text
stringlengths 2
914
|
|---|
जब ओमानी दूतावासै आएर बिल देखाउँछन्
|
होम कार्की
|
एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किमि टाढा सललाहबाट भागेर उनी दूतावासको शरणमा आएकी थिइन् । दूतावासले उनलाई नेपाल पठाउन लागेको विषय ओमानीलाई चित्त बुझेको थिएन ।
|
भाद्र १४, २०७४
|
अमेरिकामा आँधीहुरीले १५ नेपाली परिवार विस्थापित
|
कान्तिपुर संवाददाता
|
‘हार्भी’नामक समुद्री आँधीहुरीसहितको भीषण वर्षाका कारण टेक्सासको ग्रेटर ह्युस्टन क्षेत्रमा १५ नेपाली परिवार विस्थापित भएका छन् ।
|
भाद्र १३, २०७४
|
फोनिज युकेमा प्रमिला लाबुङ राई, गणेश राईको ‘बीस किराती लेखक’ सार्वजनिक
|
कान्तिपुर संवाददाता
|
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको दोस्रो अधिवेशनले प्रमिला लाबुङ राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
|
एनआरएन कतारमा कडा प्रतिस्पर्धा
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली संघ, कतारको आगमि अध्यक्षको लागि नगेन्द्र (नविन) प्रसाद पोखरेल र मो.मुख्तदा मुसलमानवीच कडा प्रतिस्पर्धा हुदैछ । पोखरेललाई काग्रेस, जनजाती महासंघ र एमाओबादीको समर्थन छ । मुसालमानलाई एमाले र मधेसवादी दलको समर्थन छ । दुवै ब्यवसायी हुन् ।
|
नेपाली दूतावास अस्ट्रेलियाको महत्वकांक्षी योजना
|
नारायण खड्का
|
यहाँ रहेको दूतावासले अस्ट्रेलियामा रहेका अवैतनिक बाणिज्यदूतावासहरुसँगको सहकार्यमा नेपाल र नेपालीको हितमा गरिने बिभिन्न महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । नेपाली दूतावास क्यानबेरामा मंगलबार आयोजना गरिएको राजदुत र अवैतानिक बाणिज्यदुतहरुसँगको परामर्श बैठकमा ‘नेपाल अष्ट्रेलिया ट्रेड तथा कमर्स टीम’ स्थापना गर्ने लगायतका निर्णय भयो ।
|
न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा उत्कृष्ट
|
कान्तिपुर संवाददाता
|
पहिलो पटक अमेरिकाको न्यूयोर्कमा 'नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव' सम्पन्न भएको छ । २३ औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले उक्त महोत्सवको आयोजना गरेको हो ।
|
भाद्र १२, २०७४
|
मिनी नेपाल झैं बन्यो लन्डन
|
कान्तिपुर संवाददाता
|
लन्डनस्थित केम्पटन पार्क रेस कोर्स आइतबार मिनी नेपाल झैं सिंगारियो । करिब दश हजार नेपालीको जमघटले मात्र होइन, ९ औं नेपाली मेलामा प्रस्तुत विभिन्न जातजातिका सांस्कृतिक झांकी, भेषभुषा र हाट बजारले नेपाल भन्दा फरक परिवेश अनुभूति गराएन ।
|
तमुधिं यूकेद्वारा बाढी पीडितलाई १० लाख सहयोग
|
कान्तिपुर संवाददाता
|
तमुधिं यूकेले नेपालका बाढी पीडितलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । तमुधिं यूकेले आफ्ना संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घलेमार्फत उक्त रकम बाढी पीडितलाई दिएको हो ।
|
भाद्र ११, २०७४
|
टोकियोमा नेपाली घर
|
कान्तिपुर संवाददाता
|
जापानीका लागि नेपाली खानाको मेनु नौलो हैन । जापानका विभिन्न सहरमा फैलिएका नेपाली रेस्टुरेन्टहरूका खास पारखी जापानी नै हुन्छन् ।
|
भाद्र १०, २०७४
|
११ वर्षीय बालकले ल्याए ‘ड्रागन राइजिङ’ पुस्तक
|
नारायण खड्का
|
