text
stringlengths 2
914
|
|---|
एनआरएन आईसीसी विधान संशोधनको माग
|
नारायण खड्का
|
एनआरएन केन्द्रीय समितीको विधानमा सबैलाई समान सहभागिता दिनुपर्ने बताउँदै बिधान संशोधन गर्न माग गरिएको छ । एनआरएन न्युजिल्याण्डका पूर्वअध्यक्ष बाबुराजा महर्जनले अहिलेको बिधानले सबै सदस्य राष्ट्रहरुलाई मुलधारमा समेट्न नसकेको भन्दै संशोधनको माग गर्दै विधान संशोधन समितिमा प्रस्ताव लगेका हुन्
|
भाद्र २९, २०७४
|
एनआरएनए महासचिवमा त्रिलोकको उमेदवारी
|
गैर-आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा हङकङका त्रिलोक (यमकुमार) गुरुङले उमेदवारी घोषणा गरेका छन् ।
|
भाद्र २८, २०७४
|
काली र हेमन्त मोडलसहित लन्डनमा
|
कान्तिपुर संवाददाता
|
लन्डन । यतिखेर ‘लाइमलाइट’मा रहेका संगीतकार कालीप्रसाद बास्कोटा, गायक हेमन्त राना र ‘हट एन्ड बोल्ड’मोडल सुष्मा कार्की मंगलबार साँझ लन्डन आइपुगेका छन् ।
|
एनआरएनए कोरिया अध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको सौलमा सम्पन्न छैटौं महाधिवेशनबाट लक्ष्मी लामा गुरुङ अध्यक्षमा निर्वाचित भएकी छन् ।
|
भाद्र २७, २०७४
|
४० तलाबाट खस्दा दुबईमा एक नेपालीको मृत्यु
|
आश गुरुङ
|
यूएईकाे अबुधावीस्थित एक कम्पनीमा कार्यरत लमजुङका युवकको ४० तलाबाट खस्दा निधन भएको छ ।
|
भाद्र २६, २०७४
|
एनआरएन साइप्रसमा मल्ल चयन
|
कान्तिपुर संवाददाता
|
गैर आवासीय नेपाली संघ साइप्रसको अध्यक्षमा पुन: सुभाष मल्ललाई चयन गरेको छ ।
|
युएईमा रमेश र शालिकवीच प्रतिस्पर्धा
|
कान्तिपुर संवाददाता
|
गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको अध्यक्ष पदमा रमेश श्रेष्ठ र शालिक सुबेदीवीच प्रतिस्पर्धा हुने भएको छ । १५ सेप्टेम्बर दुबईमा हुन लागिरहेको एनआरएनए युएईको अधिबेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।
|
अनेसास कतारको छैठौं अधिवेसन
|
कान्तिपुर संवाददाता
|
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारको छैठौं अधिवेसन सम्पन्न भएको छ । अधिवेशनको अवसरमा १५२ औं मोती जयन्ती र अनेसास नवोदित वाचन डबलीको ७३ औं श्रृखला आयोजना गरिएको थियो ।
|
भाद्र २५, २०७४
|
एनआरएनए यूकेको अध्यक्षमा फगामी निर्वाचित
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)को अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् ।
|
समलिङ्गी विवाह मान्यताका लागि अस्ट्रेलियामा मतदान
|
नारायण खड्का
|
समलिङ्गी विवाहलाई मान्यता दिने वा नदिने विषयमा अस्ट्रेलियामा हुलाकबाट राष्ट्रिय रुपमा मतदान हुने भएको छ ।
|
साउदीमा नेपाली- ‘कोठा छिर्नै नाली सोहोर्नुपर्छ’
|
होम कार्की
|
साउदी अरबको यन्वुबाट १७ नेपालीलाई खेद्न कम्पनी साहुले के गर्न बाँकी राखेनन् ? पहिला तलब दिएनन् । त्यसपछि खाना बन्द गरे । साहु उपस्थित नभएपछि मुद्दामा सुनुवाइ नहुने भएकाले उनी अदालतमा कहिल्यै गएनन् ।
|
भाद्र २४, २०७४
|
अष्ट्रेलियाको केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै नेपाली
|
नारायण खड्का
|
