text
stringlengths
2
914
आफूहरुलाई अंग्रेज सैनिकसरह समान पेन्सन दिन बेलायत सरकार सकारात्मक देखिएको दाबी भूपू गोरखाहरुले गरेका छन् । बेलायत सरकार, नेपाल सरकार र भूपू गोरखा प्रतिनिधि सम्मिलित प्राविधिक समितिको पहिलो बैठकमा बेलायती रक्षा मन्त्रालय (एमओडी)का प्रतिनिधिले भूपू गोरखा समस्या समाधान गर्न सकारात्मक देखिएको एक सहभागीले जनाए ।
कतारमा लोकदोहोरी
कान्तिपुर संवाददाता
विभिन्न गायकगायिकाको प्रस्तुति साथ कतारका नेपालीहरूले नयाँ वर्षको स्वागत गरेका छन् । दोहामा आयोजित सांगीतिक प्रस्तुतिका लागि अमेरिकाबाट लोकदोहोरी गायक भगवान भण्डारी, जापानबाट रामकृष्ण बम मल्ल, नेपालबाट भगिरथ चलाउने, जुना श्रीस मगर, तेजस रेग्मी, रमेश भट्टराई पुगेका थिए ।
वैशाख ५, २०७४
अस्ट्रेलियामा पशुपतिनाथ बनाइँदै
कान्तिपुर संवाददाता
पश्चिम अस्ट्रेलियामा मन्दिर तथा नेपालीको सामुदायिक भवन निर्माणका लागि आयोजित तीनदिने महापुराणमा ५ लाख ७२ हजार डलर (करिब ४ करोड ५० लाख रुपैयाँ) उठेको छ । पर्थमा रहेका नेपालीले नेपालको कला, संस्कृति र परम्परा झल्कने पशुपतिनाथ र बौद्धनाथको मन्दिर तथा सामुदायिक भवन बनाउने उद्देश्यले शनिबारदेखि महापुराण लगाएका थिए ।
नेपालको पर्यटन प्रवर्द्धन गर्न जापानमा र्‍याली
प्रकाश पन्थी
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जापानवासी नेपालीको पहलमा टोकियोसहित प्रमुख १२ स्थानमा प्रचारात्मक र्‍याली निकालिएको छ । आइतबार निकालिएको र्‍यालीका सहभागीले सगरमाथा र लुम्बिनीको तस्बिर बोकेर अतिथि देवो भव:अर्थात् पाहुनालाई स्वागतम् लेखिएका प्लेकार्ड, व्यानर बोकेर प्रचार प्रसार गरेका थिए ।
वैशाख ४, २०७४
कतारमा वसन्तको साँस्कृतिक प्रस्तुती
कान्तिपुर संवाददाता
आमा तिमी रुदै होली छोरो प्रदेश हुँदा तिम्रै हातको ढिडो मिठो पिजा बर्गर भन्दा लोक गायक भागरिथ चलाउनेले प्रवासीको मन छुने गीत प्रस्तुत गर्दै स्टेजमा उक्लिदा दर्शकले ताली बजाउन छोडेनन् ।
कतारमा अनेसास–नबोदितको ६८ औं डबली
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज र नबोदित साहित्यिक वाचनालय कतारले ६८ आै‌‌ साहित्य डवली आयोजना गरेको छ । डवलीमा दर्जन भन्दा साहित्य अनुरागीहरुले आआफ्ना राचन प्रस्तुत गरेका थिए ।
कोलोराडोमा ‘नेपाल डे परेड’
कान्तिपुर संवाददाता
नयाँ बर्ष २०७४ को अवसर पारेर कोलोराडोमा आईतबार ‘नेपाल डे परेड’ को आयोजना गरिएको छ । शुभकामना आदान प्रदान सहित आयोजित परेडमा विभिन्न खाले नेपाली भेषभुषा एवम संस्कृतिको प्रस्तुति गरिएको थियो ।
बेलायतबाट अभिनेता क्षत्रीलाई ३ लाख
कान्तिपुर संवाददाता
अस्वस्थ अभिनेता दीपक क्षत्रीको उपचारार्थ बेलायतबासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बेलायतबाट संकलित तीन लाख रुपैयाँ आइतबार नेपालमा वरिष्ठ अभिनेता कृष्ण मल्ल तथा मोडल जान्वी बोहराले क्षत्रीलाई हस्तान्तरण गरे ।
वैशाख ३, २०७४
कतारमा पर्वतको तेश्रो अधिवेशन
कान्तिपुर संवाददाता
पर्वत युवा सेवा समाज कतारको तेस्रो अधिवेशनले चिन्तामणी पौडेलको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
झापाको शनिश्चरेका डाँगीको जापानमा मृत्यु
कान्तिपुर संवाददाता
रोजगारीका लागि ८ महिनाअघि जापान आएका झापाको शनिश्चरे ३ का ३४ वर्षीय खेमराज डाँगीको टोकियोमा मृत्यु भएको छ ।
दुवईमा नेपाली भलिवल प्रतियोगिता
कान्तिपुर संवाददाता
नयाँ वर्षको अवसरमा नेपाली समुदाय युएईले दुवईमा आयोजित खुल्ला भलिवलको उपाधी आवुधावीस्थित नेपाली भलिवल समुहले जितेको छ ।
