text
stringlengths
2
914
अभिभावकविहीन अनाथ र विपन्न परिवारका बालबालिकालाई निःशुल्क पढाउन खोलिएको नेपाल रत्न स्कुललाई कक्षा ९ सञ्चालनको अनुमति दिन तारकेश्वर नगरपालिकाले अस्वीकार गरेको छ ।
फाल्गुन २, २०८१
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
कान्तिपुर संवाददाता
त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ ।
फाल्गुन १, २०८१
कक्षा १२ को परीक्षा वैशाख ११ देखि [समयतालिकासहित]
कान्तिपुर संवाददाता
कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो ।
माघ २८, २०८१
केयू उपकुलपतिका लागि १० जना सर्टलिस्टमा
कान्तिपुर संवाददाता
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा १० जना प्राध्यापक सर्टलिस्ट (संक्षित सूची) मा परेका छन् ।
माघ २१, २०८१
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
रासस
वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् ।
केयूको उपकुलपति छनोट प्रक्रिया विवादमा
सुदीप कैनी
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रिया विवादमा तानिएको छ । उपकुलपतिका लागि आवेदन दिएका १७ मध्ये ७ जनाले उपकुलपति खोज तथा सिफारिस समितिको निष्पक्षता र पारदर्शितामा प्रश्न उठाउँदै आइतबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई उजुरी दिएका छन् ।
माघ २०, २०८१
अभ्यास परीक्षाका नाममा विद्यार्थीबाट चर्को शुल्क असुली
माधव ढुंगाना
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) आबद्ध सिद्धार्थनगरका अधिकांश विद्यायलयमा पूर्वतयारी अभ्यास परीक्षाको नाममा कक्षा १० र ८ का विद्यार्थीबाट मनोमानी शुल्क असुली गरिरहेका छन् । प्याब्सनबाट परीक्षा लिइने भन्दै एसईई र ८ कक्षाका विद्यार्थीबाट अभ्यास परीक्षाको नाममा चर्को शुल्क असुली भइरहेको छ ।
माघ १९, २०८१
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा ४ प्रतिस्पर्धी
कान्तिपुर संवाददाता
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक बन्न ४ जना चिकित्सकले आवेदन दिएका छन् । प्राध्यापक डाक्टर सुबास प्रसाद आचार्य, नरमाया थापा, घनश्याम गुरुङ र सहप्राध्यापक डा. गोपाल सेडाईले आवेदन दिएको चिकित्सा शास्त्र अध्ययन संस्थान डीन कार्यालयले जनाएको छ ।
माघ १४, २०८१
त्रिवि डिन कार्यालयले ३ सहायक डिन मात्र नियुक्त गर्न पाउने
कान्तिपुर संवाददाता
त्रिभुवन विश्वविद्यालयले मातहतका अध्ययन संस्थान र संकायका कार्यालयमा बढीमा ३ जना मात्रै सहायक डिन नियुक्त गर्न पाउने व्यवस्था गरेको छ । कार्यकारी परिषद्को शुक्रबार बसेको बैठकले ९ वटै संस्थान र संकाय डिन कार्यालयमा लागू हुने गरी उक्त निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए ।
माघ १२, २०८१
अन्तर्राष्ट्रिय शिक्षा दिवसमा कांग्रेसले गर्‍यो 'ग्लोबल वेबनार'
कान्तिपुर संवाददाता
नेपालको शिक्षा प्रणाली विज्ञान र प्रविधिको विकाससँगै परिवर्तनशील नभएको र विश्वस्तरको शैक्षिक प्रणालीलाई पछ्याउन नसकेको सरोकारवाला र विद्यार्थीहरूले गुनासो गरेका छन् । उनीहरूले शैक्षिक प्रणालीमा फेरबदल गरेर युग सुहाउँदो प्राविधिक र व्यावहारिक शिक्षा स्वदेशमै हासिल गर्ने वातावरण बताउनुपर्ने सुझाव दिए ।
शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री भट्टराई
कान्तिपुर संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।
माघ ११, २०८१
विद्यालय शिक्षा ऐन छिट्टै पास गर्ने गरी काम अघि बढेको छ : मन्त्री भट्टराई
हरिराम उप्रेती
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन आउँदो अधिवेशनबाट पास गर्ने गरी योजनाबद्ध ढंगले अघि बढेको बताएकी छिन् । शुक्रबार गोरखा नगरपालिका–८ स्थित सरस्वती माविको स्वर्ण महोत्सव समारोहमा बोल्दै उनले विद्यालय शिक्षा ऐन छिटो ल्याउनका लागि काम गरिरहेको बताएकी हुन् ।
नेपाल सरकारका ८ सचिवलाई पढाएको स्कुलको ७५ वर्षे यात्रा
दीपेन्द्र शाक्य
हिमालय माविबाट २०२७ सालमा एसएलसी पास गरेका विश्वकुमार बज्राचार्यको जीवनका अरु धेरै दशक यही स्कुलमा बिते । किनकि २०३२ देखि २०७० सालसम्म ३८ वर्ष उनले यही पढाए । प्रधानाध्यापकको भूमिका निर्वाह गरेर सेवानिवृत्त भएका बज्राचार्यले पढएका विधार्थीहरु अहिले संसारभर फैलिएका छन् । उनका कैयन विधार्थी नेपालभित्रै उच्च ओहोदामा छन् ।
माघ १०, २०८१
व्यवहारिक शिक्षा र आकर्षक सुविधा नहुँदासम्म युवा पलायन रोकिँदैन : थापा
नवीन पौडेल
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजारको मागअनुसार शैक्षिक कार्यक्रम संचालन नहुँदा बेरोजगारी बढेको बताएका छन् । बजारमा माग एउटा जनशक्ति छ, हामीले शिक्षित बनाउने नाममा व्यवहारिक शिक्षामा जोड दिन नसक्दा अहिलेको अवस्था आएको उनले बताए ।
