text
stringlengths 2
914
|
|---|
जेष्ठ ८, २०७४
|
प्रा. सुवेदीको मानवअधिकार सम्बन्धि किताब लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित
|
कान्तिपुर संवाददाता
|
बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) को मानवअधिकार सम्वन्धि किताब लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित भएको छ । झण्डै चार वर्ष लगाएर सुवेदीले लेखेको ‘संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रणालीको प्रभावकारिता: सुधार र मानवअधिकारको अन्तर्राष्ट्रिय स्तरमा न्यायीकरण’ नामक किताब बेलायतको प्रतिष्ठित राउट लेज गृहले प्रकाशन गरेको हो ।
|
पत्रकारको आपतकालिन कोषका लागि एउटै च्यारिटीबाट ३० लाख रुपैयाँ
|
कान्तिपुर संवाददाता
|
नेपाल पत्रकार महासंघ, बेलायत शाखाले आपतकालिन कोष स्थापना गर्ने उद्देश्यले आइतबार गरेको च्यारिटी नाइटमा करिब २५ हजार पाउण्ड (३० लाख रुपैयाँ) सहयोग प्रतिवद्धता आएको छ ।
|
म्यानहाटनमा झुल्कियो ‘मिनी नेपाल’
|
दिनेशजंग शाह
|
हजारौं नेपाली डायस्पोराको सहभागितामा आइतबार ‘नेपाल डे परेड’को आयोजना गरियो । करिब चार घण्टाको परेडमा सहभागीहरुले म्यानहाटनको सडकलाई ‘मिनी नेपाल’ बनाउने प्रयत्न गरेका थिए ।
|
जेष्ठ ७, २०७४
|
ठगी गर्नेलाई पीडितले पक्रेर दिल्लीबाट ल्याए
|
होम कार्की
|
‘तपाईंलाई रकम अपुग भयोजस्तो छ । हामी थप ६ लाख रुपैयाँ दिन तयार छौं,’ तिङ्ला–९, सोलुखुम्बुका फुर्वा शेर्पाले डा. धनपति महतोलाई भाइबरमा सन्देश पठाए, ‘बुबाले पैसा पठाइदिनुभयो, कहाँ भेटेर थप रकम दिनुपर्ने हो ?’
|
अस्ट्रेलियामा मनाइयो किराँतहरुको उभौली महोत्सव
|
नारायण खड्का
|
अस्ट्रेलियामा बसोबास गरिरहेका किराँतहरुले आफ्नो परम्परागत पर्व उभौली धुमधामसँग मनाएका छन् । विभिन्न सांगीतिक कार्यक्रम र परम्परागत खानाहरुका साथमा विभिन्न तीन सहरहरुमा मनाइएको किराँत महोत्सवमा नेपालीहरुका साथै विदेशीहरुले समेत उल्लेख्य रुपमा सहभागिता जनाएका थिए ।
|
जेष्ठ ५, २०७४
|
कतारस्थित नेपाली दूतावासद्वारा ध्यानाकर्षण
|
कान्तिपुर संवाददाता
|
कतारस्थित नेपाली दूतावासले अल बन्दरी इन्जिनियरीङ ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनीले निर्माण गर्दै गरेको भवनमा दुर्घटना भइ ठूलो संख्यामा नेपाली कामदार हताहत भएको भन्ने हल्लाप्रति ध्यानाकर्षण जनाएको छ ।
|
नेपाली परियोजनालाई दुई करोड ४० लाखको पुरस्कार
|
दिनेशजंग शाह
|
जैविक विविधता एवम् वन्यजन्तु संरक्षणसम्बन्धी एक नेपाली परियोजनाले झण्डै दुई लाख चालीस हजार अमेरिकी डलर अर्थात् दुई करोड ४० लाख बढी रकम बराबरको पुरस्कार जितेको छ । केटिक बेल्ट इन्कको ‘भर्टिकल युनिभर्सिटी’ परियोजनाले ‘द क्राउडराईज अर्थ डे रोडम्याप कलाईमेट च्यालेन्ज’मा दोस्रो स्थान प्राप्त गर्दै सो रकम जित्न सफल भएको हो ।
|
जेष्ठ ३, २०७४
|
कतारमा ३ कामदारको मृत्यु
|
होम कार्की
|
कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ नेपाली सहित तीन कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् । मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूताबासले जनाएको छ । घाइते हुनेमा गंगाराम चौधरी छन् । घटनाको बिस्तुत सुचना आउन अझै बाँकी छ ।
