text
stringlengths 2
914
|
|---|
मञ्जु गुरुङ
|
दक्षिण कोरियामा कार्यरत विदेशी कामदारहरुले दक्षता पूर्ण कामदारको रुपमा आफूले चाहेसम्म कोरियामा परिवार सहित बस्न पाउने इ सेभेन फोर भिसा परिवर्तन गर्न पाउने भएका छन् ।
|
श्रावण १३, २०७४
|
दोहोरो नागरिकताले तात्यो अष्ट्रेलियाली राजनीति
|
नारायण खड्का
|
दोहोरो नागरिकता भएका सांसदहरुले राजीनामा दिन सुरु गरेसँगै अहिले अष्ट्रेलियाली राजनीति तातेको छ । अहिलेसम्म तेस्रो ठुलो पार्टी ग्रिनका दुई सांसदले सिनेटरबाट राजीनामा दिइसकेका छन् सरकारमा रहेका एक मन्त्रीले सरकारबाट राजीनामा दिएका छन् ।
|
न्युयोर्कमा आदिवासी चलचित्र महोत्सव हुने
|
कान्तिपुर संवाददाता
|
विश्व आदिवासी दिवसको अवसरमा न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सवको आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना), अमेरिकाको आयोजनामा हुने चलचित्र महोत्सव अगस्त २५ तारिखदेखि तीन दिनसम्म ढाका क्लवमा हुनेछ ।
|
कविता कन्सर्ट
|
नारायण खड्का
|
सांगीतिक कन्सर्टहरू मात्र हुँदै आएको अस्ट्रेलियामा पहिलोपटक कविता कन्सर्ट भएको छ। कविता कन्सर्टमा सहभागी थिए कवि नवराज पराजुली र बाँसुरीवादक सम्यक महर्जन।
|
श्रावण १२, २०७४
|
बाढी-पहिरो पीडित जापानी नागरिकलाई नेपालीको सहयोग
|
प्रकाश पन्थी
|
तीनसाताअघि भिषण वर्षा र बाढीका कारण घरबार बिहीन भएर अलपत्र परेका जापानको दक्षिण क्षेत्र फुकुओकास्थित आशाकुरा क्षेत्रका बासिन्दालाई जापानबासी नेपालीले आर्थिक सहयोग गरेका छन् । घरबार गुमाएर अलपत्र परेका जापानी नागरिकलाई फुकुओका नेपाल सोसाईटी तथा गैरआवासीय नेपाली सघं (एनआरएनए) जापान क्युशु ले संयुक्तरूपमा १ लाख २० हजार यान नगद सहयोग गरेका हुन् ।
|
श्रावण ११, २०७४
|
नुवाकोटका पाण्डेको साउदीमा मृत्यु
|
कृष्ण थापा
|
वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका विदूर नगर पालिका १० गेर्खुका शम्भु पाण्डे मृत फेला परेका छन । उनको शव साउदी समुन्द्री किनारमा फेला परेको हो ।
|
श्रावण १०, २०७४
|
डिना वाङदेल रहिनन्
|
कान्तिपुर संवाददाता
|
कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुख डिना वाङदेलको मंगलबार अमेरिकामा निधन भएको छ ।
|
कतारमा कास्कीको १५ औं स्थापना दिवस
|
कान्तिपुर संवाददाता
|
कतारमा कार्यरत कस्केलीको सामाजिक संस्था कास्की आदर्श सेवा समाजको १५ औं स्थापना दिवस मनाएको छ । त्यस अवसरमा आदर्श स्मारिका बिमोचना गरियो ।
|
कतारमा एकता समाजको चौथो भेला
|
कान्तिपुर संवाददाता
|
कतार नेपाली एकता समाजको बुद्धिजिवी विभागको चौथो भेलाले हरिप्रसाद शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
|
दोषीलाई कारबाही गर्दा पीडितको झन् बिचल्ली : दूतावास
|
कान्तिपुर संवाददाता
|
यूएईका लागि कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले भिजिट भिसामा ल्याएर कामदारलाई अलपत्र पार्ने व्यक्तिलाई कारबाही गर्न नसकिने बताएका छन् ।
|
श्रावण ८, २०७४
