text
stringlengths
2
914
नविन पोखरेल
भूपू गोर्खाहरुका समस्या त्रिपक्षीय वार्ताद्वारा समाधान गर्न बेलायत र नेपाल सरकारले तत्परता देखाएका छन् । समस्या समाधानका लागि बेलायत सरकारले त्रिपक्षीय वार्ता राखेको जनाउँदै संघर्षरत गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले उक्त वार्तामा सहभागी हुनुपूर्व साझा धारणा तय गर्ने भएको छ ।
कार्तिक २, २०७३
एमाले महासचिवले भेटे अष्ट्रेलियाका उच्च नेताहरु
नारायण खड्का
नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले अष्ट्रेलियामा उच्च नेताहरुसँग भेटवार्ता गरेका छन् । पोखरेल अर्का नेता पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलसहित अष्ट्रेलियाको भ्रमणमा छन् । आफ्नो पार्टी निकट संस्था प्रवासी नेपाली मञ्चको पर्यटन प्रबर्धन कार्यक्रममा करिब एक साताअघि अष्ट्रेलिया आइपुगेका नेता पोखरेलललगायतले सोमबार र मंगलबार अष्ट्रेलियाका पूर्व उपप्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरुसँग क्यानबेरामा रहेको संसद भवनमा द्धिदेशीय सम्बन्ध र अन्य बिषयमा औपचारिक छलफल गरेका छन् ।
न्युयोर्कमा शुभकामना साँझ
कान्तिपुर संवाददाता
वडादसैंको अवसरमा अमेरिकाको न्युयोर्कमा नेपाली–अमेरिकी कलाकार संघले ‘शुभकामना साँझ’ गरेको छ ।
बार्सिलोनामा लोकदोहोरी
कान्तिपुर संवाददाता
बार्सिलोनामा दसैंतिहार साँझ कार्यक्रम भव्य रूपमा मनाइएको छ ।
कार्तिक १, २०७३
युएईमा हाउसमेडको पुन: श्रमस्वीकृति लिन दुताबासको सिफारिस अनिबार्य
कान्तिपुर संवाददाता
संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपाली घरेलु कामदारले पुर्न श्रमस्वीकृति लिनको लागि कार्तिक १ गतेबाट नेपाली दुताबासबाट अनिबार्य सिफारीस लिनुपर्ने ब्यबस्था गरेको छ ।
मलेसिया जाने कामदारको शुल्क घटाउन वार्ताका लागि टोली पठाउन सिफारिस
होम कार्की
मलेसिया सरकारबाट कामदारलाई आर्थिक भार ब्यहोर्ने गरी लगाएको बिभिन्न शुल्कहरु हटाउन उच्चस्तरीय वार्ता टोली मलेसिया पठाउन सिफारिस दिइएको छ ।
छक्का पन्जा बेलायतमा पनि रेकर्ड राख्दै
कान्तिपुर संवाददाता
उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखिरहेको ‘छक्का पञ्जा’ ले बेलायतका नेपाली दर्शकको समेत मन जितेको छ । लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा आइतबार गरिएको प्रदर्शन ‘हाउस फूल’ भयो । नेपलिज इन्टरटेन्मेन्ट यूकेले फिल्म प्रदर्शन गरेको हो ।
आश्विन ३०, २०७३
कुवेतबाट ६० जना हाउसमेड डिपोर्ट
होम कार्की
कुवेतले ६० जना नेपाली घरेलु कामदार (हाउसमेड)लाई डिपोर्ट गरी नेपाल पठाएको छ । उनीहरु शनिबार साँझ काठमाडौं आइपुगेका छन् । आफ्नो घर मालिक (स्पोन्सर)लाई छाडेर बाहिर काम गर्दै आएका र उद्धारका लागि नेपाली दुताबास पुगेका ती हाउसमेडलाई घर फिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर)मा राखेर आबश्यक प्रक्रिया पुरा गरी डिपोर्ट गरेको हो ।
कतारमा नेपालीको निधन
आश गुरुङ
लमजुङ–परिवारले धुमधामसँग दसैं मनाइरहेको बेला कतारमा कार्यरत लमजुङका एक व्यक्तिको निधन भएको छ । गौंडा-९, डाँडथोक घर भई हाल भोटेओडार बस्दै आइ कतारमा कार्यरत अन्दाजी ५० वर्षीय डम्बरबहादुर गुरुङको निधन भएको हो ।
