text
stringlengths
2
914
नेपाल कम्यूनिष्ट पार्टि एमालेका सचिव तथा पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रर्वद्धनका लागि राजधानीको सडक मर्मत र सहायक बिमानस्थललाई सक्दो छिटो चलायमान बनाउनुपर्ने बताएका छन् ।
कतारको अलसफियामा नेपालीको होली
कान्तिपुर संवाददाता
कतारको अलसफिया आइल्याण्डमा नेपाली कामदार भेला भई होली पर्व धुमधामले मनाएका छन जागरुक युबा समाज नेपाल, कतारद्धारा आयोजित होलीमा उनीहरु खुलेर होली मनाए ।
तमूको १३ औं बार्षिक साधारण सभा
कान्तिपुर संवाददाता
कतारमा कार्यरत तमू समुदायको संस्था तमू (गुरुङ) समाज कतारको १३ औं वार्षिक साधारण सभा शुक्रवार दोहामा सम्पन्न भयो । सभाले अध्यक्षमा रस तमुलाई चयन गरेको छ ।
कतारमा म्याग्दीको आठौं साधारणसभा
कान्तिपुर संवाददाता
म्याग्दी प्रवासी नेपाली संघ, कतार (मोना) को आँठौ साधारण सभाले पात्लेखेत–४, म्याग्दीका रमेश पौडेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
फाल्गुन २९, २०७३
सिड्नीमा युवा नेतृत्व विकास कार्यक्रम
नारायण खड्का
नेपाली युवाहरु र अस्ट्रेलियामा रहेका विभिन्न देशका युवाहरुसँग आपसी सम्बन्ध विस्तार र नेतृत्व विकास गर्ने उद्देश्यले सिड्नीमा युवा नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ ।
फाल्गुन २८, २०७३
बलात्कार गर्न खोजेको भन्दै बेलायतमा महिलाद्वारा नेपाली युवकको हत्या
कान्तिपुर संवाददाता
लन्डन । बेलायतको अल्डरसटमा शुक्रबार साँझ एक नेपाली युवकको हत्या भएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट भिक्टोरिया रोडस्थित एक घरमा बस्ने अन्दाजी ४० वर्षीया विधवा सुकमाया तामाङले आफ्नो घर आएका २५ वर्षीय युवकलाई छुरा हानी हत्या गरेको स्थानीय नेपालीले जनाएका छन् । चितवन नारायणगढ घर भएकी ती महिला हत्या गरी फरार छिन् ।
फाल्गुन २७, २०७३
यूके बजेटले नेपाली पनि प्रभावित
नविन पोखरेल
बेलायती अर्थमन्त्री फिलिप हयामण्डले बुधबार बेलायती अर्थतन्त्र यस वर्ष दुई प्रतिशतले वृद्धि हुने अनुमानसहित कुल ७ सय ८४ अर्ब पाउन्डको बजेट संसदमा पेश गरेका छन् । बजेटले नेपाल लगायत बेलायतभित्र बस्ने आप्रवासीलाई समेत कस्तो असर पर्छ भन्ने कौतुहलता जागेको छ ।
युएईका राष्ट्रपतिका सल्लाहकारको कम्पनीबाट झन्डै तीन सय नेपाली पीडित
होम कार्की
संयुक्त अरव इमिरेट्स (युएई) का राष्ट्रपतिका सल्लाहकार डा. शेख सुल्तान बिन खलिफा बिन जायद अल–नायनको रोयल फाल्कन सेक्युरिटी एलएलसीले झन्डै तीनसय नेपाली सुरक्षाकर्मीलाई तीनदेखि ७ महिनासम्मको तलब दिएको छैन ।
कुटुम्बको पहिलोपटक अस्ट्रेलियामा सांगीतिक प्रस्तुति
नारायण खड्का
नेपाली परम्परागत लोकधुनलाई आफ्नो मुख्य सांगीतिक प्रस्तुतिका रुपमा प्रस्तुत गर्दै आएको नेपाली सफल सांगीतिक ब्याण्ड कुटुम्ब एक महिना लामो सांगीतिक यात्राको लागि अस्ट्रेलिया आउने भएको छ ।
मृत्युदण्ड अभियोग लागेका लामालाई सफाइ
होम कार्की
मृत्युदण्डको अभियोग लागेका अशोक लामालाई मलेसिया उच्च अदालतले बुधबार सफाइ दिएको छ । हत्या अभियोगमा प्रहरीले उनलाई मृत्युदण्ड सजाय दिनुपर्ने माग गर्दै मुद्दा दायर गरेको थियो ।
फाल्गुन २६, २०७३
कतारमा लुट २
कान्तिपुर संवाददाता