|
आरोप पुष्टि गर्न पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष मल्लको चुनौति
|
कान्तिपुर संवाददाता
|
जापान पठाउने भन्दै ठगीको आरोप लागेका नेपाल पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष तिलक मल्लले आफूमाथिको आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।
|
अनुसन्धान केन्द्रका लागि सहयोग गर्न महावीरको आग्रह
|
नारायण खड्का
|
राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा जुटेका महावीर पुनले यस परियोजनाका लागि सहयोग गर्न अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरेका छन् । महत्वकांक्षी योजनाअनुसार नेपालमा निर्माण गर्न लागेको अनुसन्धान तथा विकास कार्यक्रम परियोजनाका लागि उनले एनआरएनलगायत यहाँ रहेका सबै नेपालीहरुलाई तीन किसिमले सहयोग पुऱ्याउन आग्रह गरेका हुन् ।
|
श्रावण ६, २०७४
|
अमेरिकी एनआरएनमा एक सय ६७ उम्मेदवारी
|
दिनेशजंग शाह
|
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका निर्वाचन समितिले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । चार अध्यक्षसहित एक सय ६७ जनाको नाम सार्वजनिक भएको हो ।
|
अमेरिकामा सामुदायिक हल बनाउने
|
कान्तिपुर संवाददाता
|
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोमा रहेका नेपालीले सामुदायिक हल निर्माण गर्न महत्वाकांक्षी योजना अघि सारेका छन् ।
|
श्रावण ५, २०७४
|
कतारको भोडाफोन सेवामा खरवी
|
कान्तिपुर संवाददाता
|
भोडफोन कतारले छिट्टै गुणस्तर सेवा प्रदान गर्ने दावी गरेको छ । सोमबारदेखि भोडफोनको सेवामा बाधा देखिएको छ ।
|
कुवेतमा आममाफी पाउने एक मात्रै नेपाली
|
कान्तिपुर संवाददाता
|
कुवेतले १२ सय ७ जना कैदीलाई आममाफी दिएकोमा एक जना मात्रै नेपाली परेको छ ।
|
श्रावण ४, २०७४
|
सललाहा एनआरएनको अधिबेशन
|
कान्तिपुर संवाददाता
|
गैर आवसीय नेपाली संघ ओमनको सललाहामा सम्पन्न चौथो क्षेत्रीय समन्वय समितिले टिका दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
|
नवोदित साहित्यिक वाचनालयको नवौ अधिवेसन
|
कान्तिपुर संवाददाता
|
नबोदित साहित्यिक वाचनालय कतारको नवौ साधारण सभाले लेख कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । त्यस अवसरमा २०३ औ भानु जयन्ती र ७१ औं वाचन डवली समेत भएको छ ।
|
कतारी कम्पनीद्वारा मदरसालाई साढे आठ लाख सहयोग
|
कान्तिपुर संवाददाता
|
कतारको नासर अल अलि इन्टरप्राइजेजका अध्यक्ष नासर अलि अल अलीले सिरहाको मदरसालाई ३० हजार रियाल (करिव ८ लाख ५० हजार रुपैयाँ) सहयोग गरेको छ ।
|
श्रावण ३, २०७४
|
कोरियाका राजदुत सिंहले बुझाए ओहोदाको प्रमाणपत्र
|
मञ्जु गुरुङ
|
दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत अर्जुन जंगबहादुर सिंहले आफ्नो ओहदाको प्रमाणपत्र मंगलबार राष्ट्रपति मुन जे इनलाई बुझाएका छन् । सोलको छङ्ह्वा दे (ब्लु हाउस) स्थित राष्ट्रपति कार्यलयमा आयोजित समारोहमा राजदूत सिंहले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