|
जेष्ठ १, २०७४
|
बेलायती संसद हाँक्ने संकल्प
|
कान्तिपुर संवाददाता
|
८ जुनमा हुने बेलायतको संसदीय निर्वाचनका लागि लेबर पार्टीबाट छानिएका नेपाली मुलका पहिलो उम्मेदवार डा. बच्चुकैलाश कैनी यतिखेर चुनाव प्रचार प्रसारमा जुटेका छन् । गत बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि उनी मतदाता आफूतिर आकर्षित गर्न व्यस्त भएका हुन् । अन्तिम नामावली अनुसार कैनीको क्षेत्र डार्टफोर्डमा लेबर सहित पांच मुख्य पार्टीका र एक जना स्वतन्त्रउम्मेदवार चुनावीमैदानमा छन् ।
|
वैशाख ३०, २०७४
|
सम्पत्ति शुद्धीकरण नियमप्रति बेलायत कठोर
|
कान्तिपुर संवाददाता
|
बेलायतले मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) नियममा थप कडाइ गरेको छ । बेलायतको वित्तीय सेवा निगरानी गर्नेनिकाय फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) ले मनी लाउन्डरिङ नियम उल्लंघन गर्नेलाईसन् २०१७ को चार महिना यता १६ करोड २३ लाख पाउन्ड (करिब २० अरब रुपैयाँ) भन्दा बढि जरिवाना गरेको छ ।
|
वैशाख २८, २०७४
|
व्यवसायी अशोक श्रेष्ठ कतारमा पक्राउ
|
होम कार्की
|
कतारमा स्थापित नेपाली ब्यवसायी अशोक श्रेष्ठलाई चेक बाउन्सको मुद्दामा प्रहरीले पक्राउ गरेको छ । उनलाई ‘क्यापिटल पुलिस’ को थुनामा राखिएको छ । दुबईबाट फर्किने क्रममा उनलाई हमाद विमानस्थलबाट पक्राउ गरिएको हो । कतारमा उनले सञ्चालन गर्दै आएको ‘कतार मेड सर्भिस कम्पनी’ क्लिनिङको क्षेत्रमा स्थापित छ ।
|
नेपाली पर्यटनमा विदेशी चासो
|
नारायण खड्का
|
अस्ट्रेलियाका पर्यटन व्यवसायीहरुलाई नेपालको पर्यटन बारेमा जानकारी दिने र नेपालमा पर्यटक भित्र्याउन प्रेरित गर्ने उद्देश्यले नेपाली दूतावास र वाणिज्य दूतावासले पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६० बढी विदेशी पर्यटन व्यवसायी, ३ देशका वाणिज्यदुतहरु र अस्ट्रेलियन नेताहरुको सहभागिता थियो ।
|
वैशाख २७, २०७४
|
कुवेतमा तीन नेपाली युवा मृत्युदण्डबाट जोगिए
|
कान्तिपुर संवाददाता
|
मृत्युदण्डको सजाय सुनाइएका चितवनका जीवन रानाभाट र कास्कीका पदम गुरुङलाई कुवेतको पुनरावेदन अदालतले जन्मकैदको सजाय दिने फैसला कायम गरेको छ । काठमाडौंका आङलाक्पा शेर्पालाई चार वर्षको सजाय तोकेको छ ।
|
२२ महिनादेखि यूएईको अस्पतालमा रहेका कुमारका आफन्त कहाँ होलान् ?
|
होम कार्की
|
गामा–७, पर्वतका २६ वर्षीय कुमार फकामी पुन संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीको नजिकै सहरस्थित अल गर्विया अस्पताल (मादिनट जायद अस्पताल)को एउटा वेडमा सुतेको २२ महिना पुग्यो ।
|
कतारमा भिसा बेच्ने नेपालीलाई तीन वर्ष जेल
|
कान्तिपुर संवाददाता
|
दोहा अपराध अदालतले भिसाको कारोवार गर्ने एक नेपालीलाई तीन बर्षको जेल सजाय सुनाएको छ । अदालतले सजाय भुक्तान गरेपछि ती नेपालीलाई कतारवाट निश्कासन गर्न समेत आदेश दिएको छ ।
|
जहाँ छन् बुद्धका आँखा...
