text stringlengths 2 914 |
|---|
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया ग्रुपबाट बाहिरिएपछि पनि त्यहाँको आर्थिक कारोबारमा संलग्नता रहेको देखिएको छ । |
डेनमार्कको राजदूतमा तुलाधर नियुक्त |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् । |
सहकारी ठगी प्रकरण : को-को विरुद्ध मुद्दा दर्ता भयो ? [अभियोगपत्र] |
कान्तिपुर संवाददाता |
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । |
रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुने |
दीपक परियार , उपेन्द्रराज पाण्डेय |
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वत: निलम्बन हुने भएको हो । |
सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु |
रासस |
सामाजिक सञ्जालको व्यापकता र प्रविधिको तीव्र विकास र प्रयोगसँगै आमसञ्चार क्षेत्र देखिएका सम्भावना र चुनौतीबारे बौद्धिक विमर्श गर्ने उद्देश्यले आजदेखि काठमाडौंमा सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु भएको छ । |
संघीयताको सुदृढीकरण सर्तमा सवलीकरण कार्यक्रम पुनः लागू |
ऋषिराम पौड्याल |
सरकारले विकास साझेदारहरूसँगको आर्थिक सहयोगमा संघीय शासन व्यवस्थाको पद्धति, प्रक्रिया तथा अन्तरसरकारी सम्बन्ध सुदृढ गर्दै प्रदेश तथा स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी पाँच वर्षका लागि सवलीकरण कार्यक्रम पुनः लागू गरेको छ । |
एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउने उद्दण्ड र अराजक समूहलाई कारबाही गरियोस् : मधेशी आयोग |
कान्तिपुर संवाददाता |
मधेशी आयोगले नेपाल प्रिमियर लिग(एनपीएल) मा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउने उद्दण्ड र अराजक समूहलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले एनपीएलको क्वालिफायर-२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा एउटा उद्दण्ड र अराजक समूहद्वारा जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको जनाएको छ । |
राजनीतिक मुद्दा फिर्ता लिन ल्याइएको केही नेपाल ऐनलाई संशोधन विधेयकको दफा ६४ फिर्ता |
कान्तिपुर संवाददाता |
सरकारले राजनीतिक आवरणमा गरेका अपराधका जुनसुकै मुद्दा फिर्ता लिन कानुनमा गरेको संशोधन प्रस्ताव फिर्ता लिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ संशोधन गर्न केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ६४ फिर्ता लिएको छ । |
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै |
रासस |
जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो । |
रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता |
दीपक परियार |
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । |
मुद्दा दर्ताका लागि रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि कास्की जिल्ला अदालत लगिएको छ । |
एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । |
लामिछानेलाई आज मुद्दा दर्ताका लागि अदालत लगिने |
दीपक परियार |
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ । |
बालबालिकाको सिर्जनशीलतामा ‘जेन-एआई’ बाधक |
कान्तिपुर संवाददाता |
जेसोध्यो त्यही प्रश्नको जवाफ दिनेदेखि फोटो, भिडियो, ध्वनि, संगीत, कथा, कविता, कम्प्युटर कोड, गणितका जटिल हिसाबको समेत फ्याट्टै समाधान ‘जेनेरेट’ गरिदिन सक्ने ‘जेनेरेटिभ एआई’को प्रयोग अहिले विश्वव्यापी रूपमै बढ्दो छ । |
तरकारी व्यवसायमा युवा दम्पती |
ज्योती श्रेष्ठ |
पौरख गरे पाखो बारीबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय जोडी बनेका छन्, काभ्रेको भुम्लु गाउँपालिका–९, ज्याम्दी झगडे गाउँका एक दम्पती ३२ वर्षीया शान्ति ठकुरी र ३४ वर्षीय हरिकुमार ठकुरी । बाँझो पाखोलाई खनजोत गरी तरकारी खेतीबाटै मनग्गे आम्दानी गरिरहेका छन् । |
जीर्ण स्वास्थ्यचौकीबाट उपचार |
विप्लव महर्जन |
सल्यानका १० पालिकाका दुई दर्जन स्वास्थ्यचौकी भवन जीर्ण भएका छन् । दुई दशकअघि निर्माण गरिएका यिनै स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन् । |
किसानदेखि उपभोक्तासम्म पुग्दा मुनाफा खाने ५ तह |
नुमा थाम्सुहाङ |
कीर्तिपुर ट्याङ्लाचोककी सुर्जमाया महर्जन हरेक बिहान ताजा तरकारी किन्न नजिकको पसल पुग्छिन् । गत मंसिर १३ मा तरकारी किन्न जाँदा बन्दा एक सय रुपैयाँ किलो थियो । ‘तरकारी किन्न नसकिने महँगो छ । बन्दा, मुला, फर्सी र खुसार्नी किनेको थिएँ, ५ सयमा १ सय ५० मात्र फिर्ता भयो,’ उनले भनिन् । |
प्रवासी नेपालीलाई मताधिकार प्रस्ताव गरिएको विधेयक गृहमा थन्कियो |
राजेश मिश्र |
