text
stringlengths
2
914
पोखराको सूर्यदर्शनसहितका सहकारी ठगीका मुख्य योजनाकार गीतेन्द्रबाबु (जीबी) राईलाई १५ वर्षसम्म कैद र साढे २ अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै शुक्रबार कास्की जिल्ला अदालतमा पूरक मुद्दा दायर भएको छ ।
पुस ५, २०८१
किशोरकिशोरीको मानसिक स्वास्थ्यका निम्ति किन घातक छ, ब्युटी र बडी फिल्टर
प्रविना पौडेल
केही दिनअघि मात्र टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ब्युटी फिल्टर र बडी फिल्टरमा प्रतिबन्ध लगाउने घोषणा गर्‍यो । बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो नीति अवलम्बन गर्न लागिएको टिकटकको प्यारेन्ट कम्पनी, बाइटडान्सका ग्लोबल कम्युनिकेसन प्रतिनिधि इमाद जफरले बताए ।
कान्तिपुर न्युज ब्रिफ : आज दिनभर देशमा के के भयो ?
कान्तिपुर संवाददाता
आज पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा शुक्रबार पूरक अभियोग दर्ता भएको देखि काठमाडौंबाट बाहिरिने मुख्यमार्ग नौबिसे–मुग्लिन सडक पुस ७ देखि १३ सम्म आंशिक बन्द हुनेसम्मका खबरहरु रहेका छन् ।
प्रसाईं रिहा
कान्तिपुर संवाददाता
सर्वोच्च अदालतको आदेशबमोजिम मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए ।
नेपालमा मंकीपक्स संक्रमण पुनः देखियो
रासस
नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
प्रसाईंलाई रिहा गर्दै प्रहरी
कान्तिपुर संवाददाता
सर्वोच्च अदालतको आदेशबमोजिम मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ । संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोको हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्दै काठमाडौं महानगर
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ । आधिकारिक प्रकिया पूरा नगरी नक्सा पास गरेको भन्दै महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन अगाडि बढाउने भएको हो ।
तीन वर्षपछि हुने निर्वाचनका लागि कार्यक्रम बनाउँदै एमाले, माओवादी
कान्तिपुर संवाददाता
तीन वर्षपछि हुने निर्वाचन कार्यक्रम तय गर्न एमाले र माओवादी केन्द्र आ-आफ्नो केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् ।एमालेको २०८० फागुन र माओवादीको २०८० माघयता केन्द्रीय कमिटी बैठक बसेको छैन । एमालेको पुस तेस्रो साता र माओवादीको पुस २१ मा केन्द्रीय कमिटी बस्ने भएको छ ।
धनगढीमा शेखर समूहको सुदूरपश्चिम भेला
अर्जुन शाह
कोशी प्रदेशबाट आफ्नो समूहको भेटघाट तथा भेला सुरु गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले शुक्रबार धनगढीमा पुगेर दिनभर सुदूरपश्चिमका नौ वटै जिल्लाका आफू पक्षधर नेताहरूसँग छलफल तथा भेटघाट गरिरहेका छन् ।
अहिलेको संविधान आधा गिलास खालि : भट्टराई
विनय आजाद
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिलेको संविधानले सबै समुदाय र भाषालाई न्याय गर्न नसकेको बताएका छन् । सिरहामा शुक्रबारदेखि सुरु भएको चारदिने ३५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य संगममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल जस्ता मुलुकलाई कार्वन व्यापार छलछाम हो : वाग्ले
कान्तिपुर संवाददाता
नेपालजस्ता मुलुकहरुका लागि कार्वन व्यापार विकसित राष्ट्रहरुको छलछाममात्र भएको काठमाडौँ विश्वविद्यालयका रजिस्टार डा. अच्युत वाग्लेले बताएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको नेपाल–भारत आर्थिक सम्मेलनमा शुक्रबार वाग्लेले यस्तो बताएका हुन् ।
जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोग दर्ता
दीपक परियार
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अध्यक्ष गितेन्द्रबाबु(जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा शुक्रबार पूरक अभियोग दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पुरक अभियोग पत्र अदालतमा पेस गरेको हो ।
कांग्रेसमा बीपीको नाम लिएर आफूलाई मन लागेका कुराहरू भन्ने परिपाटी विकसित भयो : महामन्त्री थापा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी (विश्वेश्वरप्रसाद कोइराला) को नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् ।
प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले आज बिदाइ भेट गरेका छन् ।
नेपाल–भारत आर्थिक सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु
कान्तिपुर संवाददाता
भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत आर्थिक सम्मेलन सुरु भएको छ । शुक्रबार काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर (एग्रो फाउन्डेसन)द्वारा संयुक्त रुपमा सम्मेलन आयोजना गरिएको हो ।
मन्त्रालयका तीनवटै स्तम्भलाई नीतिगत रुपान्तरणमा लागेका छौँ : मन्त्री पाण्डे
रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।
संक्रमणकालीन न्यायको पर्खाइमा द्वन्द्वपीडित
रूपा गहतराज
बाँकेको कोहलपुर–५ की ७० वर्षीया चन्द्रकला अधिकारीका माइला छोरा बेपत्ता भएको २२ वर्ष भयो । तर छोरा फर्केर आउने आस उनले मारेकी छैनन् । भन्छिन्, ‘तर आशा गर्दागर्दै मर्ने बेला हुन लाग्यो ।’
भारतीय लगानीकर्तालाई नेपालमा लगानी बढाउन परराष्ट्र मन्त्री राणाको आग्रह
कान्तिपुर संवाददाता
परराष्ट्र मन्त्री आरजु राणाले नेपालमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् ।
मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
रासस
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।
भन्सार कर्मचारीसहित ३४ जनाविरुद्ध राजस्व चुहावट मुद्दा
ऋषिराम पौड्याल
राजस्व चुहावट गराएको आरोपमा जनकपुर छोटी भन्सारका चार जना कर्मचारीसहित ३४ जनाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजालस वीरगन्जमा मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठकी अनुसार उनीहरूबाट बिगो तथा जरिवानाबाट १० करोड ७२ लाख असुल उपर गरी जेल सजायसमेतको माग गरिएको छ ।
चुरे दोहन अनियन्त्रित, नगरपालिकालाई ‘पर्वाह छैन’
अर्जुन शाह
गोदावरी नगरपालिकाका पदाधिकारी, ठेकेदार कम्पनी, त्यस क्षेत्रको वडाका पदाधिकारी र सामुदायिक वन उपभोक्ता समितिको संलग्नतामा कैलालीको चुरे तटीय क्षेत्रमा खुलेआम दोहन भइरहेको हो । गोदावरी नगरपालिकाका वडा १२ मा पर्ने मछली खोला र वडा ११ मा पर्ने रातो पानी क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरीनिकासी भइरहेको हो ।
मायादेवी मार्गमा ‘लेडी राइडर’
मनोज पौडेल , दीपेन्द्र बडुवाल
उनी बाइक राइड गर्न भनेपछि हुरुक्क हुन्छिन् । न घामले छेक्छ, न पानीले । मोटरसाइकल कुदाउने कुरा उठ्नासाथ ‘आईटेनरी’ बनाई हाल्छिन्, ललितपुर सातदोबाटोकी तुलसा पहाडी । २९ वर्षे ‘लेडी बाइक राइडर’ पहाडीले यस पटकको ‘राइड’ मा भने शान्ति र आध्यात्मिक अनुभूति गर्न पाउँदा दंग छिन् ।
पहाडका बस्ती हराभरा बनाउन ‘रिभर्स माइग्रेसन’ गराउनुपर्ने सुझाव
कान्तिपुर संवाददाता
