text
stringlengths
2
914
ऋषिराम पौड्याल
सिन्धुपाल्चोकको विभिन्न बस्तीका १३ वर्षीया दृष्टिविहीनसहित १४ सय भन्दा बढी आँखाका बिरामीको निःशुल्क उपचार गरिएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १३ देखि ९३ वर्ष उमेरका बिरामीको मोतियाबिन्दु तथा टेरिजिएमको शल्यक्रिया गरिएको छ । टेरिजिएम आँखाको नानीमा ऐजेरुजस्तै मासु पलाउने समस्या हो ।
त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ : पूर्वशिक्षामन्त्री श्रेष्ठ
कान्तिपुर संवाददाता
प्रतिनिधि सभा सदस्य एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा उच्चस्तरीय समितिको उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।
‘एराज टुर’ सँगै सर्वाधिक धनी महिला संगीतकर्मी बनिन् स्विफ्ट
बुद्धिसागर मरासिनी
गीतको माध्यमबाट विश्वमै सबैभन्दा धेरै अर्थोपार्जन गर्ने गायिका हुन्, टेलर स्विफ्ट । फोर्ब्स म्यागेजिनका अनुसार ३४ वर्षीया स्विफ्टसँग १ अर्ब ६० करोड अमेरिकी डलर बराबर सम्पत्ति छ । गीत/संगीत क्षेत्रको आयआर्जनबाट सर्वाधिक धनी महिला संगीतकर्मी पनि उनै हुन् ।
त्रिविको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कानूनबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
नेकपा एसका नेताहरुको जिम्मेवारी हेरफेर
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।
टुहुरा पढाउँदै केआई सिंह गाउँपालिका
मोहन शाही
दुई वर्षकै उमेरमा आमाले छोडेपछि दीपा रोका मगर अलपत्र परिन् । बुबाको काँधमा स्याहासुसारको जिम्मा आयो । बडीकेदार गाउँपालिका ३ धारापानी दुर्गम गाउँमा हुर्किएकी दीपाले ६ वर्षको उमेर हुँदासम्म स्कुल देख्न पाइनन् ।
भारतले पठायो शर्माको ‘एग्रिमो’
कान्तिपुर संवाददाता
भारतका लागि प्रस्तावित राजदूत शंकरप्रसाद शर्मालाई भारत सरकारले ‘एग्रिमो’ (सहमति) प्रदान गरेको छ । नेपालले लगातार दोस्रो पटकका लागि शर्मालाई भारतको राजदूतमा पठाउने निर्णय गरेको थियो । त्यसका लागि भारत सरकारलाई पत्राचार गरिएको ७८ दिनपछि ‘एग्रिमो’ प्राप्त भएको हो ।
निर्वाचन आयोगमा दर्ता हुँदै चन्द नेतृत्वको नेकपा
गंगा बीसी
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि अब निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा सहभागी हुने गरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
आयोगले प्रधानमन्त्रीलाई बुझायो त्रिविको सम्पत्ति छानबिन प्रतिवेदन
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले मंगलबार प्रतिवेदन हस्तान्तरण गरेको छ ।
नेपाली श्रमिक १७३ देशमा
होम कार्की
कामको खोजीका लागि पछिल्लो एक दशकमा भारतबाहेक १ सय ७३ मुलुकमा ६० लाख ९८ हजार ८० जना नेपाली श्रमिक पुगेका छन् । जसमा ५६ लाख ८१ हजार ६ सय २७ पुरुष र ४ लाख १६ हजार ४ सय ५३ महिला छन् ।
मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारको दायरामा ल्याउने गरी विधेयक
जयसिंह महरा
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत नहुने व्याख्या गर्दै ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ पारित गरेको छ । विधेयक समिति हुँदै सदनबाट हुबहु पारित भए संघ र प्रदेश सरकारले गरेका निर्णयमाथि अख्तियारले अनुसन्धान गर्ने बाटो खुल्नेछ ।
सहकारी ठगीमा लेखा समिति सभापतिकी पत्नीविरुद्ध पक्राउ पुर्जी
यज्ञ बञ्जाडे
संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध सहकारी ठगी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । मोरङको धनपालथान–३ मा सञ्चालित उमा–गौरी कृषि सहकारीको बचत अपचलनमा संलग्न देखिएपछि मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।
पुस २, २०८१
निर्वाचन आयोगमा दर्ता हुँदै चन्द नेतृत्वको नेकपा
गंगा बीसी
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि अब निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा सहभागी हुने गरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
दलित सशक्तीकरण विधेयक छिट्टै पास हुन्छ : मुख्यमन्त्री कँडेल
तृप्ति शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभामा पेस भएको दलित शसक्तीकरणसम्बन्धी विधेयक छिट्टै पास हुने बताएका छन् ।
त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले मंगलबार प्रतिवेदन हस्तान्तरण गरेको छ ।
छविलाल जोशीको बयान : गोर्खा मिडियामा सहकारीबाट रकम गएकोबारे जीबी र रविलाई थाहा छ
कान्तिपुर संवाददाता
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले उक्त कम्पनीमा जीबी राईले रकम ल्याउने र रवि लामिछानेले खर्च गर्ने गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।
प्रहरीसमक्ष रविको बयान : संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जोड्नु राजनीतिक पूर्वाग्रह
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जोडिएको बयान दिएका छन् ।
कान्तिपुर न्यूज ब्रिफ : आज दिनभर देशमा के-के भयो ?
