text
stringlengths
2
914
अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि भिषा प्रदान गर्न गरिने शैक्षिक वर्गीकरणमा नेपाल भारत पाकिस्तान लगायतका दक्षिण एसियाली मुलुकभन्दा अघि रहेको छ ।
चैत्र २९, २०७३
१० दिनमै एकहजार बढीले जवाजतबाट समय लिए
होम कार्की
साउदी अरवले गैरकानुनी हैसियतमा वसेका कामदारलाई स्वदेश फिर्न दिएको तीन महिने आममाफीको १० औ दिनसम्म आइपुग्दा एक हजार भन्दा बढी नेपालीले स्वदेश फिर्नको लागि जवाजत (अध्यागमन) कार्यालयबाट समय लिएका छन् ।
चैत्र २८, २०७३
पञ्चेबाजाको तालमा जापानी नागरिकको उठबस
प्रकाश पन्थी
बाहिरी बजारमा अनौठो गुञ्जयमान छाइरहेको छ । दौरा सुरुवाल र ढाका टोपीमा सजिएका ५० जना भन्दा बढीको समूह एकाएक देखिएपछि कामका लागि निस्किएका कतिपय बीच बजारमै रोकिए ।
जनप्रगतिशिल मञ्च मलेसियामा पाण्डे
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको अध्यक्षमा दोश्रोपटक प्रेम पाण्डे चयन भएका छन् । आइतबार क्वालालम्पुरमा सम्पन्न ७ औं अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन गरिएको छ ।
एनआरएनलाई नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न जोड
कान्तिपुर संवाददाता
स्वदेशमा लगानीमात्र होइन, दक्ष जनशक्ति समेत उत्पादन गर्न गैर आवासीय नेपालीलाई सुझाइएको छ । मासिक ४० हजार श्रमिक रोजगारीका लागि विदेशिएको जनाउंदै लन्डनमा आयोजित एक कार्यक्रमका सहभागीले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न खांचो रहेको औंल्याए ।
विदामा फर्किने घरेलु कामदारको पनि श्रम स्वीकृति रोकियो
होम कार्की
खाडीमा कार्यरत घरेलु कामदार (हाउसमेड)लाई पुन: सोही ठाँउ फर्किन नपाउने गरी सरकारले पुन: श्रम स्वीकृति दिन प्रतिवन्ध लगाएको छ । यो निर्णयले विदामा आएका कामदार कार्यस्थल फर्किनबाट वञ्चित भएका छन् ।
कोरियामा फेरी नेपाली कामदारको अचानक मृत्यु
मञ्जु गुरुङ
दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएका एक नेपाली कामदारको सुतेकै अवस्थामा सोमबार विहान अचानक मृत्यु भएको नेपाली राजदूताबासले जनाएको छ । झल्ला नाम्दो ह्वासुनस्थित एक फलाम सम्बन्धी कम्पनीमा काम गर्दै आएका सुनसरीका चुडाराज आलेको निधन भएको श्रम सहचारी देवराज ढकालले जानकारी दिए ।
नयाँदिल्लीमा सिए विद्यार्थीले गरे नयाँ वर्षको सांस्कृतिक कार्यक्रम
कान्तिपुर संवाददाता
भारतमा चार्टर्ड एकाउन्टेन्ट अध्ययरत विद्यार्थीहरुको हक, हितको लागि गठन भएको विद्यार्थीहरुको साझा संस्था हातेमालो नेपाली विद्यार्थी समाजले ले नयाँ वर्षको उपलक्ष्यमा भारतको राजधानी नयाँदिल्लीस्थित लक्ष्मीनगरमा एक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
चैत्र २७, २०७३
सिमानामा काँडेतार अभियानलाई कतारबाट सहयोग
कान्तिपुर संवाददाता
नेपालको सिमानामा भईरहेको अतिक्रमणलाई रोक्न सिमानामा काँडेतार अभियान गर्नुपर्नेमा कतारमा कार्यरत नेपाली युवाहरुले जोड दिएका छन् ।
