text
stringlengths 2
914
|
|---|
नारायण खड्का
|
अष्ट्रेलिया सरकारले नेपालका लागि नयाँ राजदूतमा पिटर बडलाई नियुक्त गरेको छ । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि बिसपले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यो कुरा जनाएकी हुन् ।
|
चैत्र ८, २०७३
|
खाडीमा कार्यरत नेपालीको अध्ययन गर्ने संसदीय टोली साउदीमा
|
होम कार्की
|
साउदी अरबले घरेलु कामदारसम्बन्धी विशेष श्रम सम्झौता गर्न नेपाललाई सोमबार पुन: अनुरोध गरेको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहको नेतृत्वमा गएको ९ सदस्यीय टोलीलाई रियादस्थित आफ्नो मन्त्रालयमा स्वागत गर्दै साउदीका श्रममन्त्री अली बिन नास्सिर अल–घफिसले घरेलु श्रम सम्झौताको विषय उठाएका हुन् ।
|
एनआरएन कार्ड लिनेको संख्या न्यून, अष्ट्रेलिया र न्युजिल्याण्डमा जम्मा छ सयले लिए
|
नारायण खड्का
|
सरकारले विदेशमा रहेका नेपालीहरुलाई लगानी, भ्रमणलगायतका बिषयमा सहजता पुर्याउने उद्देश्यले जारी गरेको एनआरएन कार्ड अष्ट्रेलिया र न्युजिल्याडमा हालसम्म जम्मा छ सय जनाले मात्र लिएका छन् ।
|
बेल्जियममा कोइरालाको सातौं स्मृति दिवस
|
विष्णु सापकोटा
|
नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवस सोमबार बेल्जियमको आन्त्रोपेन सहरमा नेपाली जनसम्पर्क समितिले एक कार्यक्रमका मनाएको छ ।
|
धुर्मुश–सुन्तलीलाई बोस्टनमा १२ लाख
|
दिनेशजंग शाह
|
बोस्टन शहरको छेउमै अवस्थित वेष्ट रक्सबेरीमा आईतबार साँझ आयोजित एक कार्यक्रममा धुर्मुश सुन्तली फाउण्डेशनको एकिकृत नमुना मुसहर बस्ती निमार्णका लागि १२ लाख संकलन गरिएको छ । हिमालयन बिस्ट्रो रेन्टुरेन्टमा आयोजित कार्यक्रममा उपस्थित एक सय २५ जना बढी बोस्टनबासी नेपालीले आर्थिक सहयोग गरेका थिए ।
|
साउदीद्वारा ९० दिने आममाफीको घोषणा
|
होम कार्की
|
साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी आइतबार ९० दिनको आममाफीको घोषणा गरेको छ । यो मार्च २९ गतेबाट लागू हुनेछ । साउदीका राजकुमार, उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघनबिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो । सरकारले तीन वर्षअगाडि पनि आममाफी दिएको थियो ।
|
बेलायती राजकुमारले यसरी सम्झिए नेपाल भ्रमणको अविष्मरणीय क्षण
|
नवीन पोखरेल
|
बेलायती राजकुमार ह्यारी ठीक वर्ष दिनअघि पहिलो पटक नेपाल भ्रमणमा थिए । सोमबार अपरान्ह नेपाल भ्रमण गर्दा स्मृतिमा कैद भएका रोमाञ्चकारी र अविष्मरणीय क्षण साट्न उत्साहित देखिए ह्यारी । गत वर्ष नेपालमा पाएको अतिथि सत्कारको खुलेर प्रशंसा गरे उनले । बेलायती महारानीको शुभकामना सन्देश दिँदै मालामा सजिएका ह्यारीले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताए ।
|
चैत्र ७, २०७३
|
बेलायतमा लगानी जुटाउने प्रयास गर्दै उद्योगमन्त्री
|
नविन पाेखरेल
|
बेलायत भ्रमणमा रहेका उद्योग मन्त्री नवीन्द्रराज जोशी शनिबार लन्डन उत्रिएदेखि नै भेटघाटमा व्यस्त छन् । आइतबार लन्डन दूतावासमा उनले बेलायती व्यवसायी तथा उद्यमी र कुटनीतिज्ञसंग अबेरसम्म छलफल गरे ।
|
सिड्नीका साहित्यकारको क्यानबेरामा कार्यक्रम
|
कान्तिपुर संवाददाता
|
सिड्नीमा रहेर नेपाली साहित्यमा कलम चलाउँदै आएका नेपाली साहित्यकारहरुले अष्ट्रेलियाको राजधानी क्याबेरामा साहित्यिक कार्यक्रम सम्पन्न गरे । अनेसास रिजनल टुर नाम दिइएको उक्त साहित्यिक कार्यक्रममा करिब ५ दर्जन बढीले सिड्नीबाटै सहभागिता जनाएका थिए ।
