text
stringlengths
2
914
नेपाल तथा ओमानबीच स्थापित कुटनैतिक सम्बन्धको ४० औं वार्षिकत्वस अवसरमा नेपाली दूतावासद्वारा शुक्रवार आयोजित स्वास्थ्य शिविरमा नेपाली महिला कामदारको स्वास्थ्य परिक्षण भएको छ ।
मलेसियाबाट १६ हजार नेपाली कामदार फर्किए
कान्तिपुर संवाददाता
मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरुलाई दिएको समयावधि भोलि आइतबार सकिँदैछ । उसले गत फेब्रुवरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन: भर्ना (रिहाइरिंङ) कार्यक्रमसँगै स्वदेश फिर्नका लागि समेत यही डिसेम्बर ३१ सम्मको अवधि ताकेको थियो ।
पुस १३, २०७४
ओमानमा निशुल्क स्वास्थ्य शिविर
कान्तिपुर संवाददाता
ओमनस्थित नेपाली दूतावासले नेपाल र ओमनवीचको कुटनीतिक सम्बन्ध स्थापित भएको ४० औं बर्षगाँठको उपलक्ष्यमा शुक्रवार मस्टकमा निशुल्क स्वास्थ्य शिविर हुदैछ ।
नेपाली संगीतमा फेशन बढी छ : राज सिग्देल
नारायण खड्का
व्यावसायिक रुपमा सांगीतिक क्षेत्रमा आउनुअघि उनले ९ वर्षसम्म संगीतको अध्ययन गरे । अहिले गजल र आधुनिक गायकको परिचय समेत बनाइसकेका छन् । तर उनलाई लाग्छ, पछिल्लो समयमा नेपाली संगीतमा फेशन बढेको भने व्यावसायिकता र स्तर दैनिक खस्कँदै छ । अहिलेसम्म ४ वटा सोलो एल्बम र ३ दर्जन बढी सामूहिक एल्बम सार्वजनिक गरिसकेका राज सिग्देल आफू पूर्णत: व्यावसायिक गायक भएको गर्वका साथ सुनाउँछन् ।
साउदीमा सुरक्षित गाडी चलाउने चालकलाई बिमामा १५ प्रतिशत छुट
कान्तिपुर संवाददाता
साउदी अरवमा सुरक्षित गाडी चलाउने चालकलाई बिमाको १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । यो छुट आउदो जुन ३० सम्म दिइनेछ ।
पुस १०, २०७४
कुवेतमा अलपत्र कामदारको जरिवाना ४० लाख रुपैयाँ
होम कार्की
कुवेतको खराफी नेशनल कम्पनीको सुलेविया क्याम्पमा अलपत्र तीनसय ५ जना कामदारको आवासीय अनुमति (भिसा)को नविकरण नगरिदिदा जरिवाना वापत कम्तीमा ४० लाख रुपैयाँ बुझाउनुपर्ने देखिएको छ । जरिवना रकम अझै बढ्ने सम्भावना छ । ती कामदारको जरिवाना नतिरेसम्म कुवेतवाट स्वदेश फिर्ने अनुमति प्राप्त हुदैन ।
इराकमा घरमालिकको यातना पछि अपांग भएर नेपाल फिर्ता
प्रदीप मेन्याङ्बो
पतिले छाडेपछि आर्थिकरुपमा आत्मनिर्भर भएर छोरीलाई उच्च शिक्षा पढाउने सपना बोकेर इराक पुगेकी ३४ वर्षीया शान्ता राई अपाङ्ग भएर फर्केकी छिन् । मुस्किलले ज्यान बचाएकी शान्ताको उपचार गत आइतबारदेखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भइरहेको छ ।
मेलबर्नमा सामुदायिक भवन बनाउन सप्ताहबाट संकलन भयो ९ करोड रुपैयाँ
नारायण खड्का
नेपालीको आफ्नै भवन निर्माणको लागि अष्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको सप्ताह महापुराणबाट १ दशमलव १ मिलियन डलर (करिब ९ करोड रुपैयाँ) संकलन भएको छ ।मेलबर्नमा रहेका नेपालीहरुले आफ्नै सामुदायिक भवन, पशुपतिनाथ मन्दिर र गुम्बा निर्माण गर्ने योजनाका साथ एक साताअघिदेखि सप्ताह महापुराणको आयोजना गरिएको थियो ।
पुस ९, २०७४
कतारमा छैटौं एसियन आप्रवासी फुटबल प्रतियोगिता सुरु हुँदै
कान्तिपुर संवाददाता