पश्चिम अष्ट्रेलियाका युवा भूवन खड्काले केही महिनाअघि भएको संसदीय निर्वाचनमा तेस्रो ठुलो पार्टी ग्रिनबाट सांसदको टिकट पाए । सिड्नीमा शनिबार भइरहेको स्थानीय निर्वाचनमा विलग्वी काउन्सिलको नारेम्बममा काउन्सिलरको पदमा स्वतन्त्र रुपमा निर्वाचन लडिरहेका छन् ।
|
भाद्र २३, २०७४
|
कतारवाट मृगौला पीडितलाई सहयोग
|
कान्तिपुर संवाददाता
|
कतारको अल तामिज क्लिनिक कम्पनीमा कार्यरत नेपालीले दुवै मृगौला फेल भएकी ३२ वर्षिय सबिता नेपालीलाई एक लाख ९० हजार रुपैयाँ सहयोग गरेका छन् । सविता अलतामिजमा ५ बर्षदेखि कार्यरत थिइन् ।
|
बाढीपीडितका लागि चीनका नेपालीद्वारा कम्बल
|
कान्तिपुर संवाददाता
|
करिब एक महिनाअघि आएको बाढीबाट प्रभावित परिवारहरुका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) चीनको यिवु क्षेत्रीय कमिटीले राहत सामग्री उपलब्ध गराएको छ ।
|
एनआरएन अमेरिकाको अध्यक्षमा पौडेल पुन: निर्वाचित
|
कान्तिपुर संवाददाता
|
गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल फेरि एक पटक निर्वाचित भएका छन् । विगतमा कांग्रेसको भातृ संगठन, नेपाली विद्यार्थी संघको केन्द्रीय राजनीतिमा सक्रिय पौडेल, पेशाले चिकित्सक हुन् । यसअघि सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए ।
|
भाद्र २२, २०७४
|
एनआरएनए यूके पूर्वअध्यक्ष क्षेत्रीको लाञ्छनाविरुद्ध पत्रकार महासंघको आपत्ति
|
नवीन पोखरेल
|
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वअध्यक्ष एवं एनआरएनए आईसीसी सदस्य योगेन्द्रबहादुर क्षेत्रीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुमाथि सामाजिक सञ्जालमा असभ्य, अशिष्ट, अशोभनीय, अमर्यादित र धाकधम्कीपूर्ण लाञ्छना लगाएकोप्रति नेपाल पत्रकार महासंघ बेलायतको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
|
भाद्र २१, २०७४
|
अष्ट्रेलियाद्वारा १६ करोड सहयोगको घोषणा
|
नारायण खड्का
|
अष्ट्रेलिया सरकारले नेपालमा हालै गएको बाढीपहिरो पीडितहरुको सहयोगार्थ २ मिलियन अष्ट्रेलियन डलर (करिब १६ करोड रुपैयाँ) सहयोग दिने घोषणा गरेको छ । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले एक बिज्ञप्ति जारी गर्दै उक्त सहयोग दिने बताएकी हुन् ।
|
भाद्र २०, २०७४
|
साउदी एनआरएनको नेतृत्व चयन
|
कान्तिपुर संवाददाता
|
साउदी अरवस्थित गैरआवासीय नेपाली संघको छैठौं अधिवेशनले नारायण पासवानलाई अध्यक्षमा चयन गरेको छ । आइसिसी सदस्यमा जोन अर्याल चयन भएका छन् ।
|
सिड्नीमा गजल मुसायरा
|
नारायण खड्का
|
युवाकवि मोतीराम भट्टको जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको गजल मुसायराले सहभागीहरुलाई मनोरञ्जन मात्र दिएनन् कि गजलकारलाई आफ्नो मनको कुरा खोल्ने वातावरण पनि सिर्जना गरिदियो ।
|
एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा शर्मा
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली संघ नेदरल्याण्ड्समा ठाकुर प्रसाद शर्मा (मनोहरी)को समुह विजयी भएका छन् ।
|
एनआरएनए नाइजेरियामा नयाँ नेतृत्व
