text stringlengths 2 914 |
|---|
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार १२:१५ बजेका लागि बोलाइएको थियो । बुधबार बसेको बैठकले नै आजको बैठकको समय तय गरेको थियो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन राखेका सांसदहरूसँग राज्य व्यवस्था समितिले छलफल गरिरहेको छ । |
एमालेमा ओलीसँग तुलनायोग्य अर्को कुनै नेता छैन : उपाध्यक्ष पौडेल |
कान्तिपुर संवाददाता |
एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली नै निर्विकल्प रहेको बताएका छन् । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीविरुद्ध आगामी महाधिवेशनमा कसैले पनि उम्मेदवारी नदिने ठोकुवा गरेका हुन् । |
पत्रकार महासंघको चुनाव शुक्रबार, केन्द्रीय समितिको अध्यक्षका लागि ४ जना उम्मेदवार |
कान्तिपुर संवाददाता |
मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ । |
शिक्षकलाई दलीय राजनीतिमा रोक लगाउन विज्ञको जोड |
सुदीप कैनी |
शिक्षकलाई दलीय राजनीतिबाट टाढा राख्न शिक्षाविद्ले माग गरेका छन् । शिक्षक र प्राध्यापक राजनीतिक दलमा सक्रिय हुन नपाउने व्यवस्था शिक्षा ऐनमै गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । |
कार्यशैली पुनर्विचार गर्ने तयारीमा एमाले |
गंगा बीसी |
एमालेले स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक नरहेको निष्कर्ष निकालेको छ । निर्वाचन परिणामलाई आधार बनाएर कार्यशैली पुनर्विचार गर्ने तयारीमा समेत एमाले लागेको छ । |
काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस |
कान्तिपुर संवाददाता |
काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । |
सत्यनिरूपण आयोगका उम्मेदवारमा द्वन्द्वपीडितको चासो |
घनश्याम खड्का |
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिका लागि सूचीकृत नामावलीमा सरोकारवालाले चासो व्यक्त गरेका छन् । राजनीतिक दलहरूले आफूलाई सघाउन र बचाउन सक्ने व्यक्ति खोजेर दुवै आयोग नियुक्ति गर्न लागेको भन्दै उनीहरूले संशय व्यक्त गरेका छन् । |
दाताबाट उठाएको चन्दा रवि लामिछाने फाउन्डेसनबाट निकिताको खातामा |
कृष्ण आचार्य , तुलाराम पाण्डे |
सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेले परोपकारका नाममा पनि ठगी गरेको खुलासा भएको छ । कालिकोटको रास्कोटमा अस्पताल बनाउने भन्दै आफ्नै नाममा फाउन्डेसन खोलेका लामिछानेले सार्वजनिक अपिल गरेर रकम संकलन गरेका थिए । |
२०३४ को विश्वकप साउदीमा : लाखौं नेपाली श्रमिकलाई अवसरको ढोका खुल्दै |
होम कार्की |
नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरबलाई फिफाले १० वर्षपछि हुने पुरुष फुटबल विश्वकप–२०३४ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ । फिफा मुख्यालयमा बुधबार भएको मतदानमा साउदी एक्लैले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो । |
मंसिर २६, २०८१ |
विश्वकप-२०३४ साउदी अरबमा : नेपालको चासो र सरोकार के हो ? |
होम कार्की |
फिफाले अबको १० वर्षपछि अर्थात् सन् २०३४ को विश्वकप खेलाउने जिम्मेवारी साउदी अरबलाई दिएको छ । यसअघिको कतारमा सम्पन्न भएको विश्वकपमा जसरी नेपालको चासो र सरोकार जोडिएको थियो त्यसैगरी साउदीमा हुने विश्वकपमा पनि नेपालीको चासो प्रत्यक्ष रुपमा जोडिने पक्का छ । |
कांग्रेसद्वारा १० भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ । |
स्थिरता, स्थायित्व र सुशासनका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् । |
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, साढे ७ वर्ष कैद माग |
कान्तिपुर संवाददाता |
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ । |
मन्त्रीसँग 'ट्युनिङ' मिल्ने व्यक्ति नियामक हुँदा पनि अर्थतन्त्रमा नतिजा आएन : पुन |
कान्तिपुर संवाददाता |
पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री विष्णु पौडेलसँग धारणा मिल्ने व्यक्तिहरू नियमनकारी निकायमा हुँदा पनि अर्थतन्त्रमा लक्ष्यअनुसार नतिजा नभएको बताएका छन् । |
विश्वविद्यालयहरूमा कर्मचारी पदपूर्तिका लागि छुट्टै सेवा आयोग गठन गर्न लोकसेवाको सुझाव |
कान्तिपुर संवाददाता |
नेपालमा स्थापित विश्वविद्यालयहरूमा कर्मचारी भर्ना, छनोट र सिफारिसका लागि 'विश्वविद्यालय सेवा आयोग' गठन गर्न लोकसेवा आयोगले सुझाव दिएको छ । |
‘जनविद्रोहको बुटी’ बोकिरहेका वैद्य |
गंगा बीसी |
जनविद्रोह गर्ने भन्दै २०६९ असारमा माओवादी केन्द्रबाट विभाजन गरेका तत्कालीन माओवादी उपाध्यक्ष मोहन वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट सर्वसम्मत महासचिव निर्वाचित भएका छन् । काठमाडौंमा १० दिनसम्म चलेको महाधिवेशनले ७९ वर्षीय वैद्यलाई एकल नेतृत्वमा महासचिव चयन गरेको हो । उनको पार्टीमा अरू पदाधिकारी नरहने व्यवस्था गरी स्थायी, पोलिटब्युरो र केन्द्रीय समिति रहनेछ । |
अदालतको अवहेलना मुद्दामा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग |
रासस |
अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ ।न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो । |
जहाँ प्रधानमन्त्री ओलीले कक्षा तीनसम्म पढेका थिए |
रासस |
