text
stringlengths
2
914
फाल्गुन २५, २०८१
त्रिविमा तोडफोड गर्नेलाई कारबाही गर्न सरकारलाई आग्रह
सुदीप कैनी
त्रिभुवन विश्वविद्यालयले रेक्टर र डिन कार्यालय तोडफोडमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिविले कारबाही गर्न गृह मन्त्रालयलाई अपिल गरेको हो ।
फाल्गुन २३, २०८१
एसईई तयारीमा विद्यार्थी-शिक्षक नै साढे ३ महिनादेखि स्कुलमै
वीरेन्द्र केसी
स्कुलको कक्षाकोठाभित्र चकटी, सुत्ने बिस्तरा र कापी किताबका चाङ । कपडाको झोला, पानी खाने गिलास र भात खाने थाल पनि छन् । कक्षाकोठाबाट डेस्क-बेन्च हटाइएको छ । त्यही ठाउँमा राखिएको खाटमा बसेर विद्यार्थी पढ्न र लेख्न व्यस्त छन् ।
मध्यपश्चिम विश्वविद्यालयका ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित
ज्योति कटुवाल
मध्यपश्चिम विश्वविद्यालयका ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कूलपति केपी शर्मा ओलीबाट तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।
फाल्गुन २०, २०८१
जनप्रशासनमा क्याम्पस प्रमुख नियुक्तिका लागि सर्च कमिटी
सुदीप कैनी
जनप्रशासन क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रमुख नियुक्तिका लागि मंगलबार छनौट तथा सिफारिस समिति (सर्ट कमिटी) गठन गरेको छ ।
पदपूर्ति रोकेर जनप्रशासन क्याम्पसमा आफन्त र पहुँचवालालाई नियुक्ति
सुदीप कैनी
जनप्रशासन क्याम्पसका प्रमुख हरिभक्त शाहीले पदमा टिकिराख्न राजनीतिक दलका पहुँचवाला नेता, कार्यकर्ताका आफन्तलाई क्याम्पसमा नियुक्ति दिएको पाइएको छ । प्रतिस्पर्धाका आधारमा कर्मचारी पदपूर्ति गर्ने प्रक्रिया रोकेर उनले कांग्रेस, एमाले र माओवादी निकट नेताका श्रीमती, बहिनी, भतिजीलगायत आफन्तलाई करार र ज्यालादारीमा नियुक्ति दिएका हुन् ।
फाल्गुन १९, २०८१
प्याब्सनको १६ औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने
कान्तिपुर संवाददाता
फागुन २६ र २७ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६ औँ राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
स्ववियु निर्वाचन : आज संघ/संगठन दर्ता, यस्तो छ कार्यतालिका
कान्तिपुर संवाददाता
आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनअन्तर्गत आज संघ/संगठनहरूको दर्ता हुँदै छ। विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले तय गरेको कार्यतालिकाअनुसार सोमबार संघ/संगठनहरू दर्ता गर्ने कार्यक्रम छ ।
स्ववियु निर्वाचनका लागि नेविसंघले बनायो १४ समिति
कान्तिपुर संवाददाता
नेपाल विद्यार्थी संघले चैत्र ५ गते त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लक्षित गरी विभिन्न १४ वटा समितिहरू गठन गरेको छ ।
किङ्ग्स कलेजमा सामाजिक नवप्रवर्तन फेलोसीप
कान्तिपुर संवाददाता
किङ्ग्स कलेजले सामाजिक नवप्रवर्तन फेलोसीप शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । शिक्षालाई समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम चलाइएको कलेजका अध्यक्ष नरोत्तम अर्यालले बताए ।
फाल्गुन १७, २०८१
शिक्षक संगठन कालीकोटको अध्यक्षमा शाही निर्वाचित
तुलाराम पाण्डे
नेपाल राष्ट्रिय शिक्षक संगठन कालीकोटको १४ औं जिल्ला अधिवेशनबाट नमराज शाहीको नेतृत्वमा ३७ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । शुक्रबार सुरु भएको अधिवेशन ३७ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गर्दै शनिबार सकिएको हो ।
फाल्गुन १६, २०८१
शिक्षा ऐन जारी गराउन दबाबसहित पुनः आन्दोलनको चेतावनी
प्रकाश बराल
नेपाल शिक्षक संघले संसद्‌को चालु हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी गराउन दबाबासहित पुनः आन्दोलन गर्ने भएको छ । महासंघले एक लाखभन्दा बढी शिक्षकलाई काठमाडौंकेन्द्रित आन्दोलनमा उतार्ने केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
फाल्गुन १५, २०८१
तीन दिनभित्र उपकुलपति नियुक्ति नभए आन्दोलनमा जाने केयू प्राध्यापक संघको चेतावनी
कान्तिपुर संवाददाता
काठमाडौं विश्वविद्यालय (केयू) प्राध्यापक संघले तीन दिनभित्र उपकुलपति नियुक्ति नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
काठमाडौं विश्वविद्यालय उपकुलपति सिफारिस समिति अनिर्णयको बन्दी
कान्तिपुर संवाददाता
उपकुलपति खोज तथा सिफारिस समितिले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको नाम सिफारिस गर्न अस्वाभाविक ढिलाइ गरेको छ । समितिले गत फागुन ३ मा उम्मेदवारसँग अन्तर्वार्ता लिइसके पनि प्रधानमन्त्री तथा कुलपतिलाई ३ जनाको नाम सिफारिस गर्न सकेको छैन ।
