text
stringlengths 2
914
|
|---|
बेलायतको जागिर छाडेर नेपाली बालबालिकाका लागि हिमाली पदयात्रामा
|
नवीन पोखरेल
|
यतिखेर नेपालमा अटिजम सप्ताह मनाइँदै गर्दा एक जना विदेशी त्यही रोगबाट प्रभावित बालबालिकाको सहयोगमा जुटेका छन् । अटिजम पीडित बालबालिका र अटिजम केयर नेपालका लागि ‘नेसनल सेन्टर फर अटिजम’ स्थापनाका लागि आर्थिक सहयोग जुटाउन चार महिना लामो हिमाली पदयात्रामा निस्केका हुन् एलेक्स कोन्टी ।
|
न्यु मेक्सिकोमा विज्ञान प्रविधि सम्मेलन हुने
|
कान्तिपुर संवाददाता
|
न्यु मेक्सिको स्टेट युनिभर्सिटीस्थित नेपाली विद्यार्थीहरुको संगठनले अमेरिकामा विज्ञान र प्रविधिसम्बन्धी नवौं अन्तर्रास्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।
|
नर्भिक हस्पिटललाई अन्तर्रास्ट्रिय अवार्ड
|
नवीन पोखरेल
|
लन्डन । चौधरी ग्रुपद्वारा सञ्चालित काठमाडौंस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले लन्डनमा एउटा अन्तर्रास्ट्रिय अवार्ड प्राप्त गरेको छ । नर्भिकलाई युरोप बिजनेस एसेम्बलीले ‘वेस्ट रिजनल हस्पिटल अवार्ड-२०१७’ प्रदान गरेको हो । नर्भिकले उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्ने आफू पहिलो नेपाली अस्पताल भएको दाबी गरेको छ ।
|
साउदीको ९० दिने आममाफी सुरु
|
होम कार्की
|
साउदी अरबमा गैरकानुनी हैसियतमा बसेका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी त्यहाँँको सरकारले लागू गरेको ९० दिने आममाफी बुधबारदेखि सुरु भएको छ । साउदीका उपप्रधान तथा गृहमन्त्री राजकुमार मोहमद विन नैफले गत साता आममाफी घोषणा गरेका थिए । तीन वर्षअघि पनि आममाफीमा ३५ हजार नेपाली स्वदेश फर्कन पाएका थिए ।
|
चैत्र १७, २०७३
|
बहराइनमा जनसम्पर्क समितिको दोस्रो अधिबेशन
|
कान्तिपुर संवाददाता
|
नेपाली जनसम्पर्क समितिको दोस्रो अधिबेशनले पदमसुन्दर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
|
भूपू गोर्खाका समस्या बारे पहिलो पटक त्रिपक्षीय वार्ता
|
नविन पोखरेल
|
भूपू गोर्खा समस्या समाधानका लागि बुधबार बेलायती रक्षा मन्त्रालय (एमओडी) मा भएको त्रिपक्षीय वार्ता ‘सकारात्मक’रुपमा टुंगिएको छ । करिब डेढ घण्टा लामो उक्त वार्तामा एक साताभित्र बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित एक प्राविधिक कमिटी गठन गर्ने सहमति भएको छ ।
|
अस्ट्रेलियाको क्विन्सल्यान्डमा भीषण बाढी, सयौं घरमा क्षति
|
नारायण खड्का
|
विगत तीन दिनदेखि लगातार आइरहेको भीषण आँधी र बाढीका कारण अस्ट्रेलियाको क्युन्सल्याण्ड राज्यको जनजीवन प्रभावित बनेको छ । सयौं घरहरु नष्ट भएका छन् भने सुरक्षाका लागि सयौं विद्यालयहरु अहिले पनि बन्द गरिएको छ । सो क्षेत्रमा बसोबास गर्ने नेपाली सुरक्षित रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।
|
चैत्र १६, २०७३
|
विमानस्थलमा सेटिङकाे कथा