कतारको एसियन टाउन (ग्राण्ड मल) स्थित सिनेमा हल नम्बर ३ मा शुक्रबार (मार्च १०) लुट २ प्रर्दशन हुने भएको छ ।
संविधान पुनरावलोकनका लागि स्वतन्त्र आयोग गठन गर्न माग
नवीन पोखरेल
लन्डन । ‘ग्लोबल पोलिसी फोरम फर नेपाल’का अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदी क्यूसीले नेपाल सरकार तथा सबै प्रमुख दलहरुलाई नेपालको संविधानको पुनरावलोकन गर्न विशेषज्ञहरु सम्मिलित एक स्वतन्त्र आयोग गठन गर्न आव्हान गरेका छन् ।
फाल्गुन २४, २०७३
समानतामा अस्ट्रेलियाको नयाँ उपाय
नारायण खड्का
विश्व महिला दिवसको अघिल्लो दिन लिङ्ग समानताको उदाहरण दिने उद्देश्यले अस्ट्रेलिया सरकारले नयाँ उपाय निकालेको छ, सडकमा बाटो काट्न प्रयोग हुने चित्रमा महिलाहरुको चित्र राख्ने । अस्ट्रेलियाका सबै सडकमा रहेको ट्राफिक सिग्नलमा बाटो काट्ने स्थानमा पुरुष चित्रको प्रयोग गरिएको छ ।
फाल्गुन २३, २०७३
गुल्मीद्वारा कतारमा बनभोज
कान्तिपुर संवाददाता
गुल्मी सेवा समाज कतारले वैदेशिक रोजगारीको लागि आएका जिल्लावासीसँग समधुर सम्बन्ध कायम गर्नको लागि सांस्कृतिक कार्यक्रम सहित पाँचौं बृहत बनभोज गरेको छ ।
विद्यार्थीलाई नि:शुल्क खानेकुरा
नारायण खड्का
उच्च शिक्षाका लागि अष्ट्रेलिया आएर काम नपाएका बिद्यार्थीहरुलाई सहयोग पुर्याउने उद्देश्यले यहाँ रहेको संस्थाले निशुल्क दैनिक उपभोग्य बस्तुहरु वितरण शुरु गरेको छ ।
कतारमा एकता समाजद्वारा नारी दिवस मनाइयो
कान्तिपुर संवाददाता
कतार नेपाली एकता समाज महिला विभागले १०७ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ ।
कोरियामा चलचित्र लुट टुले नयाँ रेकर्ड राख्यो
कान्तिपुर संवाददाता
नेपालमा हाल दोस्रो हप्तामा चलिरहेको नेपाली कथानक चलचित्र लुट–२ ले दक्षिण कोरियामा पनि राम्रो व्यापार गरेको छ । कोरियामा चलिचत्र लुट–२ हेर्न दर्शकको ओइरो लाग्ने गरेको छ । आइतबार एकै दिन विभिन्न चार शहरमा प्रदर्शन गरिएको सो चलचित्र हाउसफुल भएको आयोजकले जनाएको छ । कोरियामा पहिलो पटक ६ सय सिट क्षमता भएको हलमा एकै दिन दुई शो गरी रेकर्ड नै तोडेको छ ।
साउदीमा जनचेतना जगाउदै नेपाली दूतावास
कान्तिपुर संवाददाता
साउदी अरवस्थित नेपाली दूतावासले नेपाली कामदारलाई जनचेतना फैलाउने अभियान शुरू गरेको छ ।
फाल्गुन २२, २०७३
मलेसियामा नेपाली एक युवालाई चार वर्षको जेल सजाय
कान्तिपुर संवाददाता
मलेसियामा एक स्थानीय युवतीको सुनको सिक्री चोर्न खोज्ने नेपाली युवालाई चार वर्षको जेल सजाय भएको छ । २१ वर्षीय महिला विद्यार्थीको सुनको सिक्री चोर्ने प्रयास गरेको अभियोगमा सुरक्षागार्डको रुपमा कार्यरत रहेका २६ वर्षीय कुमार दराललाई क्वालालम्पुरस्थित सेसन्स कोर्टले उक्त सजाय सुनाएको मलेसियाली सञ्चारमाध्यममा खबर छ ।
नेपालद्वारा मलेसिया पराजित
कान्तिपुर संवाददाता
पाँचौ एसियन आप्रवासी फुटबल लिगको दोस्रो खेलमा नेपालले मलेसियासँग २–१ ले जितेको छ । कतार फुटबल एसोसिएसनद्वारा कतारमा आयोजित आप्रवासी लिगको दोहाको अलथुमामस्थित टेक्निकल मैदानमा नेपालले मलेसियासँग कठिन जित हात पारेको हो ।
फाल्गुन २१, २०७३
एजेन्ट गायब, पीडित मुद्दा लड्दै
नवीन पोखरेल
सन् २०११ सेप्टेम्बरमा लन्डनको हिथ्रो विमानस्थल ओर्लंदा अस्मिता लामाका कैयौं सुन्दर सपना थिए । बेलायतको नयाँ अनुभव र डिग्री लिने, धेरथोर कमाउने, अनि स्टाटस बनाउने । उनले ग्लिन्डर युनिभर्सिटीबाट मास्टर्स त गरिन्, तर त्यसबाहेक मानसिक तनावभन्दा अरू केही कमाइनन् ।
