text
stringlengths 2
914
|
|---|
वीरेन्द्र केसी
|
अझैपनि विरलै विद्यालयका प्रधानाध्यापक महिला छन् । विद्यालय व्यवस्थापन समिति, अभिभावक संघमा समेत महिलाको नेतृत्व कमैमात्र छ । तर, अर्घाखाँचीको जनसेवा आधारभूत विद्यालयमा भने प्रधानाध्यापक र विव्यस अध्यक्ष जस्ता नेतृत्वदायी पदमा मात्रै होइन, शिक्षक, व्यवस्थापन समिति र अभिभावक संघको सदस्यसम्म सबै पदमा महिला छन् ।
|
सार्वजनिक शिक्षामा सुधार खोज्दै माइतीघरमा उभिएका नेत्र
|
सुदीप कैनी
|
समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईले सार्वजनिक शिक्षा सुधारको माग राख्दै माइतीघर मण्डलामा दिनभर उभिएर धर्ना दिइरहेका छन् । सात वटै प्रदेशको राजधानीमा २/२ दिन उभिएर १४ दिन धर्ना दिएपछि काठमाडौँ आएका उनी गत आइतबारदेखि माइतीघरमा उभिएका छन् ।
|
पुस १७, २०८१
|
कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा पाल नियुक्त
|
कान्तिपुर संवाददाता
|
कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा.डा. पुष्करबहादुर पाल नियुक्त भएका छन् ।
|
पुस १५, २०८१
|
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
|
पुस १४, २०८१
|
देशभरका १०० वटा विद्यालयमा नेपाल टेलिकमको निः शुल्क इन्टरनेट
|
कान्तिपुर संवाददाता
|
दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन र दूरसञ्चार सेवाको पहुँच वृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । पठनपाठनलाई सहज बनाउन र विद्यार्थीहरूले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भनेर टेलिकमले देशभरका १ सयवटा सरकारी तथा सामुदायिक विद्यालयहरूमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा एक वर्षसम्म निःशुल्क उपलब्ध गराएको जानकारी दिएको छ ।
|
कक्षा छोडेर ट्युसन पढ्न कालीकोटबाट सुर्खेत
|
कृष्णप्रसाद गौतम , तुलाराम पाण्डे
|
कालीकोटको तिलागुफा नगरपालिका–४ राचुलीस्थित कालिका माध्यमिक विद्यालयमा आगामी बुधबारसम्मका लागि मंसिर १४ गतेदेखि जाडो बिदा भयो । तर त्यसअघि नै विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी एसईईको ट्युसन पढ्न सुर्खेत झरिसकेका छन् ।
|
पुस १३, २०८१
|
आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह
|
कान्तिपुर संवाददाता
|
आज त्रिभुवन विश्वविद्यालयले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहमा १४ हजार ३ सय ८ विद्यार्थी दीक्षित हुँदै छन् ।
|
पुस १२, २०८१
|
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
|
पुस ११, २०८१
|
स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ ।
|
नेपाली विद्यार्थीका लागि किन असम्भव बन्दै छ अस्ट्रेलिया ?