|
होम कार्की
|
धरी ९, धादिङका तेजबहादुर गुरुङ सशस्त्र प्रहरीमा ११ बर्षदेखि कार्यरत थिए । मासिक हातमा पर्ने १६/१७ हजारले दैनिकी चलाउन मुस्किल थियो । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत बलराम थापा चितवन आएको बेला उनको सम्र्पक भयो । ‘युएईको अर्धसरकारी हिमाया सेक्युरिटी सर्भिसेस कम्पनीमा मासिक चार हजार दिराम (एक लाख २० हजार रुपैयाँ) तलब दिन्छ,’ थापाले गुरुङलाई भने, ‘त्यहाँ छनोट भए आठ लाख रुपैयाँ लाग्छ ।’
|
नेपाली श्रमिक ‘सम्मान’को चलन थाल्दै कतार
|
कान्तिपुर संवाददाता
|
खाडी मुलुक कतारमा गएर श्रम–पसिना बहाउने हजारौं श्रमिकको योगदानलाई सम्मान गर्न कतारले बर्सेनी नेपाली श्रमिकको सम्मान थाल्ने भएको छ । यो चलनको सुरुवात गर्दै मंगलबार कतारका राजदूत युसुफ मोहम्मद अहमद मोम्मद अल–हेलले कतारमा २० वर्षदेखि श्रम गर्दै आएका धनकुटाका उत्तमकुमार लिम्बूलाई सम्मान गरे ।
|
नेपाली साहित्यकार लोभ्याउँदै शेक्सपियरको जन्मस्थल
|
नविन पोखरेल
|
लन्डनबाट करिब १३३ किमी लामो दुरीमा अवस्थित विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको जन्मस्थल ‘स्ट्राटफोर्ड अपन एभन’ भीडले घेरिन थालिसकेको छ । ब्रिटिस समरमा विश्वभरका पर्यटक ओइरिन्छन् त्यहाँ । त्यही भीडमा देखिए साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मा ।
|
साझा बचाउन जुटे बेलायतका स्रष्टा
|
नवीन पोखरेल
|
कमिसनका कारण आर्थिक संकट झेलिरहेको १०५ वर्ष पुरानो संस्था साझा प्रकाशन बचाउन बेलायतस्थित नेपाली स्रष्टा सक्रिय भएका छन् । साझा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मा साक्षी राखेर बेलायतका नेपाली साहित्यानुरागीहरुले साझा प्रकाशन साहित्यिक मञ्च बेलायत गठन गरेका हुन् ।
|
चैत्र १५, २०७३
|
किरात याक्थुङ चुम्लुङ कतारको नवौ महाधिवेशन
|
कान्तिपुर संवाददाता
|
किरात याक्थुङ चुम्लुङ कतारको नवौ महाधिवेशनले राजेन्द्र सामेखामको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
|
राहदानी फिर्ता गर्न निर्देशन
|
होम कार्की
|
साउदी सरकारले रोजगारदाता कम्पनीलाई कामदारका राहदानी फिर्ता गर्न एक महिनाको समय तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयले कामदारलाई राहदानी फिर्ता नदिएमा प्रतिकामदार दुई हजार साउदी रियाल (करिब ६० हजार रुपैयाँ) जरिवाना लगाउने भएको छ । साउदीको श्रम कानुनअनुसार कामदारको राहदानी रोजगारदाता कम्पनी (स्पोन्सर) ले राख्न पाउँदैन ।
|
चैत्र १४, २०७३
|
साउदीद्वारा रोजगारदातालाई एक महिनाभित्र राहदानी फिर्ता गर्न निर्देशन
|
होम कार्की
|
साउदी सरकारले रोजगारदाता कम्पनीलाई कामदारका राहदानी फिर्ता गर्न एक महिनाको समय तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयले कामदारलाई राहदानी फिर्ता नदिएमा प्रतिकामदार दुई हजार साउदी रियाल (करिब ६० हजार रुपैयाँ) जरिवाना लगाउने भएको छ ।
