text
stringlengths
2
914
होम कार्की
संयुक्त अरव इमिरेट्स (युएई)को दुवईमा भोताङ–८, सिन्धुपाल्चोककी २५ वर्षीय लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ ।
जेष्ठ २०, २०७४
नेपाली कामदारको तलब कटौती गर्ने मलेसियाली कम्पनीलाई ९ लाख जरिवाना
कान्तिपुर संवाददाता
नेपाली कामदारलाई मापदण्डअनुसार तलब सुविधा नदिने मलेसियाको एक कम्पनीलाई स्थानीय अदालतले करिब ९ लाख २१ हजार (३८, ४०० रिंगिट) रुपैंया जरिवाना गरेको छ । मलेसियाको पेताजिङ जयामा रहेको ‘ह्युमन कनेक्सन एचआर (एम) एसडिएन बिएचडी’ नामक कम्पनीलाई मलेसियाली अदालतले उक्त जरिवाना तोकेको हो ।
आस्था जोशी 'मिसेस नेपाल यूके २०१७'
कान्तिपुर संवाददाता
नेपालमा २२ औं मिस नेपाल भइरहँदा बेलायतमा पहिलोपटक आयोजना गरिएको 'मिसेस नेपाल यूके २०१७' प्रतियोगितामा आस्था जोशी बटाजुले 'मिसेस नेपाल यूके २०१७' उपाधि जितेकी छन् । शुक्रबार साँझ लन्डन हयारोस्थित हयारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगितामा रनर अप पुनम गुरुङ र सेकेन्ड रनरअप भइन् अमृता गिरी गजुरेल ।
आइतबार बेलायतमा वातावरण साहित्य सम्मेलन
कान्तिपुर संवाददाता
बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरण विषयकेन्द्रित साहित्य सम्मेलन आयोजना गरेका छन् । सम्मेलन आइतबार (जून ४) मा लन्डनको चार्ल्टनमा सम्पन्न हुन लागेको संयोजक विजय हितानले जानकारी दिए ।
जेष्ठ १९, २०७४
एकातिर कुमार बस्नेत, अर्कोतिर कर्ण दास
नारायण खड्का
एकातिर लोक गायनका हस्ती कुमार बस्नेतको प्रस्तुती अर्कोतिर आधुनिक गायनका सफल गायक कर्ण दास । सामाजिक कार्यका लागि आयोजना गरिएको भनिएको उनीहरुको कार्यक्रम भने अलग अलग स्थानमा एकैदिन राखिएपछि दर्शकहरु अलमलमा परेका छन् ।
अमेरिकामा किरात जमघट
कान्तिपुर संवाददाता
अमेरिकामा रहेका नेपाली मुलका किरात धर्मावलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा चौथो वार्षिक किरात उभौली कार्यक्रम टेक्सासको डालस सहरमा सम्पन्न भएको छ ।
जेष्ठ १८, २०७४
कतारमा तोकिएको तलव कार्यान्वयन गराउन माग
कान्तिपुर संवाददाता
प्रवासी नेपाली मञ्चले कतारमा कार्यरत नेपालीको न्युनतम तोकिएको तलवलाई कार्यान्वयन गराउन नेपाली दूतावाससमक्ष माग गरेको छ । चार वर्षअघि दूतावासको सिफारीसमा सरकारले कतारमा कार्यरत अदक्ष कामदारको न्युनतम तलव ९ सय रियाल र खाना ३ सय गरी १२ सय रियाल तोकेको थियो ।
जेष्ठ १७, २०७४
यूएई जाने कामदारको करारपत्रमै छली
होम कार्की
अप्रिल २१ तारिख मार्कपार्क, धादिङकी २१ वर्षीया सजिना गुरुङ अल्कुज लेबर क्याम्पमा भेटिइन् । उनी नेपाल फर्कने टिकट र राहदानीको प्रतीक्षामा थिइन् । गल्फ इनोभेसन ओभरसिजलाई ७५ हजार रुपैयाँ तिरेर आएकी सजिना छिट्टै स्वदेश फर्कनु परेकामा चिन्तित देखिन्थिन् । ‘हामीलाई म्यानपावर र कम्पनी मिलेर फसाए,’ गुरुङले भनिन्, ‘केही हुन्छ कि भनेर तीन वर्षे छोरी छाडेर आएँ । पैसा नबच्ने भएपछि किन बसिराख्नु ?’
