text
stringlengths
2
914
कान्तिपुर संवाददाता
आज कर्णालीलाई पन्छाउँदै जनकपुर एनपीएलको फाइनलमा पुगेको खबरदेखि पहिरोले क्षति पुर्‍याएको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको मर्मतको काम तीव्र भएकोसम्मका खबरहरु चर्चामा रहे ।
माओवादी कोशी संसदीय दलले भन्यो : लेखा समिति सभापति पोखरेलले राजीनामा दिनुपर्छ
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्र कोशी संसदीय दलले मोरङको धनपालथान गाउँपालिका, कर्सियाको उमागौरी सहकारी संस्था ठगी प्रकरणलाई निष्पक्ष अनुसन्धान आवश्यक रहेको भन्दै त्यसका लागि संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजीनामा दिनु पर्ने बताएको छ ।
विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्नुपर्छ : सभामुख घिमिरे
रासस
सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताएका छन् ।
नागरिकता कानुनमा सबैलाई समान व्यवहार गरिनुपर्ने माग
नुमा थाम्सुहाङ
महिला अभियन्ताहरुले नागरिकता सम्बनधी कानुनमा सबैलाई समान व्यवस्था गरिनुपर्ने माग गरेका छन् । महिला र पुरुषको नाममा जारी गरिने नागरिकताबीच समानता नभएकाले संविधान संशोधन आवश्यक रहेको उनीहरुको भनाइ छ ।
वैद्यखानाको निरीक्षण गर्दै स्वास्थ्यमन्त्री पौडेलले भने : तलब खुवाउन लागि सरकारले रकम दिन सक्दैन
कान्तिपुर संवाददाता
सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्था बुझ्न गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब दिनका लागि सरकारले रकम दिन नसक्ने बताएका छन्
सभापतिकी पत्नी सहकारी ठगी परेसम्म र कुलमान नहटेसम्म लेखा समिति बैठक बस्दैन : सांसद सिंह
कान्तिपुर संवाददाता
प्रतिनिधिसभा अन्तर्गतको महत्त्वपूर्ण समितिका रूपमा मानिँदै आएको सार्वजनिक लेखा समितिको बैठक नबोलाएकोप्रति सांसद अमरेशकुमार सिंहले आपत्ति जनाएका छन् ।
कर्मचारीका ट्रेड युनियन खारेज गर्नुपर्छ : सांसद सिंह
कान्तिपुर संवाददाता
सरकारी कर्मचारीभित्र गठन गरिएका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो ।
'थानकोट-चित्लाङ सडक' बन्द नगर्न मदन भण्डारी विश्वविद्यालयको अपिल
कान्तिपुर संवाददाता
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सडक सुधारको नाममा विश्वविद्यालयको पठनपाठनमै असर पर्ने भएकाले थानकोट–चित्लाङ्ग सडक बन्द नगर्न आग्रह गरेको छ । विश्वविद्यालयका अध्यक्ष प्राध्यापक राजेन्द्रध्वज जोशीले बिहीबार विज्ञप्ति जारी गर्दै सडक बन्द गरिएमा यस विश्वविद्यालयको शैक्षिक तालिका (क्यालेन्डर) कार्यान्वयन हुन नसक्ने उल्लेख गरेका छन् ।
लामिछानेको तस्बिर सार्वजनिक गरेको जिम्मा निकोलस भुसालले लिए
दीपक परियार
सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्बिर कसरी बाहिर आयो भन्ने बहस सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले हिरासतभित्रको फोटो सार्वजनिक गर्ने र जिम्मेवार प्रहरी अधिकारीमाथिसमेत अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेका छन् ।
हिरासतभित्र रहेका रविको फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन
कान्तिपुर संवाददाता
हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
स्टन्ट र प्रोपोगाण्डाबाट उदाएकाहरू त्यसकै दुरुपयोगबाट विस्थापित हुँदैछन् : महासचिव पोखरेल
कान्तिपुर संवाददाता
एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् ।
खाडीमा रहेका नेपाली हाम्रा शक्ति हुन् : श्रम मन्त्री