अनअराइभल भिसाले बढ्दै छ सिधा सम्पर्क
प्रकाश पन्थी
विश्वका सम्पन्न र नेपालसँग सिधा सम्पर्क भएका देशका नागरिकलाई आँगमनमै भिसा मिल्ने सुविधा (अनअराइभल भिसा) का कारण विदेशस्थित नेपाली राजदूतावासबाट भिसा माग गर्नेको संख्यामा कमी आएको छ ।
यूएईमा नियमित नेपाली फिल्म लाग्ने
कान्तिपुर संवाददाता
यूएईमा नियमित नेपाली फिल्म प्रदर्शनी हुने भएको छ । दयाहाङ राई अभिनीत फिल्म ‘वीरविक्रम’ बाट हालै प्रदर्शनीको थालनी गरिएको छ ।
सिड्नीको सडकमा नेपाल पर्यटन प्रबर्द्धन
नारायण खड्का
सिड्नीकै अति ब्यस्त र पर्यटकीय क्षेत्र डालिङ हार्बर । हातमा नेपाली झण्डा, दौरा सुरुवाल र टोपी लगाएका दर्जनौं नेपालीहरु । उनीहरुको एउटै उद्देश्य भनेको नेपाल शान्त र सुरक्षित मात्र नभएर पर्यटकीय हिसाबले समेत उपयुक्त छ भन्ने थियो ।
हेरिस्बर्गमा दसैं तिहार साँझ
कान्तिपुर संवाददाता
अमेरिकाको हेरिस्बर्गमा दसैं तिहार साँझ कार्यक्रम भब्य रुपमा मनाइएको छ |
आश्विन २८, २०७३
नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा शिखर खड्का
कान्तिपुर संवाददाता
नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा शिखर खड्का चयन भएका छन् । उनलाई आगामी तीन वर्षका लागि संस्थापक सभापति दिलबहादुर गुरुङले सपथ ग्रहण गराए ।
एनआरएनका १३ वर्ष
पुष्प थापा
यसपालिको गैरआवासीय दिवस (एनआरएन डे) र नेपालीहरुको महान चाड विजया दशमीको टिका ११ अक्टुबरका दुवै एकै दिन पर्नु संयोग मात्र नभई गैरआवासीय नेपाली संघको अभियानले १३ वर्षमा प्राप्त गरेको सफलताको पनि नेपाली क्यालेन्डरको तिथि मितिले पूर्ण रुपमा मूल्यांकन गरेको संकेत गर्दछ।
आश्विन २७, २०७३
मानव तस्कर विरुद्ध लड्न कतारद्वारा समिति गठन
होम कार्की
कतारले मानव तस्कर विरुद्ध लड्नको लागि एक समिति बनाउने बुधबार निर्णय गरेको छ । समितिले कामदारलाई जबर्जस्ती काममा लगाउने, कामदारको अबैध ढंगले ओसरप्रसार गर्ने, मानव तस्करीको शैलीमा कामदारको आपुर्ति गर्ने बिषयमा काम गर्नेछ ।
युरोपको संगीतमय दसैं
दीपकज्योति पौडेल
विजयादशमीमा मान्यजन र आफन्तबाट टिका ग्रहण, भेटघाट एंव खानपिन गर्नुका साथै फ्रान्स, बेल्जियम, फिनल्याण्ड, साइप्रसमा रहेका नेपालीहरुले दसैं अघि र पछि विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर एक आपसमा खुसी साटासाट गरेर दसै‘ मनाएका छन ।
बेलायतभर दसैं रमझम
कान्तिपुर संवाददाता
हिन्दू धर्मावलम्वीहरुको महान चाड दसैं बेलायतका विभिन्न सहरमा हर्षोल्लासका साथ मनाइएको छ । लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा मंगलबार टिका जमारा थाप्नेको भीड लाग्यो । बेलायतका विभिन्न ठाउँबाट आएका करिब तीनसय नेपालीले नेपाली पण्डितहरुबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा ग्रहण गरे ।
अस्ट्रेलियामा नेपाली युवालाई ‘उत्कृष्ट विद्यार्थी’ पुरस्कार
नारायण खड्का
अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई यहाँको सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ । सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको हो ।
आश्विन २६, २०७३
अष्ट्रेलियामा मनाइयो दसैं
नारायण खड्का