११ वर्षका बालक आश्रय फुयालले ‘ड्रागन राइजिङ, द अवेकनिङ’ नामक पुस्तक सार्वजनिक गरेका छन् । नेपालमा जन्मिएर केही वर्षअघि बुबाआमासँग अस्ट्रेलिया आएका उनले अंग्रेजीमा लेखिएको उक्त पुस्तक अनलाइन स्टोरहरुमार्फत सार्वजनिक गरेका हुन् ।
|
भाद्र ९, २०७४
|
महापुराणबाट १८ करोड संकलन, न्युयोर्कमा अभियान जारी
|
कान्तिपुर संवाददाता
|
अमेरिकी भूमिमा नेपाली सामुदायिक भवन एवं मन्दिर निर्माणका लागि हालै सम्पन्न श्रीमद् भागवत महापुराणबाट बोष्टन र नर्थ क्लारोलिनामा करिब १८ करोड रकम संकलन गरिएको छ । यसपटक अमेरिकाको आफनो पहिलो प्रवचनको रुपमा पंण्डित दिनबन्धु पोख्रेलले बोष्टनको महापुराणको नेतृत्व गरेका थिए ।
|
कतारमा नयाँ घरेलु कामदार कानुन जारी
|
होम कार्की
|
कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ । नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको छ ।
|
भाद्र ७, २०७४
|
नेपाली महिलालाई ७ लाख क्षतिपूर्ति
|
होम कार्की
|
आफ्नै स्पोन्सर (मालिक)बाट ओमनको अल-वुरुएमीमा बलात्कार भएकी ४० वर्षीय नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छिन् । पीडितले क्षतिपूर्ति पाएपछि प्रहरीमा स्पोन्सरविरुद्ध हालेको उजुरी फिर्ता लिएर उनी नेपाल फिरेकी छिन् । अल वुरुएमी ओमनको राजधानी मस्कटबाट झन्डै ३ सय २१ किमि टाढा पर्छ ।
|
कला संस्कृति प्रवर्द्धन गर्दै अष्ट्रेलियामा तीज
|
नारायण खड्का
|
दैनिकजसो आयोजना हुने तीजको दरखाने कार्यक्रम । नेपाली परम्परागत साडीचोलो, कुर्तासुरुवाल, पोते, चुरा लगायतका नेपाली गहनाहरुले सजिएका नेपाली चेलीहरु । बर्षदिनमा आउने महिलाहरुको पर्व तीजको रौनक यससबर्ष अष्ट्रेलियामा नेपालको भन्दा कुनै फरक देखिएन् ।
|
एनआरएनए मलेसियाको अध्यक्षमा न्यौपाने
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा खगेन्द्र न्यौपाने निर्विरोध भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार रमेशप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएपछि न्यौपाने निर्विरोध अध्यक्षमा चयन भएका छन् ।
|
भाद्र ६, २०७४
|
ओमानका श्रममन्त्री भन्छन्, 'नेपाली कामदारमाथि पूर्ण विश्वास छ’
|
होम कार्की
|
ओमनका श्रममन्त्री अब्दुल्लाह विन नासिर विन अब्दुल्लाह अल–वर्कीले नेपालसँग श्रम सम्झौता गर्न आफूहरु आतुर रहेको बताएका छन् । नेपालले ओमनसँग श्रमसम्झौता गर्नको लागि मस्यौदा बुझाउने क्रममा उनले त्यस्तो धारणा ब्यक्त गरेका हुन् ।
|
कतार रेडक्रसले बाढीपीडितलाई साढे दुई करोड सहयोग गर्ने
|
कान्तिपुर संवाददाता
|
कतार रेड कृषियन्ट्ले नेपालका बाढीपहिरो पीडितको लागि दुई लाख ५० हजार अमेरिकी डलर (दुई करोड ५६ लाख ५० हजार रुपैयाँ) दिने भएको छ ।
|
एनआरएन आयरल्याण्डको अध्यक्षमा कोइराला
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा नवराज कोइराला सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार राजधानी डब्लिनमा भएको छैटौं अधिवेशनबाट निवर्तमान सल्लाहकार कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
|
भाद्र ५, २०७४
|
अष्ट्रेलियाको मन्त्रीस्तरीय शिक्षा समितिमा नेपाली विद्यार्थी
|
नारायण खड्का
|
