text
stringlengths
2
914
नेपालमा प्रविधि क्षेत्रमा सहयोग गर्न बाटो खोज्दै जाइका
नुमा थाम्सुहाङ
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालमा प्रविधि क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको जनाएको छ । जापानको औपचारिक विकास सहायता (ओडीए) अन्तर्गत प्रदान गर्ने सहयोगको कार्यान्वयन गर्ने निकाय जाइकाले नेपालमा नयाँ क्षेत्रमा सहयोग गर्न बाटो खोजिरहेको जनाएको हो ।
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
कान्तिपुर संवाददाता
प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् । भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा छिमेकी मुलुकको भ्रमण सम्पन्न गरी फर्किएका प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपाललाई गरिबीबाट समृद्ध बनाएरै छाड्नेछौँ : प्रधानमन्त्री ओली
रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् ।
पर्यावरण जोगाउन सात दशकअघिको त्यो ऐतिहासिक फैसला
दीपक परियार
वि‍.सं. २०१० सालमा तत्कालीन प्रधानन्यायालयले वनजंगल काट्दा पानीको अभाव हुने भन्दै सरकारी वन मात्र होइन, जथाभावी निजी वन पनि काट्न रोक लगाउने फैसला गर्‍यो । वातावरण संरक्षणको पक्षमा गरिएको उक्त फैसला ऐतिहासिक थियो ।
काठमाडौं विश्वविद्यालयमा उपकुलपति छान्न समिति गठन
कान्तिपुर संवाददाता
काठमाडौं विश्वविद्यालयमा भावी उपकुलपति नियुक्त गर्न छनोट तथा सिफारिस समिति गठन भएको छ । शनिबार भएको विश्वविद्यालय सभाले समिति गठन गर्ने निर्णय गरेको उपकुलपति भोला थापाले जानकारी दिए । थापाको कार्यकाल माघ ६ गतेदेखि सकिँदैछ ।
'वन्यजन्तु र वातावरणीय अपराध नियन्त्रणका लागि सबै क्षेत्रको समन्वयको आवश्यक'
कान्तिपुर संवाददाता
वन तथा वन्यजन्तुसँग सम्बन्धित अपराध नियन्त्रण र त्यससँग जोडिएका विषयमा केन्द्रित भएर पोखरामा अदालत र वन क्षेत्रसँग सम्बन्धित सरोकारवाला एक ठाउँमा उभिएका छन् । सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत,सरकारी वकिल, वन तथा निकुञ्जका अधिकृतहरू र अन्य सरोकारवालाहरूले वन्यजन्तु र वातावरणीय अपराध नियन्त्रणका लागि सबै क्षेत्रको समन्वयको आवश्यक रहेको बताएका हुन् ।
संस्कृति संरक्षण गर्न पनौतीमा योमरी महोत्सव
ज्योती श्रेष्ठ
काभ्रेको ऐतिहासिक नगर पनौती नगरपालिकाको बजार क्षेत्र नपुग्दै व्यापारिक चहलपहल देखिन्छ । खानाका परिकार, लपत्ता, कपडा, तरकारी, फलफूल, हस्तकलाका सामाग्री लगायत उपभोग्य वस्तुहरु लहरै विक्रीका लागि राखिएका छन् ।
आज उधौली पर्व मनाउँदै किरात समुदाय
रासस
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।
लुबुचे शिखरमा कांग्रेस महामन्त्री शर्मा
कान्तिपुर संवाददाता
कहिले गीत गाउँदै गरेका त कहिले टेलिभिजन कार्यक्रम चलाइरहेका भेटिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यस पटक हिमाल आरोहणमा देखिए । उनले ६ हजार १ सय ४५ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेका छन् ।
माओवादीसँग एकता गर्न नहुने पक्षमा एकीकृत समाजवादी
गंगा बीसी
एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहितको राजनीतिक प्रतिवेदन पेस भएको छ । शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले पनि पार्टी बलियो नभएसम्म माओवादीसँग एकतामा जान नहुने धारणा राखेका छन् ।
बिमा गरे पनि महँगो औषधि निजीमै किन्नुपर्ने बाध्यता
प्रशान्त माली
सरकारी स्वास्थ्य संस्थामा आबद्ध बिमितले सहुलियतमा औषधि नपाउने समस्या अझै कायमै छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको नौ वर्ष बितिसक्दा पनि बिमितले निजी फार्मेसीबाट महँगोमा औषधि किन्नुपर्ने बाध्यता उस्तै छ । यसले आर्थिक अवस्था कमजोर भएका बिरामी मर्कामा छन् ।
कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग पारित
एजेन्सीहरु