भिजिट भिसाका कलाकारलाई फर्काइँदै
नवीन पोखरेल
२१ मे साँझ बेलायतस्थित नेपाली पत्रकारहरू आपत्कालीन कोषका लागि एउटा च्यारिटीमा व्यस्त थिए । नेपालबाट लोकगायक खडग गर्बुजा आउने तय थियो ।
जेष्ठ १६, २०७४
एनआरएन साउदीको महाधिवेशन तय
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ, साउदी अरवको छैठौं महाधिवेशन २ सेप्टेम्वरमा गर्ने निर्णय गरेको छ । महाधिवेशनलाई सम्पन्न गर्न बिभिन्न उपसमिति गठन गरेको छ ।
क्यानडामा साकेला
कान्तिपुर संवाददाता
सामूहिक रुपमा मनाएका छन् । टोरोन्टो, अटवा, मिसिसागुवा, ब्रामटन र वर्लिङटनमा रहेका नेपालीहरुको सामूहिक जमघटमाझ उनीहरुले चाड मनाएका हुन् ।
पीडितलाई टिकट
कान्तिपुर संवाददाता
सार्दीखोला सेवा समाज कतारले माछापुच्छ्रे गाँउपालिका–२ का रामसिङ तामाङलाई हवाई टिकट सहयोग गरेको छ ।
कुवेतमा गणतन्त्र दिवस मनाइयो
कान्तिपुर संवाददाता
कुवेतस्थित नेपाली दूतावासले १० औं गणतन्त्र दिवस मनाएको छ ।
समुद्रमा डुबेरमा अमेरिकामा नेपालीको निधन
कान्तिपुर संवाददाता
समुद्रमा डुबेर अमेरिकाको टेक्सास राज्यमा आइतबार दिउँसो एक नेपालीको मृत्यु भएको छ । अस्टिन सहरमा बस्दै आएका काठमाडौं कुसुन्ती स्थायी घर भएका ३५ वर्षीय सुबोध तण्डुकारको निधन भएको हो । बिदा मनाउने क्रममा अर्को राज्य क्यान्ससबाट आएका साथीहरुसँग टेक्सासको कर्पनक्रिष्टीस्थित पर्यटकीय समुद्री तट पुगेका बेला घटना भएको थियो ।
जेष्ठ १५, २०७४
इंग्ल्यान्डका पूर्व फुटबलर किङलाई नेपाल घुम्ने धोको
कान्तिपुर संवाददाता
सन् १९९९ देखि २०१२ सम्म आफ्नो फुटबल करिअरमा उनी राष्ट्रिय अन्तर्राष्ट्रिय कयौं म्याचमा उत्रिए । इंग्ल्यान्डको प्रिमियर लिग उपबिजेता टोटेनहाम हटस्पर क्लबबाट ३ सय २१ प्रतिष्पर्धात्मक म्याच खेलेका डिफेन्डर लेड्ली किङलाई उक्त क्लबको किङ पनि मानिन्छ । तर, दुर्भाग्य इन्जुरीले ५ वर्ष अघि खेल जीवनबाट विश्राम लिन वाध्य यी पूर्व फुटबलर आइतबार नेपाली समुदायको सबैभन्दा वृहत कार्यक्रममा देखिए ।
विनोदले ल्याए ‘ओला’
कान्तिपुर संवाददाता
एकदशक देखि कतारलाई कर्मथलो वनाएका दुवाकोट–१, भक्तपुरका विनोद खड्काले कतारमात्रै देखेनन् । त्यही कतारले उनलाई ६ महादेशमा रहेका देशहरुमा पुर्‍यायो । कतार एयरवेजको उच्च तहमा कार्यरत खड्काले आफ्नो कामको सिलशिलामा विश्व घुम्नेक्रममा देखेका अनुभवलाई ‘ओला’ मार्फत पाठकमा ल्याएका छन् ।
भायोलिनबादक शर्मा रहेनन्
कान्तिपुर संवाददाता
प्रखर भायालिनबादक गणेश शर्मा(गनु)को ८० वर्षको उमेरमा भारतको सिलिगुढीमा शुक्रबार निधन भएको छ ।
जेष्ठ १४, २०७४
कतारमा एनआरएनको चौथो परिषद भेला
कान्तिपुर संवाददाता
गैरआवसीय नेपाली संघ, कतारले सदस्यता शुल्क घटाउदै चौथो परिषद भेला सम्पन्न गरेको छ ।
एनआरएन क्लवद्वारा ओमानमा रक्तदान
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली क्लव ओमानले वौसरस्थित व्लड बैंकमा रक्तदान आयोजना गरेको छ ।