जनसंख्या र विकासका क्षेत्रका सरोकारवालाहरूले हालको तराई केन्द्रित जनसंख्याको सन्तुलन कायम गर्न ‘रिभर्स माइग्रेसन’ अर्थात् पुरानै थातथलोमा फर्किने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
उमा–गौरी सहकारी ठगीका अभियुक्त अझै फरार
पर्वत पोर्तेल
मोरङको धनपालथान गाउँपालिकास्थित उमा–गौरी कृषि सहकारीको रकम अपचलनमा मुद्दा चलाइएका २५ जना अझै पक्राउ परेका छैनन् । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालगायत अभियुक्त फरार रहेका हुन् ।
समुदायको सक्रियताले गिद्धको संख्या बढ्दै
माधव अर्याल
पाल्पाको रामपुर नगरपालिका–८, आँपचौरका ७६ वर्षीय थानेश्वर अर्यालले ४० वर्षअघि खैरेनी जंगलमा सयौंको संख्यामा गिद्ध देखेका थिए । बेलुकीपख जंगल जाँदा गिद्धको बथानले रुख ढाकेको हुन्थ्यो । बुढा सिमलको रुखमा गिद्धको बथान नै बास बस्थ्यो । हेर्दाहेर्दै गिद्धको संख्या घट्दै गयो ।
लामिछानेको तस्बिर सार्वजनिक भएकामा छानबिन समिति
दीपक परियार
सहकारी ठगी आरोपमा कास्की हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ । प्रहरीको गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख तथा वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।
संक्रमणकालीन न्याय आयोगका पदाधिकारी नियुक्ति हुन नसकेकामा सर्वत्र चासो
घनश्याम खड्का
संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया ढिला भएको विषयमा देश–विदेशबाट चासो र चिन्ता व्यक्त भएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समिति आयोगका पदाधिकारी सिफारिस गर्न असफल भएपछि मानवअधिकारवादी र द्वन्द्वपीडितका संस्थाले सरकारलाई खबरदारी गरेका छन् ।
संसद्को लेखा समिति ४ महिनादेखि ‘निद्रा’ मा
जयसिंह महरा
संसद्को सार्वजनिक लेखा समिति बैठक चार महिनायता ठप्प छ । सत्तारूढ एमालेका सांसद ऋषिकेश पोखरेलको नेतृत्वमा रहेको यो समितिको पछिल्लो बैठक भदौ ९ मा बसेको थियो । समितिमा ९५ वटा उजुरी पुग्दा पनि सभापति पोखरेलले बैठक बोलाएका छैनन् ।
उपभोक्तालाई चिनी नगदमा, किसानको उखु उधारोमा
मनोज पौडेल , शिव पुरी , लक्ष्मी साह
यो वर्ष पनि सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा कम भाउ र उधारोमै उखु बेच्न किसान बाध्य भएका छन् । व्यवसायीले न्यूनतम मूल्यभन्दा १५ देखि २० प्रतिशत कममा किसानसँग उखु खरिद गरिरहेका छन् ।
पुस ४, २०८१
अस्ट्रेलियाका लागि नयाँ राजदूत : यस्ता छन् चुनौती र अवसर
नारायण खड्का
झन्डै अढाई वर्षअघि आफ्नो कार्यकाल सक्न नपाउँदै नेपाल बोलाइएका तत्कालीन अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहालले आफूले सुरु गरेका धेरै काम गर्न नपाएकोमा गुनासो पोखेका थिए । नेपाल फर्किने क्रममा दहालले राजनितिक या कूटनीतिक जस्तो नियुक्ति भए पनि राजदूतलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने बताएका थिए ।
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
रासस
नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो ।
न्यायपालिका पारदर्शी छ : प्रधानन्यायाधीश सिंह
कान्तिपुर संवाददाता
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मुलुकको अहिलेको न्यायपालिका पारदर्शी रहेको बताएका छन् ।
माओवादीप्रति जनमत सकारात्मक : दाहाल
कान्तिपुर संवाददाता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् ।
कान्तिपुर न्युज ब्रिफ : आज दिनभर देशमा के - के भयो ?