कृषि विश्वविद्यालयमा डिन नियुक्त
कान्तिपुर संवाददाता
कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डिन र एक जना निर्देशक नियुक्त गरेको छ ।
माघ ९, २०८१
शैक्षिक गुणस्तरमा अब्बल
सुदीप कैनी
गत साउनमा सार्वजनिक कक्षा १२ को नतिजामा गण्डकी प्रदेशबाट ५४ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । देशभरबाट ५२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण हुँदा गण्डकी राष्ट्रिय औसतभन्दा अगाडि देखियो । बागमती र गण्डकीबाहेक अन्य प्रदेश राष्ट्रिय औसतभन्दा पछाडि थिए ।
माघ ६, २०८१
तलब नपाएपछि विद्यालय बन्द गरेर शिक्षकले प्रजिअलाई बुझाए साँचो
भूषण यादव
सात महिनादेखि तलब नपाएको भन्दै पर्साको बहुदरमाई नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षकले विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।
‘लाखौँ युवाको भविष्य जोडिएको त्रिभुवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन हुँदैन’
कान्तिपुर संवाददाता
सांसदहरूले त्रिभुवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन नहुनेमा जोड दिएका छन् । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले सही ढंगबाट कानुन बनाए कार्यान्वयन गरेको खण्डमा विश्वविद्यलाय सुधार हुन समय नलाग्ने बताए ।
माघ ४, २०८१
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च
रासस
देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्दो छ ।
माघ २, २०८१
'शिक्षा विधेयक'बारे कांग्रेसमा बहस : हिउँदे अधिवेशनबाट विधेयक पारित गर्न माग
कान्तिपुर संवाददाता
सदनमा थन्किएर बसेको शिक्षा विधेयक र प्रस्तावित व्यवस्थाहरूबारे नेपाली कांग्रेसमा बहस सुरु भएको छ । केन्द्रीय कार्यसमितिअन्तर्गतको शिक्षा विभागले विधेयकका विषयहरूमाथि छलफल गर्दै यथासक्य चाँडो विधेयक पारित गरी कार्यान्वयनमा ल्याउन र शैक्षिक सुधारमा जिम्मेवार बन्न सरकारलाई दबाब सिर्जना गरेको हो ।
माघ १, २०८१
हिमाली जिल्लाको शैक्षिक सत्र फागुन १ देखि सुरु गर्न माग
डीबी बुढा
वर्तमान शैक्षिक सत्रले हिमाली जिल्लाहरुको पठनपाठनमा समस्या भएको भन्दै फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु गर्न माग गरिएको छ । वैशाख महिनादेखि हुने शैक्षिक सत्रले हिमाली जिल्लाका विद्यालयहरु प्रभावित बनेको भन्दै साविकको फागुन १ गतेदेखि नै शैक्षिकसत्र सुरु गर्न माग गरिएको हो ।
पुस २८, २०८१
त्रिविका २४ क्याम्पसमा प्रमुख नियुक्त
कान्तिपुर संवाददाता
त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको छ । त्रिविका प्रवक्ता एमनसिंह बोहोराले कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्तिको निर्णय गरेको बताए । क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो ।
त्रिविमा साढे ८ सय कर्मचारीको पदपूर्ति रोकियो
सुदीप कैनी
त्रिभुवन विश्वविद्यालयमा कार्यालय सहायक (खरिदार) देखि प्रशासक (सचिव) स्तरका साढे ८ सय कर्मचारी पदपूर्ति प्रक्रिया डेढ महिनादेखि सेवा आयोगमा रोकिएको छ ।
पुस २५, २०८१
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा छु : मन्त्री भट्टराई
कान्तिपुर संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छन् ।
पुस २४, २०८१
त्रिवि रेक्टर कार्यालयमा धर्ना स्थगित, तीन निकायमा अझै ताला
सुदीप कैनी
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) कार्यकक्ष अगाडि पाँच विद्यार्थी संगठनले एक सातादेखि गर्दै आएको धर्ना स्थगित भएको छ । तिनै विद्यार्थी संगठनले त्रिविका तीन निकायमा गरेको तालाबन्दी भने कायमै छ ।
पुस २१, २०८१
शैक्षिक सुधारको माग गर्दै सातादेखि माइतीघरमा उभिएर धर्ना
सुदीप कैनी
सार्वजनिक शिक्षा सुधारको माग राख्दै समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागार्इं एक सातादेखि माइतीघर मण्डलामा दिनभर उभिएर धर्नामा छन् । सात वटै प्रदेशको राजधानीमा २–२ दिन उभिएर धर्ना दिएपछि यही पुस १४ देखि माइतीघरमा उभिन थालेका हुन् ।
कालीकोटको सामुदायिक विद्यालयको प्रगति, पहाड नै फर्किन थाले विद्यार्थी
तुलाराम पाण्डे
दुई वर्षअघि बाँके कोहलपुरस्थित ब्राइट लाइट एकेडेमी छाडेर रास्कोटको बडिमालिका माविमा भर्ना भएका रास्कोट–५ साहुवाडाका विकास तिरुवा गाउँ फर्किनुपर्दा खुसी थिएनन् । नर्सरीदेखि कक्षा ७ सम्म अंग्रेजी माध्यममा पढेका विकासले गाउँको विद्यालयमा नेपाली माध्यममा पढ्नुपर्ने भएको थियो ।
पुस १८, २०८१
महिला नेतृत्वको जनसेवा आवि : शैक्षिक गुणस्तरमा उत्कृष्ट