महावीरको अविश्कार केन्द्रलाई इजरायलबासी नेपालीबाट साढे पाँच लाख सहयोग
कान्तिपुर संवाददाता
महावीर पुनले खोल्न लागेको राष्ट्रिय आविष्कार केन्द्रका लागि इजरायलमा बस्ने नेपालीहरुले पाँच लाख ५० हजार ५५५ रुपैयाँ सहयोग गरकेा छन् । पुनले सरकारले सहयोग नगरेको उल्लेख गर्दै केन्द्रका लागि आफुले हालसम्म पाएका पदकहरुको बिक्री गर्ने जनाएको थियो ।
ओमानमा बुद्ध जयन्ती मनाइयो
कान्तिपुर संवाददाता
बुद्ध भिजन ओमानले २५६१ औं बृद्ध जन्मजयन्ती मनाएको छ ।
जेष्ठ १२, २०७४
महिला समाजद्वारा कतारमा रक्तदान
कान्तिपुर संवाददाता
नेपाली महिला सेवा समाजद्वारा पाँचौ वार्षिक अवसरमा कतारको हमाद अस्पतालमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
घले दम्पती अष्ट्रेलियाका १ सय १ औं धनी
नारायण खड्का
नेपालमा जन्मिएर अष्ट्रेलियामा स्थापित ब्यवसायी दम्पती शेष घले र जमुना गुरुङ अष्ट्रेलियाको २ सयौं धनीको सूचीमा यसबर्ष पनि अटाएका छन् । उनीहरु यसबर्ष गतबर्षको भन्दा ५ स्थानमाथि उक्लिन्दै १ सय १ र २ स्थानमा परेका छन् ।
अमेरिकामा नेपाली फिल्म अवार्ड
कान्तिपुर संवाददाता
नेपाली फिल्म र फिल्मकर्मीलाई प्रोत्साहित र सम्मानित गर्ने उद्देश्यले अमेरिकाको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ वितरण कार्यक्रम गर्न लागिएको छ ।
विदेश जाने १० हजारलाई सीपयुक्त तालिम
होम कार्की
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गन्तव्य देशमा हुने दुर्घटना घटाउन र दक्ष जनशक्ति तयार गर्न १० हजार युवालाई सीपमूलक तालिम दिने भएको छ । त्यसका लागि बोर्डले ११ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
जेष्ठ ११, २०७४
राजदुत कोइरालाद्वारा ओहोदाको प्रमाणपत्र पेश
कान्तिपुर संवाददाता
कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका अमिर शेख तमिमविन हमाद अल–थानी समक्ष ओहोदाको प्रमाणपत्र बुधवार पेश गरेका छन् ।
जेष्ठ १०, २०७४
यूएईमा भएकाे बस दुर्घटनामा २ नेपाली कामदारको मृत्यु, ६ घाइते
होम कार्की
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा बस दुर्घटना हुँदा २ नेपाली कामदारको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
जेष्ठ ९, २०७४
अर्घाखाँचीद्वारा कतारमा एम्वुलेन्स अभियान सुरु
कान्तिपुर संवाददाता
अर्घाखाँची सेवा समाजले जिल्लालाई एम्वुलेन्स दिन कतारमा आर्थिक संकलन अभियान शुरु गरेको छ ।
किरातीले कतारमा उभौली पर्व मनाए
कान्तिपुर संवाददाता
किरातीको महान चाड उभौलीलाई तीन किराती संस्थाले संयुक्त रुपमा कतारमा मनाएका छन् ।
रसअलखेमामा जनप्रगतिशिल गठन
कान्तिपुर संवाददाता
माओबादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मञ्च युएईको रसअलखेमा तेश्रो अधिवेशनले दिपकजंग विष्टको नेतृत्व १९ सदस्यीय कार्यसमितिको चयन भएको छ ।