घरेलु कामदार रोक्दा द्विपक्षीय सम्बन्धमा ध्यान दिन दूतावासद्वारा सरकारको ध्यानकर्षण
होम कार्की
युएईस्थित नेपाली दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र विश्वास कायम राख्न कानुनी रुपमा पठाउन थालेको घरेलु कामदारलाई रोक्न नहुने भन्दै सरकारको गम्भिर ध्यानकर्षण गराएको छ । तावासले खाडीको अन्य क्षेत्रसँग युएईलाई जोड्न नमिल्ने समेत बताएको छ । दूतावासले युएईसँग नेपालको श्रम सम्झौता भएको, घरेलु कामदारसँग सम्बन्धीत कानुन अन्तर्राष्ट्रियस्तरको भएको र कानुनी बाटो भएर आउने घरेलु कामदार समस्यामा नपरेको जानकारी परराष्ट्र र संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई जानकारी दिएको छ ।
नेपाल एसियन आप्रवासी खेलको क्वाटरफाइनलमा प्रवेश
कान्तिपुर संवाददाता
कतारमा जारी ५ औं एसियन आप्रवासी फुटबल प्रतियोगिताकाे समूह 'बी'को शीर्ष स्थानमा रहँदै नेपाल क्वाटर फाइनलमा प्रवेश गरेको छ । कतार फुटबल एशोसियनद्वारा आयोजित लिग प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई शुन्यको विरुद्ध ६ गोल पराजित गर्दै नेपाल क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
सिड्नीमा पहिलो नेपाली खाना महोत्सव, विदेशीको उल्लेख्य सहभागिता
नारायण खड्का
नेपाली खानालाई विदेशमा चिनाउने र नेपाली खानाको माध्यमबाट ‘फुड टुरिजम’को विकास गर्ने उद्देश्यले अस्ट्रेलियाको सिड्नीमा पहिलो नेपाली खाना महोत्सव सम्पन्न भएको छ । महोत्सवमा उल्लेख्य रुपमा विदेशी अवलोकनकर्ताहरुले समेत सहभागिता जनाएका थिए ।
‘मैंरिमो’को प्रिमियर न्युयोर्कमा हुने
कान्तिपुर संवाददाता
गुरुङ भाषा एवम् संस्कृतिमा आधारित चलचित्र ‘मैंरिमो’को प्रिमियर शो न्युयोर्कमा हुने भएको छ । शुक्रबार यहाँ एक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र टिमले आगामी मे ६ तारिखमा स्थानीय ढाका क्लबमा चलचित्रको प्रथम प्रर्दशन हुने जानकारी गराएको हो ।
‘लगानीको वातावरण बनिसक्यो, योजना लिएर आउनुहोस्’
कान्तिपुर संवाददाता
उर्जामन्त्री जनार्दन शर्माले मलेसियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । शनिबार साँझ क्‍वालालम्पुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा लगानीका लागि वातावरण बनिसकेको र प्रशस्त प्राकृतिक स्रोतहरु रहेको उल्लेख गर्दै लगानी गर्न आग्रह गरे ।
चैत्र २६, २०७३
उर्जामन्त्री शर्मा मलेसियामा
कान्तिपुर संवाददाता
उर्जामन्त्री जनार्दन शर्मा शनिबार मलेसिया आइपुगेका छन् । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्मा मलेसियास्थित पार्टीसम्बद्ध संगठन नेपाली जनप्रगतिशिल मञ्चको भोलि आइतबार हुने ७ औं अधिवेशन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन मलेसिया आएका हुन् ।
चैत्र २५, २०७३
बेलायतमा भिसा शुल्क महँगियो
एजेन्सीहरू
बेलायतले बिहीबारदेखि विदेशीलाई दिइने भिसाको शुल्क बढाएको छ । यहाँको गृह मन्त्रालयले अघिल्लो वर्षको मार्चमा शुल्क बढाउनेबारे गरेको निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको हो ।
