text stringlengths 2 914 |
|---|
राजेश मिश्र |
काठमाडौंको मेयर रहँदा उनी भन्ने गर्थे, ‘म यो सहरको मुख्य कुचीकार हुँ ।’ २०४६ पछिको पहिलो स्थानीय निर्वाचनमा ‘स्वच्छ हराभरा काठमाडौं’ को नारा दिएर मेयर बनेका पीएल (प्रेमलाल) सिंहले हरियाली र सरसफाइलाई पहिलो प्राथमिकतामा राखेका थिए । |
रवि लामिछाने दम्पतीको खातामा २९ करोड कारोबार |
कान्तिपुर संवाददाता |
रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा ‘अस्वाभाविक कारोबार’ भएको प्रहरीको दाबी छ । दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट सन् २०१६ यता २९ करोडको कारोबार भएको छ । |
सूर्यदर्शन सहकारी ठगीमा लामिछानेसहित ५१ जनाबाट १ अर्ब ३५ करोड असुल्न प्रहरी राय |
कृष्ण आचार्य , दीपक परियार |
प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा अन्य ५० जनालाई जस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि मुद्दा चलाउने सिफारिससहित प्रतिवेदन बुझाएको छ । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको छ । |
पुस १, २०८१ |
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन |
कान्तिपुर संवाददाता |
नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कास्कीको पोखरामा आइतबार सम्पन्न सम्मेलनले वीरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारीसहित ७५ सदस्य केन्द्रीय समिति चयन गरेको छ । |
गुगलमा सबैभन्दा धेरै खोजिएका विषय के होलान् ? |
एजेन्सी |
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा गुगलले वर्ष २०२४ भर सबैभन्दा धेरै खोजी भएका विषयबारे प्रतिवेदन सार्वजनिक गरेको छ । गुगल सर्चमा विश्वभर सबैभन्दा धेरै खोजिने विषयमा विधागत रूपमा टप टेन ट्रेन्डबारे जानकारी दिएको छ । यसमा प्रयोगकर्ताले कोपा अमेरिकादेखि डोनाल्ड ट्रम्प, आइफोन १६, अधिक गर्मी, ओलम्पिक चकलेट मफिन्स, माइक टाइसन, भाइरल क्युकम्बर सलादजस्ता विषयमा सबैभन्दा धेरै गुगल सर्च गरेको देखिन्छ । |
किन अवरुद्ध भयो भारत बंगलादेशबीचको रेल र बस सेवा ? |
पर्वत पोर्तेल |
भारत र बंगलादेशबीच तीन वटा रुटबाट रेल तथा चार वटा रुटबाट बस सेवा सञ्चालित थियो । केही समययता न रेल सेवा चलेको छ, न त बस नै । दुई देशबीच जोड्ने यी दुवै यातायातका पूर्वाधार अनिश्चितकालका लागि अवरुद्ध छ । |
के धरहरा पूरै बनिसकेको हो ? |
विमल खतिवडा |
०७८ वैशाख ११ मै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा निर्माणको काम अझै सकिएको छैन । ०७२ वैशाखको भूकम्पले धरहरा भत्काएपछि नयाँ निर्माण गरेर उद्घाटन गरिएको थियो । भूकम्प गएको ९ वर्षमा धरहरा ठडियो, तर निर्माण थालेको ६ वर्षमा काम भने पूरा भएको छैन । |
आफैंले उत्पादन गरेको ‘युनिफर्म’ मा नेकपाको केन्द्रीय समिति बैठक |
कान्तिपुर संवाददाता |
नेक्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय समिति बैठकमा सबै सदस्यहरू ‘युनिफर्म’ देखिएका छन् । |
सांसद निजी काममा सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भयो : सभामुख घिमिरे |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानुन निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरुकताका काम गनुपर्ने बताएका छन् । सांसद निजी काममा सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भइरहेको भन्दै सभामुख घिमिरेले असन्तुष्टि पनि व्यक्त गरहेका हुन् । |
संसदीय गतिविधिको रचनात्मक आलोचना गर्न राष्ट्रिय सभा अध्यक्षको आग्रह |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय गतिविधिका विषयमा रचनात्मक आलोचना गर्न आग्रह गरेका छन् । संसदीय मामिला पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले संसदीय अभ्यासमा आलोचना गर्दा ध्वंसात्मक नभई रचनात्मक हुनुपर्ने आग्रह गरेका हुन् । |
लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कति मागियो कैद सजाय ? |
कान्तिपुर संवाददाता |
कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई प्रहरीले दिएको रायमा लामिछानेलाई कैद र जरिवाना हुनुपर्ने प्रहरीको राय छ । |
पुराना पार्टीको असफलतामा ‘नयाँ’ पपुलिस्टहरू जन्मिन्छन् : घनश्याम भूसाल |
कान्तिपुर संवाददाता |
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले अर्थराजनीतिक सङ्कटले विचार/सिद्धान्त नमिसिएको विशुद्ध ‘नयाँ’ पपुलिस्टहरू (लोकप्रियतावादी) जन्माएको बताएका छन् । स्थायी कमिटी बैठकले सोमबार पारित गरको राजनीतिक प्रतिवेदनमा उनले पुराना पार्टीले अँगालेको राजनीतिक असफलताको काँधमा टेकेर लोकप्रियतावादी आउने बताएका छन् । स्थायी कमिटीले नेताहरूको सुझावसहित प्रतिवेदन पारित गरेको छ । |
नेपालमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म दलालहरूले बनाउँछन् : अध्यक्ष यादव |
विनय आजाद |
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको बताएका छन् । सिरहाको गोलबजारमा सोमबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । |
सम्पत्ति शुद्धीकरणमा लामिछानेबाट २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने प्रहरीको राय |
कान्तिपुर संवाददाता |
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पत्ति सुद्धिकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिएको छ । |
'१३ हजार कानुन व्यवसायी करको दायरामा आएका छन्' |
कान्तिपुर संवाददाता |
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानुन व्यवसायी करको दायरामा आएको जानकारी दिएका छन् । |
सहकारी ठगी प्रकरण : लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय |
दीपक परियार |
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय व्यक्त गरेको छ । प्रहरीले उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ । |
मीनबहादुर गुरुङले दान गरेको जग्गामा कार्यालय बनाउन एमालेलाई बाटो खुल्यो |
कान्तिपुर संवाददाता |
सरकारको नेतृत्व गरिरहेको एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दान गरेको जग्गा र त्यसमा निर्माण हुने भवनविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । |
काठमाडौंका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि गरिएको छ । केही बेरअघि डल्लुनजिकै कंकेश्वरी घाटमा सिंहको अन्त्येष्टि गरिएको हो । सिंहको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीको झन्डा ओढाएका थिए । |
अर्थमन्त्री पौडेल थाइल्यान्ड प्रस्थान |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्यान्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड गएको उनको सचिवालयले जनाएको छ । |
कांग्रेसद्वारा नेता सिंहको निधनप्रति शोक प्रस्ताव पारित |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकदले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं नगरपालिका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । |
वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र विकासमा गतिशीलता : मन्त्री गुरुङ |
कान्तिपुर संवाददाता |
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताएका छन् । |
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक |
कान्तिपुर संवाददाता |
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक्ड भएको छ । यसअघि निर्वाचन आयोग र सुदूरपश्चिम सरकारको वेबसाइट ह्याक गरेको ‘क्याप्टेनस्मोकर’ ह्याकिङ समूहले नै महाशाखाको वेबसाइट नियन्त्रणमा लिएको छ । |