|
चैत्र ६, २०७३
|
स्याङजाको छेठौ अधिबेसन कतारमा सम्पन्न
|
कान्तिपुर संवाददाता
|
स्याङ्जा सेवा समाज, कतारको छेठौ अधिवेशनले धनन्जय लम्सालको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
|
युएईमा प्रवासी नेपालीद्वारा क्षेत्रीय समिति गठन
|
कान्तिपुर संवाददाता
|
प्रवासी नेपाली मञ्चले आवुधावीमा पुन्य प्रसाद शर्मा ( पुस्कर) को अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय समितिको गठन गरेको छ ।
|
थपलिया स्वीडेनको पर्यटनदूत
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली संघ (एनआरएन) स्वीडेनका संस्थापक अध्यक्ष नविन थपलिया पर्यटनदूत नियुक्त भएका छन् ।
|
उर्जामा लगानी भित्र्याउन मन्त्री शर्मा कोरिया पुगे
|
कान्तिपुर संवाददाता
|
उर्जामन्त्री जनार्दन शर्मा उर्जा विशेषज्ञसहित पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार दक्षिण कोरिया आइपुगेका छन् । सोल राजदूतावास र एनआरएनए कोरियाद्वारा संयुक्तरूपमा आइतबार सोलमा आयोजना गरिने उर्जासम्बन्धी अन्तरक्रियामा प्रमुख आतिथ्यताको लागि आमन्त्रण गरिएको हो ।
|
गैर आवासीय नेपाली एसिया प्रशान्त सम्मेलन सुरु
|
कृष्ण आचार्य
|
एसिया प्रशान्त क्षेत्रका गैर आवासीय नेपाली (एनआरएन) हरुको सम्मेलन आइतबारबाट सुरु भएको छ । श्रम समस्या, कल्याणकारी कोष, नेपालमा भूकम्पपछिको पुनर्निर्माण र लगानी भित्र्याउने लगायत विषयमा छलफल गर्ने गरी सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर चीरन्जीवी नेपालले गरेका छन् ।
|
चैत्र ५, २०७३
|
साझा पहिलोपटक लन्डनमा
|
कान्तिपुर संवाददाता
|
कमिसनका कारण आर्थिक संकट झेलिरहेको साझा प्रकाशन बिस्तारै तंग्रिने तरखरमा छ । बन्द भइसकेको प्रकाशनलाई सरकारले तीस करोड दिएपछि सुचारु साझा यतिखेर लन्डन आइपुगेको छ ।
|
उद्योगमन्त्री जोशी लन्डनमा
|
नवीन पोखरेल
|
लन्डन । उद्योगमन्त्री नवीन्द्रराज जोशी शनिबार बिहान लन्डन आइपुगेका छन् । सिटी अफ लन्डनका लर्ड मेयर डा. एन्ड्रियू पार्मलीको निमन्त्रणामा उनी बेलायत आएका हुन् ।
|
चैत्र ४, २०७३
|
‘बेलायती प्रधानमन्त्री मेको नेपाल भ्रमण गराउन प्रयास गर्नेछु’
|
नवीन पोखरेल
|
ब्रिटेनको सत्तारुढ दल कन्जरभेटिभका एकजना प्रभावशाली सांसद तथा पूर्वमन्त्री सर जेराल्ड होवार्थले ब्रिटिस प्रधानमन्त्री टेरेजा मेको नेपाल भ्रमणका लागि आफूले पहल गर्ने वचन दिएका छन् ।
|
लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्धजयन्ती मनाइने
|
नवीन पोखरेल
|
बुद्ध फाउण्डेसन यूकेले आगामी मे ७ तारिखका दिन लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्धजयन्ती मनाउने भएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूके समेतको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो ।
|
चैत्र ३, २०७३
|
लन्डनबाट ‘भिजिट नेपाल युरोप–२०१७’ अभियान शुरुवात
|
नविन पाेखरेल
|
युरोपेली नागरिकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले घोषणा गरिएको भिजिट नेपाल युरोप २०१७ को औपचारिक शुरुवात लन्डनमा एक समारोहबीच गरिएको छ । बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ब्रिटेनको लेबर पार्टीका एकजना नेता तथा अल पार्टी पार्लियामेन्ट्रीग्रुप अन नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले बुधबार अभियान उद्घाटन गरेका हुन् । सन् २०१६ मा करिब ४६ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
|