नयाँ वर्षलाई ‘सत्य–स्वरुप साँझ’
नारायण खड्का
महिना दिन लामो सांगीतिक यात्राका लागि गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्य अस्ट्रेलिया आइपुगेका छन् । उनीहरूले अस्ट्रेलियाका ६ सहरमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । अस्ट्रेलियाका प्राय: सबै सहरमा हुने ‘सत्य–स्वरूप साँझ’ मा प्रस्तुति दिन उनीहरू बिहीबार अस्ट्रेलिया आइपुगेका हुन् ।
चैत्र २४, २०७३
अस्ट्रेलियामा एनआरएनको सदस्यता लिनेकाे संख्यामा कमी
नारायण खड्का
गैरआवासीय नेपाली संघ, अस्ट्रेलियाको सदस्यता २ सय ४८ जनाले मात्रै लिएका छन् । सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता लिने समय ३ साता बितिसक्दा एकदमै कमले लिएको हो । यसअघि करिब ७ हजारले सदस्यता लिएका थिए ।
भूपू गोर्खाका समस्या सुन्दै बेलायतमा सांसदहरु
नवीन पोखरेल
नेपालको व्यवस्थापिका संसदका केही सदस्यहरु यतिखेर भूपू ब्रिटिस गोर्खाका समस्या सुन्न र उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन बेलायत आइपुगेका छन् । भ्रमणमा सर्वदलीय संसदीय समितिका पाँचजना सांसदहरु दिलमान पाख्रिन, केशरी घर्तीमगर, अइन्द्रसुन्दर नेम्वाङ, यज्ञराज सुनुवार र जयन्ती राई छन् ।
चैत्र २३, २०७३
ज्ञवाली क्वीन्स बोरो बोर्डमा नियुक्त
कान्तिपुर संवाददाता
न्युयोर्क नेपाली समाजका मोहन ज्ञवाली क्षेत्रीलाई क्वीन्स ‘बोरो’को बोर्ड सदस्यमा मनोनयन गरिएको छ । क्वीन्स बोरोका अध्यक्ष मेलिन्डा क्याजले ज्ञवालीलाई हालै बोर्ड-५ का लागि सदस्यमा नियुक्त गरेकी हुन्।
चैत्र २२, २०७३
कतारमा पत्रकारको अक्षयकोष स्थापना
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघ कतार शाखाले २ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । शाखाका अध्यक्ष गणेशप्रसाद बन्जाडेको अध्यक्षतामा बसेको दोश्रो परिषद भेलाले यो निर्णय गरेको हो । अक्षयकोषको रकमबाट हरेक बर्ष पत्रकारलाई पुरस्कार प्रदान गरिने छ । यसको लागि नियमावली बनाउने अध्यक्ष बन्जाडेले बताए ।
खोटाङलाई एम्वुलेन्स दिन कतारमा १८ लाख संकलन
कान्तिपुर संवाददाता
कतारस्थित खोटाङ सेवा समाजले दिक्तेलमा एम्बुलेन्स सेवा उपलब्ध गराउन शुरु गरिएको अभियानमा १८ लाख ७६ हजार रुपैया संकलन भएको छ । खोटाङमा स्वास्थ्य उपचारको लागि स्थानीय बासिन्दाले भाडामा हेलिकप्टर लिई काठमाडौं आउनुपर्ने बाध्यता रहेकोले एम्वुलेन्स उपलब्ध गराउन लागिएको समाजले जनाएको छ ।
लन्डनमा प्राज्ञहरुले भने, ‘नेपालको शान्ति प्रक्रिया दुई कदम अगाडि बढेर एक कदम पछि फर्कियो’
कान्तिपुर संवाददाता
नेपालको शान्ति प्रक्रिया कति सफल रहयो भन्नेबारे लण्डनमा एक प्राज्ञिक छलफल गरिएको छ। कार्यक्रममा वक्ताहरुले दश वर्ष अघि नेपाल सरकार तथा तत्कालिन माओवादी विद्रोहीहरुबीच बृहत शान्ति सम्झौता सम्पन्न भएयता कैयौं रुपान्तरणकारी घटना भएपनि वहिष्करणमा परेका समुदायहरुको समावेशीताको सवालमा भने अझै निकै काम गर्न बाँकी रहेको बताए।