फाल्गुन २०, २०७३
जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा अनुजाद्वारा उम्मेद्वारी घोषणा
कान्तिपुर संवाददाता
नेपाली जनसम्पर्क समिति, बेल्जियमको चौथो अधिवेसनमा वर्तमान उपाध्यक्ष अनुजा प्रधानले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेकी छिन् । प्रधानको उम्मेद्वारीसंगै आगामी अधिवेसनमा सिता सापकोटा र माधव सापकोटा सहितको त्रिपक्षीय भिडन्त हुने भएको छ ।
दक्षिण कोरियाले विदेशी मजदुरको तलबबाट खाने, बस्ने सुविधाबापत रकम कटौती गर्ने
मञ्जु गुरुङ
दक्षिण कोरियन सरकारले श्रम ऐनमा संशोधन गर्दै विदेशी कामदारको खाने बस्ने सुविधाबापत तलबबाट २० प्रतिशतसम्म कटौती गर्ने निर्देशिका जारी गरेको छ ।
फाल्गुन १९, २०७३
बेलायती रक्षामन्त्रीको स्थगित नेपाल भ्रमण मेमा गर्न सिफारिस
कान्तिपुर संवाददाता
बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरको स्थगित नेपाल भ्रमण आगामी मे महिनामा गर्न लन्डनस्थित नेपाली दूतावासले सिफारिस गरेको छ । बुधबार राजदूत डा. दुर्गाबहादुर सुवेदीले रक्षामन्त्रीलाई उनकै कार्यकक्षमा भेटी अन्तिम समयमा स्थगित भ्रमण मेमा गर्न सिफारिस गरेका हुन् ।
नेदरल्याण्डमा बंगलादेश राजदूतावासको कार्यक्रममा नेपाली लोक नृत्य
कान्तिपुर संवाददाता
नेदरल्याण्डका नेपालीले अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको सहभागिता गराएका छन् । २५ फेब्रुअरीको दिन बंगलादेश राजदूतावासले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेपालको शानदार प्रदर्शन मात्रै गराएनन उपस्थित सबैबाट वाहवाही पनि बटुले ।
फाल्गुन १८, २०७३
कोरियामा उदयपुरे सेवा समाज गठन
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा विभिन्न सिलसिलामा रहेको उदयपुर जिल्लावासीहरुले उदयपुरे सेवा समाज गठन गरेका छन् ।
फाल्गुन १६, २०७३
झापाका विद्यार्थीलाई कोरियाबाट छात्राबृत्ति
मञ्जु गुरुङ
दक्षिण कोरियाको हानगुग छाबी खोङ्दक नामक सामाजिक संस्थाबाट हालै झापा जिल्लाका विभिन्न ६ वटा विद्यालयका ६ सय ५८ विद्यार्थीलाई छात्राबृत्ति प्रदान गरेएको छ । सन् २०१० देखि छात्राबृत्ति दिन शुरु गरिएको हो । सो संस्थाले हाल मासिक प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले १ सय ३० जनालाई छात्रावृत्ति प्रदान गर्दै आएको संस्थाका नेपाल प्रतिनिधि कोरियाका व्यवसायी केपी सिटौलाले जानकारी दिए ।
फाल्गुन १५, २०७३
नेपालद्धारा जापानलाई १० गोल
कान्तिपुर संवाददाता
पाँचौ एसियन आप्रवासी फूटबल लिगको पहिलो खेलमा नेपालले जापानबिरुद्ध १० गोल गर्दै आफ्नो यात्रा अगाडि बढाएको छ ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि अस्ट्रेलियामा कार र्‍याली
नारायण खड्का
करिब दुई दर्जन नेपालमय बनेका गाडीहरु जब अस्ट्रेलियाको सडकमा दौडिए आसपासमा रहेका विदेशीहरुले समेत तालीले स्वागत गरे । पहिलोपटक नेपालको प्रवर्द्धन गर्दै साउथ अस्ट्रेलियाको सडकमा दौडिएका गाडीहरुको लस्कर देखेर नेपालको बारेमा थप जिज्ञासा राख्ने विदेशीहरु प्रशस्तै देखिए ।
फाल्गुन १४, २०७३
आठ सय नेपाली बाआमा सामूहिक पिकनिकमा