|
नवीन पोखरेल
|
सहरको केन्द्र ट्राफलगर स्क्वायर । पृष्ठभूमिमा गुन्जिरहेको छ– ‘बुद्धं शरणं गच्छामि...’ । अरू बेला बिरक्तलाग्दो देखिने बेलायतको मौसम खुल्दै गर्दा दुई दिनअघि भिन्न स्फूर्तिका साथ ट्राफलगर स्क्वायरमा मानिस एकत्रित हुँदै थिए ।
|
वैशाख २६, २०७४
|
अस्ट्रेलियामा सत्य–स्वरुप
|
नारायण खडका
|
गायक दाजुभाइ सत्य–स्वरूपराज आचार्यलाई यहाँका नेपाली दर्शकश्रोताले राम्रै साथ दिएका छन् । रेडियो र टेलिभिजनमा मात्र देख्दै र सुन्दै आएका गायकहरूले अस्ट्रेलियाका पाँच सहरमा अपेक्षित मनोरञ्जन बाँडिसकेका छन् । डेढमहिने सांगीतिक प्रस्तुति लिएर आएका सत्य–स्वरूपलाई डार्बिनदेखि सिडनीसम्मका नेपालीले उत्तिकै माया दिएका छन् ।
|
वैशाख २५, २०७४
|
लन्डनको केन्द्र ट्राफलगर स्क्वायरमा गुन्जियो ‘जहाँ छन् बुद्धका आँखा...’
|
कान्तिपुर संवाददाता
|
‘बुद्धम शरणम गच्छामी...।’ पृष्ठभूमिमा यही मन्त्र गुन्जिरहेको छ । अरु बेला बिरक्तलाग्दो देखिने ब्रिटेनको मौसम खुलेको छ । लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा मानिसहरु एकत्रित छन् एउटा भिन्न उद्देश्यले । भगवान गौतम वुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित छ ।
|
विदामा गएका घरेलु कामदारलाई पुन: श्रमस्वीकृति दिन माग
|
कान्तिपुर संवाददाता
|
ओमनस्थित नेपाली एकता समाजले विदामा गएका घरेलु कामदारलाई पुन: श्रमस्वीकृति दिन माग गरेको छ । समाजले मस्कटस्थित नेपाली दूतावासमार्फत सरकारलाई ज्ञापन पत्र पेश गर्दै सो माग गरेको हो । समाजले विदामा गएकालाई आउन रोक लगाउने कार्य गलत भएको वताएको छ ।
|
बेलायती संसद्मा नेपाली मूलका उम्मेदवार
|
नवीन पोखरेल
|
नेपाली मूलका बच्चुकैलाश कैनी बेलायतको संसदीय निर्वाचनका लागि लेबर पार्टीबाट उम्मेदवार छानिएका छन् । यसअघि छानिएकी डेजी पेजले शुक्रबार पारिवारिक कारण देखाउँदै चुनाव नलड्ने जनाएपछि लेबर पार्टीका डार्टफोर्ड काउन्सिलर कैनीलाई संसदीय निर्वाचनमा उम्मेदवार बन्ने अवसर जुरेको हो ।
|
वैशाख २४, २०७४
|
बेलायतको संसदीय निर्वाचनमा टोरीको पकड क्षेत्रबाट उभ्याइए नेपाली मुलका कैनी
|
कान्तिपुर संवाददाता
|
लेबर पार्टीबाट डार्टफोर्ड काउन्सिलर नेपाली मुलका डा. बच्चु कैलाश कैनी बेलायतको संसदीय निर्वाचनका लागि उम्मेदवार छानिएका छन् । यसअघि छानिएकी डेजी पेजले शुक्रबार पारिवारिक कारण देखाउँदै चुनाव नलड्ने भएपछि कैनीलाई संसदीय निर्वाचनमा उम्मेदवार बन्ने अवसर जुरेको हो ।
|
वैशाख २३, २०७४
|
दमामको गार्डेनमा बस्दै आएका नेपालीलाई एनआरएनद्वारा आश्रय प्रदान
|
कान्तिपुर संवाददाता
|