फाल्गुन १४, २०८१
उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण
कान्तिपुर संवाददाता
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् ।
नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा
कान्तिपुर संवाददाता
राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।
फाल्गुन १३, २०८१
विदेशबाट फर्केका विद्यार्थीलाई त्रिविले पढाउने
कान्तिपुर संवाददाता
अध्ययन पूरा नगरी विदेशबाट फर्केका विद्यार्थीलाई क्रेडिट ट्रान्सफर नीतिअनुसार पठनपाठन गराउन सकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
नेल्टाको २९ औँ अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि
कान्तिपुर संवाददाता
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को २९ औँ अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु हुने भएको छ ।ललितपुरको लिटिल एन्जल्स स्कुलमा फागुन १५ देखि १७ सम्म सम्मेलन हुने नेल्टाका अध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
फाल्गुन १२, २०८१
त्रिविको अनुगमन निर्देशनालयमा श्रेष्ठ र रैखोला नियुक्त
कान्तिपुर संवाददाता
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अनुगमन निर्देशनालयको उपनिर्देशकमा डाक्टर पुष्करसिंह रैखोला र विकास कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
फाल्गुन ११, २०८१
विद्यार्थीलाई खाजा खुवाउन ७ नगरपालिकामा मेघा किचन
कान्तिपुर संवाददाता
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यार्थीलाई दिवा खाजा खुवाउन ७ प्रदेशका एक/एक नगरपालिकामा मेघा किचन स्थापना र सञ्चालन गर्ने भएको छ ।
ओडिसा घटनापछि चार नाकाबाट घर फर्किए ३०१ विद्यार्थी
पर्वत पोर्तेल , शंकर आचार्य
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट फर्किएका विद्यार्थी विभिन्न नाकाबाट स्वदेश आइपुगेका छन् । शुक्रबारसम्म झापाको काँकडभिट्टा नाकाबाट २०, भैरहवाको बेलहियाबाट ३६, विराटनगरको जोगबनीबाट ८३ र वीरगन्ज नाकाबाट १६२ गरी ३०१ विद्यार्थी आइपुगेका हुन् ।
फाल्गुन ९, २०८१
सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्ने बताएका छन् ।
पाठशालामा पाटी बोकेर कखरा अक्षर चिनें : मुख्यमन्त्री आचार्य
वीरेन्द्र केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले गाउँको पाठशालामा पाटी बोकेर अक्षर चिनेको बताएका छन् । उनले सामुदायिक स्कुलमा पढेको व्यक्ति प्रोफेसर, डाक्टर, इन्जिनियरदेखि देशको उच्च तहमा पुगेको बताएका छन् ।
फाल्गुन ८, २०८१
लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान
घनश्याम गौतम
लुम्बिनीका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुँदै छ । सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबार बिहान ११ बजे प्रदेशका १७ विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ सुरु हुन लागेको हो ।
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
कान्तिपुर संवाददाता
पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराएका हुन् ।
फाल्गुन ६, २०८१
मुलुकलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा : महासचिव पोखरेल
दुर्गालाल केसी
एमाले महासचिव शंकर पोखरेलले नेपाललाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको विकास गर्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा मंगलबार सभाहल शिलान्यास गर्दै उनले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
फाल्गुन ५, २०८१
६ वर्ष पुगेकालाई मात्रै कक्षा १ मा भर्ना गर्न सुझाव
सुदीप कैनी
पठनपाठनसम्बन्धी विज्ञ सम्मिलित अध्ययन समितिले ६ वर्ष पुगेपछि मात्र बालबालिकालाई एक कक्षामा भर्ना लिनुपर्ने सुझाव सरकारलाई दिएको छ । समितिले एक कक्षा भर्ना हुनुअघि बालबालिकाले पढ्नुपर्ने एकवर्षे पूर्वप्राथमिक तह (ईसीडी) का लागि उमेर ४ वर्ष पूरा भइसकेको हुनुपर्ने सिफारिस गरेको छ ।
फाल्गुन ४, २०८१
अक्षर खुट्याउँदै राउटे बालबालिका
तृप्ति शाही
जंगलमा जीवन निर्वाह गर्ने राउटे समुदाय एक साताअघि मात्रै सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट सरेका छन् । यो भन्दा अघि उनीहरु यही वडाको बराहतालमा बसिरहेका थिए । यो समुदायका बालबालिका र युवा भने अचेल कखरा सिक्न कस्सिएका छन् । उनीहरुमध्ये धेरै अक्षर खुट्याउन सक्ने भएका छन् भने कसैले नाम लेख्न थालेका छन् ।
फाल्गुन ३, २०८१
अनाथ र विपन्न निःशुल्क पढ्ने स्कुलको अनुमति मेयरले रोके
सुदीप कैनी