चैत्र २१, २०७३
जनसम्पर्क युएईमा खेमराज
कान्तिपुर संवाददाता
नेपाली जनसम्पर्क समिति, युएईले खेमराज बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको युएईमा सम्पन्न तेश्रो महाधिवेशनले नयाँ कार्यसमिति चयन भएको हो । जसमा वरिष्ठ उपसभापति भुवानीप्रसाद तिमील्सिना, उपसभापतित्रय चन्द्रबहादुर सारु मगर, राजेन्द्र अधिकारी, सुर्यबहादुर बस्नेत, महामन्त्री कृष्णप्रसाद गौतम, सह महामन्त्रीत्रय भुमिराज चालिसे, डिकबहादुर तामांङ, दामोदर पाण्डे, कोषाध्यक्ष मनिकुमार लामा र प्रवक्ता हरि खड्का रहेका छन् ।
कतारी कानुन नेपाली भाषामा प्रकासित
कान्तिपुर संवाददाता
कतारको आप्रबासी सम्बन्धी कानुनलाई नेपाली भाषामा अनुबाद भएको छ । कतारमा कार्यरत नेपाली कामदारलाई स्थानीय कानुनवारे जानकारी दिने उद्देश्यले कतारको नयाँ कानुनलाई नेपाली भाषामा अनुवाद गरेको हो । नेपाली मुस्लिम समाज कतारको तेश्रो महाधिवेशनमा अनुवाद गरिएको कानुन कितावको बिमोचन गरिएको थियो ।
एनआरएन अस्ट्रेलियाले पहिलोपटक गर्‍यो स्पोर्टस अवार्ड
नारायण खड्का
नेपालको खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएका युवा खेलाडीहरुलाई सम्मान गर्ने उद्देश्यले एनआरएन अस्ट्रेलियाले पहिलोपटक एनआरएन स्पोर्टस अवार्ड सम्पन्न गरेको छ । यस कार्यक्रममा सहभागिता जनाउनका लागि फुटबलरहरु नवयुग श्रेष्ठ, अनील गुरुङ, भलिबल खेलाडी भरत शाह अस्ट्रेलिया आइपुगेका थिए ।
स्विटजरल्यान्डमा दर्जनौं नेपाली फिल्म
कान्तिपुर संवाददाता
स्विटजरल्यान्डमा शुक्रबार सुरु फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा एक दर्जन बढी नेपाली फिल्म प्रदर्शनका लागि छनोट भएका छन् । महोत्सव चैत २७ सम्म चल्नेछ ।
चैत्र २०, २०७३
जुवामा पैसा उडाउँदै बेलायतका नेपाली
नविन पोखरेल
विगत २ वर्षदेखि जुवाको लतमा डुबेका छन् उनी । सन् २०१० मा विद्यार्थी भिसामा बेलायत आएका हुन् ह्यारी । त्यसयता नेपालबाट घरपरिवारले जति बोलाएपनि उनी फर्केका छैनन् । नेपालबाट अनेक बहानामा झण्डै २० लाख रुपैयाँ ल्याइसकेका उनले त्यो पैसा सबै जुवामा फाले ।
चैत्र १९, २०७३
सांगीतिक सृजनामा सिड्नीका युवा
कान्तिपुर संवाददाता
सिड्नीमा रहेका पाँचजना युवाहरुले आफ्नै सांगीतिक समूह स्थापना गरेर आफ्नो सांगीतिक यात्रा सुरु गरेका छन् । अहिलेसम्म सिड्नीका विभिन्न कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका उनीहरुले ‘हामी’ नामको सांगीतिक समूह स्थापना गरेर नेपाली गीत, संगीत सृजनामा आफूहरु लागिपरेको उनीहरुले बताए ।
संकटमा मलेसियाको रोजगारी
कान्तिपुर संवाददाता
नेपालसँग औपचारिक रुपमा करिब १६ वर्षे रोजगारी इतिहास बोकेको वैदेशिक रोजगारको प्रमुख गन्तव्य मलेसियाको श्रमबजार यतिबेला संकटपूर्ण छ । सरकारका परिवर्तित कतिपय श्रमनीति एवं पछिल्ला वर्ष मलेसियाली मूद्रा ‘रिंगिट’मा क्रमश: आएको भारी गिरावटको कारण यहाँ कार्यरत पाँच लाखभन्दा बढी नेपाली प्रत्यक्ष मारमा परेका छन् ।
चैत्र १८, २०७३