text
stringlengths
2
914
दक्षिण कोरियाको गजेदोस्थित डेउ छोसन नामक पानीजहाज बनाउने कम्पनीमा कार्यरत नेपाली कामदार लालबहादुर थापाको दुर्घटनामा बिहीबार मृत्यु भएको छ । बुधबार दिनको साढे १ बजेतिर कार्यस्थलमै करिब ६ मिटर उचाईबाट लडेर भूइँमा झरेका थिए । कोल्टो परेर झर्दा थापाको एक भाग पुरै क्षति पुगेको थियो । थापालाई तुरुन्तै देउ अस्पताल पुर्‍याइए पनि उपचार गर्न नसकी भुसान अस्पतालमा रिफर गरिएको थियो । रातको साढे २ बजे थापालाई चिकित्सकले मृत घोषित गरेको डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुवर्मा लिम्बूले जानकारी गराए ।
जेष्ठ ३१, २०७४
साउदीमा दिउसो काम गर्न रोक
कान्तिपुर संवाददाता
साउदीको श्रम तथा सामाजीक मन्त्रालयले बुधवारबाट दिउसो १२ वजेदेखि ३ वजेसम्म बाहिर क्षेत्रमा काम गर्न रोक लगाएको छ । मन्त्रालयले सेप्टेम्वर १५ सम्म घाममा काममा लगाउन नपाउने जनाएको हो ।
साउदीमा दिउसो काम गर्न रोक
कान्तिपुर संवाददाता
साउदीको श्रम तथा सामाजीक मन्त्रालयले बुधवारबाट दिउसो १२ वजेदेखि ३ वजेसम्म बाहिर क्षेत्रमा काम गर्न रोक लगाएको छ । मन्त्रालयले सेप्टेम्वर १५ सम्म घाममा काममा लगाउन नपाउने जनाएको हो ।
कतारमा नेपाली दूतावास र श्रम मन्त्रालयबीच संयन्त्र बनाइने
कान्तिपुर संवाददाता
कतारमा कार्यरत नेपाली कामदारको श्रम मामिलासम्बन्धी समस्यालाई सम्बोधन गर्न नेपाली दूतावास र श्रम मन्त्रालयबीच संयन्त्र बनाइने भएको छ ।
कतार कुटनीतिक संकट सुधारको दिशातर्फ उन्मुख : अमेरिका
कान्तिपुर संवाददाता
अमेरिकाले खाडीमा देखिएको कुटनीतिक संकट सुधारको दिशातर्फ उन्मुख रहेको जनाएको छ ।
काबुलमा तीन नेपाली अलपत्र
कान्तिपुर संवाददाता
रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवा त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री छन् ।
जेष्ठ ३०, २०७४
लेवनानमा एनआरएनका अध्यक्ष पक्राउ
कान्तिपुर संवाददाता
लेवनानस्थित गैरआवसीय नेपाली संघका अध्यक्ष नन्दुराज काफ्ले सहित ६ जनालाई पक्राउ गरेको छ ।
कतारले दुधको अभाव हुन नदिन ४ हजार गाई ल्याउदै
कान्तिपुर संवाददाता
कतारले दुधको अभाव हुन नदिन अष्ट्ेरलिया र अमेरिकावाट चार हजार गाई ल्याई दुध उत्पादन गर्ने भएको छ । कतार एयरवेजको ६० वटा उडानवाट गाईहरु ल्याउन थालेको हो । ती गाईहरु जुनको अन्त्यसम्म आइपुग्ने वताइएको छ । यसको लागि झन्डै ८ मिलियन डलर खर्च हुने अनुमान छ ।
नेपालीमुलका भुटानीद्वारा अमेरिकामा आत्महत्या
कान्तिपुर संवाददाता
टेक्सासको डालासमा बसोबास गर्दै आएका नेपालीमुलका एक भुटानी शरणार्थीले आत्महत्या गरेका छन् । ४३ बर्षीय हरि अधिकारीले डालासको फोर्टवर्थको आफनै घर बाहिरको रुखमा झुण्डिएर आत्महत्या गरेकाथिए ।
जेष्ठ २९, २०७४
क्यानबेरामा कर्णदास सांगितिक साँझ
कान्तिपुर संवाददाता
पोखरामा निर्माण भइरहेको एक अस्पतालको लागि सहयोग संकलन गर्ने उद्देश्यले गायक कर्ण दासले क्यानबेरामा आफ्नो एकल सांगितिक प्रस्तुती दिएका छन् । पोखरामा निर्माण भइरहेको ग्रीन पाश्चर अस्पतालको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा विदेशीहरुले समेत सहभागिता जनाएका थिए ।
सिड्नीमा महिला सुपर–सिक्स क्रिकेट प्रतियोगिता सम्पन्न
कान्तिपुर संवाददाता