प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन |
दीपक परियार |
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । |
प्रख्यात भारतीय तबलावादक जाकिर हुसेनको निधन |
कान्तिपुर संवाददाता |
संगीतकार एवं तबलावादनका उस्ताद जाकिर हुसेनको ७३ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । अमेरिकाको सान फ्रान्सिस्को अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी कलेजोसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए । |
के सोच्छन् युवा खेलाडी ? |
सुजाता मुखिया |
नेपालीमा उखानै छ, ‘सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु ।’ यो कुरा खेल क्षेत्रमा ठ्याक्कै लागू हुने बताउँछिन्, टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठ । थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी उनलाई एक पटक मात्र जितेरपुग्छ जस्तो लाग्दैन । |
झोलुंगे पुल बगेपछि काठे पुलको सहारा |
वसन्तप्रताप सिंह |
केदारस्युँ र थलारा गाउँपालिका जोड्ने काठे पुलबाट सेती नदीमा शुक्रबार साँझ खसेर बेपत्ता भएका थलारा–१, का टेक गिरी अझै फेला परेका छैनन् । स्थानीय र सशस्त्र प्रहरीले शनिबार र आइतबार सेती नदी किनारमा खोजी गरे पनि गिरी फेला परेका छैनन् । |
‘बेनामी’ उजुरीको विपक्षमा सांसद |
राजेश मिश्र |
बेनामी उजुरीका कारण जनताले दुःख पाइरहेको भन्दै त्यसमा रोक लगाउने गरी कानुन बनाउन सांसदले ‘लबिइङ’ थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्दै उनीहरूले उजुरीसँगै उजुरीकर्ताको नागरिकताको प्रमाणपत्र पनि संलग्न गर्नुपर्ने प्रावधान राख्न जोड दिएका छन् । |
उपनिर्वाचनको नतिजाले झस्किएको एमालेका ६ संकल्प |
गंगा बीसी |
स्थानीय तहको उपनिर्वाचनमा कमजोर नतिजा आएपछि झस्किएको एमालेले राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित ६ संकल्प गरेको छ । संघीय राजधानीमा आयोजित प्रदेश, जिल्ला र भ्रातृ संगठनका इन्चार्ज, अध्यक्ष र सचिवको दुईदिने कार्यशालाले पार्टी संगठन गतिशील बनाउन र जनतासँग जोडिन भन्दै संकल्प प्रस्ताव पारित गरेको हो । |
विपन्न विद्यार्थी पढाउँदै टोल सुधार समिति |
विवेक पोख्रेल |
कक्षा ४ मा पढ्ने राजन महतो हरेक बिहान घर नजिकैको थारू तथा मध्य पहाडी क्षेत्र संग्रहालयको भवन पुग्छन् । संग्रहालय हेर्न होइन, पढ्नका लागि । जान त उनी हरेक दिन विद्यालय पनि जान्छन् । तर, विद्यालय जानुअघि संग्रहालय पुगेर डेढ घण्टा नेपाली, अंग्रेजी र गणित पढ्छन् । |
दलीय भागबन्डाबाट डिन नियुक्त |
सुदीप कैनी |
त्रिभुवन विश्वविद्यालयका पाँच अध्ययन संस्थान र तीन संकायमा राजनीतिक भागबन्डाबाट डिन नियुक्ति गरिएको छ । त्रिविले प्रतिस्पर्धालाई आधार बनाउने भन्दै कार्यविधि बनाएर प्रक्रिया अघि बढाए पनि सत्तारूढ एमालेले दबाब बढाएपछि नियुक्तिका बेला दलीय भागबन्डा गरिएको हो । |
किसानलाई ७० करोड भुक्तानी रोकेर डीडीसी अघोषित ‘मिल्क होलिडे’ मा |
राजु चौधरी |
दूधको भुक्तानी समयमै नगरेको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई थप मारमा पार्ने गरी अघोषित ‘मिल्क होलिडे’ गरेको छ । अत्यधिक दूध उत्पादन हुने सिजनमा डीडीसीले कोटाका आधारमा मात्रै संकलन गर्न थालेको छ । |
मंसिर ३०, २०८१ |
पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्मा अध्यक्षमा निर्वाचित भएको आइतबार राति केन्द्रीय निर्वाचन समितिले घोषणा गरेको हो । |
तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमाले भेलाको संकल्प |
रासस |
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला छ बुँदे घोषणा गर्दै सम्पन्न भएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.