दक्षिण कोरियाली संसद्ले राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको छ । शनिबार भएको मतदानमा २ सय ४ सांसदले महाभियोग प्रस्तावको पक्षमा मत दिए ।
कांग्रेस महाधिवेशनका लागि शेखर र गगनबीच ध्रुवीकरण सुरु
कुलचन्द्र न्यौपाने
कांग्रेसको आगामी महाधिवेशन कहिले हुने भन्ने टुंगो नलाग्दै नेतृत्वका लागि पार्टीभित्र ध्रुवीकरण बढाउने कसरत हुन थालेको छ ।
मंसिर २९, २०८१
माओवादीसँग एकता गर्न नहुने पक्षमा एकीकृत समाजवादी
गंगा बीसी
नेकपा (एकीकृत समाजवादी) मा माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहितको राजनीतिक प्रतिवेदन पेस भएको छ । शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले पनि पार्टी बलियो नभएसम्म माओवादीसँग एकतामा जान नहुने धारणा राखेका छन् ।
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
कान्तिपुर संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।
ओलीलाई पुनको चेतावनी- सिसाको घरमा बसेर अरुलाई ढुंगा नहान्नुस्
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् ।
नमुना सदरमुकामको काम तत्काल अघि बढ्छ : उपप्रधानमन्त्री सिंह
नवीन पौडेल
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिहंले नेपालकै पहिलो नमुना सदरमुकामको काम तत्काल अगाडि बढ्ने बताएका छन् ।
रोजगारी खोज्ने शिक्षा होइन, रोजगारी प्रदान गर्ने शिक्षा दिइनेछ : प्रधानमन्त्री ओली
ज्योती श्रेष्ठ
प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सरकारले अब रोजगारी खोज्ने शिक्षाभन्दा पनि रोजगारी प्रदान गर्ने शिक्षा दिने बताएका छन् ।
लामिछानेमाथि मानवअधिकार उल्लंघनको व्यवहार भएको छैन : गृहमन्त्री लेखक
नवीन पौडेल
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुरले कावासोतीमा गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री लेखकले अदालतको आदेशअनुसार नै लामिछानेमाथि अनुसन्धान भइरहेको बताए ।
हिमाल चढे कांग्रेस महामन्त्री शर्मा
कान्तिपुर संवाददाता
कहिले गीत गाउँदै गरेका त कहिले टेलिभिजन कार्यक्रम चलाइरहेका भेटिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यसपटक हिमाल आरोहणमा देखिए । उनले ६ हजार १ सय ४५ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका छन् । कान्तिपुरसँगको कुराकानीमा शर्माले हिमाल आरोहणको आफ्नो सपना पूरा गरेको बताए ।
‘प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन्’
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन् ।
मतदाता फकाउने कार्यक्रम बनाउँदै दलहरू
गंगा बीसी
स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै दलहरूले मतदाताकेन्द्रित कार्यक्रम बनाउन थालेका छन् । सत्तारूढ कांग्रेस र एमालेले राजनीतिक अभियान चलाउने निर्णय गरेका छन् । विपक्षी माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी नेपालले पनि शुक्रबार आआफ्नो बैठकमा जनतासँग प्रत्यक्ष जोडिने कार्ययोजना बनाउने निष्कर्ष निकालेका छन् ।
जनविद्रोहको सपना जीवित राख्दै वैद्य
गंगा बीसी
जनविद्रोह गर्ने भन्दै २०६९ असारमा माओवादी केन्द्रबाट अलग्गिएका तत्कालीन माओवादी उपाध्यक्ष मोहन वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट सर्वसम्मत महासचिव निर्वाचित भएका छन् । काठमाडौंमा १० दिनसम्म चलेको महाधिवेशनले ७९ वर्षीय वैद्यलाई एकल नेतृत्वमा महासचिव चयन गरेको हो । उनको पार्टीमा अरू पदाधिकारी नरहने व्यवस्था गरी स्थायी, पोलिटब्युरो र केन्द्रीय समिति रहनेछ ।
करारपत्र रद्द हुँदा हर्षित रुसी सेनाका नेपाली
होम कार्की
युक्रेनको युद्धग्रस्त क्षेत्रमा १५ महिना बिताएर रुस फर्कंदा भैरहवाका विनोदकुमार गुरुङलाई दोस्रो जीवन पाएसरह भएको छ । उनी भन्छन्, ‘मृत्यु के हो ? भोक के हो ? प्यास के हो ? नजिकैबाट देखें । अहिले मृत्युलाई जितेर आएँजस्तो भएको छ ।’
प्रहरीमा किन पुग्दैनन् अनलाइन बाल यौन दुर्व्यवहारका घटना ?
