text
stringlengths
2
914
अष्ट्रेलियामा करिब ५५ हजार नेपालीहरु बसोबास गरिरहेको तथ्यांक सार्वजनिक भएको छ । तथ्यांकमा बालबालिकादेखि ८४ बर्षसम्मका नेपालीहरु अष्ट्रेलियामा बसोबास गरिरहेको देखिएको छ ।
बेलायतमा ममताले बाँधिइन् सुन्दरी गायिका
कान्तिपुर संवाददाता
प्रवासमा कला वा संगीतकर्म आफैंमा चुनौतिपूर्ण छ । मेसिनजस्तो चलायमान दिनचर्याबाट फूर्सद निकालेर संगीतकर्ममा होमिने साहस कमैले गर्छन् र त्यो अपवादमा छिन् नवगायिका ममता गुरुङ ।
बेलायतमा ममताले बाँधिइन् सुन्दरी गायिका
कान्तिपुर संवाददाता
प्रवासमा कला वा संगीतकर्म आफैंमा चुनौतिपूर्ण छ । मेसिनजस्तो चलायमान दिनचर्याबाट फूर्सद निकालेर संगीतकर्ममा होमिने साहस कमैले गर्छन् र त्यो अपवादमा छिन् नवगायिका ममता गुरुङ ।
असार १४, २०७४
जोर्डनको गार्मेन्ट उद्योगमा विस्फोट हुँदा नेपाली महिला घाइते
होम कार्की
जोर्डनको हासान औद्योगिक क्षेत्रस्थित क्लासिक फेसन एप्परिल उद्योगमा बुधबार बिहान सिलिन्डर विस्फोट भयो । जसमा एक भारतीय कामदारको मृत्यु र ३० जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा नेपाली महिला पनि छन् ।
कतारमा एकता समाजको प्रशिक्षण
कान्तिपुर संवाददाता
कतार नेपाली एकता समाजले कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
नेपालीलाई शरण दिन नसकिने अमेरिकी पुनरावेदन अदालतको फैसला
दिनेशजंग शाह
अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एक मुद्धामा अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको र आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको छ ।
असार १३, २०७४
‘नयाँ संविधानमा राजनीतिक स्थिरता दिने बलिया आधार छैनन्’
कान्तिपुर संवाददाता
नेपालको नयाँ संविधानका कतिपय व्यवस्था अपुरो, अपरिपक्व र अपरिष्कृत भएको दाबी गर्दै संविधानमा राजनीतिक स्थिरता दिने बलिया आधार नभएको प्राज्ञहरुले औंल्याएका छन् । विश्वभर छरिएर रहेका नेपाली 'थिंक टयांक'हरुको संस्था ठानिने ग्लोबल पोलिसी फोरम फर नेपालको दोस्रो सम्मेलनमा प्राज्ञहरुले नेपालको नयाँ संविधान कार्यान्वयनबारे चिन्ता व्यक्त गरे ।
प्रवासी नेपाली मञ्चमा चानक चयन
कान्तिपुर संवाददाता
एमाले निकट प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा खोटाङका चानक पोखरेल चयन भएका छन् । मञ्चको सोमवार राती सम्पन्न पाँचौ अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । पोखरेल झन्डै १६ बर्षदेखि कतारमा कार्यरत छन् ।
असार १२, २०७४
कतारको हमाद वन्दरगाहमा नयाँ पानी जहाज आइपुग्यो
कान्तिपुर संवाददाता
कतारको हमाद वन्दरगाहमा पहिलोपटक दुई समुन्द्री पानी जहाज सामान लिएर आइपुगेको छ । कतारले भारतसँग मिलेर आवश्यक खाद्यान्य लगायत सामग्री दृ्रतगतिमा ल्याउन ‘भारत कतार एक्सप्रेस सर्भिस’ सेवा गरेको थियो । भारतवाट ‘हंसा मैगडेवर्ग’ र ओमनको सल्लाहाबाट ‘पोउल अव्राओ’ पानी जहाज आइपुगेको वन्दरगाहा व्यबस्थापक मवानी कतारले जनाएको छ ।
हुण्डी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने तयारी
कमलदेव भट्टराई
भारतबाट नेपालमा पैसा पठाउनका लागि पछिल्ला वर्षहरुमा विभिन्न बैंकिङ च्यानलहरुको पर्याप्त व्यवस्था भएपनि हुण्डी मार्फत हुने कारोबार नरोकिएपछि त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्ने तयारी भइरहेको सरकारी अधिकारी तथा सरोकारवाला पक्षले बताएका छन् ।
असार ११, २०७४
एनआरएनद्वारा कतारमा इफ्तार
कान्तिपुर संवाददाता
इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमदानको अवसरमा गैरआवसीय नेपाली संघले कतारमा कार्यरत मुस्लिम समुदायको सम्मानमा इफ्तार दिएको छ ।
एनआरएनए क्युसुमा लक्ष्मण बानियाँ
प्रकाश पन्थी
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानअन्तर्गतको क्युसु क्षेत्रीय अधिवेशनले लक्ष्मण बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न अधिवेशनबाट चयन भएको समिति वरिष्ठ उपसंयोजक, उपसंयोजकमा देवराज उप्रेती, नवराज गौतम र शुपेन्द्र घिमिरे चयन भएका छन् ।
असार ९, २०७४
अस्ट्रेलियामा गाँजाबाट क्यान्सरको औषधि बनाइँदै
नारायण खड्का
अन्य मुलुकमा झैं अस्ट्रेलियामा पनि गाँजा लागूपदार्थको रूपमा प्रतिबन्धित छ । तर, अहिले त्यही गाँजाबाट अस्ट्रेलियाले क्यान्सरको उपचारका लागि औषधि निर्माण गर्ने तयारी अघि बढाएको छ । त्यसका लागि विभिन्न राज्यहरूमा १२ कृषकलाई कानुनी रूपमा गाँजाखेतीको अनुमतिसमेत सरकारले दिएको छ । गाँजालाई क्यान्सरलगायत रोगको उपचारका लागि प्रयोग गर्न पाउनुपर्ने माग पहिल्यैदेखि हुँदै आएको थियो ।
असार ८, २०७४
एनआरएन अस्ट्रेलियामा उम्मेदवारी
कान्तिपुर संवाददाता
दुईवर्षे कार्यकालका लागि हुन लागेको प्रवासी नेपालीहरूको संगठन एनआरएन अस्ट्रेलियाको नेतृत्वका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय समितिमा ३ दर्जन बढीले उम्मेदवारी दिएको भए पनि महिला सहभागिता भने शून्य बराबर छ । एनआरएन अस्ट्रेलियाको निर्वाचन यही जुलाई ८ तारिखमा हुँदैछ ।
असार ७, २०७४
एनआरएन अष्ट्रेलियाको अध्यक्षमा चार जनाको उम्मेदवारी
नारायण खड्का
दुई बर्षे कार्यकालको लागि हुन लागेको प्रवासी नेपालीहरुको संगठन एनआरएन, अष्ट्रेलियाको नेतृत्वका लागि चार जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय समितिमा तीन दर्जन भन्दा बढीले उम्मेदवारी दिएको भएपनि महिला सहभागिता भने शुन्य बराबर रहेको छ ।
ग्याँस चुहिंदा साउदीमा दुई नेपालीको मृत्यु
होम कार्की
साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
असार ६, २०७४
‘संस्कृति जोगाउने नाममा बेलायतको नेपाली समाज खण्डित’
कान्तिपुर संवाददाता
एउटा प्राज्ञिक कार्यक्रमका सहभागीले बेलायतको नेपाली समाज जातजातिमा धेरै बाँधिएर संस्कृति जोगाउने नाममा खण्डित र अन्तर्मुखी भएको दावी गरेका छन् । यो आफैंमा नेपाली समाजको प्रमुख समस्या भएको भन्दै सहभागीले परिवर्तनसहित युवाहरुको राजनीतिमा सहभागिता बढाउनु पर्नेमा जोड दिए ।
कोरियामा भिसा सकिएपछि कार्यरत कम्पनीमा फेरि जान पाउने
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा चार वर्ष १० महिना कार्यअवधिको भिसा सकिएपछि कार्यरत कम्पनीमै आउन पाउने इपिएस कामदारको पुनः प्रवेश सम्झौता गर्न सकिने समय थपिएको छ । यस्ता कामदारले भिसा अवधि सकिनेभन्दा ९० दिनअघि नै पुनः प्रवेश सम्झौता लिन सकिने भएका छन् । यसअघि ७ देखि ३० दिनअघि मात्र पुनः प्रवेश सम्झौता लिन सकिन्थ्यो ।
‘गैरकानुनी कामदार जुन ३० भित्र दर्ता नगरे कारबाही’
कान्तिपुर सम्वाददाता
मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई यही जुन ३० भित्रै दर्ता गराउन रोजगारदाताहरुलाई आग्रह गरेको छ । ती कामदारहरुलाई दर्ता नगराएमा वा दर्ता नगरी जागिर दिएमा जुन ३० पछि रोजगारदाताले कारबाही भोग्नुपर्ने चेतावनी पनि उसले दिएको छ ।
असार ५, २०७४
मलेसियामा २ नेपाली युवाको मृत्यु
कान्तिपुर संवाददाता