अष्ट्रेलियामा रहेका नेपाली महिलाहरुलाई क्रिकेट खेलप्रति आकर्षित गर्ने उद्देश्यले पहिलोपटक सिड्नीमा नेपाली महिलाहरुको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । पछिल्लो समयमा पुरुष क्रिकेटको विकास भइरहेको समयमा सिड्नीमा पहिलोपटक बसन्त फाउण्डेसनले महिलाहरुको टिम बनाएर क्रिजमा उतारेको थियो । अन्य खेलहरुमा सक्रिय हुँदै आएका भएपनि अष्ट्रेलियाका नेपाली महिलाहरुले क्रिकेट खेल प्रतियोगितामा सहभागी बनेका थिएनन् ।
खुन्मिङमा व्यापार मेला सुरु, नेपाली हस्तकला प्रदर्शनीमा
चेतनाथ आचार्य
चीनको प्रान्तको खुन्मिङमा दक्षिण तथा दक्षिणपूर्वी एसिया बस्तु व्यापार तथा लगानी मेला २०१७ सोमबार बिहान उद्घाटन भएको छ । आगामी आइतबारसम्म संचालन हुने यो मेलामा नेपालका एक सय ६७ वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।
विद्यालय सहयोगार्थ न्यूयोर्कमा किम्फ हुने
कान्तिपुर संवाददाता
मौलिक कथा बस्तुमा आधारित चर्चित वृत्तचित्रहरु आगामी जुलाईको पहिलो सातामा यहाँ प्रर्दशित हुने भएका छन । नेपालमा हरेक बर्ष आयोजना हुदै आएको काठमाण्डौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ), न्युयोर्कमा विगत तीन बर्षदेखि हुँदै आएको छ ।
मृर्गौला पीडित लक्ष्मीलाई तामाङ समाजको सहयोग
कान्तिपुर संवाददाता
दुवै मृर्गौलाले काम नगर्ने भएपछि लामोसमयदेखि उपचाररत लक्ष्मी स्याङतानलाई मलेसियास्थित तामाङ समाजले आर्थिक सहयोग गरेको छ । मलेसियामा क्रियाशिल समाजले पदमपोखरी-७ मकवानपुर निवासी लक्ष्मीलाई ८३ हजार ६ सय ७६ रुपैयाा आर्थिक सहयोग गरेको हो ।
यसरी ठगिन्छन् दिल्लीमा नेपाली
कमलदेव भट्टराई
वैदेशिक रोजगारी तथा विद्यार्थी भिसामा पढ्न पठाउने आश्वासन दिँदै नेपाली युवायुवतीलाई ठगी गर्ने घटना पछिल्ला दिनमा बढ्दै गएका छन् । केही महिनायता आफूहरू ठगिएको भन्दै दिल्लीस्थित नेपाली दूतावासमा उजुरी गर्नेको संख्या बढेको छ । दिनहुँजसो दूतावासमा ठगिएका उजुरी आइरहेका छन् ।
जेष्ठ २८, २०७४
कतारी नाकाबन्दीमा नेपाली चासो
होम कार्की
छिमेकी देश साउदी अरब, यूएई र बहराइनबाट कतार नाकाबन्दीमा परेपछि भक्तपुरकी करुणा राउतलाई निद्रा परेको छैन । उनका श्रीमान् कतारमा काम गर्न थालेको ७ वर्ष भइसक्यो । भर्खरै घर बनाएर ऋणको भारी बोकेर परदेश हिँडेका श्रीमान्को कर्मथलोको सन्देश सुखद छैन ।
जेष्ठ २७, २०७४
छोङचिङमा नेपाल चीन वाणिज्य सेमिनार
चेतनाथ आचार्य
चीनको छोङचिङ सहरमा नेपाल-चीन वाणिज्य सेमिनारको आयोजना गरिएको छ । नेपाल चीन वाणिज्य सर्कलमा संवाद शीर्षकमा शुक्रबार आयोजित सेमिनारमा चीनका उत्कृष्ट पाँच सयभित्र पर्ने कम्पनीहरु पनि सहभागी थिए ।
कतारमा नाकाबन्दी- कतारको बजारमा टर्कीको दूध-दही
होम कार्की
कतारले टर्कीबाट बजारमा माग अनुसार दूध, मोही र दही आपुर्ति गरेको छ । साउदी अरवमा पूर्ण निर्भर दूध-दहीको बजार टर्कीबाट पुरा गरेको हो ।
जेष्ठ २६, २०७४
अटिजम पुनर्स्थापना केन्द्रलाई आयरल्याण्डबाट सहयोग
कान्तिपुर संवाददाता
आयरल्याण्डस्थित द एभरेस्ट नेपाल र काठमाडौं किचन एन्ड दीवाली रेस्टुरेन्टले नेपाल स्थित अटिजम सम्बन्धी एक सामाजिक संस्था ‘विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई संयुक्त रुपमा १ लाख ८३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
भाषा विवादले दार्जिलिङमा तनाव
कान्तिपुर संवाददाता
भारतको पश्चिम बंगाल सरकारले राज्यका सबै स्कुलमा (कक्षा १ देखि १० सम्म) बंगला भाषाको पठनपाठन अनिवार्य गरेपछि दार्जिलिङका नेपालीभाषी आन्दोलनमा उत्रिएका छन्।