कतारमा ३५ औं मगर दिवस मनाइयो
|
कान्तिपुर संवाददाता
|
नेपाल मगर संघ, कतारले ३५ औं स्थापना दिवस विविध कार्यक्रम गरी कतारमा मनाएको छ ।
|
स्वर्गीय वीरेन्द्रका सहपाठीले भने– ‘नेपाल सुन्दर छ, घुम्न जानू’
|
नवीन पोखरेल
|
नेपाल तथा बेलायतबीच कूटनीतिक सम्बन्ध कायम भएको दुई सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । तत्कालीन राजा वीरेन्द्रका सहपाठी प्रिन्स रिचार्ड (डयुक अफ ग्लस्टर) लाई प्रमुख अतिथि बनाइएको उक्त कार्यक्रम बुधबारदेखि सुरु भएको हो ।
|
चैत्र २, २०७३
|
दोहामा साहित्यकारहरूले सम्झिए वैद्यलाई
|
कान्तिपुर संवाददाता
|
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र नवोदित साहित्य वाचनालय कतारले ६७ औं डवली स्वर्गीय शिखर वैद्यप्रति समर्पित गरेको छ ।
|
बेलायती राजदरबारमा गोर्खा सैनिकहरुलाई विशेष पदक
|
नवीन पोखरेल
|
वेलिङटन ब्यारेक्सबाट करिब डेढसय गोर्खा सैनिकहरु ब्रिगेड व्यान्डको सुमधुर धुनमा कवाज खेल्दै बकिङहाम प्यालेस प्रवेश गरिरहँदा दरबार परिसरमा करिब १५ हजार दर्शक एकत्रित भइसकेका थिए । ६८ वर्षीय प्रिन्स चार्ल्स उनका छोरा ३२ वर्षीय प्रिन्स ह्यारीको हातबाट पदक ग्रहण गर्न गोर्खाहरु निकै उत्साहित देखिन्थे ।
|
चैत्र १, २०७३
|
जनसम्पर्क समिति बेल्जियममा सापकोटा
|
दीपकज्योति पौडेल
|
कांग्रेस निकट जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सिता सापकोटा निर्वाचित भएकी छन् । प्रत्यासी माधव सापकोटालाई ८५ मतले हराउँदै सापकोटा निर्वाचित भएकी हुन् ।
|
कतारमा महिला दिवस मनाइयो
|
कान्तिपुर संवाददाता
|
नेपाली महिला समाज, कतारले १०७ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ ।
|
एनआरएनए एसिया सम्मेलन मलेसियामा हुने
|
कान्तिपुर संवाददाता
|
गैर आवासीय नेपाली संघ (एनआरएनए) को पाँचौं एसिया क्षेत्रीय सम्मेलन यही मार्च १९ मा मलेसियामा हुने भएको छ । आयोजक एसिया क्षेत्रीय समितिका अनुसार सम्मेलनमा नेपाली कामदारको हित र लगानीबारे छलफल केन्द्रीत हुनेछ । प्रत्येक बर्ष आयोजना हुने यस सम्मेलनमा यसपाली नेपाली कामदारको हित र नेपालमा लगानीसम्बन्धी विषय नै प्रमुख मुद्दा हुनेछन् ।
|
गरिबीको मारमा परेको मण्डल परिवारलाई जापानबाट सहयोग
|
प्रकाश पन्थी
|
चरम गरिबीको मारमा परेको सप्तरीको एक पीडित परिवारलाई जापानबासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
|
फाल्गुन ३०, २०७३
|
ओमनमा नारी दिवस मनाइयो
|
कान्तिपुर संवाददाता
|
ओमनमा स्थित नेपाली समुदायले वैदेशिक रोजगारीमा आएका महिलाको सुरक्षाको लागि कुटनीतिक तवरबाट बिशेष भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
|
कलाकारसँग अष्ट्रेलियाका नेपालीको होली
|
नारायण खड्का
|
रंगको पर्व होली मनाउनका लागि अष्ट्रेलिया आएको सांगीतिक टोलीसँग यहाँका नेपालीहरुले यसबर्षको होली पर्व मनाएका छन् । अष्ट्रेलियाको मुख्य ३ शहरमा होली पर्व मनाउन सांगीतिक प्रस्तुती लिएर आधा दर्जन टोली अष्ट्रेलियामा छ ।
|
साउदीमा नेपाली भलिवलको उपाधी माछापुच्छ्रेलाई
|
कान्तिपुर संवाददाता
|
होलीको अबसरमा साउदी अरवको राजधानी रियादमा आयोजित खुल्ला नेपाली भलिवल प्रतियोगिताको उपाधी माछापुच्छ्रे क्लवले जितेको छ । बिजेतालाई ४३ हजार रुपैयाँ दिइएको थियो ।
|
पृथ्वी सुब्बाले जापानमा भने, 'तपाईहरुले प्रचार गरेपनि पूर्वाधार नबन्द पर्यटक आउन गाह्रो'
|
प्रकाश पन्थी
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.