कान्तिपुर संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले खाडी मुलुकहरूमा रहेका नेपाली श्रमिक मुलुकको लागि शक्ति भएको बताएका छन् ।
सहकारी ठगीको अनुसन्धान प्रभाव पार्न जथाभावी बोल्दै हिँडेका छन् : गृहमन्त्री लेखक
माधव अर्याल
गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा भइरहेको अनुसन्धानलाई प्रभाव पार्न विभिन्न पार्टीका मानिसले जथाभावी बोल्दै हिँडेको टिप्पणी गरेका छन् । उनले अपराधमा संलग्न देखिए जोसुकै व्यक्ति पनि कानुनी कारबाहीको दायरामा आउनेसमेत बताएका छन् ।
मकैको बिउ अभाव
लक्ष्मी साह
तराई–मधेशका जिल्लामा मकैको बिउको अभाव भएको छ । खुला सीमा आसपासका किसानले भने भारतबाट लुकीछिपी बिउ ल्याएर खेती गरिरहेका छन् । तर यसरी ल्याइएको बिउ सूचीकृत नभएका कमसल हुन्छन् ।
अनुदान मलमा अनियमितता : किसान रित्तै, व्यापारीका गोदाम भरिभराउ
विनय आजाद
सिरहाको औरही गाउँपालिका–३ का किसान बेचन यादव आइतबार सिरहा सदरमुकाममा मल खोज्दै थिए । उनले आफ्नै पालिकाको सहकारीमा मल पाएनन् । सिरहामा तीन घण्टा खोजेपछि मल त भेटाए तर पैसा पुगेन । निराश भएर रित्तै घर फर्किए ।
विद्यार्थीले बजाउँछन् नौमती
सन्जु पौडेल
कक्षा ६ मा पढ्ने रिजन जीसी दमाहा, ट्याम्को, ढोलक बजाउन पोख्त छन् । रूपन्देहीको तिलोत्तमा–५ शान्ति नमुना माध्यमिक विद्यालयमा पढ्ने उनले विद्यालयको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत यी बाजा बजाउन सिकेका हुन् । ‘अरूले बाजा बजाएको देख्दा मलाई पनि रुचि लाग्थ्यो,’ उनले भने, ‘अहिले विद्यालयमै सिक्न पाएँ ।’ विद्यालयका कार्यक्रमबाहेक अन्यत्र पनि बाजा बजाउन थालेको उनले बताए ।
स्वास्थ्य परीक्षण नै नगरी श्रमिकलाई मेडिकल रिपोर्ट
होम कार्की
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अधिकांश स्वास्थ्य संस्थाले सरकारी मापदण्ड नै पूरा नगरेको पाइएको छ । स्वास्थ्यसम्बन्धी उच्चस्तरीय विशेषज्ञ कार्यदलका अनुसार त्यस्ता संस्थाले स्वास्थ्य परीक्षण नगरी श्रम स्वीकृतिका लागि नक्कली मेडिकल रिपोर्ट बनाइदिने गरेका छन् ।
त्रिविको छानबिन प्रतिवेदन भन्छ- ल्याब स्कुलले प्रयोग गरेको १०८ रोपनी फिर्ता ल्याउनू
सुदीप कैनी
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित १ सय ८ रोपनी जग्गा ल्याब स्कुलका नाममा २४ वर्षदेखि प्रयोग गर्दै आएको जग्गा फिर्ता लिन र भाडा असुल्न जग्गा तथा सम्पत्ति खोजबिन आयोगले सिफारिस गरेको छ । स्कुलले त्रिविको जग्गा प्रयोग गरेयताको भाडा सरकारीसरह उठाउन आयोगले सरकारलाई सुझाव दिएको हो ।
‘दशी धारा पो नरोए आमा बाँची पठाउँला तस्बिरै खिचेर’
भवानी भट्ट
‘आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन् ?’ ६ दशकअघि यो गीत गाएका झलकमान गन्धर्व बितेको पनि दुई दशक भइसकेको छ । सुगौली सन्धियता बर्मा, मलाया, कोरिया, युरोप, फोकल्यान्ड, कारगिल र अफगानिस्तानसहित संसारभरका लडाइँमा खुन बगाएका नेपालीको वेदनाले उनको गीतलाई कालजयी बनाएको छ ।
पुस ३, २०८१
सभापति खतिवडालाई थानीले भने - माथिबाट दबाब आउनसक्छ, दह्रो खुट्टा टेक्नुस्
कान्तिपुर संवाददाता
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनसन्धान आयोगसँग सम्बन्धित र भ्रष्टाचार निवारण ऐन संशोधनसँग सम्बन्धित विधेयक टुंगो लगाउन गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । उपसमितिका संयोजक एवं कांग्रेस सांसद हृदयराम थानीले समिति सभापति रामहरि खतिवडालाई बुझाएका हुन् ।
कान्तिपुर न्युज ब्रिफ : आज दिनभर देशमा के-के भयो ?