|
लन्डन अन्तरक्रियामा नेपाली नागरिकता खारेज हुने प्रावधान नै खारेज गर्न माग
|
कान्तिपुर संवाददाता
|
ब्रिटेनमा कार्यरत नेपाली कानुन व्यवसायी, गैरआवासीय नेपाली, भूतपूर्व गोर्खा तथा प्राज्ञहरुको एक भेलाले विदेशी नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज हुने वर्तमान कानुनी प्रावधानलाई नै खारेज गर्न माग गरेका छन् ।
|
गौतमका परिवारलाई जापानबाट आर्थिक सहयोग
|
प्रकाश पन्थी
|
सिमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट मारिएका कञ्चनपुरको पुर्नवास–८ नमुनाटोलका ३२ बर्षीय गोविन्द गौतमको परिवारलाई जापानबासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
|
कोरियामा एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु
|
मञ्जु गुरुङ
|
दक्षिण कोरियामा इपिएसबाट आएका नेपाली कामदार तपिन कटुवलको सेामबार निधन भएको छ । इटहरी– ५ हलगाडा निवासी २४ वर्षीय कटुवलको सुतेकै अवस्थामा अचानक निधन भएको संगै काम गर्ने उनका साथी गणेश तामाङले बताए ।
|
चैत्र १३, २०७३
|
नेपालद्वारा फिलिपिन्स पराजित
|
कान्तिपुर संवाददाता
|
पाँचौ एसियन आप्रवासी फुटवल लिगमा नेपालले फिलिपिन्सलाई २–० पराजित गरेको छ । कतार फुटवल एशोसियसनद्धारा आयोजित खेलको ७ औ मिनेटमा अर्जुन सुब्बा र ४५ औं मिनेटमा भक्त भण्डारीले गोल गरेका थिए ।
|
संसदीय टोलीलाई कतारमा कार्यरत नेपालीले भने, ‘तपाईहरु शुन्य लागतमा पठाउने कदमबाट एक इन्च पनि पछाडि नफर्कनुस् ।’
|
कान्तिपुर संवाददाता
|
कतारमा कार्यरत नेपाली श्रमिकले संसदीय टोलीसमक्ष शुन्य लागतमा कामदार पठाउने सरकारी नीतिलाई कार्यान्वयन गराउन सहयोगी भुमिका निर्वाह गर्न आग्रह गरे ।
|
नेपाली संगीतमा झुम्मिए विदेशी
|
नारायण खड्का
|
आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलोपटक अस्ट्रेलिया आएको नेपाली सांगीतिक समूह कुटुम्बको फ्यान नेपाली त हुने नै भए तर उनीहरुका विदेशी फ्यान अझ बढी देखिए । उनीहरुको प्रस्तुतिमा रमाउने विदेशीहरुको संख्या समेत उल्लेख्य थियो ।
|
कतारमा भोजपुरको दोश्रो साधारण सभा
|
कान्तिपुर संवाददाता
|
भोजपुर सेवा समाज, कतारको अध्यक्षमा गोपाल बस्नेत र्निविरोध निर्वाचित भएका छन् । कतारको साँहनियास्थित अल दोसरी पार्कमा सम्पन्न दोश्रो साधारण सभाले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका हुन् ।
|
नेपाल चिनाउँदै
|
नारायण खड्का
|
नेपाली पर्यटन, कला संस्कृति र परम्पराको प्रवद्र्धन गर्दै साउथ अस्ट्रेलियामा नेपाल महोत्सव भयो । मुख्य आकर्षणका रूपमा नेपालबाट आएको सांगीतिक समूह कुटुम्बको प्रस्तुति रह्यो । एनआरएनले प्रत्येक दुई वर्षमा महोत्सव गर्दै आएको छ ।
|
चैत्र १२, २०७३
|
नेजा सामुदायीक पत्रकारिता पुरस्कार स्थापना
|
कान्तिपुर संवाददाता