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली संघ नाइजेरियाको छैटौं अधिवेशनले जनक विष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
|
यी हुन् एनआरएन अमेरिकाको नेतृत्वका दाबेदार
|
दिनेशजंग शाह
|
गैरआवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, अमेरिकाको निर्वाचन मंगलबार र बुधबार हुँदैछ । सुचना प्रविधिसम्बन्धी व्यवसायी गौरी जोशीको उम्मेदवारीको विषयलाई लिएर विवाद चर्किएपछि यो विषयले अदालतमा प्रवेश पाएको थियो । अन्तत, जोशीले मुद्दा फिर्ता लिनुका साथै उम्मेदवार नबन्ने घोषणा गरेपछि निर्वाचनको नयाँ मिति तय भएको हो ।
|
भाद्र १९, २०७४
|
युएई एनआरएनका क्षेत्रीय समितिमा नेतृत्व चयन
|
कान्तिपुर संवाददाता
|
गैर आवासीय नेपाली संघ(एनआरएनए) युएई अन्तर्गत रहेका ७ वटा क्षेत्रीय समितिको नयाँ नेतृत्व चयन भएको छ ।
|
अष्ट्रेलियामा मनाइयो ईन्द्रजात्रा र गौरा पर्व
|
नारायण खड्का
|
पृथक रुपमा मनाइँदै आएको नेपाली परम्परागत पर्वहरु इन्द्रजात्रा र गौरा पर्व अष्ट्रेलियामा पनि मनाइएको छ । सिड्नीमा सुदुरपश्चिम समाज अष्ट्रेलियाले गौरा पर्वको आयोजना गरेको थियो भने दक्षिण अष्ट्रेलियामा गुठी संस्थाको आयोजनामा ईन्द्रजात्रा मनाइएको थियो ।
|
भाद्र १८, २०७४
|
एनआरएन कतारमा नविन विजयी
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली संघ, कतारको अध्यक्षमा नगेन्द्र (नविन) प्रसाद पोखरेल विजयी भएको छ । काँग्रेस, माओवादी र जनजातीका गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रिएका पोखरेलले एमाले–मधेसवादी दलका उम्मेदवार मो.मुख्तदा मुसलमानलाई ७७ मतको अन्तरले हराएको हो । पोखरेलले ८ सय ५९ र मुसलमानले ७ सय ८२ मत पाएका थिए । दुवै जना ब्यवसायी हुन् ।
|
दिवानमा रमाइरहेका नेपाली
|
होम कार्की
|
अरबको सौन्दर्य दिनमा होइन रातमा देखिन्छ । दिनभर सूर्यको तेजले सुन्दरतालाई खाइदिन्छ । जब सूर्य अस्ताउँदै जान्छ बिस्तारै अरबी सहर बेहुलीको सिंगारझैं खुल्दै आउँछ । लाग्छ, सहर हीरामोती र सुनैसुनले सजिएको छ ।
|
भाद्र १६, २०७४
|
तावुकमा भलिवल प्रतियोगिता
|
कान्तिपुर संवाददाता
|
मुस्लिम धर्मालम्बीको महान चाड इदको अवसरमा साउदी अरवस्थित गैरआवसीय नेपाली संघ क्षेत्रीय समन्वय समिति, तावुकले भलिवल प्रतियोगिता आयोजना गरेको छ
|
बेलायतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको शाखा गठन
|
कान्तिपुर संवाददाता
|
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको बेलायत च्याप्टर गठन गरिएको छ । पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सिद्धार्थ विक्रम क्षेत्रीको नेतृत्वमा पहिलो पटक नेपाल बाहिर बेलायतमा शाखा विस्तार गरिएको हो ।
|
भाद्र १५, २०७४
|
ब्याडमिन्टन विश्व च्याम्पियनसिपमा नेपाली निर्णायक
|
कान्तिपुर संवाददाता
|
बेलायतको स्कटल्यान्ड राज्यअन्तर्गत ग्लास्गोमा २१ देखि २७ अगष्टसम्म ब्याडमिन्टन विश्व च्याम्पियनसिप ०१७ आयोजना गरियो । ब्याडमिन्टन वल्ड फेडेरेसनले उक्त प्रतियोगिता गरेको हो ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.