text
stringlengths
2
914
नेपाली कामदारका लागि प्रमुख गन्तव्य रहंदै आएको नेपाल मलेसियाका लागि दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा रहेको छ । मलेसियामा सार्वजनिक गरिएको एक तथ्यांक अनुसार ३ लाख ८५ हजार तीनसय २० जना वैध नेपाली कामदारसहित नेपाल दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा देखिएको हो ।
कार्तिक २२, २०७४
कुवेतमा म्यानपावरले थुनेर राखेकाे हाेस्टेलबाट भाग्न खोज्दा नेपाली महिलाको मृत्यु
होम कार्की
घरेलु कामदार आपूर्ति गर्ने म्यानपावरले कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु भएको छ । उनलाई कुवेतको हवालीस्थित एक भवनमा राखिएको थियो । मानव तस्करले भारतीय बाटो हुँदै १६ अक्टोबरमा शाक्यलाई कुवेत पुर्‍याएको थियो । कुवेत पुगेको १४ दिनमै उनी झ्यालबाट हाम्फालेर भाग्न खोजेकी थिइन् ।
सहारा र हैबुङ माविलाई हङकङको सहयोग
कान्तिपुर संवाददाता
सहारा क्लव हङकङले सहारा एकेडेमी पोखरालाई १५ लाख र हैबुङ मावि सिन्धुपाल्चोकलाई ५ लाख रुपैयाा नगद सहयोग गर्ने भएको छ । उक्त रकम जेठ १४ मा सम्पन्न तेश्रो सहारा सााझबाट संकलन गरिएको हो ।
साउदीबाट १२ जनाको उद्धार
कान्तिपुर संवाददाता
साउदी अरबबाट १२ जना नेपालीको उद्धार भएको छ । पाँचजना टिकटको प्रतीक्षामा छन् । साउदीको जेद्धास्थित नेपाली महावाणिज्य दूत, नेपाली साझा मञ्च र पीडितका परिवारका सदस्यको निरन्तर प्रयासपछि ती पीडितलाई नेपाल ल्याउन सकिएको हो ।
‘कोरियाबाट रेमिटयान्स सहज बनाउँछौ’
कान्तिपुर संवाददाता
दक्षिण कोरियाबाट वैधानिक रूपमा नेपाल पैसा पठाउने माध्यम रेमिटयान्सको कार्यालय खोल्न चाहनेलाई नेपाल सरकारले सहयोग गर्ने राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले बताएका छन् ।
कार्तिक २१, २०७४
पोर्चुगलमा हत्या गरिएका जिसिका परिवारलाई सहयोग
कान्तिपुर संवाददाता
पोर्चुगलमा छुरा प्रहार गरी हत्या गरिएका पर्वतका हरि बहादुर जीसीका बालबच्चाको शिक्षामा सहयोग पुर्‍याउन ७३ हजार रुपैया सहयोग मिलेको छ ।
राजदूत सिंहद्वारा ओहादाको प्रमाणपत्र पेश
कान्तिपुर संवाददाता
साउदी अरवका लागि नेपाली राजदूत डा.महेन्द्र सिंह राजपुतले साउदीका राजा सलमान विन अब्दुल अजिज अल साउदसमक्ष सोमवार ओहादाको प्रमाणपत्र पेश गरेका छन् ।
किम्फबाट उठेको रकम हेलम्बुको स्कूललाई प्रदान
कान्तिपुर संवाददाता
अमेरिकाको न्युयोर्कमा प्रकाशन हुँदैं आएको एभरेस्ट टाइम्स पत्रिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६, इचोकको घोप्टेघ्याङमा रहेको ज्याम्बेयाङ प्राविलाई सहयोग प्रदान गरेको छ ।
कार्तिक २०, २०७४
१९ महिनाको प्रयासपछि १३ नेपाली साउदीबाट उद्धार
कान्तिपुर संवाददाता
साउदी कपिलले रकम नलिई नपठाउने अडान राखेको १९ महिनापछि १३ जना नेपालीको उद्धार भएको छ । ५ जना नेपाली टिकटको प्रतीक्षामा छन् ।
लोक गायक गुरुङलाई एकलाख सहयोग
कान्तिपुर संवाददाता
