text
stringlengths
2
914
दक्षिण एसियाली देशबाट यहाँ आएर बसोबास गरिरहेका मुलुकको कलासंस्कृति, परम्परा र खानालाई एक स्थानमा ल्याउने उद्देश्यले दक्षिण अष्ट्रेलियामा पहिलोपटक दक्षिण एसियाली महोत्सवको आयोजना हुने भएको छ ।
माघ २२, २०७४
युएईमा दुई थोपा हाँसो
कान्तिपुर संवाददाता
आकाशे रंगका डाँग्री लगाएका नेपाली कामदारको थकित मुहार र गलित मुहाआलु पकाउ’ कविता वाचन गरे । उनले नेपाल र युएईका शहरको तुलना गर्दै यहाँका शहर फोहोर नहुनु, सडकमा खाल्डाखुल्डी नदेखिनु र वायु स्वच्छताको अवस्थाका आधारमा ब्यांग्यारमा हर्षको वर्षा भयो । जब लक्ष्मण गाम्नांगेको ‘अहिले आलु मुला पकाउ, भरे मुला त्मक वाचन गरे ।
माघ २१, २०७४
बेलायती सेनाको उच्च तहमा पुगे नेपाली
नवीन पोखरेल
एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ ।
युरोप स्तरीय नेपाली नृत्य तथा गायन प्रतियोगिता लन्डनमा
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले छैठौं युरोपेली सम्मेलन तथा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने भएको छ । आगामी अप्रिल २१ र २२ गते लन्डनमा प्रतियोगिता हुनेभएको हो ।
माघ २०, २०७४
कोरियामा बुद्धको प्रतिमा स्थापना गराउने अभियान सुरु
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा गौतम बुद्धको प्रतिमा स्थापना गर्ने अभियान सुरु गरिएको छ । कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी)को संयोजकत्वमा बनेको समितिले बुद्धको प्रतिमा नेपालबाट ल्याई स्थापना गर्न लागेको हो ।
फिनल्यान्डमा साहित्यिक साँझ
कान्तिपुर संवाददाता
वसन्त पञ्चमीको अवसरमा गैरआवासिय नेपाली संघ फिनल्यान्डले एक साहित्यिक साँझको आयोजना गरेको छ।
माघ १९, २०७४
बिरामी नेपालीलाई वाणिज्य दूतले भेटे
कान्तिपुर संवाददाता
‘डुरियन’ फ्लेबरको कफी पिएपछि गम्भीर बिरामी परेका दुई नेपालीलाई मलेसियाको पेनागस्थित नेपाली अवैतनिक वाणिज्यदूत दातुक हवाङ चेङ ग्वानले भेटेका छन् ।
राजदूत बस्न्यात र इण्डोनेसियाली परराष्ट्रमन्त्रीबीच भेटवार्ता
कान्तिपुर संवाददाता
मलेसिया र इण्डोनेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले इण्डोनेसियाली परराष्ट्रमन्त्री रेट्नो मारसुडीसँग भेटवार्ता गरेका छन् ।
लन्डनमा कविता कन्सर्ट हुँदै
कान्तिपुर संवाददाता
बेलायत नेपाली संगीत र फिल्मका लागि उर्वर भूमि बन्दै गएको उल्लेख गरिरहन परेन । सातापिच्छे म्यूजिक कन्सर्ट हुन्छन्, फिल्म देखाइन्छन् । अचेल त नेपाली चलचित्र छायांकनको रोजाइ पनि बन्दैछ बेलायत ।
माघ १८, २०७४
ओमन नेपालसँग पर्यटन सम्झौता गर्न तयार
कान्तिपुर संवाददाता
ओमनका पर्यटन मन्त्री अहमिद विन नासिर विन हमिद अल महरिजीले नेपालको पर्यटन बिकास र आपसी सहकार्यको लागि द्विपक्षीय सम्झौता गर्न ओमन तयार रहेका वताएका छन् ।
मलेसियामा कफी पिउँदा एक नेपाली अचेत
कान्तिपुर संवाददाता
कफी पिउँदा मलेसियाको पेनाङमा कार्यरत दुई नेपाली गम्भीर बिरामी परेका छन् । डुरियन फ्लेबरको दुई सानो प्याकेटको कफी मिसाएर बाँडेर पिएका उनीहरु बिरामी परेका हुन् ।
माघ १७, २०७४
बिष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित
कान्तिपुर संवाददाता
अमेरिकास्थित जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट, नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले बिष्टलाई सो पदमा नियुक्त गरेका हुन् ।
सहकर्मीद्वारा मृतक परिवारलाई १९ लाख सहयोग
कान्तिपुर संवाददाता
युनाईटेड अरब ईमिरेट्स (युएई) मा मृत्यु भएका चितवन मेघौलीका भरत घिमिरेको परिवारलाई १९ लाख ३२ हजार ४ सय ६९ रुपैयाा सहयोग प्रदान गरिएको छ । घिमिरेको गत डिसेम्बर ७ तारिखका दिन हृदयघात भई मृत्यु भएको थियो ।
माघ १५, २०७४
फिप्नामा नयाँ नेतृत्व चयन
कान्तिपुर संवाददाता
नेपाली आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना) मा नयाँ नेतृत्व चयन भएको छ । फिप्नाको छैठौं महाअधिवेशनले मानबहादुर रानामगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
माघ १४, २०७४
ओमानमा जनसम्पर्कको प्रथम अधिबेशन
कान्तिपुर संवाददाता
