text stringlengths 2 914 |
|---|
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले केपी शर्मा ओलीका कारण मुलुकले ऐतिहासिक अवसर गुमाएको बताएका छन् । शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा भूसालले पेस गरेको राजनीतिक प्रस्तावमा भूसालले बलियो जनसमर्थन हुँदाहुँदै त्यसप्रति इमान्दार नेतृत्वको अभावमा मुलुकले एउटा ठूलो सम्भावना गुमाएको बताएका हुन् । |
कान्तिपुर शाखामा सुरज कुँवरको नेतृत्वमा नयाँ कमिटी |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले कान्तिपुर दैनिकका सुरज कुँवरको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनले उपाध्यक्षमा बुद्धिसागर मरासिनी, महिला उपाध्यक्षमा लक्ष्मी भण्डारी र सचिवमा उपेन्द्रराज पाण्डेयलाई चुनेको छ । |
संसद् सेवालाई समयानुकूल परिमार्जन गर्नुपर्छ : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
संघीय संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि संसद सेवालाई समयानुकूल परिमार्जन गर्नुपर्ने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् । १८ औँ संघीय संसद् सेवा दिवसका अवसमा शुक्रबार आयोजित समारोहमा अध्यक्ष दाहालले संसदका हरेक गतिविधिमा जनताको पहुँच सुनिश्चित गर्नुपर्ने बताए । |
संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक : सभामुख घिमिरे |
कान्तिपुर संवाददाता |
सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेका छन् । |
राष्ट्रपति पौडेलद्वारा पाँच राजदूत नियुक्त |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार पाँच जनालाई राजदूत नियुक्त गरेको जानकारी दिएको छ । |
नवप्रवेशीलाई ‘उचित स्थान’ दिने माओवादीको निर्णय |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ । यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको निश्कर्ष निकाल्दै अब भने क्षमताका आधारमा उचित स्थान दिने निर्णय स्थायी समितिले गरेको छ । |
नेकपा एसले केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै |
कान्तिपुर संवाददाता |
नेकपा एकीकृत समाजवादीकाले लामो समयसम्म हुन नसकेको केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने भएको छ । |
सहकारी ठगीमा लेखा समिति सभापतिपत्नी कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर |
कान्तिपुर संवाददाता |
मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध बिहीबार मुद्दा दायर भएको हो । |
जसपा नेपाल बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा |
कान्तिपुर संवाददाता |
जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा भएको छ । |
माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । |
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री |
रासस |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । |
मिथिलादेखि राष्ट्रसंघको मुख्यालयसम्म |
जगदीश्वर पाण्डे |
महोत्तरीको भित्री गाउँमा टिम्किया बस्ती छ । जुन अहिले औरही नगरपालिकामा पर्छ । टिम्किया बस्तीमा २०१२ सालमा एउटा सामान्य परिवारमा जन्मिएका नवलकिशोर यादव अहिले ६९ वर्षका भए । कुनै बेला गाउँमै रमाई बसेका यादव पछिल्ला वर्ष भने नेपालदेखि विश्वका विभिन्न कुनामा पुगेर एक अब्बल चार्टर्ड एकाउन्टेन्टको भूमिका निर्वाह गरे । |
राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ |
कान्तिपुर संवाददाता |
संघीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । |
पत्रकार महासंघको निर्वाचन आज |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९:०० देखि अपराह्न ४:०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । |
संसदीय छानबिन समितिका सभापतिमाथि लामिछानेको आक्रोश |
दीपक परियार |
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापामाथि आक्रोश पोखेका छन् । |
रास्कोट अस्पतालको खर्च फाउन्डेसनले लुकायो, ४ वर्षदेखि ताकेता गर्दै नगरपालिका |
तुलाराम पाण्डे |
कालीकोटको रास्कोटमा अस्पताल बनाउन देश–विदेशबाट आएको चन्दा र सरकारी अनुदान गरी ११ करोड लगानी भएको दाबी गरेको रवि लामिछाने फाउन्डेसनले खर्च विवरण लुकाएको छ । रास्कोट नगरपालिकाले पटक–पटक ताकेता गरेको छ तर अस्पताल हस्तान्तरण गरेको ४ वर्षसम्म पनि फाउन्डेसनले खर्च विवरण दिएको छैन । |
जसलाई मैदानबाहिरै एनपीएल छाएको छ |
विवेक पोख्रेल |
कीर्तिपुर क्रिकेट मैदानमा यति बेला एनपीएलको रोमाञ्चकता जति छ, दर्शकलाई लक्षित गरी मैदानबाहिर खुलेका खाजा, पानी, जर्सी र पोस्टरका पसलले अर्को चहलपहल बढाएको छ । व्यापारले मिहिनेती हातहरूलाई राहत पनि दिलाएको छ । |
शुक्रबार देशभरको मौसम सफा रहने |
कान्तिपुर संवाददाता |
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । |
वीरमा करिब ९ करोडमा किनिएका भेन्टिलेटरसहित आईसीयू उपकरणमा माकुराको जालो |
प्रशान्त माली |
