text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अध्यक्ष सिलवालउपर नपाएको ओहदा पाएँ भन्ने एवं झुट्टा विवरण दिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको हो । |
इजरायलबाट प्यालेस्टिनी नागरिकमाथि भएको क्रुर व्यवहार निन्दनीय र खेदजनक छ : अध्यक्ष नेपाल |
कान्तिपुर संवाददाता |
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फास्सिट नीति अवलम्बन गर्ने शासकको पछि नलाग्न इजरायली जनतालाई आग्रह गरेका छन् । सोमबार काठमाडौंको रत्नपार्कमा 'प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान' उद्घाटन गर्दै अध्यक्ष नेपालले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरेका हुन् । |
भट्टराईको प्रश्न : इजरायलले प्यालेस्टाइनमाथि नरसंहार मच्चाउँदा नेपाल सरकार किन बोल्दैन ? |
कान्तिपुर संवाददाता |
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायल-प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार काठमाडौंको रत्नपार्कमा 'प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान' उद्घाटन अध्यक्ष भट्टराईले इजरायलले प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको बताएका हुन् । |
प्रधानमन्त्री ओलीले फेरि भने : १८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । चीन भ्रमणबाट फर्किएका बेला विमानस्थलमै प्रधानमन्त्री ओलीले गत बिहीबार गठबन्धनमा कुनै खटपट नभएको र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने बताएका थिए । |
लामिछानेमाथि सरकारले गरेको अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा छानबिनका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि 'प्रतिशोधपूर्ण व्यवहार' रोक्न माग गरेका छन् । |
इजरायलले प्यालेस्टिनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँ : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टिनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन् । सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै अध्यक्ष दाहालले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीविरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको बताए । |
लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज लगियो |
कान्तिपुर संवाददाता |
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज पुर्याइएको छ । लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो । |
प्रदेश सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले भने : शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता हुँदैन |
ज्योति कटुवाल |
गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा शान्ति र सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न सुझाव दिएका हुन् । |
मुलुकमा महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्नुपर्ने बेला ठूला दल एक ठाउँमा उभिन्छौं : गृहमन्त्री लेखक |
तृप्ति शाही |
गृहमन्त्री रमेश लेखकले मुलुकमा महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्नुपर्ने बेला देशका ठूला दलहरू एक ठाउँमा उभिने गरेको बताएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा बोल्दै उनले विगतको इतिहास पनि यस्तै भएको र अहिले त्यो इतिहासलाई स्थापित गर्न चाहेको बताए । |
खराब मौसमको कारण देखाएर भैरहवामा तीनवटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै |
कान्तिपुर संवाददाता |
बाक्लो हुस्सुसहितको खराब मौसमका कारण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा कठिनाई भएपछि तीनवटा अन्तर्राष्ट्रिय वायुसेवाले केही समयलाई उडान स्थगन गर्ने भएका छन् । |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । |
त्रिविमा 'मेरिटोक्रेसी'को विरोधमा एमाले महासचिवले भने : निश्चित वैचारिक समूह निषेध गर्न ल्याइयो |
कान्तिपुर संवाददाता |
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालयमा लागू गरिएको प्रतिस्पर्धाको आधारमा माथिल्लो योग्यताक्रमका व्यक्तिलाई विभिन्न पदमा नियुक्ति दिने प्रणाली (मेरिटोक्रेसी)को विरोध गरेका छन् । |
लार्केपासमा थपिए संकेत पोल |
हरिराम उप्रेती |
लार्केपास क्षेत्रमा फलामका २१ वटा संकेत पोल (मार्किङ पोल) थपिएको छ । लार्केपास गर्ने पर्यटकको सजिलोका लागि धर्मशालादेखि मनाङको भीमथानसम्मको क्षेत्रमा संकेत पोल थपिएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सन्तोष शेरचनले बताए । |
इजलासमा लामिछाने र सहकारीपीडितबीच वादविवाद |
दीपक परियार , रमेशकुमार पौडेल |
सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि चितवन प्रहरीले गरेको व्यवहारबारे फरक–फरक दाबी प्रस्तुत भएका छन् । |
ऊर्जामन्त्री खड्काले स्काउटको जग्गा भाडा नतिरेकामा राज्यव्यवस्था समितिमा प्रश्न |
जयसिंह महरा |
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गा सम्झौताभन्दा बढी भोगचलन गरेर भाडा नतिरेको विषय प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ । जग्गा भाडा उठाउन सहयोग माग्दै स्काउटले १० महिनाअघि समितिमा दिएको निवेदन छलफलमा नल्याइएकामा आइतबार सांसदले प्रश्न उठाएका हुन् । |
नक्सापास नगरी डेढ अर्ब लागतमा भ्यु टावर, उद्घाटन गरिए पनि प्रयोगमा अन्योल |
पर्वत पोर्तेल |
नक्सापास नगरी निर्माण गरिएको दमक भ्यु टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरेका छन्, जसको वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिएको छैन । झापाको दमक–३ दापगाछीमा बनाइएको टावरको सञ्चालनसम्बन्धी खाका नबन्दा प्रयोग कसले र कसरी गर्ने भन्ने अन्योल देखिएको छ । |
अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे देउवा र दाहाल |
कान्तिपुर संवाददाता |
दक्षिण एसिया भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दक्षिण तथा मध्य एसिया मामिला विदेश सहायकमन्त्री लु बाइडेन प्रशासनको अन्त्यमा श्रीलंका हुँदै तीनदिने नेपाल भ्रमणमा आएका हुन् । |
पत्रकार दाहाललाई साम्पाङका समर्थकको धम्की |
अर्जुन सुवेदी |
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थकले समाचारका विषयमा पत्रकार गोपाल दाहाललाई धम्की दिएका छन् । साम्पाङका समर्थकले आइतबार राति दाहाललाई पठाएको म्यासेजमा ‘तेरो दिन धेरै छैन’ भनेर धम्क्याइएको छ । |
मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीविरुद्ध अब मुद्दा नचल्ने |
कान्तिपुर संवाददाता |
मानव तस्करीको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिलको कार्यालयको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । अब उनीविरुद्ध मुद्दा चल्ने छैन । |
सिरिया विद्रोहीको कब्जामा राष्ट्रपति असदले छाडे देश |
बुद्धिसागर मरासिनी |
सशस्त्र विद्रोहलाई दबाउने नाममा १४ वर्षदेखि बर्बर दमन गर्दै आएका सिरियाका राष्ट्रपति बसर अल–असद मुलुक छाडेर रुसको मस्को पुगेका छन् । विद्रोहीले राजधानी दमास्कस नियन्त्रणमा लिएका छन् तर गृहयुद्धले थलिएको देशको भविष्य के हुने भन्ने अन्योल उस्तै छ । |
मंसिर २३, २०८१ |
राजनीतिक स्थिरताको जगमा अब आर्थिक समृद्धि : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको प्राथमिकता राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धि भएको बताएका छन् । झापाको दमकमा कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्वको जग बसालिएको बताए । |
मानव तस्करीमा मुछिएका काेशीका पूर्वमन्त्री अधिकारीविरुद्धको रिट दरपीठ आदेश सर्वोच्चबाट सदर |
कान्तिपुर संवाददाता |
मानव तस्करीको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिलको कार्यालयको निर्णय सर्वोच्च अदालतले सदर गरिदिएको छ । अब, उनीविरुद्ध मुद्दा चल्ने छैन । |
पत्रकार महासंघ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आइतबार शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुन् । |
देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेजस्तो सजिलो नहुने बताएका छन् । |
माओवादी अध्यक्ष दाहाल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता |
कान्तिपुर संवाददाता |
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार भेटवार्ता गरेका छन् । उनीहरुबीच दाहालको निवास खुमलटारमा भेटवार्ता भएको हो । |
अमेरिकी सहायक विदेशमन्त्री लूले भेटे कांग्रेस सभापति देउवा |
कान्तिपुर संवाददाता |
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले कांग्रेस सभापति शेरबहादुर देउवालाई आइतबार दिउँसो भेटेका छन् । नेपाल भ्रमणका क्रममा रहेका लूले पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग बुढानीलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । |
प्रधानमन्त्री ओलीले गरे दमक भ्यू टावरको उद्घाटन |
पर्वत पोर्तेल |
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाको दमक नगरपालिका–३ मा निर्मित १८ तले भ्यू टावरको उद्घाटन गरेका छन् । यो टावर ओलीकै निर्वाचन क्षेत्रमा पर्ने दमकमा निर्माण गरिएको हो । |
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान ! |
बुनु थारू/रासस |
काठमाडौंकी एक २३ वर्षीया युवती ग्याँस गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै थिइन् । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोेरेर हेर्दा उनी बेहोस अवस्थामा भेटिइन् । उनलाई तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो । |
प्रधानमन्त्री ओलीले मञ्चबाटै मागे चन्दा |
पर्वत पोर्तेल |
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य संरक्षक रहेको मानव सेवा आश्रमको निर्माणाधीन भवनका लागि मञ्चबाटै चन्दा मागेका छन् । आश्रमको शिलान्यासका लागि झापाको बाहुनडाँगी आइपुगेका उनले आइतबार मञ्चबाटै चन्द्रका लागि आह्वान गरेपछि झन्डै एक करोड बढी चन्दा दिने घोषणा भएको छ । |
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति |
कान्तिपुर संवाददाता |
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ । |
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा |
कान्तिपुर संवाददाता |
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आएका छन् । तीनदिने भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आइतबार काठमाडौं ओर्लिएका हुन् । भारत र श्रीलंकाको भ्रमणपछि उनी नेपाल आएका हुन् । |
धिमे बाजा संरक्षणमा युवा |
प्रशान्त माली |
उनका सँगैका साथी कोही अस्ट्रेलिया लागिसके भने कोही बेलायत जान भिसा कुरिरहेका छन् । अझ कोही त विदेशिन भाषा कक्षा धाइरहेका छन् । छिमेककै कतिपय साथीहरू मजदुरीका लागि यूएई पुगेका छन् । |
जनहित सहकारीको ५६ लाख अपचलन गरेर व्यवस्थापक र सञ्चालक समिति सदस्य फरार |
नवीन पौडेल |
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ की ७० वर्षीया कौशिल्या हरिजनले सामाजिक सुरक्षा भत्ता जोगाएर दुई लाख रुपैयाँ जनहित बचत तथा ऋण सहकारी जम्मा गरिन् । तर सहकारी नै बन्द भएपछि आफ्नो बचत फिर्ता गरिदिन उनी अहिले हारगुहार गरीरहेकी छन् । |
त्रिविको डिन नियुक्तिमा कार्यकारीबीच नै मतभेद |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.