text
stringlengths
2
914
सुदीप कैनी
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का सदस्यबीच मतभेद हुँदा आठ अध्ययन संस्थान तथा संकायका डिन र १८ क्याम्पसमा प्रमुख नियुक्ति हुन सकेको छैन ।
भूकम्पले चर्काएकै कोठामा फर्किए विद्यार्थी
तृप्ति शाही
गत वर्ष कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयका २ वटा भवन चर्किए । कक्षाकोठा चर्किएपछि त्यहाँ अस्थायी टहरा निर्माण गरियो ।
सरकारी अस्पतालमा चल्न थाले आविष्कार केन्द्रले मर्मत गरेका करोड–करोडका उपकरण
प्रशान्त माली
सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्रशासनले मर्मत गर्न नसकेर ५ वर्षअघि थन्काएको थियो ‘अटोक्लेभ मेसिन’ । सर्जिकल सामान कीटाणु मुक्त बनाउन प्रयोग हुने उक्त मेसिन बिग्रेपछि अस्पताल प्रशासन नयाँ किन्ने योजनामा थियो, जसका लागि एक करोडभन्दा बढी खर्च लाग्थ्यो ।
६ जनाको परिवारमा ४ दृष्टिविहीन
सन्जु पौडेल
रूपन्देहीको मायादेवी गाउँपालिका–४ रमवापुरस्थित ६ जनाको परिवारमा चार दृष्टिविहीन छन् । ७२ वर्षीय गोपी बानियाँ र उनकी जेठी छोरी सुनिता मात्रै आँखा देख्छन् । गोपीकी श्रीमती मालती र तीन सन्तान दृष्टिविहीन छन् । जेठी छोरी विवाह भएर गइसकिन् । ७० वर्षीया मालती बेलाबेला बिरामी परिरहन्छिन् ।
मन्त्री खड्काको कम्पनीले अझै तिरेन स्काउटको ५ करोड भाडा
जयसिंह महरा , सुदीप कैनी
ऊर्जामन्त्री दीपक खड्का सञ्चालक रहेको कम्पनीले सम्झौताअनुसार जग्गा र भवनको भाडा नबुझाएको भन्दै नेपाल स्काउटले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा दिएको निवेदन १० महिना बित्दा पनि छलफल चलाइएको छैन ।
मंसिर २२, २०८१
आइतबारदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना
कान्तिपुर संवाददाता
जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ । विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ ।
एमालेले सरकारको कामकारबाही समीक्षा गर्दै
कान्तिपुर संवाददाता
एमालेले गठबन्धन सरकारको कामकारबाही, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र स्थानीय तह उपनिर्वाचनको परिणाम समीक्षा गर्ने भएको छ । समीक्षाका लागि केन्द्रीय सचिवालय बैठक मंगलबार बोलाइएको छ ।
राजनीतिक कोर्ष बदल्ने बेला आएको छ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् ।
बीआरआई सम्झौतामा ऋण लिने भनेर कतै लेखिएको छैन : परराष्ट्रमन्त्री राणा
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट पारेकी छन् ।
राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी डिस्चार्ज भएका छन् । उनी गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो ।
शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ : दाहाल
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
बुझ्दै नबुझी बीआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा
न्युज एजेन्सी नेपाल
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई 'बचपना टिप्पणी'को संज्ञा दिएकी छन् ।
बीआरआईमा हस्ताक्षर कांग्रेससँगको सहमतिमै भएको हो : गृहमन्त्री लेखक
कान्तिपुर संवाददाता
गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कांग्रेससँगको सहमतिमा भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २० गतेसम्मको चार दिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच 'बीआरआई सहकार्य फ्रेमवर्क' मा सहमति भएको थियो ।
भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भइन् : खेलकुदमन्त्री चौधरी
कान्तिपुर संवाददाता
नेपालको महिला राष्ट्रिय भलिबल खेलाडी अस्ट्रेलिया पलायन भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका छन् । उनले खेलाडीहरूको विदेश पलायन रोक्न जरुरी रहेको पनि बताए ।
माओवादी र नेसपा निकट शिक्षक संगठनबीच एकता घोषणा
कान्तिपुर संवाददाता
नेकपा (माओवादी केन्द्र)निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी (नेसपा)निकट शिक्षक समाजबीच एकता घोषणा भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कान्तिपुर संवाददाता
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमालेले मंसिर २५ गते सचिवालय बैठक बोलाएको हो ।
रास्वपाले पाँच जिल्लामा भेला गर्दै, केन्द्रीय नेता सहभागी
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले शनिबार पाँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको संगठन निर्माणका क्रममा रास्वपाले कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
अनलाइनमार्फत ठगी बढ्दो, पढेलेखेका नै पीडित
विवेक पोख्रेल
सामाजिक सञ्जाल फेसबुक चलाउँदै गर्दा ललितपुरकी एक महिलाका आँखा खेल खेलेर पैसा जित्ने पोस्टको विज्ञापनमा पुग्यो । घरमै बसेर पैसा आउने जानकारीले उनको ध्यान तान्यो र क्लिक गरिन् । त्यसपछि उनलाई सामाजिक सञ्जाल टेलिग्राममा जोडिन भनियो ।
मेयर साम्पाङको धम्कीविरुद्ध सञ्चारकर्मीले गराए गृहमन्त्रीको ध्यानाकर्षण
अर्जुन सुवेदी
सुनसरीका सञ्चारकर्मीले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । शुक्रबार एक कार्यक्रममा सहभागी हुन धरान पुगेका गृहमन्त्री लेखकलाई पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण पत्र बुझाएको हो ।
सर्वोच्चमा गोला प्रक्रियाबाट यसरी तोकिन्छ पेसी
घनश्याम खड्का
बिहानको ठीक १० बजे प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सर्वोच्च अदालतका सबै न्यायाधीश लस्करै बसेका थिए । सर्वोच्चको प्रांगणमा कानुन व्यवसायी र वादी–प्रतिवादीको उपस्थिति बाक्लिँदै गएको थियो ।
किन हुन्छ कम्युनिस्ट नेताको तारन्तर चीन भ्रमण ?