अष्ट्रेलियाको शिक्षा सम्बन्धि उच्चस्तरीय संयन्त्र समिति (काउन्सिल अफ इन्टरनेसनल एजुकेशन) मा नेपाली विद्यार्थी विजय सापकोटा चयन भएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबलको मातहतमा रहने यस समितिमा १ वर्षका लागि उनी सदस्यका रुपमा चयन भएका हुन् ।
|
लन्डन फेसन रिभोलुसनमा नेपाली पोशाक
|
लन्डन फुलहामस्थित चेल्सी फुटबल क्लब स्टेडियमको एउटा प्रेक्षालय सप्ताहन्त अलिक भिन्न माहोलमा डुब्यो । त्यहाँ फुटबल होइन, एउटा अन्तर्राष्ट्रियको फेसन शोले दर्शक रोमाञ्चित बने ।
|
एनआरएन न्यूजिल्याण्डमा वाईबा
|
नारायण खड्का
|
गैर आवासीय नेपालीहरुको संगठन एनआरएन न्युजिल्याण्डको अध्यक्षमा कमल वाईबा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा उनले अर्का प्रतिद्वन्द्वी राज महर्जनलाई पराजित गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् ।
|
भाद्र ४, २०७४
|
इटालीमा नेपाली पाठशाला खुल्दै
|
कान्तिपुर संवाददाता
|
ईटालीको मिलानमा नेपाली पाठशाला निर्माण गरिने भएको छ । मिलानमा रहेको मितेरी मञ्चले शिक्षा मन्त्रालयसित हातेमालो गर्दै उक्त पाठशाला निर्माणको पहल थालेको हो ।
|
ओमनमा कार्यरत एक नेपालीको मृत्यु
|
कान्तिपुर संवाददाता
|
वैदेशिक रोजगारीको लागि ओमन पुगेका बसपार्क, वाइपास—नेपालगञ्जका २४ वर्षीय मोहन मल्लको शुक्रबार राति सुतेकै अवस्थामा मृत्यु भएको छ । उनी १५ महिनाअघि ओमन पुगेका थिए ।
|
साइप्रसमा नेपाली युवतीको डुबेर मृत्यु
|
कान्तिपुर संवाददाता
|
साइप्रस प्रहरीले टोकरपुर ८, रामेछापकी २२ वर्षीया यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ । साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाई प्रहरीले मगरको मृत्युबारे जानकारी गराएको हो ।
|
भाद्र ३, २०७४
|
ओमानमा कार्यरत नेपाली भन्छन्, ‘सरकारले आफ्नालाई डुबाएर अरुलाई बचायो’
|
होम कार्की
|
घरमा बाढी पसेपछि महेशवारी–इटहर्वा, सिराहाका देवानन्द चौधरीलाई ओमनमा एकछिन पनि बस्ने मन छैन । ३७ वर्षीय चौधरी ओमनको राजधानी मस्कटबाट ६० किमि टाढा वर्कास्थित गल्फ मसरुम प्रोडक्सनमा काम गर्छन् । दुई सय कामदार रहेका त्यस कम्पनीमा झन्डै ६० नेपाली छन् ।
|
भाद्र २, २०७४
|
भारतमा नेपाली पक्राउ- ‘झूटो आरोपमा फसाइयो’
|
पर्वत पोर्तेल
|
गत साउन १६ गते आमा गंगामायाको उपचारका लागि दिदी साधनासँगै सिलिगुडी आएका थिए, इलाम सूर्योदय नगरपालिका १० फिक्कल २८ वर्षीय उदयहाङ फागो ।
|
श्रावण ३२, २०७४
|
मृत्युको मिति पाएका साहित्यकार श्रेष्ठ बेलायतमा सम्मानित
|
कान्तिपुर संवाददाता
|
केही महिना अघि नै मृत्युको मिति पाएका क्यान्सर पीडित वरिष्ठ सहित्यकार डा. कविताराम श्रेष्ठलाई बेलायतमा एक समारोहबीच सम्मान गरिएको छ ।
|
बाढीपीडितको सहयोगार्थ एनआरएन र झापाली समाजले उठाए १९ लाख रुपैयाँ
|
नारायण खड्का
|
नेपालमा गएको बाढीबाट पीडितहरुका लागि गैरआवसीय नेपाली संघ र झापाली समाज अष्ट्रेलियाले करिब २३ हजार डलर (१८ लाख रुपैयाँ) नगद सहयोग संकलन गरेको छ ।
|
बाढी पीडितलाई एनआरएनए हङकङको राहत
|
कान्तिपुर संवाददाता
|
नेपालका बाढी–पहिरो पीडितका लागि गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङले पाँच लाख रुपैयाँ राहत प्रदान गरेको छ ।
|
श्रावण ३१, २०७४
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.