आममाफीको दुरुपयोग गर्ने नेपाली व्यवसायीलाई साउदीमा पक्राउ
कान्तिपुर संवाददाता
साउदी अरवस्थित नेपाली दूतावासले आममाफी अभियानमा सहयोग गर्न गठित सर्वदलिय समितिका सदस्य तथा एमालेनिकट प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष परशुराम मिश्रलाई कानुनी कारवाही गर्न साउदी प्रहरीको जिम्मा लगाएको छ ।
भारतीय चलचित्र महोत्सवमा नेपाली सहभागिता
नारायण खड्का
अस्ट्रेलियामा एक महिनापछि हुन लागेको भारतीय महोत्सवमा नेपाली कलाकार र चलचित्रले सहभागिता जनाउने भएका छन् । महोत्सवमा कलाकार सुनील थापालाई विशेष सम्मान प्रदान गरिने भएको छ ।
गोल्डेन वीकमा टोकियोमा रंगिन साँझ गरिने
प्रकाश पन्थी
जापानी नागरिकको बिदा मनाउने चाड गोल्डेन वीकको अवसर पारेर मे ४ को बिहीबार टोकियोमा रंगीन-साँझ गरिने भएको छ । मनोरञ्जनात्मक समाचार प्रकाशन गर्ने उद्देश्यले जापानबाट सञ्चालन तयारीमा रहेको रंगीनसंसारडटकमको आयोजनामा टोकियोको मेगूरोमा रंगीन साँझ गरिने भएको हो ।
वैशाख २, २०७४
बेलायतमा नेपाल अध्ययन दिवस
नवीन पोखरेल
नेपालबारे चासो राख्ने प्राज्ञ तथा अध्येताहरुको संस्था बेलायत नेपाल प्रज्ञा परिषद्ले बोर्नमाउथ विश्वविद्यालयमा दुई दिने नेपाल अध्ययन दिवस कार्यक्रम गरेको छ ।
वैशाख १, २०७४
नेपाल सेमिफाइनलमा प्रवेश
कान्तिपुर संवाददाता
कतारमा जारी ५ औं एसियन आप्रवासी फुटवल प्रतियोगिताको सेमिफाइनलमा नेपाल प्रवेश गरेको छ । कतार फुटवल एशोसियनद्धारा आयोजित लिग प्रतियोगिताको क्वाटर फाइनलमा इण्डोनेसियालाई ३–१ ले हराउदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
अभिनेता क्षेत्रीको सहयोगार्थ बेलायतका नेपाली जुटे
कान्तिपुर संवाददाता
अस्वस्थ नेपालका अभिनेता दीपक क्षेत्रीको सहयोगार्थ बेलायतका नेपाली पनि जुटेका छन् । विगत चार वर्षदेखि घाँटीमा मासु पलाउने रोगबाट ग्रसित क्षेत्रीको उपचारार्थ देश विदेशबाट सहयोग संकलन तीव्र भइरहेका बेला क्षेत्री समाज बेलायतले यहाँ चन्दा उठाउन थालेको हो ।
बेलायती जेलबाट नेपालीलाई डिपोर्ट गरिंदै
कान्तिपुर संवाददाता
बेलायतको अध्यागमन ऐनविरुद्ध गैरकानुनी काम गरेको अभियोगमा बेलायती जेलमा रहेका एक नेपालीलाई स्वदेश फर्काउने तयारी भएको छ । अध्यागमन ऐन विपरित भिसा बढाउन नक्कली कागजात प्रयोग गरेको अभियोगमा इंग्ल्याण्डको ल्यान्कासायरस्थित प्रिस्टन जेलमा ८० दिनको सजाय भोगेपछि रेशम थापालाई नेपाल डिपोर्ट गर्न लागिएको हो ।
कन्दरा ब्यान्डका कलाकार जापानमा
कान्तिपुर संवाददाता
नयाँ वर्षको अवसर पारेर जापानका नेपालीलाई मनोरञ्जन दिलाउन सांगीतिक कार्यकम लिएर आएको पोखराको चर्चित कन्दरा ब्यान्डका कलाकार शुक्रबार जापान आइपुगेका छन् ।
जिसी अवैतनिक सल्लाहकार नियुक्त
कान्तिपुर संवाददाता
अमेरिकीआप्रवासी कानुनसम्बन्धी नेपालीमुलका वकिल खगेन्द्र जिसीलाई परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली अवैतनिक सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रालयका सचिव शंकरदास वैरागीद्वारा हस्ताक्षरित पत्रकाअनुसार जिसीलाई मन्त्रीस्तरीय निर्णयले गत मंगलबारबाट लागू हुने गरी सो पदमा नियुक्त गरिएको हो ।
चैत्र ३१, २०७३
विदेशमा नेपाली कामदारलाई कानूनी सहायता दिन माग गरिएकाे रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
कान्तिपुर संवाददाता
सर्वोच्च अदालतले विदेशमा कार्यरत नेपाली कामदारलाई दिइने कानुनी सेवाबारे सरकारको नाममा विहिबार कारण देखाउ आदेश जारी गरेको छ । यस बिषयलाई अदालतले अग्राधिकार समेत प्रदान गरेको छ ।
कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली कामदारको मृत्यु
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा सुतेकै अवस्थामा एक नेपाली युवाको मृत्यु भएको तीन नबित्दै फेरी एक नेपाली कामदारको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको छ । सुनसरी, इटहरी घर भएका केदार अधिकारीको स्थानीय समय अनुसार बिहीबार बिहान करिब पौने १२ बजे काम गर्नेक्रममा मेसिनमा टाउको च्यापिएर निधन भएको उनीसंगै काम गर्ने एक नेपालीले जानकारी दिएका छन् ।
कुवेतबाट साउदी लगिएका घरेलु कामदारको उद्धार
हाेम कार्की
साउदी अरवस्थित नेपाली दूतावासले १० जना महिला कामदारलाई उद्धार गरी स्वदेश पठाएको छ । उनीहरुमध्ये २ जना बुधबार राती र ८ जना बिहिबार बिहान एयर अरेबिया हुँदै काठमाडौं आइपुगेका हुन् । उद्धारमा हुनेमा घरेलु कामदारका लागि कुवेतवाट साउदी लगिएका घरेलु कामदार समेत छन् ।
ओमानमा नयाँ वर्ष मनाउँदै
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ, ओमानले नयाँ वर्षको उपलक्ष्यमा १४ अप्रिल (शुक्रबार) साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
ओमानमा नयाँ बर्ष मनाउदै
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ, ओमानले नयाँ बर्षको उपलक्ष्यमा १४ अप्रिल (शुक्रबार) साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
कतारमा तमू सहकारीको चौथो साधारण सभा
कान्तिपुर संवाददाता
तमू (गुरुङ) समाज कतारद्धारा सञ्चालित तमू बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ ।
मुसहर बस्ती निर्माणमा कोरियाबाट तीन लाख ३९ हजार सहयोग
कान्तिपुर संवाददाता
डेउ नेपाली एकता समाज गजेदो दक्षिण कोरियाले धुर्मुस-सुन्तली फाउण्डेसनलाई तीन लाख ३९ हजार दुई सय ३३ रुपैयाँ सहयोग गरेको छ ।
चैत्र ३०, २०७३
मृगौलापीडित पोखरेली स्रष्टालाई बेलायतबाट १६ लाख सहयोग
कान्तिपुर संवाददाता
नेपथ्यको छेक्यो छेक्यो देउराली डाँडा...नसुन्ने कमै होलान् । शर्मिला बर्देवा र रवीन श्रेष्ठले गाएको आँखैमा झलझली हितैको दौतरी...होस् वा राजु लामाको भाइ टिकामा भेट्न आउँला...। अनि दोष कसैलाई दिन चाहन्न (अरुण थापा) गीत पनि लाखौं श्रोताको मन मस्तिष्कमा छ । यी र यस्ता कयौं सदावहार लोकप्रिय गीतका गीतकार एवं संगीतकार सुक गुरुङ मधुमेह र उच्च रक्तचापका कारण दुवै मृगौला फेल भएर थलिएपछि उनको उपचारार्थ बेलायतबाट १६ लाख रुपैयाँ प्रदान गरिएको छ ।
प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा थापा
कान्तिपुर संवाददाता
एमाले निकट प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश थापा निर्वाचित भएका छन् । टोरन्टोमा भएको अधिवेशनले थापाको अध्यक्षतामा चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
कलाकार दीपक क्षेत्रीको सहयोगार्थ सहयोग संकलन सुरु
नारायण खड्का
कलाकार दीपक क्षेत्रीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले अष्ट्रेलियामा सहयोग संकलन शुरु गरिएको छ । मंगलबार साँझदेखि सुरु गरिएको सहयोग संकलनका क्रममा अहिलेसम्म १ लाख रुपैयाभन्दा बढी रकम संकलन गरिएको छ ।
अनेसासको सातौं बार्षिकोत्सव सिड्नीमा
कान्तिपुर संवाददाता
अष्ट्रेलियामा नेपाली कलासंस्कृति र साहित्यको जर्गेनामा लागिपरेको संस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्सले आफ्नो सातौं बार्षिकोत्सव साहित्यिक कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरेको छ ।
अष्ट्रेलियाको शिक्षा वर्गीकरणमा नेपाल दक्षिण एसियाका अन्य देशभन्दा अगाडि
नारायण खड्का