|
नारायण खड्का
|
कुनै समयमा उच्च शिक्षाका लागि पहिलो रोजाइको देश मानिएको अस्ट्रेलिया उच्चशिक्षाका लागि अध्ययन गर्न आउने विद्यार्थीका लागि असम्भवजस्तै बन्दै गएको छ । अत्यन्तै राम्रो आर्थिक अवस्था भएका विद्यार्थीबाहेक मध्यम वर्गका विद्यार्थीका लागि समेत अस्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि भिसा पाउनु अत्यन्तै गाह्रो बनेको छ ।
|
पुस ९, २०८१
|
गुणस्तरीय र प्रविधिमैत्री शिक्षा जरुरी : मन्त्री तिमिल्सिना
|
सन्जु पौडेल
|
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताएका छन् । उनले त्यसका लागि अहिलेको शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने बताए ।
|
पुस ७, २०८१
|
केयूमा अनुत्तीर्ण विद्यार्थी पनि दीक्षित
|
सुदीप कैनी
|
काठमाडौं विश्वविद्यालय (केयू) ले परीक्षामा फेल भएका र बीचैमा कक्षा छाडेका विद्यार्थीलाई पनि दीक्षित गरेको खुलेको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अध्यक्षता गरेको दीक्षान्त समारोहबाट त्यस्ता सात विद्यार्थीलाई गत मंसिर २९ मा शैक्षिक उपाधि दिएको हो ।
|
पुस ६, २०८१
|
वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्न रोक
|
कान्तिपुर संवाददाता
|
सर्वोच्च अदालतले वडाध्यक्ष र सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न रोक लगाएको छ । जनप्रतिनिधि एउटा विद्यालयको अध्यक्ष बन्नेभन्दा पनि वडाभित्रका सबै विद्यालयको अनुगमन र शैक्षिक व्यवस्थापनमा जिम्मेवार हुनुपर्ने सर्वोच्चले जनाएको छ ।
|
नेपाल विश्वविद्यालयको कुलपतिमा लोहनी
|
सुदीप कैनी
|
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने अभ्यास रहँदै आएकामा नेपाल विश्वविद्यालयमा भने प्राज्ञिक क्षेत्रबाटै कुलपति चयन गरिएको छ । संरक्षण परिषद्को काठमाडौंमा सम्पन्न पहिलो बैठकले विन्दुनाथ लोहनीलाई कुलपति चयन गरेको हो ।
|
पुस ५, २०८१
|
नेपाल विश्वविद्यालयको कुलपतिमा लोहनी
|
कान्तिपुर संवाददाता
|
नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन भएका छन् । संरक्षण परिषद्को काठमाडौंमा सम्पन्न पहिलो बैठकले लोहनीलाई कुलपतिमा चयन गरिएको विश्वविद्यालयले जनाएको छ ।
|
पुस ३, २०८१
|
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
|
रासस
|
यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो ।
|
विद्यार्थी १२, शिक्षक २
|
डीबी बुढा
|
जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गणेश आधारभूत विद्यालय गिडिचौरमा कक्षा ५ सम्म पढाउने अनुमति छ तर १२ जना मात्र विद्यार्थी छन् । त्यसमध्ये बाल विकास केन्द्रका मात्र १० जना छन्, अन्य कक्षा २ का हुन् । उनीहरूलाई पढाउने २ जना छन् ।
|
पुस १, २०८१
|
गुणस्तरीय शिक्षाका लागि अन्तराष्ट्रिय सम्मेलन हुँदै
|
कान्तिपुर संवाददाता
|
शिक्षा मन्त्रालयको सहकार्यमा रातो बंगाला फाउन्डेशनले गुणस्तरीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । पुस ५ देखि ७ गतेसम्म ललितपुरमा हुने ३ दिने सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, पढाइ र सिकाइ, पूर्वप्राथमिक शिक्षा, प्रविधि र नवप्रवर्द्धन, जलवायु परिवर्तन र शिक्षा र समावेशीकरण र समाजिक भावनात्मक विकास विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
|
मंसिर ३०, २०८१
|
डिन नियुक्तिमा सधैंको भागबन्डा
|
सुदीप कैनी
|
