text stringlengths 2 914 |
|---|
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएपछि रास्वपा कार्यवाहक सभापति डीपी अर्याल बन्ने खबरदेखि सहकारी ठगीमा पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको विषयमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको विषयसम्म आज चर्चामा रहे । |
रवि लामिछानेको सांसद पद निलम्बनमा |
कान्तिपुर संवाददाता |
पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित भएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको हो । |
रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो । |
लीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी |
दीपक परियार |
सहकारीको बचत अपचलनबाट आर्जित रकम जीबी राईले लीला पछाई र मलेसियाका एनआरएन विश्वविक्रम राईमार्फत ‘क्रिप्टो करेन्सी’ मा लगानी गरेको भेटिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पछाई र राईमार्फत १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ बराबरको डिजिटल कारोबार गरी क्रिप्टो करेन्सीमा लगानी गरेको फेला पारेको हो । |
वनलाई दिगो र व्यवस्थित बनाउन मापदण्ड जारी |
नुमा थाम्सुहाङ |
वन तथा वातावरण मन्त्रालयले वनलाई दिगो र व्यवस्थित गर्न ‘दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड, २०८१’ जारी गरेको छ । |
सहकारीको ऋण तिर्दिनँ भनेर सडकमा हुने आन्दोलन अराजकता : पौडेल |
रासस |
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिनँ भनेर सडकमा हुने आन्दोलन अराजकता भएको बताएका छन् । |
सबै कुरा राम्रो हुँदाहुँदै पनि युवाहरूले देशभित्र भविष्य देखिरहेका छैनन् : रिजाल |
कान्तिपुर संवाददाता |
कांग्रेस नेता मीनेन्द्र रिजालले युवाहरूले नेपालमा सुरक्षित भविष्य देख्न छोडेको बताउँदै युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताएका छन् । |
‘बाँदर नियन्त्रणका लागि ‘मंकी पार्क’ बनाउनुपर्छ’ |
कान्तिपुर संवाददाता |
केही समयता प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न समितिहरूमा बाँदरले गाउँघरमा दिएको सास्तीलाई सांसदहरूले प्रमुख मुद्दा बनाउँदै आएका छन् । बाँदरले खेतीबाली खाएर नोक्सान गरेको मात्र नभई घरमै आएर आक्रमण गर्न थालेपछि बिनाअभिभावक बालबालिका घरमा बस्न छाडेको सोमबार राष्ट्रिय सभाअर्न्तगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सदस्यहरूले छलफलका क्रममा उठाएका छन् । |
अनुत्तीर्ण विद्यार्थी दीक्षित भएकोमा केयूको छानबिन |
कान्तिपुर संवाददाता |
बीचमै कक्षा छाडेका तथा परीक्षामा अनुत्तिर्ण विद्यार्थीको नाम ग्र्रेसलिस्टमा समावेश भई दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्राप्त गरेको विषयमा काठमाडौं विश्वविद्यालय(केयू)ले छानिबन गर्ने भएको छ । छानबिनका लागि 'स्कुल अफ ल' का डिन हृषिकेश वाग्लेकाे सयाेजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको केयूले जनाएको छ । |
म सबै परीक्षामा सामेल हुन तयार छु : लेखा समिति सभापति पोखरेल |
कान्तिपुर संवाददाता |
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको बताएका छन् । पोखरेलकी पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट सहकारी ठगीमा पक्राउ पूर्जी जारी भएको छ । त्यो विषयलाई लिएर सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा प्रश्न उठेको थियो । |
लेखा समिति सभापति एमालेको इमानदार सांसद भएकाले श्रीमतीलाई लुकाएर राख्नुहुन्न : भट्टराई |
कान्तिपुर संवाददाता |
सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कसले कहाँ भ्रष्टाचार र अनियमितता गरेको छ भन्ने विषयमा एकमुष्ट छलफल गर्नुपर्ने बताएका छन् । |
माओवादीद्वारा सार्वजनिक लेखा समितिका सभापति पोखरेलको राजीनामा माग |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पदबाट राजीनामा गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले माग गरेको छ । लेखा समितिको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारको नेतृत्व गरिरहेको सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले पदबाट राजीनामा गर्न भनेका हुन् । |
चार महिनापछि बस्यो सार्वजनिक लेखा समिति बैठक |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक चार महिनापछि सोमबार बसेको छ । यसअघि सार्वजनिक लेखा समितिको बैठक भदौ ९ मा बसेको थियो । |
कान्तिपुरकर्मी पुरीलाई पितृशोक |
कान्तिपुर संवाददाता |
कान्तिपुर दैनिकका उपसम्पादक शिव पुरीका बुवा पूर्णबहादुर पुरीको ८७ वर्षको उमेरमा निधन भएको छ । |
कांग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन हो : नेता सिंह |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती रहेको बताएका छन् । |
राष्ट्रपति समक्ष पाँच राजदूतकाे शपथ |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । |
रहिनन् 'आँसुको शक्ति' लेखक सुनिता |
कान्तिपुर संवाददाता |
‘आँसुको शक्ति’ लेखक एंव शक्ति समूहकी संस्थापक तथा पूर्व अध्यक्ष सुनिता दनुवारको निधन भएको छ । सुनिताको आज (सोमबार) बिहान मृत्यु भएको श्रीमान नृपले जानकारी दिए । |
रास्वपा सभापति लामिछानेको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा |
दीपक परियार |
सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदै छ । |
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै |
रासस |
सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । |
कसले गर्दै छ एमालेविरुद्ध ‘घेराबन्दी’ ? |
गंगा बीसी |
एमालेले सरकार, पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी एवं षड्यन्त्र भएको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्न मातहतका समितिलाई निर्देशन दिएको छ । केन्द्रीय सचिवालय, संगठन विभागको राष्ट्रिय कार्यशालाका साथै आर्थिक, संसदीय, निर्वाचन, प्रचार, युवालगायत विभागको बैठकले पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । |
तीन विश्वविद्यालयमा भागबन्डाबाट उपकुलपति |
सुदीप कैनी |
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका छन् । सत्तारूढ कांग्रेस र एमालेबीच भागबन्डा गरेर नेपाल संस्कृत विश्वविद्यालयमा धनेश्वर नेपाल, कृषि तथा वन विज्ञानमा शारदा थपलिया र पोखरा विश्वविद्यालयमा वेदराज केसीलाई उपकुलपतिमा नियुक्ति गरिएको हो । |
लामिछाने दम्पतीको सम्पत्ति जफत गर्न मागदाबी |
कान्तिपुर संवाददाता |
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालतमा दायर गरेको पूरक अभियोगपत्रमा रवि लामिछाने, छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको छ । |
लामिछाने सांसदबाट स्वतः निलम्बित, सभापति पदमाथि पनि प्रश्न |
जयसिंह महरा |
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने भएको छ । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ । प्रतिनिधिसभाको सदस्यका रूपमा भूमिका पूरा गर्न अयोग्य व्यक्ति कुनै राजनीतिक दलको सभापति भइरहन मिल्छ कि मिल्दैन भन्ने नयाँ प्रश्न पनि सिर्जना भएको छ । |
साई स्वागत सहकारी ठगीमा जंगम र दाहाल पक्राउ |
कान्तिपुर संवाददाता |
साई स्वागत सहकारीका पूर्वअध्यक्ष भरतमणि जंगम र पूर्वकोषाध्यक्ष लुमन दाहाल बचतकर्ताको रकम हिनामिना आरोपमा पक्राउ परेका छन् । जंगम र दाहाल सहकारीमा पदाधिकारी भएकै बेला रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष थिइन् । |
रास्वपा घोषणापछि पनि लामिछानेले काट्दै थिए गोर्खा मिडियाका चेक, आफ्नै नाममा सार्दै थिए पैसा |
कृष्ण आचार्य , दीपक परियार |
ठीक एक वर्षअघि, पुस ७ मा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका थिए । कार्यकर्ता र समर्थक मात्र होइन, सूर्यदर्शन सहकारीपीडित पनि लामिछानेको पर्खाइमा थिए । सहकारीको रकम लामिछानेले व्यक्तिगत रूपमा र उनी संलग्न भएको गोर्खा मिडियामा लगेर अपचलन गरेकाले आफूहरूमाथि अन्याय भएको उनीहरूको गुनासो थियो । |
पुस ७, २०८१ |
एमाले भन्छ : हाम्राविरुद्ध घेराबन्दी भयो |
गंगा बीसी |
एमालेले सरकार, पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी एवं षड्यन्त्र भएको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्न मातहतका समितिलाई निर्देशन दिएको छ । |
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक |
कान्तिपुर संवाददाता |
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्यांकन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच उच्चस्तरीय छलफल भएको छ । |
आज दिनभर देशमा के–के भयो ? |
कान्तिपुर संवाददाता |
सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको र उनको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठाएको खबरदेखि साई स्वागत सहकारीका अध्यक्ष भरतमणि जंगम पक्राउ परेको खबरसम्म आज चर्चामा रहे । |
संस्कृत, कृषि र पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्त |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. शारदा थपलिया र पोखरा विश्वविद्यालयमा प्रा.डा. वेदराज केसीलाई उपकुलपतिमा नियुक्ति गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । |
मन्त्रिपरिषद् निर्णय : प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा |
कान्तिपुर संवाददाता |
सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ । |
रवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्र |
कान्तिपुर संवाददाता |
रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । कास्को प्रहरीको उच्च स्रोतका अनुसार रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेको पद निलम्बन गर्नका लागि सभामुखलाई पत्र पठाइएको हो । |
साई स्वागत सहकारी ठगी प्रकरणमा अध्यक्ष भरतमणि जंगम पक्राउ |
कान्तिपुर संवाददाता |
साई स्वागत सहकारीका अध्यक्ष भरतमणि जंगम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता नवराज अधिकारीका अनुसार जंगमलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । |
त्रिविको समस्या, समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको समस्या पहिचान गरी समाधानको उपायसहित प्रस्ताव ल्याउन पदाधिकारीलगायत सभाका सदस्यहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार कुलपतिले सभाका सदस्यहरुलाई अनौपचारिक बैठकमा डाकेका थिए । |
गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा संलग्न थिए लामिछाने |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.