निर्वाचन आयोगले तयार गरेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गृह मन्त्रालयमा थन्किएको डेढ वर्ष भएको छ । निर्वाचनसम्बन्धी कानुनमा सुधार तथा परिमार्जन गर्ने गरी विधेयकको मस्यौदा तयार गरेर आयोगले २०८० असार १८ मै गृह मन्त्रालय पठाएको थियो । मस्यौदा मन्त्रिपरिषद् हुँदै विधेयकका रूपमा संसद् लगेर पारित गरेपछि मात्र कार्यान्वयनमा आउँछ । |
पुस ६, २०८१ |
प्रयोगविहीन बेलिब्रिज सार्न दुई वर्षदेखि ‘डेलिगेसन’ |
अर्जुन शाह |
बाजुराको साँफे–मार्तडी सडकखण्डको जडांगास्थित बुढीगंगा नदीमा दुई वर्षअघि पक्की पुल निर्माण भएपछि त्यहाँ रहेको बेलिब्रिज प्रयोगविहीन छ । बेलिब्रिजलाई बाजुराकै कोल्टीस्थित दानसाँघु नदीमा सार्न स्थानीय जनप्रतिनिधिले प्रदेश र संघीय सरकारका निकायमा दौडधुप गर्न थालेको दुई वर्ष बिते पनि सुनुवाइ भएको छैन । |
मिलान्थाको ब्याटिङमा जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि |
विनोद पाण्डे |
लाहिरु मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ । मिलान्थाको ८७ रनमा जनकपुरले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा प्रमुख दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पारेको हो । |
काठमाडौं महानगरद्वारा त्रिपुरेश्वरस्थित भाटभटेनी स्टोरलाई २ लाख जरिवाना |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई जरिवाना गरेको हो । |
एनपीएल फाइनल : जनकपुरविरुद्ध सुदूरपश्चिमको आक्रामक ब्याटिङ, १८५ रनको लक्ष्य |
विनोद पाण्डे |
सैफ जैब र विनोद भण्डारीको शतकीय साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । |
सुदूरपश्चिम र मधेस प्रदेशका मुख्यमन्त्री पनि त्रिवि मैदानमा |
अर्जुन शाह |
एनपीएल क्रिकेटअन्तर्गत शनिबार जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्बीचको फाइनल खेलमा आफ्नो प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न सुदूरपश्चिम र मधेस प्रदेशका मुख्यमन्त्रीहरू त्रिवि क्रिकेट मैदानमा पुगेका छन् । |
हाम्रा स्रोतसाधन र जनशक्ति स्वदेशमै प्रयोग गरौँ : अध्यक्ष दाहाल |
रासस |
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन् । |
एनपीएल फाइनल हेर्न दाहाल कीर्तिपुरमा |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हेर्न प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखकलगायत नेता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन् । |
सरकारले जनताको अवस्थामा सुधार ल्याउने प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्थामा सुधार ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताएका छन् । मकवानपुरको थाहा नगरपालिकामा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले मुलुकमा राजनीतिक स्थायित्वसँगै जनताको अवस्थामा सुधार ल्याउने कार्यमा सरकार लागिरहेको बताएका हुन् । |
विश्वशान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् । |
कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु : कोइराला |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफ्नो नेतृत्वमा कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने प्रतिबद्धता जनाएका छन् । |
आज विश्व ध्यान दिवस मनाइँदै |
कान्तिपुर संवाददाता |
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । |
‘कृषि क्रान्तिबाट समाजवाद’ को बाटोमा नेकपा |
गंगा बीसी |
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीतिक अभियान र कृषि उत्पादनलाई सँगसँगै अघि बढाउने निर्णय गरको छ । नेकपाले कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै ‘नयाँ आर्थिक मार्ग’ को नयाँ प्रस्ताव पनि पारित गरेको छ । |
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना |
कान्तिपुर संवाददाता |
कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । |
‘दक्षिण एसियाको आर्थिक विकासमा नेपाल–भारत साझेदारी अत्यावश्यक’ |
यज्ञ बञ्जाडे |
दक्षिण एसिया क्षेत्रको आर्थिक विकासमा भारत–नेपालबीचको साझेदारी बढ्न अत्यावश्यक रहेको विज्ञहरूले औंल्याएका छन् । दुई देशबीचको बलियो साझेदारीमार्फत दिगो विकासका लक्ष्य हासिल गर्न जलविद्युत्, पर्यटन, सूचना प्रविधि, फिनटेकलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिए । |
बाजुरामा पाँच रेक्टरको भूकम्प |
कान्तिपुर संवाददाता |
जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । |
जीबी राईविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा |
दीपक परियार |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.