नेपालीहरुको महान चाड विजयादशमी अष्ट्रेलियामा समेत धुमधामसँग मनाइएको छ । अष्ट्रेलियाका विभिन्न सहरहरुमा रहेका नेपालीहरुले आफ्ना आफन्त, ठुलाबडा र साथीएभाइहरुसँग टिका थापेर विजयादशमी मनाए ।
आश्विन २४, २०७३
सात समुद्रपारीको दशैं अनुभव
शिव शर्मा
सात समुन्द्रपारी रहेपनि नेपालीले आफनो चाडपर्व भने भूल्न सक्दैनन् । झनै दशैं र तिहार जस्तो चार्ड प्रवासमा पनि धुमघामले मनाउछन् । दशैंमा टिका लगाउने, मिष्ठान्न भोजन गर्ने र साथीभाई तथा आफन्तहरुसंग एकआपसमा झमघट हुने गर्छन् । अरु बेला कामले फुर्सद नपाउने नेपालीहरु चाडपर्वलाई एक आपसमा भेटघाटको अवसर पनि बनाउँछन् । टिका लगाउने साईतमा भने कमैले लगाउने मौका पाउँछन् । नेपाल र यताको समयको तालिका मिल्दैन ।
दसैंमा ‘द नेक्स्ट’को मिठो
नारायण खड्का
नेपालीहरुको महान चाड बडादसैंको अवसर पारेर सिड्नीमा रहेकायुवाहरुको सांगीतिक समूह 'द नेक्स्ट'ले गायक विश्व नेपालीको स्वरमा रहेको मिठो बोलको नयाँ गीत सहित नृत्य सार्वजनिक गरेको छ ।
आश्विन २३, २०७३
लन्डन दूतावासद्वारा सेवा समय थप
कान्तिपुर संवाददाता
लन्डनस्थित नेपाली दूतावासले आफ्नो सेवा समय थप गरेको छ । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै दूतावासले प्रदान गर्ने भिसा, राहदानी लगायत कन्सुलर सेवाको समय बढाइएको हो ।
अष्टेलियाको दसैं : कतै खुसी कतै तनाव
नारायण खड्का
कामको सिलसिलामा मेलबर्नको ग्रामिण सहर वाराक्नाभेलमा बसोबास गर्ने मितेश र निशा पोखरेलको यसबर्षको दसैं खल्लो भएको छ । काम र समय नमिलेका कारण सिड्नीसम्मै गएर भएपनि दसैं मनाउन नपाएका उनलाई घर गएका साथीहरुले एयरपोर्टबाट, नेपाल पुगेर रमाइलो गरेको फोटो हालेको देखेर मन नै अमिलो हुन्छ ।
बेलायतमा नृत्यांगनाको खोजी
कान्तिपुर संवाददाता
बेलायतमा समूहगत नृत्य प्रतियोगिता हुने भएको छ । सपन इन्टरटेन्मेन्ट लिमिटेडले आगामी २७ नोभेम्बरका दिन ‘यूके डान्स अफ’ गर्न लागेको हो ।
आश्विन २२, २०७३
दसैंले बढायो प्रवासी मन्दिरमा भक्तजनको भीड
शिव शर्मा
वडादसैंको बेला प्राय: मन्दिर तथा शक्तिपीठहरुमा भक्तजनहरुको भीड बढ्दै जान्छ । प्रवासीभूमिको यो ड्यालस सहरमा पनि यतिबेला दसैंको आगमनसँगै यहाँ रहेका नेपाली मन्दिरहरुमा पूजा गर्ने प्रवासी नेपालीहरु बढिरहेका छन् ।
स्ववियु निर्वाचन : पीएनमा अनेरास्ववियुको अग्रता, स्वतन्त्रले पछ्याउँदै
कान्तिपुर संवाददाता
पृथ्वीनारायण क्याम्पस (पीएन) पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अनेरास्ववियुले अग्रता कायम गरेको छ । सोमबार राति ९:१५ बजेसम्मको नतिजाअनुसार विष्णु पोखरेल नेतृत्वको अनेरास्ववियु प्यानलले सरुवातदेखिको अग्रता कायम राखेको छ ।
स्ववियु निर्वाचन : पीएनमा अनेरास्ववियुको अग्रता, स्वतन्त्रले पछ्याउँदै
संग्रह
सेयर
त्रिचन्द्र, आरआर र नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
कान्तिपुर संवाददाता
काठमाडौं उपत्यका ३ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेका त्रिचन्द्र, रत्नराज्यलक्ष्मी आरआर र नेपाल ल क्याम्पसले निर्वाचनको मिति घोषणा गरेका हुन् ।
त्रिचन्द्र, आरआर र नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
संग्रह
सेयर
त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु चुनाव हुने
कान्तिपुर संवाददाता