|
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले ‘नेजा सामुदायीक पत्रकारिता पुरस्कार’ को स्थापना गरेको छ । सामुदायीक पत्रकारितालाई प्रोत्साहन गर्ने हेतुले यस वर्षदेखि क्यानडा र अमेरिकामा क्रियाशील पत्रकारलाई सो पुरस्कार प्रदान गरिने नेजाले जनाएको छ ।
|
चैत्र ११, २०७३
|
बेलायतका नेपाली रेष्टुरेन्ट जनशक्ति अभावले संकटमा
|
कान्तिपुर संवाददाता
|
बेलायतका नेपाली रेष्टुरेन्ट जनशक्ति अभावले संकटमा परेको गुनासो व्यवसायीहरुले गरेका छन् । बेलायतस्थित नेपाली रेष्टुरेन्टहरुको संस्था नेपलिज क्याटरर्स एसोसिएसन यूकेले आफ्ना व्यवसायले सामना गर्नु परेको जनशक्ति अभावबारे नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई अवगत गराएको हो ।
|
बेलायती व्यवसायीलाई हाइड्रोमा लगानी गर्न उद्योगमन्त्री जोशीको आव्हान
|
नवीन पोखरेल
|
नेपाल सरकारले बेलायती व्यवसायीलाई नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ । लर्ड मेयर अफ लन्डन डा.एन्ड्रियू पार्मलीको निम्तोमा बेलायत आएका उद्योगमन्त्री नवीन्द्रराज जोशीले बुधबार म्यान्सन हाउसमा बेलायती व्यवसायीमाझ नेपाल सरकारले वैदेशिक लगानीकर्तालाई सधैं रेड कार्पेटमा स्वागत गर्ने बताए ।
|
भण्डारीलाई एसियन अमेरिकन अवार्ड
|
कान्तिपर संवाददाता
|
अमेरिकी राजनीतिमा सक्रिय नेपाली मुलका ह्यारी (एचबी) भण्डारीलाई बाल्टिमोर काउन्टीले ‘एसियन अमेरिकन एक्सिलेन्स’ अवार्ड प्रदान गर्ने भएको छ ।
|
चैत्र १०, २०७३
|
बाल्टिमोरमा प्रवासी एमालेहरुको भेला हुने
|
दिनेशजंग शाह
|
नेकपा एमालेका प्रवासी कार्यकर्ताहरुको अमेरिकास्थित अघोषित संगठन प्रवासी नेपाली मंचको दोस्रो अधिवेशन मेरियाल्याण्डको बाल्टिमोरमा हुँदैछ । मार्चको ३१ तारिख अर्थात चैत्र १८ गतेदेखि तीन दिनसम्म चल्ने अधिवेशनमा प्रतिनिधि एवं पर्यवेक्षकसहित दुई सय ५० जनाको सहभागिता हुनेछ ।
|
घरेलु कामदार सम्झौतामा साउदीको जोड
|
कान्तिपुर संवाददाता
|
साउदी अरबले घरेलु कामदारसम्बन्धी विशेष श्रम सम्झौता गर्न नेपाललाई पुन: अनुरोध गरेको छ । साउदी भ्रमणमा रहेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीसँग सोमबार त्यहाँका श्रममन्त्री अली बिन नास्सिर अल–घफिसले यस्तो आग्रह गरेका हुन् ।
|
चैत्र ९, २०७३
|
खाडीका कामदारका अध्ययन गर्ने संसदीय टोली कुवेत पुग्यो
|
कान्तिपुर संवाददाता
|
खाडीमा कार्यरत नेपालीको अध्ययन गर्न हिडेका व्यवस्थापिका संसदको ९ सदस्यीय संसदीय टोली बुधवार कुवेत पुगेको छ ।
|
कतारमा नेपाली भलिवलको उपाधी कास्कीलाई
|
कान्तिपुर संवाददाता
|
कतारमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको उपाधी कास्की आदर्श सेवा समाजले हात पारेको छ ।
|
पिटर बड नेपालका लागि अष्ट्रेलियाका नयाँ राजदूत
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.