text
stringlengths
2
914
होम कार्की
जब तिहार नजिक आइपुग्छ, इलामकी रेणु कार्कीले प्रवासमा बिताइसकेका वर्ष गन्न थाल्छिन् । लेवनानबाट वैदेशिक रोजगारी थालेकी रेणुले जोर्डन हुँदै कतार पुगेपछि पाइला रोकेकी थिइन् । कतार उनलाई आफ्नै गाउँठाउँजस्तो लाग्छ ।
कार्तिक ३, २०७४
अष्ट्रेलियामा तिहारको अलग रौनक
नारायण खड्का
नेपाली बालबालिकालाई नेपाली भाषा सिकाइरहेको नेपाली पाठशालाले दुईदिनअघि देउसी भैलो खेल्न सुरु गर्‍यो । त्यस्तै नेपालमा बिद्यालय निर्माण गरिरहेको बोटल फर स्कुलले पनि सहयोग संकलनकै लागि देउसी भैलो खेलिरहेको छ ।
कार्तिक २, २०७४
श्रीमतीको ज्यान लिन खोज्ने भूपू गोर्खालाई १४ वर्षको जेल सजाय
नवीन पोखरेल
ब्रिटिस अदालतले आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योग गरेकोमा एकजना भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।
जोर्डनसँगको श्रम सम्झौता जसरी पनि कार्यान्वयन हुन्छ : श्रममन्त्री
होम कार्की
श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले जोर्डनसँग भएको श्रम सम्झौतालाई प्रभावकारी र दृढताका साथ कार्यान्वयन गर्न दुवै सरकार अग्रसर हुने बताएका छन् ।
कार्तिक १, २०७४
एनआरएनए प्रवक्तामा भूषण घिमिरे
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा भूषण घिमिरे नियुक्त भएका छन् । संघको बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले घिमिरेलाई प्रवक्तामा नियुक्त गरेको हो । घिमिरे जापानमा सञ्चारसहितका उद्यम क्षेत्रमा क्रियाशील छन् ।
आश्विन ३१, २०७४
एडिनबरामा नेपाली बगैंचाको उद्घाटन
कान्तिपुर संवाददाता
ब्रिटेनका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्कटल्याण्डस्थित विश्वप्रसिद्ध रोयल बोटानिकल गार्डेन एडिनबरामा नेपाली उद्यानको उद्घाटन गरेका छन्।
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
कृष्ण आचार्य , शेखर अधिकारी
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् ।
आश्विन ३०, २०७४
एनआरएनए अध्यक्षमा भट्ट र गुरुङको उम्मेद्वारी दर्ता
कृष्ण आचार्य
गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको अध्यक्ष पदमा हालका उपाध्यक्ष भवन भट्ट र आइसीसी सदस्य जमुना गुरुङ (घले) बीच प्रतिस्पर्धा हुने भएको छ ।
आश्विन २९, २०७४
पीडितका नाममा जापानमा आफूखुसी राहत रकम संकलन
प्रकाश पन्थी
नेपालमा बाढी र पहिरोका कारण घरबार गुमाएका तराईवासीको दिनचर्या यतिबेला सामान्य बन्दै गएको छ । जापानमा उनीहरुका नाममा सहयोगका लागि भन्दै पैसा उठाउने क्रम अझै जारी छ । आइतबार मात्रै नेपाली सेवा समाज गिफुले एक लाखभन्दा बढी जापानीयान उठाएर धुर्मुस-सुन्तली फाउन्डेशनमार्फत बाढीपीडितलाई पठाएको जनायो ।
आश्विन २७, २०७४
कतारमा कामदार समस्या : सात दिनमै समाधान गर्ने संयन्त्र बन्दै
होम कार्की
कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले कामदारको समस्या सात दिनभित्र समाधान गर्ने संयन्त्र बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
एनआरएन अमेरिकाको क्षेत्रीय उपसंयोजकमा सुमन लम्सालको उम्मेदवारी
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अमेरिका क्षेत्रीय उपसंयोजकमा क्यानडाका सुमन लम्सालले उम्मेदवारी दिने भएका छन् ।
निजी पुस्तकालय किनेर चन्द्र शम्सेरले उपहार दिएका थिए अक्सफोर्ड विश्वविद्यालयलाई
कान्तिपुर संवाददाता
नेपालका प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरलाई बेलायतको अक्सफोर्ड युनिभर्सिटीले मानार्थ डिग्री दिने भएपछि उनी बेलायत आउँदा उक्त युनिभर्सिटीलाई के उपहार ल्याउने द्विविधामा परे । उपहार दिनेबारे छलफल हुंदाहुंदै बनारसका एकजनाले आफ्नो पुस्तकालय नै विक्री गर्न खोजेको चन्द्र शमशेरले चाल पाए ।
एनआरएनको नेतृत्वमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा
होम कार्की
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना गुरूङबीच प्रतिस्पर्धा हुने भएको छ । संघको शनिबारदेखि सुरू हुने आठौं विश्व सम्मेलन र अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा सहभागी हुन विश्वभरबाट प्रतिनिधि आउनेक्रम जारी छ ।
आश्विन २६, २०७४
एनआरएनए अमेरिकाका दुई अभियन्ता एउटै पदमा भिड्दै
दिनेशजंग शाह
गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षका लागि एनआरएनए अमेरिकाका दुई प्रमुख अभियन्ताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बाल्टिमोरमा नेपाली विद्यार्थीको निधन
कान्तिपुर संवाददाता
बाल्टिमोरमा हालै एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । डेढ वर्षअघि अध्ययनका लागि अमेरिकामा आएका २३ वर्षीय प्रसिद्व कँडेलको मृत्यु भएको हो ।
आश्विन २५, २०७४
एनआरएनएमा मलेसियाबाट २ जनाको उम्मेदवारी
कान्तिपुर संवाददाता
मलेसियामा कार्यरत भवानी शंकर तिवारी र रमेशप्रसाद तिवारीले गैर आवासीय नेपाली संघको एसिया क्षेत्रीय संयोजक र सह–संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आश्विन २४, २०७४
एनआरएनका उम्मेदवारहरु भन्छन्,‘नेपालीले पाउने तलव श्रम–सम्झौतामै लेखियोस्’
कान्तिपुर संवाददाता
खाडी क्षेत्रका एनआरएन अभियान्ताहरुले मध्यपुर्वमा कार्यरत नेपालीले सरकारले निर्धारण गरेको तलव पाउन नसकेको भन्दै त्यसलाई कार्यान्वयन गराउन श्रम सम्झौतामै लेखिनुपर्नेमा जोड दिएका छन् ।
आश्विन २३, २०७४
कतारमा एनआरएनद्वारा शुभकामना आदानप्रदान
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले बिजयादशमी, शुभ दिपावली, नेपाल सम्बत र छठको अवसरमा शुभकामना आदानप्रदान दोहामा गरेको छ ।
लन्डनमा १०८ औं देवकोटा जयन्ती
कान्तिपुर संवाददाता
नेपाली साहित्य विकास परिषद यूकेले आइतबार १०८ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती विभिन्न कार्यक्रमसहित मनायो ।
एमाले विदेश संगठन कोरियाको अध्यक्षमा परशुराम सापकोटा
कान्तिपुर संवाददाता
नेकपा एमालेका विदेश संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आइतबार सम्पन्न छैटौं अधिवेशनले परशुराम सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
आश्विन २२, २०७४
नेपालमा वाम एकता गर्ने घोषणापछि कोरियाका माओवादी र नयाँ शक्तिका कार्यकर्ताहरु ससफोमा प्रवेश
कान्तिपुर संवाददाता
नेपालमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच वाम एकता गर्ने घोषणा भएको परिपेक्षमा दक्षिण कोरियाका माओवादी र नयाँ शक्ति पार्टीका केही कार्यकर्ताहरुले भने पार्टी परित्याग गरेका छन् । उनीहरु संघीय समाजवादी फोरम (ससफो) मा प्रवेश गरेका छन् ।
आश्विन २१, २०७४
नेपालको पर्यटन प्रवर्द्धनका लागि जापानमा प्रचारप्रसार
प्रकाश पन्थी
नेपालमा पर्यटन प्रवर्द्धनका लागि जापानमा तस्बिरसहितका सामाग्रीमार्फत प्रचारप्रसार गरिएको छ । प्रचारप्रसारमार्फत १ लाखभन्दा बढी विदेशी नागरिकलाई फोटोसहितका सामाग्री वितरण गरिएको आयोजकले बताएका छन् ।
आश्विन २०, २०७४
मृगौलापीडितद्वयलाई जापानबाट आर्थिक सहयोग
प्रकाश पन्थी
रकम अभाव भएर उपचारमा समस्या भोगिरहेका दुईजना मृगौलापीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । सहयोग पाउनेमा गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भूसाल छन् ।
एनआरएन उपाध्यक्ष पन्त पुन: उपाध्यक्ष उम्मेदवार
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनावी अभियान सुरु गरेका छन् ।
अष्ट्रेलियाको संसद भवनमा नेपालीको दसैं
नारायण खड्का
पहिलोपटक अष्ट्रेलियाको संसद भवनमा आयोजना गरिएको कार्यक्रममा नेपालीहरुले बडादसैं मनाएका छन् । दक्षिण अष्ट्रेलियाको संसद भवनमा दशैंको अन्तिम दिन पूर्णिमाको अवसरमा दक्षिण अष्ट्रेलियाका संवैधानिक समितिका अध्यक्ष रसल वाट्लीले बडादशैंको कार्यक्रम आयोजना गरेका थिए ।
आश्विन १९, २०७४
यूएईबाट ६ करोड ७७ लाख क्षतिपूर्ति
होम कार्की
संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्यु भएका ९१ जना मृतक नेपाली कामदारका परिवारले ब्लडमनीबापत २२ लाख ५६ हजार दिराम (झन्डै ६ करोड ७७ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन् ।
एनआरएनए सम्मेलनमा जापानबाट ६ जना आकांक्षी
प्रकाश पन्थी
दुई सातापछि राजधानी काठमाडौंमा हुने गैरआवासीय नेपाली सघं (एनआरएनए)को आठौं विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि जापानबाट ६ जनाले आकांक्षा देखाएका छन् ।
आश्विन १८, २०७४
एनआरएन यूरोप संयोजकमा गौतमको उम्मेदवारी घोषणा
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौं अधिवेशनका लागि युरोप क्षेत्रिय संयोजकमा बेल्जियमका गंगाधर गौतमले उम्मेद्वारी घोषणा गरेका छन् ।
अष्ट्रेलियाबाट एनआरएनमा ७ को उम्मेदवारी