कान्तिपुर संवाददाता
क्रिकेटको रोमान्चक खेल यात्रामा आज सुदूरपश्चिम रोयल्सको फाइनल यात्रा देखि त्रिविको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइसम्म आज समाचारको केन्द्रमा रहे ।
अपराध गर्ने जोसुकै कानुनी दायरामा आउँछ : गृहमन्त्री लेखक
माधव अर्याल
गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकै कानुनी दायरामा आउने बताएका छन् । पूर्वगृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै उनले जोसुकैले अपराध गरेको छ भने कानुनबमोजिम अनुसन्धान हुने बताए ।
कर्मचारीभित्र राजनीतिक दलका ट्रेड युनियन खारेज गर्नुपर्छ : सांसद गौतम
कान्तिपुर संवाददाता
निजामती कर्मचारीभित्र राजनीतिक दलहरूपिच्छे ट्रेड युनियन खारेज गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रस्ताव गरेकी छन् ।
शिक्षकको तलब नियमित रूपमा दिन निर्देशन दिइसकिएको छ : शिक्षामन्त्री भट्टराई
कान्तिपुर संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छिन् । बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताएकी हुन् ।
भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सरकार बनेको हो : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् ।
भारतका लागि शंकरप्रसाद शर्मा राजदूत नियुक्त
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले शंकरप्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका छन् । त्यस्तै राष्ट्रपति पौडेलले मलेसियाका लागि पनि नेत्रप्रसाद तिम्सिनालाई राजदूतमा नियुक्त गरेका छन् ।
कार्यसम्पादन मूल्यांकनको आधारमा मात्रै उपसचिव र सहसचिवको पदपूर्ति गर्नुपर्छ : सांसद दाहाल
कान्तिपुर संवाददाता
निजामती सेवाका उपसचिव र सहसचिव पदमा कार्यसम्पादन मूल्यांकनका आधारमा मात्रै पदपूर्ति गर्नुपर्ने सांसद लेखनाथ दाहालले बताएका छन् ।
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुल्न बैंकहरूलाई सहज
कान्तिपुर संवाददाता
मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट उच्च अदालत विराटनगरको इलाम इजलासले मंगलबार खारेज गरिदिएको छ । यससँगै उनले बैंकबाट लिएको ऋण असुल्न बैंकहरूलाई सहज भएको छ ।
निजामती विधेयक महिलामैत्री छैन : सांसद कोइराला
कान्तिपुर संवाददाता
निजामती विधेयक महिलामैत्री नभएको भन्दै कांग्रेस सांसदले आपत्ति जनाएकी छैन । सेवा प्रवेशको उमेर घटाउनेदेखि महिला विकास अधिकृतको पदोन्नतिको उचित व्यवस्था नभएकाले संघीय निजामती सेवा विधेयक महिलामैत्री नभएको कांग्रेस सांसद रमा कोइरालाले आपत्ति जनाएकी हुन् ।
एकीकृत खानेपानीको समस्या समाधान गर्ने जिम्मेवारी मन्त्रालयले लिन्छ : खानेपानीमन्त्री यादव
ज्योती श्रेष्ठ
खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेको बनेपा, पनौती र धुलिखेलमा सञ्चालन गर्न लागिएको एकीकृत खानेपानी व्यवस्थापनका समस्या समाधान गर्ने जिम्मा खानेपानी मन्त्रालयले लिने बताएका छन् ।
विश्वविद्यालय 'गोल्ड मेडलिस्ट'लाई निजामती सेवामा सिधै प्रवेश दिउँ : सांसद खनाल
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालका विश्वविद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थीहरूलाई निजामती सेवामा सिधै प्रवेश गराउनका लागि कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
कस्तो छ नेकपाको ‘समाजवादी कृषि क्रान्तिको मार्गचित्र’ ?
गंगा बीसी
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीतिक अभियान र कृषि उत्पादनलाई सँगसँगै अघि बढाउने निर्णय गरको छ । कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै ‘नयाँ आर्थिक मार्ग’ को नयाँ प्रस्ताव पनि नेकपाले पारित गरेको छ । यसअघि सामूहिक रूपमा कृषि सहकारी, पशुपालन र गार्मेन्ट उद्योग सुरु गरेको नेकपाको केन्द्रीय समिति बैठकले कृषिमा उपादनको विशेष प्रस्ताव पारित गरेको हो ।
प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् ।
आँखा शिविरमा १४३ जनाको शल्यक्रिया