त्रिभुवन विश्वविद्यालयका हरेक पदमा राजनीतिक भागबन्डा वर्षौंदेखि चलिरहेको छ । ५ अध्ययन संस्थान र ३ संकायमा ८ जना डिन नियुक्तिमा पनि यसैको निरन्तरता देखियो । प्रतिस्पर्धाको आधारमा डिन नियुक्ति गर्ने भन्दै कार्यविधि बनाएर छनोट तथा सिफारिस समितिमार्फत दरखास्त आह्वान गरी प्रक्रिया अघि बढाएइए पनि नियुक्तिअघि सत्तारुढ दलको स्वार्थ सतहमा देखियो ।
|
त्रिविमा आठ डीन नियुक्त
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न अध्ययन संस्थान र संकायमा गरी आठ डीन नियुक्त गरेको छ ।
|
काठमाडौं विश्वविद्यालयका १ हजार २ सय ५६ विद्यार्थी दीक्षित
|
ज्योती श्रेष्ठ
|
काठमाडौं विश्वविद्यालयका १ हजार २ सय ५६ विद्यार्थी शनिबार दीक्षित भएका छन् । पीएचडी तहका ३, पीजीडीका ५१, एमफिलका ३३, स्नातकोत्तर तहका ३ सय ८५, स्नातक तहका ७ सय ८४ जना दीक्षित भएका हुन् ।
|
मंसिर २८, २०८१
|
त्रिवि सिनेटमा नीतिको कम, नियुक्तिको बहस बढी
|
सुदीप कैनी
|
त्रिभुवन विश्वविद्यालयको बिहीबार आयोजित सभा बैठक नीतिभन्दा पनि डिन नियुक्तिका विषयमा केन्द्रित भएको छ । बैठकमा सदस्यहरूले उपकुलपति केशरजंग बरालको आलोचनामा समय खर्चिएका थिए । सदस्यहरूले एजेन्डाबाहेकका विषयमा बोलेका कारण प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले पटकपटक हस्तक्षेप गर्नुपरेको थियो ।
|
मंसिर २६, २०८१
|
मेरिटको आधारमा डिन नियुक्ति गर्न स्ववियुको माग
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनहरुले पनि मेरिटअनुसार विश्वविद्यालयमा हुने नियुक्ति गर्न ध्यानाकर्षण गराएका छन् । स्ववियु त्रिवि विश्वविद्यालय क्याम्पसका अध्यक्ष श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै मेरिट मिचेर गरिने नियुक्तिको प्रतिवाद गरिने जनाएका छन् ।
|
डीन र क्याम्पस प्रमुखमा पनि दलीय भागबन्डा खोज्नु अक्षम्य अपराध : सांसद श्रेष्ठ
|
कान्तिपुर संवाददाता
|
पूर्वशिक्षामन्त्री तथा रास्वपाबाट प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको डीन र क्याम्पस प्रमुख नियुक्तिमा सत्तारुढ पार्टीहरूले भागबन्डा खोजिरहेको विषय अक्षम्य अपराध भएको बताएकी छन् ।
|
डिन र क्याम्पस प्रमुखमा भागबन्डा गर्न एमालेको दबाब
|
सुदीप कैनी
|
प्रतिस्पर्धाबाट मेरिटमा परेकालाई डिन र क्याम्पस प्रमुख नियुक्ति गर्ने त्रिभुवन विश्वविद्यालयको प्रक्रियामा असन्तुष्टि जनाउँदै सत्तारूढ एमालेले भागबन्डा गर्न दबाब दिएको छ । एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक रुपमै ‘त्रिविमा निश्चित वैचारिक समूहलाई निषेध गर्ने गरी मेरिटोक्रेसीको भद्दा नाटक मञ्चन गरिएको’ आरोप लगाउँदै अहिले भइरहेको प्रक्रिया रोक्नुपर्ने बताएका छन् ।
|
मंसिर २४, २०८१
|
इस्लिङ्टन कलेजमा ‘भीम्याग’
|
कान्तिपुर संवाददाता
|
नेपालभित्र रहेका विभिन्न कलेजको शिक्षाको गुणस्तर, त्यहाँको शैक्षिक वातावरण, पढाइसँगैविभिन्न अतिरिक्त क्रियाकलापलगायतका विषयमा विद्यार्थी तथा अभिभावकलाई निरन्तर जानकारी दिँदै आइरहेको ‘भीम्याग’ को टोली पछिल्लो समय भीजे संजोग कोइरालाको नेतृत्वमा काठमाडौंको कमलपोखरीस्थित इस्लिङ्टन कलेज पुगेको छ ।
|
मंसिर २२, २०८१
|
शिक्षा नीति बनाउँदै कांग्रेस
|
कान्तिपुर संवाददाता
|
सत्तारुढ तथा संसदको सबैभन्दा ठूलो दल कांग्रेसले विज्ञहरुको सुझावको आधारमा शिक्षा नीति बनाउने कामको थालनी गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार पहिलो पटक शिक्षा नीति बनाउन लागिएको कांग्रेस शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
|
मंसिर २१, २०८१
|
दुर्गमको विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालन
|
तुलाराम पाण्डे
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.