जेष्ठ २५, २०७४
'कतारबाट जबर्जस्ती बोलाउनु मानव अधिकारको हनन'
कान्तिपुर संवाददाता
कतारको राष्ट्रिय मानव अधिकार समिति (एनएचआरसी)ले साउदी अरब, बहराइन, र युएईले आफ्ना नागरीकलाई दोहा छाड्न लगाएर मानवअधिकारको हनन गरेको जनाएको छ । ती देशका ११ हजार ३ सय ३८ नागरीक कतारमा बसोबास गर्दै आएका छन् ।
साउदीद्वारा लरी चालकलाई कतार छिर्न अनुमति
हाेम कार्की
साउदी अरबमा रोकिएका नेपालीसहित आप्रवासी लरी चालकलाई कतारमा फर्किन अनुमति दिइएको छ । कुवेत, बहराइन, युएई र साउदीमा सामान पुर्‍याएर साउदी अरब र कतारको वोर्डरमा आइपुगेर रोकिएका रित्तो गाडीलाई कतार छिर्न अनुमति दिएको नेपाली चालकले कान्तिपुरलाई भने ।
जेष्ठ २४, २०७४
सेतो सूर्य सिड्नी फिल्म फेस्टिभलमा प्रदर्शन हुँदै
नारायण खड्का
अष्ट्रेलियाको प्रतिष्ठित चलचित्र महोत्सव सिड्नी फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘सेतो सूर्य’ प्रदर्शन हुने भएको छ । आजदेखि सुरु भएको महोत्सवमा नेपाली चलचित्र सेतो सूर्यको बिशेष प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
कतारसँग १२ महिनालाई पुग्ने खाद्यान्न छ : कतार चेम्बर
कान्तिपुर संवाददाता
कतार चेम्बर अफ कमर्शले कतारसँग आगामी १२ महिनासम्म पुग्ने खाद्यान्न रहेको जनाएको छ । ‘हामीसँग १२ महिनासम्म पुग्ने खाद्यान्न भएकोले कुनै चिन्ता लिनु पर्दैन,’ चेम्बर अफ कमर्शका अध्यक्ष शेख खालिफा विन जास्सिम विन मोहम्मद अल–थानीले भने,‘कतारमा कहिल्यै पनि खाद्यान्नको अभाव हुनेछैन । कतारले ९५ प्रतिशत खाद्यान्न र सामानहरू हवाई र समुद्री जहाजबाट ल्याउने गरेको छ ।’
नेम्पा अवार्ड अमेरिकामा
कान्तिपुर संवाददाता
नेपाल चलचित्र संघले अमेरिकाको डालासमा यस वर्षको फिल्म अवार्ड गर्ने जनाएको छ । पत्रकार सम्मेलन गरी संघले गत वर्ष रिलिज भएका फिल्ममध्येबाट १८ विधामा उत्कृष्ट हुनेलाई नेम्पा अवार्ड प्रदान गरिने बताएको हो । जसका लागि आइतबारदेखि संघले फिल्म दर्ताको लागि आह्वानसमेत गरेको छ ।
जेष्ठ २३, २०७४
कतार गएका नेपाली कामदार अन्योलमा
होम कार्की
चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु–साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोडेर पुन: कुवेत फर्किन सिमाना पुगेका थिए । तर सधैंजसो उनले सोमबार त्यो सीमा पार गर्न पाएनन् ।
जेष्ठ २२, २०७४
कोरियामा गोर्खाका एक युवा झुन्डिएको आवस्थामा भेटिए
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा एक नेपाली कामदार सोमबार बिहान झुन्डिएको आवस्थामा फेला परेको छन् । थेगुस्थित ख्यङसान मेङजिन फोजाङ कम्पनीमा कार्यरत गोर्खाका सुनिल अधिकारी कम्पनीको आवास गृहको बरन्डामा झुन्डिएको अवस्थामा फेला परेको थेगु सेल्टर संचालक चन्द्र लामाले बताए ।
जेष्ठ २१, २०७४
ओमनमा गणतन्त्र दिवस मनाइयो
कान्तिपुर संवाददाता
ओमनस्थित नेपाली दूतावासले दशौं गणतन्त्र दिवस मनाएको छ ।
कतारमा नेपाली व्यवसायीको समस्यावारे दूतावासमा छलफल
कान्तिपुर संवाददाता
कतारस्थित नेपाली दूतावासले नेपाली ब्यवसायीले कतारमा भोग्नुपरेको समस्या र चुनौती लगायत बिबिध बिषयमा नेपाली व्यवसायीसँग विहिवार छलफल गरेको छ ।
साउदीमा राजदूत सिंहले जिम्मेवारी सम्हाले
कान्तिपुर संवाददाता
साउदी अरवका लागि नवनियुक्त राजदूत डा. महेन्द्रप्रसाद सिंहले आइतवारदेखि आफ्नो जिम्मेवारी समालेका छन् ।
युएईमा लप्साङको हत्या