सजना बराल
स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जाल प्लाटफर्म चलाउने बालबालिका साइबर अपराधी र बाल यौन दुराचारीको निसानामा पर्ने क्रम बढे पनि यसबारे प्रहरीमा कमै उजुरी पुग्ने गरेको पाइएको छ । सामाजिक सञ्जालमा विशेष गरी ‘साइबर ग्रुमिङ’ र ‘सेक्सटोर्सन’ जस्ता घटना बढेको विज्ञहरूले बताएका छन् । यसले बालबालिकाको अनलाइन सुरक्षामा चुनौती थपेको उनीहरूको भनाइ छ ।
सञ्चालनमै आएन क्यान्सर उपचार केन्द्र
ज्योति कटुवाल
देश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच सम्झौता भएको तीन महिना बित्दासमेत क्यान्सर उपचार केन्द्र सञ्चालनमा आउन सकेको छैन । प्रदेश अस्पतालबाटै क्यान्सर उपचार केन्द्र सञ्चालन गर्न प्रदेश अस्पताल र बीपी कोइराला क्यान्सर अस्पतालबीच गत भदौ १२ मा सम्झौता भएको थियो ।
पत्रकार महासंघको नयाँ नेतृत्व चुनिँदै
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न शुक्रबार निर्वाचन भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखामा नेतृत्व छान्न निर्वाचन गरिएको छ । निर्वाचनको परिणाम आउने क्रम जारी छ ।
लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ विरुद्ध सहकारी ठगीमा मुद्दा
पर्वत पोर्तेल
मोरङको धनपालथान–३, कर्सियास्थित उमा–गौरी कृषि सहकारीको रकम अपचलन गरेको अभियोगमा संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो र ६ देखि ८ वर्षसम्म कैद मागदाबी गरेर जिल्ला अदालतमा मुद्दा चलाइएको हो ।
जलवायु परिवर्तनको असर : हिमाल उक्लँदै काउली र गोलभेंडा
घनश्याम खड्का
कुनै जमाना थियो, उपल्लो भेगका मुस्ताङवासी जाडो छल्न बेंसी झरेका बेला मात्र काउली, बन्दा, गोलभेंडा, काँक्राजस्ता तरकारी देख्न र खान पाउँथे । हिउँदको जाडो सकिएपछि बेंसीबाट घर फर्कने मुस्ताङीले खाद्यान्नसँगै १५–२० दिनसम्म लगाएर तरकारी बोकेरै लैजान्थे । आलुबाहेक अन्य तरकारी यो क्षेत्रमा फल्दैनथ्यो ।
मंसिर २८, २०८१
पत्रकार महासंघ निर्वाचन : अध्यक्षमा निर्मला शर्मा अगाडि, रमेश विष्टले पछ्याउँदै
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन भएको हो । शुक्रबार केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखाको नेतृत्व चयनका लागि निर्वाचन भएको हो ।
यसरी जोडिएका थिए रास्कोट अस्पतालमा रवि लामिछाने
तुलाराम पाण्डे
काठमाडौंमा सञ्चारकर्म गरिरहेका रवि लामिछाने कसरी कालीकोटको रास्कोट अस्पताल बनाउने अभियानमा जोडिए त ? रास्कोट अस्पताल निर्माणमा रकम हिनामिना गरेको र पूर्ण खर्च विवरण स्थानीय तहलाई नबुझाएको प्रश्न उब्जिएपछि यसको पृष्ठभूमि कसरी सुरु भएको थियो भन्ने चासो सुरु भएको छ ।
मुगुमा एकै महिलाले ६ बच्चा जन्माएको हल्ला मात्र
डीबी बुढा
शुक्रबार सामाजिक सञ्जालमा एक महिलाले ६ बच्चा जन्माएको भन्दै तस्बिरसहितको पोस्ट फैलियो । बेडमा सुत्केरी जस्तो देखिने महिला सुतिरहेको, उनको छेवैमा ६ शिशुहरू लस्करै राखिएको र बेडको छेवैमा पाँच जना स्वास्थ्यकर्मीहरू हाँसिरहेको तस्बिर पोस्ट गर्दै धेरैले लेखेको देखियो, कर्णाली प्रदेशको मुगु जिल्लाको एक सिस्टरले ६ जना बच्चा जन्माइन् । धेरैले यही तस्बिरसहित यस्तै आशयको स्टाटस पोस्ट र श्यर गरिरहेको देखिन्छ ।
केपी ओलीका कारण मुलुकले ऐतिहासिक अवसर गुमायो : घनश्याम भूसाल
कान्तिपुर संवाददाता