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका थिए । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन् । |
पर्वतीय संरक्षण गर्ने कार्य एक्लो प्रयासले सम्भव छैन : वन मन्त्री शाही |
कान्तिपुर संवाददाता |
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक्लो प्रयासले पर्वतीय संरक्षण गर्न सम्भव नभएको बताएका छन् । ‘अन्तर्राष्ट्रिय पर्वत दिवस २०२४’ को अवसरमा मन्त्रालयले राजधानीमा हिमालयन संरक्षण विषयक आयोजना गरेको कार्यक्रममा मन्त्री शाही उक्त भनाइ राखेका हुन् । |
नाफामूलक विद्यालय सञ्चालन गर्न दिनु हुँदैन : शिक्षाविद् माथेमा |
कान्तिपुर संवाददाता |
शिक्षाविद् तथा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले नाफामूलक विधालय सञ्चालनमा रोक लगाउनुपर्ने बताएका छन् । संसद्को शिक्षा स्वास्थ समितिमा बुधबार विधालय शिक्षा विधेयकमाथि सुझाव दिँदै उनले शिक्षा क्षेत्रमा व्यापार गर्न दिने कि नदिने सोच्न सांसदहरूलाई आग्रह गरे । |
मन्त्रालयको क्षेत्राधिकार विवादले कार्यान्वयनमै आउन सकेन अनलाइन बाल सुरक्षा कार्यविधि |
कान्तिपुर संवाददाता |
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच क्षेत्राधिकारको विषय उठेपछि तीन वर्षअघि नै तर्जुमा भएको अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८ कार्यान्वयनमा आउन सकेको छैन । |
प्रधानमन्त्रीसमक्ष प्रमुख सूचनाआयुक्तको शपथ |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । |
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो |
कान्तिपुर संवाददाता |
काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । |
बीआरआई ‘फ्रेमवर्क’ मा प्राविधिक र वित्तीय सहायताको प्रावधान |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय हस्ताक्षर गरिएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सरकारले मंगलबार सार्वजनिक गरेको छ । बेइजिङमा हस्ताक्षर भएको छैटौं दिन सरकारले सहकार्य फ्रेमवर्कको पूर्णपाठ सार्वजनिक गरेको हो । |
पर्सामा सकियो लामिछानेको बयान, आज पोखरा पुर्याइँदै |
भूषण यादव |
सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुर अनुसन्धानका लागि वीरगन्ज ल्याइएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग मंगलबार चार घण्टामै प्रहरी बयान सकिएको छ । वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनका विषयमा लामिछानेसँग पर्सा सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । |
क्यान्सरसँग लड्ने आँट |
स्वरूप आचार्य |
ललितपुरको महालक्ष्मीस्थानस्थित हसपिस नेपालमा पीडा व्यवस्थापनका लागि काभ्रे बेथानचोक–५ की २९ वर्षीया कञ्चन रुम्बा एक महिनादेखि भर्ना भएर बसेकी छन् । उनलाई अन्ननलीको क्यान्सर छ । शरीरको अन्य भागमा पनि क्यान्सर फैलिएका कारण ‘प्यालेटिभ केयर’ अन्तर्गत त्यहाँ उनको पीडा व्यवस्थापन भइरहेको छ । |
हिमपातले किसानलाई सुविकाल, विद्यार्थीलाई संकटकाल |
अर्जुन शाह |
भूकम्पले चर्किएका दुवै भवन जीर्ण छन्, खिया लागेको जस्तापाताबाट हिउँ पग्लिएको पानी तपतप खस्छ । कक्षाभित्र सहिनसक्नु चिसो छ । मंगलबार बिहान पारिलो घाम लागेकाले विद्यालयको प्रांगणमा जमेको बाक्लो हिउँमाथि ढुंगा ओछ्याइयो, ढुंगामाथि बसे कलिला बालबालिका । |
मंसिर २५, २०८१ |
परराष्ट्रमन्त्री देउवा र लक्जमबर्गका विदेशमन्त्रीबीच भेटवार्ता |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जमबर्गमा भेटवार्ता भएको छ । बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि थिए । |
बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क सार्वजनिक |
कान्तिपुर संवाददाता |
नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारसँग हालै भएको ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मंसिर १९ गते भएको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो । |
नेपालमा लगानी गरी मुनाफा बाहिर लैजान सरकारले अवरोध गर्दा विदेशी कम्पनी डराए : महामन्त्री थापा |
कान्तिपुर संवाददाता |
कांग्रेस महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने कम्पनीलाई मुनाफा बाहिर लैजाने क्रममा सरकारले अवरोध गर्दा वैदेशिक लगानी नआएको बताएका छन् । सरकारको नीतिका कारण विदेशी कम्पनी नेपालमा लगानी गर्न डराइरहेको थापाको भनाइ थियो । |
प्रधानसेनापति सिग्देल भारत प्रस्थान |
कान्तिपुर संवाददाता |
प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल मंगलबार नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन् । |
उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोमा गम्भीर छौँ : एमाले |
कान्तिपुर संवाददाता |
सरकारको नेतृत्व गरिरहेको एमालेले मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोप्रति गम्भीर बन्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको पनि निष्कर्ष निकालेको छ । |
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ |
कान्तिपुर संवाददाता |
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रूकुम पश्चिम आठबिसकोट नगरपालिका-५ ठेगाना भएका निराजन नेपाली पक्राउ परेका छन् । |
कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.