|
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
|
कमलदेव भट्टराई
|
भारत सरकारले सर्वोच्च अदालतलाई पुराना ५०० र १००० को नोट साट्नको लागि अब कुनै पनि व्यवस्था गर्न नसकिने जानकारी गराएको छ । यसअघि सर्वोच्च अदालतले विभिन्न समस्यामा परेर पुराना नोट् साट्न नसकेकाहरुलाई एउटा छोटो अवधि उपलब्ध गराउन आग्रह गरेको थियो ।
|
श्रावण २, २०७४
|
नेपाली साहित्यलाई अंग्रेजी पाठकमाझ पुर्याउन बेलायतमा कार्यदल गठन
|
कान्तिपुर संवाददाता
|
बेलायतमा रहेका ठूला प्रकाशन गृहसँग सम्पर्क गरि नेपाली साहित्यलाई अंग्रेजी पाठकमाझ पुर्याउन पहल गरिने भएको छ ।
|
कोरियाको नेपाली दूतावास आइतबार पनि खुल्ने
|
कान्तिपुर संवाददाता
|
दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावास साप्ताहिक बिदाको दिन आइतबारसमेत खुल्ने भएको छ । आइतबार दूतावासमा आयोजित भेटघाट कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले कामदारको सुविधालाई ध्यानमा राखी आइतबार दूतावास खोल्ने निर्णय गरिएको जानकारी दिए ।
|
श्रावण १, २०७४
|
कोरियामा मजदुरको तलब १६.४ प्रतिशतले बृद्धि
|
मञ्जु गुरुङ
|
दक्षिण कोरियामा सन् २०१८ को लागि मजदुरको पारिश्रमिक प्रति घण्टा १६.४ प्रतिशतले बृद्धि भएको छ । तलब एक हजार ६० वन बृद्धि भई प्रतिघण्टा ७ हजार ५ सय ३० वन पुगेको छ । यसभन्दा पहिला प्रतिघण्टा पारिश्रमिक ६ हजार ४ सय ७० वन रहेको थियो ।
|
हङकङबाट पुस्तकालय अभियान
|
कान्तिपुर संवाददाता
|
हङकङमा आयोजित एक कार्यक्रमबाट नेपालमा पुस्तकालय अभियान सुरु गर्ने घोषणा गरिएको छ ।
|
साउदीमा १७ नेपाली कामदार अलपत्र
|
डिल्लीराम खतिवडा
|
साउदीको यनवुमा तीन महिनायता १७ नेपाली युवक अलपत्र परेका छन् । काम गर्ने कम्पनीले सेवा सुविधासहितको तलब नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।
|
असार ३०, २०७४
|
बेलायती विश्वविद्यालय पढ्ने विद्यार्थी घटे
|
कान्तिपुर संवाददाता
|
बेलायती विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिने विद्यार्थी संख्या घटेको छ । गत वर्षको तुलनामा यसपटक २५ हजार आवेदन (४ प्रतिशत) घटेको भर्ना लिने एउटा निकाय यूकासको तथ्यांकले देखाएको हो ।
|
बार्सिलोनामा नेपाल घुम्न जाऔं भन्ने सन्देश
|
स्पेनको पर्यटकीय सहर बार्सिलोनाका सडकमा ‘नेपाल घुम्न जाऔं सन्देश अंकित बस गुडिरहेका छन् । ‘नेपाल भ्रमण वर्ष–युरोप २०१७’ अभियान अन्तर्गत पर्यटन बोर्डका अवैतनिक प्रतिनिधि दीपक खरेलले उक्त सन्देशको प्रचार संयोजन गरिहरेका हुन् ।
|
असार २९, २०७४
|
योगेश भट्टराई कतारमा
|
कान्तिपुर संवाददाता
|
नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराई कतार आइपुगेका छन् । वेलायतस्थित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेसन सकेर उनी कतार आइपुगेका हुन् ।
|
असार २८, २०७४
|
कोरियामा एक नेपालीद्वारा आत्महत्या
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.