कतार फुटबल एसोसिएसन (क्यूएफए) ले यस सिजनको छैटौं एसियन आप्रवासी फुटबल प्रतियोगिता जनवरी १२ गतेबाट सुरु गर्ने घोषणा गरेको छ । प्रतियोगितामा नेपालसहित १२ देश सहभागी हुनेछन् । नेपालको पहिलो खेल बंगलादेशसँग जनवरी १८ मा दोहा स्टेडियममा हुनेछ ।
यूएईमा शुभयात्रा साँझ
कान्तिपुर संवाददाता
मध्यपूर्वको दुवईमा तापक्रम घट्दोक्रममा थियो । हिउँदको मौसममा पनि दुबईलाई गरम बनाइदिने अरु कोही नभएर नायिका नम्रता सापकोटा थिइन् । नायिका सापकोटाको नृत्यले दुबईको माहोल एकाएक खपिनसक्नु गरम बनाइदियो । साथमा गायकद्वय हेमन्त राना र रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी र हाँस्य कलाकार सन्दिप क्षत्री थिए ।
अस्ट्रेलियामा झुम्मिँदै कलाकर्मी
नारायण खड्का
अस्ट्रेलिया पछिल्लो समयमा नेपाली कलाकारहरुको रोजाईको गन्तव्य बन्दै गएको छ ।
पुस ७, २०७४
कतारमा गोरखाको सम्झना
कान्तिपुर संवाददाता
गोरखाबाट कतारमा काम गर्न गएकालाई आपसी सम्बन्ध वलियो वनाउन र आपतविपद परेको समयमा साथ सहयोग गर्न गठित गोरखा सेवा समाजले १४ औं स्थापना दिवस मनाएको छ ।
राजदूत ढकालद्वारा ओमनी सामाजिक मन्त्रीसँग द्विपक्षीय भेट
कान्तिपुर संवाददाता
ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमनका सामाजीक विकास मन्त्री शेख मोहम्मद विन सैद वि सैफ अल–कल्वनीसँग विहिवार द्विपक्षीय भेट गरेकी छन् ।
पुस ६, २०७४
वरिष्ठ न्यूरोसर्जन देवकोटा लन्डनमा अस्पताल भर्ना
कान्तिपुर संवाददाता
नेपालका वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा अकस्मात बिरामी परेपछि अस्पतालमा भर्ना भएका छन् । देवकोटाको किंग्स कलेज हस्पिटल, डेनमार्क हिल, ब्रिक्टनमा उपचार भइरहेको लन्डनस्थित दूतावास स्रोतले जानकारी दिएको छ ।
सामुदायिक भवनका लागि २ करोड ४० लाख संकलन
नारायण खडका
मेलबर्नमा नेपालीहरुले बनाउन लागेको सामुदायिक भवनका लागि ३ लाख अष्ट्रेलियन डलर संकलन भएको छ ।
पुस ५, २०७४
सिचुवानमा नेपाली तस्बिर
चेतनाथ आचार्य
चीनको पश्चिममा पर्ने सिचुवान प्रान्तको छन्दुमा नेपालसम्बन्धी फोटो प्रदर्शनी सुरु भएको छ । छन्दुको पर्यटकीय स्थल वाइड न्यारो एलेमा ६ दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ तथा नेपाली फोटो ग्राफरले नेपालमा खिचेका सुन्दर फोटा राखिएका छन् ।
पुस ४, २०७४
कुवेतको नेशनल खराफीका २ सय नेपाली कामदारको खाना बन्द
होम कार्की
पारिवारिक विवादले धरासयी बनेको कुवेतको ठूलो कम्पनी खराफी नेशनलमा कामविहीन भएर बसेका झन्डै दुई सय नेपाली कामदारको खाना सोमबार बिहानदेखि पुन: बन्द भएको छ । त्यस कम्पनीमा भारतीय, फिलिपिनोसहित झन्डै चार हजार कामदार समस्यामा परेका छन् ।
चौधरीलाई विजयी प्रमाणपत्र दिलाउन सरकारसँग माग
कान्तिपुर संवाददाता
प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र दिन आनाकानी गरिरहेको भन्दै दक्षिण कोरियामा सक्रिय नेपाली संघ संस्थाले विरोध जनाएका छन् ।
पुस २, २०७४
कतारमा अनेसास–नवोदितको ७६ औं डवली
कान्तिपुर संवाददाता
अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज र नवोदित साहित्यिक वाचनालय कतारको ७६ औं डवली दोहामा सम्पन्न भयो ।
पुस १, २०७४
मलेसियाले कामदारका लागि नयाँ बिमा योजना ल्याउँदै
कान्तिपुर संवाददाता