ओमानस्थित नेपाली जनसम्पर्क समितिको प्रथम अधिबेशनले फर्सुराम पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपालद्वारा जापान पराजित
कान्तिपुर संवाददाता
कतारमा जारी छैठौं एसियन आप्रवासी फुटवल प्रतियोगिताको दोश्रो खेलमा नेपालले जापानलाई शुन्यको विरुद्व दुई गोलले पराजित गरेको छ ।
अष्ट्रेलियामा वाक फर वेलफेयर हुँदै
कान्तिपुर संवाददाता
प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले यसबर्ष पनि वाक फर वेलफेयर कार्यक्रमको आयोजना गर्ने भएको छ ।
व्यावसायिक बन्दै अस्ट्रेलियामा नेपाली फोटोग्राफी
नारायण खड्का
सन् २००१ ताका नेपालबाट फोटोग्राफी र ग्राफिक डिजाइनसम्बन्धी अध्ययनका लागि अस्ट्रेलिया आएका थिए विवेक प्रधान । तास्मानियाबाट आफ्नो अध्ययन सकेपछि उनले सिड्नीमा सुरुको समयदेखि व्यावसायिक फोटोग्राफी सुरु गरे ।
माघ १३, २०७४
आगलागीमा ३७ को मृत्यु
कान्तिपुर संवाददाता
दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको आगलागीमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। आगलागीमा परी ७० जना घाइते भएको कोरियाली अधिकारीले जनाएका छन्।
लुटेरा शैलीको व्यापार असहय : ट्रम्प
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लुटेरा शैली’ को व्यापार सहय नहुने बताएका छन्। स्विट्जरल्यान्डको डाभोसमा सुरु भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा बोल्दै ट्रम्पले व्यावसायिक साझेदारहरूलाई यस्तो चेतावनी दिएका हुन्।
अमेरिकाले १८ लाखलाई नागरिकता दिने
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति कार्यालयले मेक्सिकोको सीमाक्षेत्रमा पर्खाल निर्माणका लागि खर्च जुटाउन १८ लाख आप्रवासीलाई नागरिकता दिने योजनाको खाका तयार पारेको छ। उक्त खाका अमेरिकी राष्ट्रपतिका प्रमुख सहयोगीको सुझावमा तयार पारिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
माघ १२, २०७४
दोहोरिएर कोरिया छिर्न पाउने सीवीटी परीक्षा फर्म अप्रिलमा खुल्ने
कान्तिपुर संवाददाता
इपिएसमार्फत दक्षिण कोरियामा तीन वर्ष काम गरी नेपाल फर्केका कामदारलाई पुन: काम गर्न आउने कम्प्युटरमा आधारित परीक्षा (सीवीटी) यो वर्ष खुल्ने भएको छ ।
माघ ११, २०७४
ओमनमा अलपत्र २० नेपालीको पीडा : ‘खाना नदिई भुइँमा सुताएर राखिएको छ’
होम कार्की
एक महिनाअघि ओमन पुगेका २० नेपाली कामदार अलपत्र परेका छन् । अनेस्टी ओभरसिजलाई प्रतिव्यक्ति एक लाख २० हजारसम्म तिरेर गएका उनीहरु रोजगारी तथा गाँसबासको अभावमा दयनीय अवस्थामा पुगेका हुन् ।
माघ १०, २०७४
बेलायती जेलमा ११ नेपाली
नवीन पोखरेल
बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय भोगिरहेका छन् । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले लन्डनस्थित नेपाली दूतावासलाई उक्त तथ्यांक दिएको हो ।
बेलायती जेलमा ११ नेपाली
कान्तिपुर संवाददाता
बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय भोगिरहेका छन् । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले लन्डनस्थित नेपाली दूतावासलाई उक्त तथ्यांक दिएको हो । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले यसअघि २० नेपाली जेलमा रहेपनि हाल ११ नेपालीले जेल सजाय भोगिरहेका जानकारी पाइएको बताए ।
माघ ९, २०७४
कतारमा नेपाली ब्यवसायी संगठीत
कान्तिपुर संवाददाता
कतारमा ब्यवसायी गरिरहेका नेपालीले महेन्द्र चौलागाईको नेतृत्वमा २१ सदस्यीय नेपाली ब्यवसायी संघ, कतार गठन गरेका छन् ।
मस्कट महोत्सवमा नेपालको सहभागी
कान्तिपुर संवाददाता
ओमनमा आयोजित मस्कट महोत्सवमा नेपालले सहभागी जनाएको छ । यो एक महिनासम्म रहनेछ ।
एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा
नबिन पोखरेल
गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गरेको छ ।
माघ ७, २०७४
कतारमा पाँच नेपाली कामदारलाई अवार्ड
कान्तिपुर संवाददाता
कतारको कम्पनी द स्र्पोट्स एण्ड रिकिरियसनल अरगनाईजेशन (एरोस) ले ५ नेपाली कामदार सहित २६ जना लाई उत्कृष्ट अवार्ड वितरण गरेको छ ।
युएईमा दृष्टिविहिन खेलाडीलाई सम्मान