text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय माइला लामा पाख्रिन भन्ने टिकाराम तामाङ रहेका छन् । |
करिब २ सय ३२ किलो गाँजासहित तीन जना पक्राउ |
कान्तिपुर संवाददाता |
राप्ती नगरपालिका-४ डडुवाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३० किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका-१० बस्ने ३० वर्षीय दिनेश डंगोल र ३१ वर्षीय सुनिल डंगोल रहेका छन् । |
सीआईबीले दुर्गा प्रसाईंसँगको बयान सक्यो |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले विवादास्पद व्यापारी दुर्गा प्रसाईंसँग बयान लिने काम सकेको छ । भारतीय गुण्डा लरेन्स बिस्नोईको नाम लिएर नेपाली व्यापारीहरूलाई धम्क्याएको कसुरमा समेत उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सीआईबी स्रोतका अनुसार प्रसाईंले बयानका क्रममा बिस्नोईसँग आफ्नो सम्बन्ध नरहेको बताएका छन् । |
दाहालले भने- मिडियाले माओवादी सिद्धियो भनेर लेखे तर उपनिर्वाचनमा पहिलो भइयो |
रमेशकुमार पौडेल |
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट हट्दै गर्दा आफूलाई केही मिडियाले खुबै लखेटेको आरोप लगाएका छन् । मंगलबार दिउँसो भरतपुर चौबिसकोठीमा भएको खबरदारीसभामा बोल्दै उनले भने, ‘प्रधानमन्त्री छोड्दै गर्दा मलाई खुब लखेटियो मिडियाहरुमा,’ उनले थपे, ‘सप्पै मिडियामा हैन है फेरि यहाँ मिडियाकर्मी रिसाउनु होला । |
पर्सामा रवि लामिछानेको बयान सकियो |
भूषण यादव |
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मंगलबार पर्सा सरकारी वकिलको कार्यालयमा करिब ४ घन्टा बयान लिइएको छ । |
ऊर्जामन्त्री खड्काविरुद्धको उजुरी सांसदलाई बाँडियो, स्काउटबाट थप कागजात माग |
कान्तिपुर संवाददाता |
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काविरुद्ध नेपाल स्काउटले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा दर्ता गरेको उजुरी सांसदहरूलाई वितरण गरिएको छ । |
स्वास्थ्य परीक्षणको साझेदारी उपलब्धिमूलक : मलेसिया |
कान्तिपुर संवाददाता |
मलेसियाले आफ्नो देशमा रोजगारीका लागि आउने नेपाली श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न नेपालसँग गरिएको साझेदारी उपलब्धिमूलक भएको जनाएको छ । |
सरकारले गलत गतिविधि नसच्याए सशक्त प्रतिवाद गर्छौं : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले आफ्ना गलत गतिविधि नसच्याए सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन् । |
हाम्रो ध्यान सरकारतिर छैन, जनतातिर छ : अध्यक्ष दाहाल |
रासस |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् । |
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : उपप्रधानमन्त्री पौडेल |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । ७६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । |
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्छ : श्रममन्त्री भण्डारी |
कान्तिपुर संवाददाता |
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूलाई अलग-अलग वर्गीकरण गरेर नराख्ने बताएका छन् । |
विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनुपर्छ : कांग्रेस नेता महर |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन् । |
दुर्गा प्रसाईंसँग आज पनि बयान : भारतीय मान्छे राखेर नेपाली व्यापारी धम्क्याएको आरोप |
कान्तिपुर संवाददाता |
केन्द्रीय साइबर ब्युरोबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आज दोस्रो दिन पनि बयान जारी हुने भएको छ । |
डिन र क्याम्पस प्रमुख नियुक्तिमा भागबन्डा गर्न एमालेको दबाब |
सुदीप कैनी |
सत्तारूढ एमालेले प्रतिस्पर्धाबाट मेरिटमा परेकालाई डिन, क्याम्पस प्रमुख नियुक्त गर्ने त्रिभुवन विश्वविद्यालयको प्रक्रियामा असन्तुष्टि जनाउँदै भागबन्डाका आधारमा नियुक्ति गर्न दबाब दिएको छ । एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेख्दै ‘त्रिविमा एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्ने गरी मेरिटोक्रेसीको भद्दा नाटक मञ्चन गरिएको’ आरोप लगाएका हुन् । |
एमाले सचिवालय बैठक बस्दै |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । |
स्कर्पियो दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो [अपडेट] |
शिव पुरी |
रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ । दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । |
रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ यात्रुको मृत्यु |
शिव पुरी |
रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । बालबालिकासहित ४ जना घाइते छन् । |
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मंसिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ । |
आज अनुसन्धान अधिकृत र सरकारी वकिलले रवि लामिछाने र छवि जोशीसँग बयान लिने |
भूषण यादव |
सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार वीरगन्ज ल्याइएको छ । वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी ठगी आरोपमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएको हो । |
बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध किर्ते र भ्रष्टाचार मुद्दा |
यज्ञ बञ्जाडे |
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध किर्ते र भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । अध्यक्ष सिलवालले पटक–पटक फरक–फरक जन्ममिति उल्लेख गर्दै किर्ते कागजपत्र बनाएर उमेर ढाँटी राष्ट्रसेवक पदको दुरुपयोग गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको हो । मुद्दा दायर भएसँगै कानुनी रूपमै सिलवाल स्वतः निलम्बनमा परेका छन् । |
घरेलु हिंसापीडित महिला न्यायको पहुँचबाहिरै |
मेनुका ढुंगाना |
मंगलसेनकी निर्मला (नाम परिवर्तन) ३८ वर्षकी भइन् । उनका ३ छोरी र दुई छोरा छन् । सन्तानको पढाइलेखाइ र पालनपोषणका लागि उनी दिनरात काम गर्छिन् । बेलाबेलामा भारतमा काम गर्न जाने उनका श्रीमान् एक वर्षदेखि यतै छन् । तर उनले निर्मलालाई सघाउनुको सट्टा मद्यपान गरेर झन् दुःख दिने गरेका छन् । |
कान्तिपुरकर्मी मातृका दाहाललाई 'एन्टी करप्सन च्याम्पियन अवार्ड' |
कान्तिपुर संवाददाता |
कान्तिपुर दैनिकका पत्रकार मातृका दाहालले अमेरिकी सरकारद्वारा स्थापित ‘एन्टी करप्सन च्याम्पियन अवार्ड (एसीसीए)’ प्राप्त गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्कनले दाहाललाई राजधानी वासिङटन डीसीमा स्थानीय समयअनुसार सोमबार दिउँसो भ्रष्टाचारविरुद्धको प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन् । |
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव |
कान्तिपुर संवाददाता |
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतः सफा रहने छ । |
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै |
कान्तिपुर संवाददाता |
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । |
मंसिर २४, २०८१ |
बीआरआई ऋण पनि हुन सक्छ, अनुदान पनि हुन सक्छ : प्रधानमन्त्री ओली |
पर्वत पोर्तेल |
प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण वा अनुदान दुवै हुन सक्ने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बीआरआईबारे यस्तो बताएका हुन् । |
सुनिता थापा गण्डकी प्रदेशसभा सदस्यमा मनोनीत |
कान्तिपुर संवाददाता |
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्रम सङ्ख्या १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूहभित्रको प्राथमिकता क्रमसंख्या ५ मा नाम रहेकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य पदमा मनोनयन गरेको छ । |
अमेरिकी सहायक विदेशमन्त्री लु स्वदेश फर्किए |
कान्तिपुर संवाददाता |
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए । |
अमेरिकाको नेपाल र एसिया नीतिमा निरन्तरता : अमेरिकी सहायक विदेशमन्त्री लु |
कान्तिपुर संवाददाता |
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नयाँ आउन लागेको ट्रम्प प्रशासनमा एसिया र नेपाल नीतिमा निरन्तरता हुने बताएका छन् । दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले आफू बाइडेन प्रशासनको अन्त्यतिर र ट्रम्प प्रशासन आउनुअघि नेपाल भ्रमण गरेको उल्लेख गर्दै यो क्षेत्रमा अमेरिकी नीतिलाई निरन्तरता दिने बताएका हुन् । |
झापामा प्रधानमन्त्री ओलीका २ दिन : रास्वपा सभापतिमाथि छेडखानीदेखि राजावादीलाई चेतावनी |
पर्वत पोर्तेल |
प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनयता गृह जिल्लाका विभिन्न सभा, समारोहमा व्यस्त छन् । उनी शिलान्यास, उद्घाटनदेखि कार्यकर्ता सम्बोधनसम्मका गतिविधिमा सक्रिय छन् । आइतबार बिहान ११:२६ मा यति एयरलाइन्सको जहाजबाट चन्द्रगढी विमानस्थल ‘ल्यान्ड’ गरेका ओलीको दौडधूप सोमबार साँझसम्म उस्तै रह्यो । |
राजतन्त्र कुर्सीमा बसेपछि निरंकुश हुन्छ र प्रजातन्त्रमाथि धावा बोल्छ : ज्ञवाली |
कान्तिपुर संवाददाता |
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताएका छन् । विगतमा आन्दोलनपछि पनि राजतन्त्रलाई ठाउँ दिँदा प्रजातन्त्रमाथि धावा बोलेको र निरंकुश भएको उनको भनाइ छ । |
मलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइयो : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन् । झापाको बिर्तामोडमा एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूविरुद्ध भ्रम फैलाइएको बताएका हुन् । |
दक्षिण एसियामा बढ्दो वायु प्रदूषणबारे काठमाडौंमा चासो |
नुमा थाम्सुहाङ |
दक्षिण एसियामा बढ्दै गरेको वायु प्रदूषणबारे सरोकारवालाहरूले चिन्ता र चासो व्यक्त गरेका छन् । |
रास्वपा सभापति लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज ल्याइयो |
कान्तिपुर संवाददाता |
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज ल्याइएको छ । लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज ल्याइएको हो । |
बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.