मलेसियाले विदेशी कामदारहरुलाई लक्षित गर्दै नयाँ स्वास्थ्य बिमा योजना ल्याउने तयारी गरेको छ । सरकारले ‘भिएजआइएस’ अर्थात् भोलुन्टरी हेल्थ ईन्सुरेन्स स्किम भनिने स्वास्थ्य बिमा योजना ल्याउन लागेको हो ।
बेलायतबाट लगानी भित्र्याउन पहल
कान्तिपुर संवाददाता
नेपालमा भर्खर सकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनपछि स्थायी सरकार गठन हुने प्रक्रियाले आशावादी छन् बेलायती एवं नेपाली ।
मंसिर २७, २०७४
संगीतकार बाँस्कोटा हङकङमा सम्मानित
कान्तिपुर संवाददाता
वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटा हालै हङकङमा सम्मानित भएका छन् । हङकङ बस्दै आएका नेपाली महिलाहरूको संगठन ‘चाँगे धर्ती आमा कोष’ ले गरेको सुमधुर सांगीतिक सौगात–२०१७ को क्रममा बाँस्कोटा सम्मानित भएका हुन् ।
मंसिर २६, २०७४
सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका भुटानीको मृत्यु
कान्तिपुर संवाददाता
एक सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका तीन भुटानीको मृत्यु भएको छ । जसमा चार महिनाकी बालिका समेत छिन् । टेक्सास राज्यको उत्तरी फोर्टवर्थमा आइतबार राति भएको कार दुर्घटनामा ५१ बर्षीय डम्बर कामी, ४५ बर्षीया श्रीमती पवित्रा कामी र चार महिनाकी नातिनी श्यारोन दर्जीको निधन भएको स्थानीय मिडिया फक्स फोरले उल्लेख गरेको छ ।
लन्डनमा प्रकाशले पाए अन्तर्राष्ट्रिय अवार्ड
कान्तिपुर संवाददाता
नेपालमा वित्तीय साक्षरताको क्षेत्रमा काम गरिरहेका युवा प्रकाश कोइरालाले ‘फाइनान्सियल इन्नोभेसन अवार्ड २०१७’ प्राप्त गरेका छन् ।
साउदीमा घरेलु कामदारलाई तलब कार्ड
कान्तिपुर संवाददाता
साउदी अरबले घरेलु कामदारको पारिश्रमिक सुरक्षा गर्न तलब कार्ड अनिवार्य गर्ने नियम शनिबारबाट लागू गरेको छ । साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्रै सबै रोजगारदाता (स्पोन्सर) ले आफ्ना कामदारलाई यो कार्ड दिनुपर्ने नियम लगाएको हो ।
मंसिर २५, २०७४
साइप्रसमा दोस्रो मिस नेपाल
कान्तिपुर संवाददाता
दोस्रो मिस नेपाल साइप्रसको २०१७ को उपाधि छिरिङ डोल्मा शेर्पाले पहिरिएकी छन् । प्रथम रनरअप सृष्टिना महर्जन र द्वितीय रनरअप पवित्रा घिमिरे घोषित भए ।
कुवेतमा २ सय नेपाली कामविहीन
होम कार्की
कुवेतको ठूलो कम्पनी खराफी नेसनल कम्पनीमा कामविहीन भएर समस्या भोगिरहेका झन्डै २ सय नेपालीको गरमा (जरिवाना) भुक्तानी हुन नसक्दा उद्धार गर्न सकिएको छैन । करिब ८ महिनायता तलब पाउनबाट वञ्चित भएका नेपालीसहित विदेशी कामदारको भिसा कम्पनीले नवीकरण गरिदिएको छैन ।
मंसिर २०, २०७४
मलेसियामा एक युवकको मृत्यु
आश गुरुङ
रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक युवकको निधन भएको छ । लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीसहरका २५ वर्षीय रवीन श्रेष्ठको निधन भएको परिवारले जनाएको छ ।
मंसिर १८, २०७४
नेपाल आइडललाई राम्रो साथ
कान्तिपुर संवाददाता
एकमहिने सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया आएको नेपाल आइडलको टोलीलाई यहाँका संगीतप्रेमीले राम्रो साथ दिएका छन् । अस्ट्रेलियाका आठ सहरमा गाउने सांगीतिक प्रस्तुति लिएर केही दिनअघि सिड्नी आइपुगेको टोलीमा नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र प्रमिला राई छन् ।
मंसिर १६, २०७४