मलेसियामा कार्यरत एक नेपालीको आइतबार राति सुतेकै अवस्थामा निधन भएको छ । वैदेशिक रोजगारीका क्रममा यहाँको एक कम्पनीमा कार्यरत महेन्द्रनगर-७ कञ्चनपुरका डबलबहादुर बोहराको सुतेकै अवस्थामा मृत्यु भएको उनका साथी ज्ञानेन्द्र बुंगलीले जानकारी दिएका छन् ।
कंगोमा दुई नेपाली सैनिक घाइते
कान्तिपुर संवाददाता
मध्य अफ्रिकी मुलुक कंगोमा विद्रोहीसँगको झडपमा २ नेपाली शान्ति सैनिक घाइते भएका छन् । अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत ‘मोनुस्को’ मिसनमा कार्यरत शमशेरदल २३ औं डफ्फाको गस्तीमाथि विद्रोही समूह माई–माईले आक्रमण गर्दा प्रतिकारका क्रममा उनीहरू घाइते भएका हुन् ।
असार ४, २०७४
कतारमा नेपाली कामदारका ९ कमजोरी : दूतावास
कान्तिपुर संवाददाता
कतारस्थित नेपाली दूतावासले नेपाली कामदारका ९ कमजोरी औलाएको छ ।
वेम्ली एरिनामा गुन्जियो नेपाली संगीत
कान्तिपुर संवाददाता
सांगीतिक कार्यक्रमका लागि विश्वमै ‘आइकोनिक भेन्यू’ मानिन्छ वेम्ली एरिना । ८२ वर्ष अघि निर्मित उक्त भवनमा ओलम्पिक खेलदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु म्याडोना, डेभिड बो, द हु, डोली पार्टन, स्टिभ वन्डर, प्रिन्स देखि द बिटल्स, रोलिङ स्टोन्स्, आशा भोस्ले, ए आर रहमान लगायत हजारौंले आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।
असार ३, २०७४
एनआरएन नेदरल्याण्ड्सको अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा
कान्तिपुर संवाददाता
एनआरएन नेदरल्याण्ड्स को अध्यक्षमा ठाकुर शर्मा 'मनोहरि' ले उम्मेदवारी घोषणा गरेका छन् ।
बहसको विषय बन्दै अष्ट्रेलियाको परिवर्तित नागरिकता नीति
नारायण खड्का
अष्ट्रेलियाका अध्यागमनमन्त्री पीटर डट्टनले परिवर्तित अध्यागमन नीति संसद्‍मा छलफलका लागि प्रस्तुत गरेका छन् । वर्तमान लिबरल सरकारले ल्याएको उक्त परिवर्तित नीति अष्ट्रेलियाको संसद्‍मा मात्र नभएर सर्वसाधारणमा समेत बहसको विषय बनेको छ ।
असार २, २०७४
आँखा शिविरका लागि न्युजिल्यान्डमा १० लाख संकलन
नारायण खड्का
नेपालको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा आँखा शिविर सञ्चालनका लागि न्युजिल्यान्डमा १० लाख बढी सहयोग रकम संकलन गरिएको छ । सिन्धुपाल्चोकमा आँखा रोगबाट पीडितहरुलाई नि:शुल्क उपचार पुर्‍याउने उद्देश्यले एनआरएन न्युजिल्यान्डले च्यारिटी डिनरको आयोजना गरेको थियो । डिनरबाट १२ हजार ५०० न्युजिल्यान्ड डलर संकलन गरिएको हो ।
असार १, २०७४
कतारले अमेरिकासँग १२ विलियन डलरको युद्ध बिमान खरिद गर्ने सम्झौता
कान्तिपुर संवाददाता
सम्झौता पत्रमा कतारका रक्षामन्त्री खालिद अल अत्तियाह र अमेरिकी रक्षामन्त्री जिम माटीजबीच बुधबार सम्झौता भएको हो । साउदी नेतृत्वमा युएई, बहराइनलगायत नौ देशले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गरेको दोश्रो साता कतारले अमेरिकासँग युद्ध बिमान खरिद गर्ने समझदारी गरेको हो । रोर्यटसका अनुसार अमेरिकाले कतारलाई ३६ वटा युद्ध बिमान बिक्री गर्नेछ ।
साउदीमा निर्दोष व्यक्तिलाई छुटाउन अनुरोध
कान्तिपुर संवाददाता
नेपाली साझा मञ्चले साउदी अरबमा निर्दोष ब्यक्तिलाई जेलमा रहेको दाबी गर्दै क्षतिपूर्ति दिएर स्वदेश पठाउनुपर्ने माग राखेको छ ।
दार्जिलिङमा अनिश्चितकालीन बन्द आह्वान
कान्तिपुर संवाददाता
अलग राज्य गोर्खाल्याण्डका लागि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले आजदेखि अनिश्चितकालीन हड्ताल आव्हान गरेको छ ।
कोरियाको पानीजहाज कम्पनीमा नेपाली कामदारको मृत्यु
मञ्जु गुरुङ