युनाईटेड अरब ईमिरेट्स (युएई)मा कार्यरत नेपालीले लोक गायक पूर्ण गुरुङलाई एक लाख ३ हजार रुपैयाँ सहयोग गरेका छन् । दुबै मृगौला फेल भएको गुरुङ उपचार चलिरहेको छ ।
कतारमा सुनिए सुब्बा
कान्तिपुर संवाददाता
कवि उपेन्द्र सुब्बाले कतारको राजधानी दोहामा पुगेर आफ्ना उत्कृष्ट रचनाहरु सुनाएका छन् ।
वाम गठबन्धनको युएईमा स्वागत
कान्तिपुर संवाददाता
नेकपा एमाले र माओवादी केन्द्र निकट प्रवासी भातृ संगठनहरु क्रमश: प्रबासी नेपाली मञ्च र नेपाली जनप्रगतिशिल मञ्च युएईले नेपालमा भएको वाम गठबन्धनको स्वागत गरेका छन ।
कार्तिक १८, २०७४
नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक : राजदूत शेर्पा
नारायण खड्का
अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले दूतावास नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक रहेको बताएकी छन् ।
बेलायतमा नेपाल आइडल ओपनिङ शो उल्लासमय
कान्तिपुर संवाददाता
पहिलो ‘नेपाल आइडल’ विजेताहरु शुक्रबार साँझ बेलायतका दर्शकमाझ घेरिए । अल्डरसटस्थित एम्पायर हल खचाखच हुने गरि हाउसफूल भयो ओपनिङ शो । ७ सय दर्शक नाघेपछि सुरक्षागार्डले कयौंलाई गेटबाटै फर्काइदिए ।
कार्तिक १६, २०७४
बेलायत उत्रिए नेपाल आइडल विजेता
कान्तिपुर संवाददाता
‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,' बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’
कार्तिक १४, २०७४
बेइजिङमा सोरठी र पञ्चैबाजा
कान्तिपुर संवाददाता
चीनको राजधानी बेइजिङमा हालै आयोजित ‘ट्रेडिसनल डान्स पर्फमेन्स एन्ड एक्सचेन्ज’ नृत्य महोत्सवमा नेपालले पनि भाग लिएको छ । बेइजिङ डान्स एकेडेमीले गरेको कार्यक्रममा नेपालको तर्फबाट संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको टोलीले सहभागिता जनाएको हो ।
झापाली समाज अष्ट्रेलियाद्वारा ६० लाख सहयोग
नारायण खड्का
अष्ट्रेलियामा रहेको झापाली समाजले अहिलेसम्म ६० लाख बढी सहयोग पुरयाएको एक कार्यक्रममा जानकारी दिइएको छ ।
कार्तिक १३, २०७४
अमेरिकामा ‘महको म’ विमोचित
कान्तिपुर संवाददाता
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पुस्तक ‘महको म’ को अमेरिकामा विमोचन गरिएको छ । शनिबार मेरिल्याण्डमा आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठको जीवनी सम्बन्धी पुस्तकको विमोचन गरिएको हो ।
कार्तिक १२, २०७४
फिप्नालाई न्युयोर्क सिटीको सम्मान
कान्तिपुर संवाददाता
न्युयोर्क सिटीले नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना) लाई सम्मान गरेको छ । हालै एक कार्यक्रम माझ न्युयोर्क सिटी कम्प्ट्रोलर स्कट स्ट्रिङगरले फिप्नालाई सम्मान गरेका हुन् ।
कार्तिक १०, २०७४
‘हिमाल मात्र हैन रहेछ नेपाल’
कान्तिपुर संवाददाता
युरोपका अन्य धेरै मुलुकमा जस्तै जर्मनीमा पनि नेपाल भन्यो कि हिमालै हिमालको देश भनी बुझ्नेहरु धेरै छन् । यो बुझाइमा थोरै भए पनि हालैको एक नेपाली कला प्रदर्शनीले जर्मनहरुको नेपाल बुझाइमा बदलाब ल्याइदिएको छ ।
सुशीलले पाए डेढ करोड रुपैयाँ क्षतिपूर्ति
कान्तिपुर संवाददाता
कतार मरुभूमीमा पुगेर सडक निर्माणको काममा खटिँदै गर्दा नसोचेको दुर्घटनामा परेका धनुषा, हरिहरपुरका सुशीलकुमार यादवले घटनाको झण्डै २ वर्षपछि ‘पूर्ण अपाङ्गता’ आधारको क्षतिपूर्ति पाएका छन् ।
बेलायतबाट कास्कीको विद्यालयलाई ८ लाख सहयोग
कान्तिपुर संवाददाता
बेलायतका एकजना समाजसेवी एवं व्यवसायी सूर्य गुरुङले कास्कीको अर्मला ६ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
बेलायतीलाई ढाका टोपी र पछ्यौरा
कान्तिपुर संवाददाता
लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इनमा गत सोमबार बेलायतीहरु भिन्न रुपमा देखिए । बेलायती महिला स्कार्फ र टिका (बिन्दी) अनि पुरुषहरुले ढाका टोपी र खादामा सजिएर नेपाली परम्परागत शैलीमा तिहार मनाए ।
कार्तिक ९, २०७४
कामदारको न्युनतम तलब तोक्न कतार तयार
होम कार्की
नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय गरेको हो ।
कार्तिक ७, २०७४
कोरियाको जेजुदोमा एक नेपाली कामदारको मृत्यु
कान्तिपुर संवाददाता
दक्षिण कोरियाको जेजुदोस्थित कम्पनीमा काम गर्दै आएका एक नेपाली कामदार आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएको छ । इपिएसमार्फत काम गर्न आएका पोखराका २२ वर्षीय जीवन वाग्लेको मृत्यु भएको जेजुदोस्थित कोरियन भाषा अनुवादक शुभद्रा पालुङ्वाले बताइन् ।
बेलायतमा नेपाल आइडलको प्रस्तुति
कान्तिपुर संवाददाता
रियालिटी शो नेपाल आइडल ०१७ का विजेताहरु सांगीतिक कार्यक्रमका लागि अक्टोबर ३० मा बेलायत आउने भएका छन् । बेलायतका विभिन्न ५ सहरमा लाइभ कन्सर्ट गर्न नेपाल आइडल बुद्ध लामासहित निसान भट्टराई, प्रताप दास र प्रमिला राई बेलायत आउन लागेको आयोजकले जानकारी दिएको छ । सोमबारमात्र उनीहरुले भिसा लिएका छन् ।
कार्तिक ६, २०७४
अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु
कान्तिपुर संवाददाता
सिड्नीको अबनमा बस्दै आएका नेपाली बिद्यार्थी अञ्जन कुमार भट्टराईको मृत्यु भएको छ । आइतबार साँझ आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको भएपनि चिकित्सकहरुले सोमबार बिहान मृत घोषित गरेका थिए ।
कार्तिक ५, २०७४
फ्रान्समा नेपाली रेस्टुरेन्टलाई ‘स्वाद’ को स्वर्ण पुरस्कार
कान्तिपुर संवाददाता
चितवन भण्डाराका रवीन शर्मा ओलीले फ्रान्सको एसोन क्षेत्रमा ‘पापिए दोर’ भन्ने स्वाद पुरस्कार जितेका छन् । फ्रान्सको एभ्री भन्ने ठाउँमा रहेको उनको समा द हिमालय रेस्टुरेन्टले करिब एक हजार अन्तराष्ट्रिय रेस्टुरेन्टबीचको प्रतिस्पर्धामा प्रथम पुरस्कार जितेको हो ।
कार्तिक ४, २०७४
जापानमा सामुहिक टिका
प्रकाश पन्थी
तिहारको अवसर पारेर जापानमा सामुहिक टिका लगाइएको छ । कला संस्कृतिको जर्गेना र दिगो शान्तिको कामना गर्दै जापानका नेपालीले सामुहिक रुपमा टिका थापेका हुन् ।
प्रवासमा सेलरोटी र देउसी