गंगा बीसी
नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको चीन भ्रमण बाक्लिँदै गएको छ । पछिल्ला तीन महिनामा मात्र एमाले, माओवादी, एकीकृत समाजवादीका दर्जनभन्दा बढी नेताले चीन भ्रमण गरिसकेका छन् ।
दलितलाई कुवा, गैरदलितलाई धारा
अर्जुन शाह
दशकौं पुरानो जीर्ण अवस्थाको कुवालाई पर्खालले घेरा हालिएको छ । त्यो होचो पर्खालको घेराभन्दा बाहिरपट्टि दक्षिणतर्फ अर्को अग्लो पर्खाल पनि छ, जसले दलित समुदायको कुवा र गैरदलितको धारालाई छेकबारको काम गरेको छ ।
पूर्वउपराष्ट्रपतिको गरिमा बिर्सेर फेरि दलीय राजनीतिमा
गंगा बीसी
दुई कार्यकाल उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन दलीय राजनीतिमा सक्रिय हुन थालेका छन् । उनी पछिल्लो समय माओवादी पदाधिकारी बैठकमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आएका छन् । पार्टीमा औपचारिक निर्णय नभए पनि अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा उनी पदाधिकारी बैठकमा जाने गरेका हुन् ।
मंसिर २१, २०८१
सर्वोच्चमा गोलाप्रथाबाट यसरी तोकिन्छ पेसी
घनश्याम खड्का
बिहानको ठीक १० बजे प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सर्वोच्च अदालतका सबै न्यायाधीश लस्करै बसेका छन् । सर्वोच्चको प्रांगणमा कानुन व्यवसायी र वादी–प्रतिवादीको उपस्थिति बाक्लिँदै गएको छ । उनीहरु सबैको आँखा प्रकाशित हुने पेसी सूचीको प्रतीक्षामा अडिएका छन् ।
एमाले सचिवालय बैठक मंगलबार बस्ने
कान्तिपुर संवाददाता
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक मंगलबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले यही मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिएका हुन् ।
पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
दुई आयोगका पदाधिकारीका लागि ४० जनाको नाम छनोट
कान्तिपुर संवाददाता
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले ४० जनाको नाम छनोट गरेको छ । समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम छनोट गरेको समितिका सदस्य प्रवक्ता खम्बबहादुर खातीले जानकारी दिए ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् ।
नेपाल प्रहरीमा १ हजार २ सय २३ पदका लागि नयाँ भर्ना आह्वान
कान्तिपुर संवाददाता
नेपाल प्रहरीले १ हजार २ सय २३ पदका लागि दरखास्त आह्वान गरेको छ । जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा रिक्त स्थानहरू पूर्ति गर्नका लागि खुल्ला प्रतियोगिताद्वारा भर्ना प्रक्रिया सुरु गरिएको हो ।
किन हुन्छ नेपालका कम्युनिस्ट नेताहरूको तारन्तार चीन भ्रमण ?
गंगा बीसी
नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको तारन्तार चीन भ्रमण हुँदै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमै रहेको बेला पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी वरिष्ठ नेता झलनाथ खनाल, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीनमै थिए ।
पत्रकार महासंघमा गिरी नेतृत्वको संयुक्त प्यानलको उम्मेदवारी
कान्तिपुर संवाददाता
पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।
संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयको उपकुलपति बन्न ३१ प्राध्यापकको आवेदन
कान्तिपुर संवाददाता
संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयको उपकुलपति बन्न ३१ जना प्राध्यापकले छनोट तथा सिफारिस समितिसमक्ष आवेदन दिएका छन् । कुलपति कार्यालयले उपकुलपति नियुक्तिका लागि समिति गठन गरी प्रतिस्पर्धाको आधारमा नियुक्तिसम्बन्धी कार्यविधि जारी गरि आवेदन माग गरेको थियो ।
त्रिविको नीतिसभा मंसिर २७ मा
कान्तिपुर संवाददाता
गत साउनमा नीति, कार्यक्रमबिनै बजेट पारित गरेको त्रिभुवन विश्वविद्यालयले आउँदो बिहीबार (मंसिर २७ गते) सभा (सिनेट) डोकेर नीति पास गर्ने भएको छ । नीति तथा कार्यक्रम पारितसहित केही नियम संशोधनका लागि सभा बैठक बस्न लागेको त्रिवि प्रवक्ता एमनसिंह बोहोराले जानकारी दिए ।