गैर आवसीय नेपाली संघ, साउदी अरवले आममाफी प्रक्रियामा सहभागी भएर घर फिर्न चाहेका ३१ जना नेपालीलाई दमाममा आश्रयस्थल दिएको छ । दमामस्थित सिको गार्डेनमा खुल्ला आकासमुनी बस्न बाध्य भएपछि एनआरएनले उनीहरुलाई आश्रय दिएको महासचिब तेज थापाले कान्तिपुरलाई वताएका छन् ।
|
क्यान्सर पीडित कलाकार क्षेत्रीलाई बेल्जियमबाट सहयोग
|
कान्तिपुर संवाददाता
|
कलाकार दीपक क्षेत्रीको उपचारार्थ बेल्जियमस्थित क्षेत्री समाजकी महासचिव यशु थापाको अगुवाईमा संकलित गरी पठाएको १ लाख १ सय रुपैयाँ शुक्रबार डिल्लीबजारस्थित उनकै निवासमा गएर हस्तान्तरण गरियो ।
|
कोरियामा फेरि एक नेपाली कामदारको मृत्यु
|
कान्तिपुर संवाददाता
|
दक्षिण कोरियाको गजेदोस्थित देउ कम्पनीमा कार्यरत एक नेपाली कामदारको शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको छ । मोरङ जिल्ला विराटनगर ४ कमल टोल निवासी उमेशचन्द्र पौडलको निधन भएको डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुबर्मा लिम्बूले जानकारी गराए ।
|
मलेसियाका फिर्ती केन्द्रबाट ४१ नेपाली फर्काईयो
|
कान्तिपुर संवाददाता
|
मलेसियामा विभिन्न अभियोगमा कानुनी सजायपछि घरफिर्ती केन्द्रमा रहेका ४१ जनाको उद्दार गरिएको छ । नेपाली दूतावासले मलेसियाकै ठूलो फिर्ती कन्द्रहरुमध्येको एक ‘लेङगेङ्ग’ बाट ३८ जना, ‘तेरेङगानु’ बाट १ जना र ‘केलान्तान’ बाट २ जनालाई स्वदेश फर्काइएको जनाएको छ । उनीहरु हवाईटिकट अभावमा महिनौंदेखि ती फिर्तीकेन्द्रहरुमा अलपत्र थिए ।
|
वैशाख २२, २०७४
|
यसरी फेल भयो मानव तस्करको कनेक्सन
|
होम कार्की
|
मानव तस्करहरुको ‘सेटिङ’मा घरेलु कामदार (हाउसमेड) खाडी देशसहित इराक र सिरिया पुग्नु नौलो होइन । नेपालकै विमानस्थल समेत सहज रुपमा प्रयोग गर्दैै आइरहेका उनीहरुका प्रमुख रोजाई भारतको विभिन्न विमानस्थल नै हुने गर्छ ।
|
चुनावका लागि बेलायतबाट चन्दा माग्दै राजनीतिक दल
|
नवीन पोखरेल
|
नेपालको आसन्न स्थानीय निर्वाचनका लागि प्रमुख राजनीतिक दलले प्रवासस्थित भातृ संगठनबाट आर्थिक सहयोग मागेका छन् । केन्द्रलाई प्रत्यक्ष सहयोग पठाउन नभनी नेतृत्वले जिल्लाका उम्मेदवारहरुलाई सहयोग गरिदिन अपिल गरेको हो ।
|
‘सायद २’को जापानबाट प्रदर्शनको सुरुवात
|
प्रकाश पन्थी
|
चलचित्र ‘सायद २’को जापानबाट प्रदर्शनको सुरूवात गरिने भएको छ । जापानको राजधानी टोकियोको नाकानो जिरो हलमा विशेष प्रदर्शनपछि नेपालका हलमा लाग्ने भएको हो ।
|
वैशाख २१, २०७४
|
भूपू गोर्खाका वयस्क सन्तानको मुद्दामा नयाँ फैसला
|
नविन पोखरेल
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.