कान्तिपुर संवाददाता
आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएकोदेखि लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी लगायतका समाचार प्रकाशित भएका छन् ।
नेकपा एसले गर्‍यो २४ सदस्यीय सचिवालय गठन
कान्तिपुर संवाददाता
नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय गठन गरेको छ । मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो ।
अख्तियारमा ‘बेनामी’ उजुरी पठाउन मिल्ने व्यवस्था यथावत
कान्तिपुर संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो नाम र ठेगाना उल्लेख नगरी उजुरी दर्ता गराउन पाउने व्यवस्था यथावत रहने भएको छ ।
एफडब्लूसीएमसलाई निरन्तरता : मलेसिया
कान्तिपुर संवाददाता
मलेसियाले नेपालसहित आप्रवासी श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्ने भन्दै एक दशकदेखि कार्यान्वयनमा ल्याइएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमस)लाई निरन्तरता दिइएको जनाएको छ ।
ललितपुर नगर प्रहरीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने : तपाईंहरूले गरिबका टमाटर फालेको देखेको छैन
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यकोषबाट पारिश्रमिक लिने जनप्रतिनिधि र कर्मचारी जनताको सेवक हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाकिम हुँ भन्ने प्रवृत्ति कसैमा पनि हुन नहुने बताएका हुन् ।
सहकारी ठगीमा लेखा समिति सभापतिकी पत्नी कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी
कान्तिपुर संवाददाता
मोरङको धनपालथान गाउँपालिका–३ को उमा-गौरी सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादी संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी भएको गरेको छ ।
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन : संघीयता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड
दीपक परियार
अन्तर व्यवस्थापिका मञ्चको आयोजना र गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा मंगलबार पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा प्रतिनिधि सभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, सातवटै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा सचिव सहभागी छन् ।
सबै तहका सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
दीपक परियार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । मंगलबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।
सत्ता भीडले होइन, कानुनले चल्छ : गृहमन्त्री लेखक
घनश्याम गौतम
गृहमन्त्री रमेश लेखकले शासनसत्ता भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताएका छन् । पछिल्लो समय साइबर अपराध बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै गृहमन्त्री लेखकले त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
सत्ता भीडले होइन, कानुनले चल्छ : गृहमन्त्री लेखक
घनश्याम गौतम
गृहमन्त्री रमेश लेखकले शासन भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताए ।
४ दिन म्याद थपको माग राख्दै रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
दीपक परियार
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । प्रहरीले ४ दिन म्याद थपको माग गर्दै लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको अदालतका स्रेस्तेदार राजन खनालले बताए ।
अन्य पार्टीसँग तत्काल एकताको सम्भावना छैन : एकीकृत समाजवादी
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो ।
निजी क्षेत्र अख्तियारको अनुसन्धानबाहिर
जयसिंह महरा
राज्यव्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन गठन गरेको उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश नहुने व्यवस्थामा पनि सहमति जुटाएको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिसमा जुटेन सहमति
घनश्याम खड्का
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि सर्वसम्मति जुटाउन सिफारिस समिति असफल भएको छ । समितिले दुईमहिने कार्यावधि सकिने अन्तिम दिन सोमबार राति विज्ञप्ति जारी गरेर पदाधिकारी छनोटमा एकमत हुन नसकिएको बताएको हो ।
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट सर्वोच्चले किन गर्‍यो खारेज ?
कान्तिपुर संवाददाता
सत्तारूढ एमालेले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट लिएको जग्गा दानविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार रिट खारेज गरेको हो ।
रहेनन् महानगरका ‘मुख्य कुचीकार’