोआज बेलायतमा च्यारिटी कार्यक्रमहरु धैरै नै हुन थालेका छन् । दिनहूँ जसो हुने यस्ता च्यारिटीबाट बेलायतवासी नेपालीहरु आजित बनिसकेका छन् । शनिबार साँझ गैर आवासीय नेपाली संघ यूके (एनआरएनए यूके) ले अल्डरसटमा पृथक किसिमको च्यारिटी गर्‍यो ।
चैत्र १७, २०७४
कुटम्बलाई रुचाए विदेशीले
नारायण खड्का
सँधै फरक संगीत सुनिरहेका पश्चिम अष्ट्रेलियाका अष्ट्रेलियालीहरु नेपाली पाराको संगीत सुन्दा मख्ख परे । विहानैदेखि नेपालबाट आएको सांगीतिक ब्याण्ड कुटुम्बलाई सुन्न आएका उनीहरुले साँझसम्म पर्खेर उनीहरुको संगीतको मजा लिए ।
चैत्र १५, २०७४
पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा