text
stringlengths
2
914
नारायण खड्का
यही अक्टोबरको दोस्रो सातामा हुन लागेको गैरआवासीय नेपालीहरुको संगठन (एनआरएन) केन्द्रीय समितिको निर्वाचनमा अष्ट्रेलियाबाट ७ जना र न्युजिल्याण्डबाट दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
आश्विन १६, २०७४
बेलायतस्थित गोर्खा रेजिमेन्टभित्र दशैं
कान्तिपुर संवाददाता
नेपालीहरुको सांस्कृतिक पर्व दशैं गोर्खा सैनिकले पनि हर्षोल्लासका साथ मनाए । वारमिनिस्टरस्थित आर्मी ग्यारिजनको सभाहलमा गोर्खा सैनिकहरुले वडा दशैं मनाएका हुन् । बेलायतस्थित बिग्रेड अफ गोर्खाजले प्रत्येक वर्ष दशैं तिहारको उपलक्ष्यमा विशेष कार्यक्रम गर्ने परम्परा छ ।
दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु
दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।
आश्विन १३, २०७४
एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको पुन उम्मेद्वारी
कान्तिपुर संवाददाता
एनआरएनएका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले एनआरएनएको नया कार्य समितीका लागि पुन उम्मेद्वारी दिने घोषणा गरेका छन् । अक्टोबर १४(१७ मा काठमाडौमा सम्पन्न हुने विश्व सम्म्मेलनको लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
आश्विन ११, २०७४
अष्ट्रेलियाको संसद भवनबाट नेपालीलाई टिका थाप्न निमन्त्रणा
नारायण खड्का
नेपालीहरुको पर्व वडादशैं यसबर्ष अष्ट्रेलियास्थित संसदन भवनमा मनाइने भएको छ । नेपालीहरुको मुख्य पर्व दशैं मनाउनका लागि अष्ट्रेलियास्थित संसद भवनबाट नेपालीहरुलाई निमन्त्रणा पठाइएको छ ।
बेलायतकी मिसेस् सुन्दरीद्वारा घान्द्रुकका बहिरालाई ५ लाख सहयोग
कान्तिपुर संवाददाता
मिसेस् नेपाल यूके २०१७ फस्ट रनरअप पुनम गुरुङले नेपालका बहिराहरुको सहयोगार्थ गत सप्ताहन्त एक च्यारिटी कार्यक्रम गरेकी छन् । वेक्लिफ बाप्टिस्ट चर्च रेडिङमा शनिबार आयोजित बी अ पार्ट अफ चेन्ज नामक च्यारिटीबाट ३ हजार ५ सय पाउण्ड (करिब ४ लाख ७६ हजार रुपैयां) संकलन भएको पुनमले जानकारी दिइन् ।
आश्विन १०, २०७४
दशैं मनाउन अष्ट्रेलिया
नारायण खड्का
अष्ट्रेलियामा रहेका आफ्ना छोराछोरीहरुसँग यसबर्षको दशैं मनाउन गत शनिबार मात्रै करिब डेढ दर्जन अभिभावक नेपालबाट सिड्नी उत्रिए । आज मंगलबार सोही संख्यामा सिंगापुर एयरलाइन्सबाट अभिभावकहरु दक्षिण अष्ट्रेलियाको एडिलेड एयरपोर्ट आइपुगे ।
एनआरएनएको सचिवमा जानकी गुरुङको उम्मेदवारी
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी कार्यकालका लागि बेल्जियमबाट जानकी गुरुङले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेकी छन् । यही अक्टोबर १४ देखि १७ सम्म एनआरएनएको आठौं विश्व सम्मेलन काठमाडौंमा हुँदैछ ।
कोरियामा फेरी एक नेपालीद्वारा झुण्डिएर आत्महत्या
कान्तिपुर संवाददाता
दक्षिण कोरियाको ख्याङ्गी दो, ह्वासङसी छोआमस्थित एक मोटरपार्टस् बनाउने कम्पनीमा कार्यरत नेपाली कामदार कमल कार्कीले सोमबार झुण्डिको अवस्थामा मृत फेला परेको छ । गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका कार्की इपिएसमार्फत कोरिया आएको चार महिना मात्रै भएको थियो ।
मिस नेपाल हङकङ २०१७ को उपाधि सुष्मा लिम्बूलाई
किसन राई
धरानबाट आएकी २२ वर्षीया सुष्मा लिम्बूले १३ प्रतियोगीहरुलाई पछि पार्दै ‘मिस हङकङ नेपाल २०१७’को उपाधि हात पारेकी छन् ।
आश्विन ८, २०७४
बाढी पीडित अनाथलाई यायोक्लाको सहयोग
किसन राई
बाढी पीडित अनाथ दिदी–भाइ कमला र निशान राईलाई किरात राई बान्तावा यायोक्ला खिम हङकङले आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल जान लागेकी संस्थाकी उपाध्यक्ष माया राईलाई अध्यक्ष तिलक वालाहाङ राईले ४ लाख ६३ हजार २ सय सहयोग हस्तान्तरणको लागि दिएका छन् ।
ओमनमा खाडीका राजदूतहरुको सम्मेलन
होम कार्की
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको हित र सुरक्षाको विषयमा नेपाली दूतावासहरुका कामलाई प्रभावकारी बनाउन सरकारले ओमनमा मंगलबार खाडी राजदूतहरुको सम्मेलन गर्ने भएको छ ।
नेपाली फुटबलरलाई अवसर खोजिँदै
नवीन पोखरेल
इङल्यान्डको द फुटबल एसोसिएसन (एफए) ले बेलायतस्थित नेपाली खेलाडीका विकास र उनीहरूलाई अवसर प्रदान गर्ने आश्वासन दिएको छ ।
आश्विन ६, २०७४
भूपू गोर्खाका लागि समान पेन्सनलगायतका १३ सिफारिस
कान्तिपुर संवाददाता
भूपू गोर्खाहरुका माग सम्वोधन गर्न गठित प्राविधिक समितिले विभिन्न १३ सिफारिससहित आफ्नो प्रतिवेदन बेलायत सरकारसमक्ष बुझाएको छ । नेपाल सरकार एवं भूपू गोर्खा प्रतिनिधि सम्मिलित समितिले विभिन्न सिफारिससहित बेलायत र नेपाल सरकारलाई भूपू गोर्खाका माग र ऐतिहासिक गुनासा सम्वोधन गर्न सुझाव दिएको हो ।
'बेलायत नेपालको विकासमा भरपर्दो साझेदार'
कान्तिपुर संवाददाता
बेलायती विदेश मन्त्रालय (एफसीओ) का निर्देशक ओएन जेन्किन्सले नेपालको विकास प्रयासमा ब्रिटेन एक भरपर्दो साझेदार रहेको बताएका छन् । उनले ब्रिटेन तथा नेपालबीच कायम रहेको दुई शताब्दी पुरानो मित्रता आगामी दिनमा अरु सुदृढ हुने विश्वास समेत व्यक्त गरेका छन् ।
समलिङ्गी विवाहमा नेपालीको दुईमत
नारायण खड्का
समलिङ्गी विवाहलाई मान्यता दिने वा नदिने बिषयमा अष्ट्रेलियामा राष्ट्रिय रुपमा मतदान सुरु भएसँगै यहाँका नेपालीहरुमा दुईमत देखिएको छ । लामो समयदेखि विवादको रुपमा रहेको यस बिषयलाई अष्ट्रेलियाले हुलाक भोट मार्फत जनताबाट मत संकलन गर्न थालेको छ ।
आश्विन ५, २०७४
एनआरएनए कोरियाको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षबाट उजुरी दर्ता
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको गत सेप्टेम्बर १० तारिख सोलमा सम्पन्न छैटौं अधिवेशनको निर्वाचनमा धाँधली भएको भन्दै हारेका प्यानलले सामूहिकरुपमा उजुरी दर्ता गरेका छन् ।
खाडीका नेपाली दूतावासहरुले संविधान दिवस मनाए
कान्तिपुर संवाददाता
खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले विविध कार्यक्रम आयोजना गरी संबिधान दिवस मनाएका छन् ।
बेलायतको जीवनशैली सिक्दै भूपू लाहुरे परिवार
गणेश राई
फ्रान्बरोस्थित कम्युनिटी सेन्टरको हलमा पुग्दा एक हूल बुढयौली उमेरका महिला रातो सारी, चोलो लगाएर नेपाली दोहोरी गीतमा छमछमी नाचिरहेका थिए । त्यसको चाँजोपाँजो मिलाउन पुरुषहरू जुटेका थिए ।
प्रधानमन्त्री देउवा अमेरिकामा
चन्द्रशेखर अधिकारी , दिनेशजंग शाह
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघको उच्चस्तरीय छलफलमा सहभागी हुन बुधबार अमेरिका आइपुगेका छन् । राष्ट्रसंघको छलफल मंगलबारदेखि सुरु भए पनि भोलिपल्ट आइपुगेका प्रधानमन्त्री देउवा पाँच दिनसम्म अमेरिका बस्ने छन् ।
आश्विन ३, २०७४
नेपाली सञ्चारकर्मीद्वारा ब्रिटेनको संसदीय व्यवस्थाबारे जानकारी
नबिन पोखरेल
बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले बेलायतको संसदीय व्यवस्थाबारे जानकारी लिएका थिए ।
आश्विन २, २०७४
दुई नेपाली अष्ट्रेलियाको बहुसाँस्कृतिक समितिमा चयन
कान्तिपुर संवाददाता
अष्ट्रेलियाको भिक्टोरियामा रहेका दुई नेपालीलाई त्यहाँको सरकारले बहुसाँस्कृतिक समितिका सदस्यका रुपमा चयन गरेको छ । मेलबर्नमा बसोबास गरिरहेका नेपाली वैज्ञानिक डा. राजु अधिकारी र अर्का युवा निरज कारन्जितलाई भिक्टोरियन बहुसाँस्कृतिक समितीको सदस्यका रुपमा मनोनित गरेको हो ।
साइप्रसमा नेपालीमाथि शोषण
होम कार्की
झापाकी रीना तितुङ ४ लाख रुपैयाँ खर्च गरेर घरेलु कामदार (हाउसमेड) का रूपमा युरोपेली मुलुक साइप्रस पुगिन् । त्यहाँ भनेजस्तो काम नपाएपछि उनी धेरै पैसा खर्च गरेकोमा पछुताइरहेकी छन् । ‘जेजस्तो सर्त र करारमा आएकी थिएँ, केही भएन ।
आश्विन १, २०७४
एनआरएन युएईमा रमेश श्रेष्ठ निर्वाचित
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको अध्यक्ष पदमा रमेश श्रेष्ठ निर्वाचित भएका छन् । सेप्टेम्बर १५ दुबईमा सम्पन्न सातौ महाधिवेशनले श्रेष्ठलाई बिजयी गरेको हो । श्रेष्ठले १६३ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्दी शालिक सुबेदीले १०८ मत प्राप्त गरे ।
ऊर्जामन्त्रीले भेटे अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त्री
नारायण खड्का
पानी सम्बन्धि भ्रमणमा अष्ट्रेलिया आएका ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अष्ट्रेलियाका अन्तराष्ट्रिय विकास मन्त्री कोन्सिटा फिरेराभान्टीसँग भेटघाट गरेका छन् ।
एनआरएनएमा सुधारका प्रयास आन्तरिक कारणले सफल भएनन् : घले
चन्द्रशेखर अधिकारी , दिनेशजंग शाह
गैरआवसीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले आफूले सुधारका लागि गरेका सवै कोशिसहरु आन्तरिक कारणले सफल हुन नसकेको बताएका छन् । दुई कार्यकालको पदावधि सकिनु भन्दा एक महिना अघि अमेरिकामा आयोजित एनआरएनको कार्यक्रममा घलेले आफ्नो कार्यकालको संक्षिप्त समिक्षा गर्दै एनआरएनए कार्यसमिति भित्र केही समस्या रहेको संकेत गरेका हुन् । तर, उनले कसले र किन काम गर्न दिएनन भन्ने खुलाएनन् ।
लक्ष्मी प्रतिष्ठानलाई बेलायतबाट ३ लाख बढी सहयोग
कान्तिपुर संवाददाता
चितवनका चेपाङ बालबालिकाको रेखदेख गरिरहेको लक्ष्मी प्रतिष्ठानलाई बेलायतबाट ३ लाख ३८ हजार ७५० रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
भाद्र ३१, २०७४
शनिबार भूकम्प गएकाले नेपालमा ३० हजारको ज्यान जोगियो : अध्ययन
कान्तिपुर संवाददाता
नेपालमा भूकम्प सुरक्षाका लागि अभियान चलाइरहेका भूगर्भविद् आमोदमणि दीक्षितले दुई वर्षअघि बैशाख २०७२ मा शनिबारका दिन भूकम्प गएकाले झण्डै ३० हजार बालबालिका, शिक्षक, शिक्षिका र कर्मचारीहरुको ज्यान जोगिएको बताएका छन् ।
जापान पुगेको डेढ महिनामै मृत्यु
कान्तिपुर संवाददाता
पारिवारिक भिसामा डेढ महिनाअघि जापान आएकी चितवन लंखुकी ३५ वर्षीय भिमा पाण्डेको नागोयामा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारार्थ नागोयाका सिनोदावासी नजिकैको नागोया मुटु अस्पतालमा उपचारको क्रममा शुक्रबार राति पाण्डेको मृत्यु भएको हो ।
भाद्र ३०, २०७४
दसैंमा लन्डन
कान्तिपुर संवाददाता
संगीतकार कालिप्रसाद बाँस्कोटा, गायक हेमन्त राना र ‘हट एन्ड बोल्ड’ कलाकार सुषमा कार्की लन्डन आइपुगेका छन् । सिद्धार्थ एवं नेप्लिज इन्टरटेन्मेन्ट ग्रुपले गर्न लागेको विजया दशमी शुभकामना साँझका लागि कलाकार बेलायत आएका हुन् ।