वीर अस्पतालले झन्डै ९ करोड रुपैयाँमा किनेका अत्याधुनिक २३ वटा आईसीयू बेड र ३१ वटा भेन्टिलेटर वर्षौंदेखि थन्काएर राख्दा गम्भीर अवस्थाका बिरामीले उपचार सेवा पाउन सकिरहेका छैनन् । कैयौं बिरामीलाई चिकित्सकले अन्य अस्पतालमा रेफर गर्दै आएका छन् । |
ऊर्जामन्त्री खड्काको कम्पनीले स्काउटलाई बुझायो ५० लाख, अझै ५ करोड बाँकी |
जयसिंह महरा |
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले स्वयंसेवी संस्था नेपाल स्काउटको भवन र जग्गा भाडामा लिएबापत २ करोड ४० लाखभन्दा बढी साँवा र २ करोड ७८ लाखभन्दा बढी जरिवाना तिर्न बाँकी रहेको छ । |
मंसिर २७, २०८१ |
प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान |
कान्तिपुर संवाददाता |
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । |
शैक्षिक नियुक्तिमा राजनीतिककरण अक्षम्य अपराध हो : रास्वपा |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा केही राजनीतिक दल, तिनका भ्रात संगठनले दलीय हस्तक्षेपको हर्कत गर्दै आएको भन्दै त्यसमा विमत्ति जनाएको छ । रास्वपा कार्यवहाक महामन्त्री कबिन्द्र बुर्लाकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै शैक्षिक नियुक्तिमा राजनीतिकरण गर्नु अक्षम्य अपराध हुने बताएका छन् । |
'प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई कार्यसम्पादनमा समस्या' |
कान्तिपुर संवाददाता |
प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई कार्यसम्पादन गर्न समस्या भएको मन्त्रीहरुले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशस्तरीय गोष्ठीमा बोल्दै प्रदेश सरकारका मन्त्रीहरुले प्रहरी समायोजन नहुँदा अपराध नियन्त्रण, शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा काम गर्न समस्या भएको बताएका हुन् । |
एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल |
कान्तिपुर संवाददाता |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ । |
चीनका लागि नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाणपत्र |
कान्तिपुर संवाददाता |
चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आयोजित एक समारोहबीच राजदूत ओलीले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । |
बजार भाउ ५.६० प्रतिशत, तरकारीको मूल्य ३३.९९ प्रतिशतले बढ्यो |
कान्तिपुर संवाददाता |
गत कात्तिकमा औसत उपभोक्ता मूल्य वृद्धिदर ५.६० प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो केही बढी हो । २०८० कात्तिकमा यस्तो मूल्य वृद्धिदर ५.३८ प्रतिशत रहेको थियो । |
साइबर अपराधको मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश |
कान्तिपुर संवाददाता |
विवादास्पद व्यापारी दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा धरौटीमा छोड्न आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । प्रसाईंलाई ४० हजार धरौटीमा छौड्न आदेश भएको शर्माले बताए । |
मेरिटका आधारमा डिन नियुक्ति गर्न हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले मेरिटको आधारमा डिन, क्याम्पस प्रमुख नियुक्ति गर्न आफुले कुनै हस्तक्षेप गरेको बताएका छन् । बिहीबार र्कीर्तिपुरमा आयोजित त्रिवि सभा बैठकमा बोल्दै उनले निष्पक्ष मेरिटका आधारमा विश्वविद्यालयमा डिन, क्याम्पस प्रमुखलगायतका पदाधिकारी नियुक्ति गर्नुपर्ने बताएका हुन् । |
त्रिवि साधारणसभाले पारित गरेको १२ बुँदे नीतिमा के-के छ ? |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयले साधारण सभाले बिहीबार आर्थिक वर्ष २०८१/०८२ का लागि १२ बुँदे नीति पारित गरेको छ प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली, शिक्षामन्त्री तथा सहकुलपति विद्या भट्टराईको उपस्थितिमा बसेको बैठकले नीति पारित गरेको हो । |
स्काउटले भन्यो - मन्त्री खड्काको कम्पनीले ५ करोड १९ लाख २७ हजार ८५१ रुपैयाँ २९ पैसा तिर्न बाँकी |
जयसिंह महरा |
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको भवन र जग्गा भोगचलन गरेको भाडास्वरुप पाँच करोड १९ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको छ । |
काठमाडौं गुर्खाजद्वारा जनकपुरसामु १ सय २ रनको लक्ष्य |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्ससामु जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । |
रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति |
दीपक परियार |
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । |
एमाले र कांग्रेसको सहयात्रा भत्काउने कसैले चेष्टा नगरे हुन्छ : उपप्रधानमन्त्री पौडेल |
कान्तिपुर संवाददाता |
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस र एमालेबीचको गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । एमाले उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले २०८४ कै निर्वाचनसम्म दुई पार्टीको सहकार्य हुने बताएका छन् । |
सवा १२ मा बस्ने बैठकको जानकारी साढे १० मा, छलफलमा भाग नलिई हिँडे सांसद |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.