text stringlengths 2 914 |
|---|
भुटानी राजा स्वदेश फिर्ता |
कान्तिपुर संवाददाता |
अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्केका छन् । उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिन् । |
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने |
कान्तिपुर संवाददाता |
निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । |
भत्ता जोगाएर राखेको सहकारीमा बचत अपचलन, व्यवस्थापकले हिनामिना गरेपछि पालिका गुहार्दै बचतकर्ता |
नवीन पौडेल |
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ की कौशिल्या हरिजनले आपतमा सहयोग पुग्ने भन्दै बचत गरेर राखेको सहकारीको कार्यालयनै बन्द भएपछि अहिले हारगुहार गरिरहेकी छन् । ७० वर्षीया उनले आफ्नो सामाजिक सुरक्षा भत्ता जोगाएर दुई लाख रुपैयाँ जम्मा गरेको जनहित बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द भएको हो । |
भ्रष्टाचार नियन्त्रणको एउटै उपाय भनेको ई-गभर्नेन्स नै हो |
ज्योती श्रेष्ठ |
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले ई-गभर्नेन्सलाई लागू गर्न सकेमा भ्रष्टाचार नियन्त्रणमा आउने बताएका छन् । |
भुटानी राजाले गरे स्वयम्भूनाथ दर्शन |
कान्तिपुर संवाददाता |
भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् । |
भुटानी नरेश काठमाडौँमा |
कान्तिपुर संवाददाता |
भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । |
सरकारद्वारा सर्वोच्चको अवज्ञा : हिमाल सफाइको बजेट नै कटौती |
घनश्याम खड्का |
टाढाबाट हिमाल हेर्दा देखिने सेताम्मे हिउँको आकर्षणभित्र फोहोरेको डङ्गुरले भने आफ्नो उचाइ बढाउँदै लगेको छ । अधिवक्ता दीपक बम मिश्रका शेर्पाली साथीहरूले हिमालमा हिउँभन्दा फोहोर बढ्ने गरेको तीतो सत्य बरोबरजसो सुनाउँथे । |
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीविरुद्ध रिट दर्ता |
घनश्याम खड्का |
मानव तस्करीेको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिलको कार्यालयको निर्णय खारेज गरिपाऊँ भनी परेको रिटलाई सर्वोच्च प्रशासनले गरेको दरपीठविरुद्ध परेको निवेदन बिहीबार सर्वोच्चमै दर्ता भएको छ । |
बीआरआई सम्झौताप्रति गठबन्धनभित्रै संशय |
कुलचन्द्र न्यौपाने |
चीन भ्रमणमा जाँदा उत्साहित देखिएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न शंका र अविश्वासको भारी बोकेर फर्केका छन् । भ्रमणका क्रममा चीनसँग भएको बीआरआईसम्बन्धी सम्झौताका विषयमा टीकाटिप्पणी सुरु भइसकेको छ । |
प्रहरी र अदालतविरुद्ध खनिए मेयर साम्पाङ |
अर्जुन सुवेदी |
आफ्नो ‘मनमौजी’ कार्यशैलीका विषयमा समाचार लेख्ने पत्रकारलाई फेसबुकमार्फत धम्की दिएर आलोचना खेपिरहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ प्रहरी र अदालतविरुद्ध पनि खनिएका छन् । |
वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार ठहर |
घनश्याम खड्का |
नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । |
एक विद्रोही राणा |
दीपक सापकोटा |
राणा खलक र राणाकालमाथि ‘आधिकारिक’ इतिहास लेख्थे– पुरुषोत्तमशमशेर जबरा । राणाहरूकै आलोचना गर्थे । असलमा उनी थिए– एक विद्रोही राणा । जो लेख्थे राणाका विलासिता र भव्य जीवनशैलीका विवरणहरू तिथिमितिसहित । |
विपिन जोशी छिट्टै घर फर्कन्छन् : इजरायल |
होम कार्की |
प्यालेस्टिनी लडाकु समूह हमासले १४ महिनाअघि इजरायलमाथि आक्रमणका क्रममा बन्धक बनाएका कन्चनपुरका विपिन जोशी गाजापट्टीमा रहेको सूचना इजरायल सरकारले प्राप्त गरेको छ । यो सूचना सुनाउँदै इजरायलका लागि नेपाली राजदूत शमुलिक ए. बासले जोशी चाँडै नेपाल फर्कने आशा व्यक्त गरेका छन् । |
मंसिर २०, २०८१ |
विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी शाखाबाट ७ करोड रुपैयाँबराबरको सामान हरायो |
प्रताप विष्ट |
हेटौंडा उपमहानगरपालिका–५ भैरव रोडमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी शाखाबाट करिब ७ करोड रुपैयाँबराबरको सामान हराएको छ । बुझबुझारथका क्रममा सामान हराएको थाहा भएको हो । |
विपिन जोशी जीवितै छन् : इजरायल |
होम कार्की |
प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको इजरायलले जनाएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन् । |
'गृहमन्त्रीको पीए हुँ' भन्दै ठग्ने पक्राउ |
कान्तिपुर संवाददाता |
गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री लेखकको पीए बताउने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो । |
पत्रकारलाई धम्की दिने धरानका मेयर साम्पाङको कार्य विधिको शासनविपरीत : मिडिया लयर्स एसोसिएसन |
कान्तिपुर संवाददाता |
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समाचार लेखेको कारण पत्रकारलाई धम्की दिएर विधिको शासनविपरीत कार्य गरेको भन्दै मिडिया लयर्स एसोसिएसनले आपत्ति जनाएको छ । |
‘मेरो पालो अब १८ महिना, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु' |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक चार दिने चीन भ्रमणबाट फर्किएपछि आफ्नो कार्यकालबारे अभिव्यक्ति दिएका छन् । चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताएका हुन् । |
चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता गरेको छैन : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नगरेको बताएका छन् । |
जलवायु परिवर्तनले गरिबी र सामाजिक असमानता फराकिलो बनायो : पूर्वराष्ट्रपति भण्डारी |
कान्तिपुर संवाददाता |
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छन् । |
देशले बौद्धिक पलायनको गम्भीर समस्या भोग्नु परिरहेको छ : भट्टराई |
कान्तिपुर संवाददाता |
नेपालले विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा बौद्धिक पलायतको गम्भीर समस्या भोग्नु परेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् । |
नेपाल तीव्र सहरीकरणको प्रक्रियाबाट गुज्रिइरहेको छ : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । |
पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत पनि महिला प्रताडित छन् : गृहमन्त्री लेखक |
कान्तिपुर संवाददाता |
गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । उनले सामाजिक संजाललगायत डिजिटल मिडियाका माध्यमबाट महिलामाथि हिंसा भइरहेको बताउँदै त्यसलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए । |
नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न मन्त्री यादवको निर्देशन |
कान्तिपुर संवाददाता |
खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । |
चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओली चीनको ४ दिने औपचारिक भ्रमण पूरा गरी स्वेदश फर्किएका छन् । प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । |
इतिहासकार पुरुषोत्तमशमशेर जबराको निधन |
कान्तिपुर संवाददाता |
इतिहासकार पुरुषोत्तम शमशेर जबराको निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार राणाको निधन भएको हो । उनी ९९ वर्षका थिए । |
एमाले नेता भट्टराईको नेतृत्वको ११ सदस्यीय टोली चीन जाँदै |
कान्तिपुर संवाददाता |
एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई नेतृत्वको टोली विपद्सम्बन्धि अध्ययन भ्रमणका क्रममा बिहीबार चीनतर्फ जाने भएको छ । इन्जिनियरहरू संलग्न रहेको टोलीलाई एमाले महासचिव शंकर पोखरेलले बिहीबार पार्टी कार्यालयमा बिदाइ गरे । |
उद्योगमन्त्री भण्डारी र समकक्षी भारतीय मन्त्री जोशीबीच भेटवार्ता |
रासस |
भारतको औपचारिक भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच बुधबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको छ । |
ऊर्जामन्त्री खड्काले विद्युत् प्राधिकरणको काममा अवरोध गरिरहेका छन् : माओवादी केन्द्र |
कान्तिपुर संवाददाता |
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध गरिरहेको भन्दै आपत्ति जनाएको छ । |
धरानका मेयर हर्क साम्पाङले पत्रकारलाई धम्क्याएकोमा महासंघको ध्यानाकर्षण |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघका सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेखर धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । |
उपनिर्वाचनले ८४ मा एक्लै प्रतिस्पर्धा गर्ने आधार तय गरेको माओवादीको निष्कर्ष |
कान्तिपुर संवाददाता |
नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो । |
‘मार्सल ल’को असफल प्रयासपछि दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव |
बुद्धिसागर मरासिनी |
दक्षिण कोरियामा अप्रत्याशित रूपमा मंगलबार राति संकटकालीन ‘मार्सल’ कानुन लागू गरेका राष्ट्रपति युन सुक येओलले महाभियोगको सामना गर्ने भएका छन् । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युनविरुद्ध बुधबार महाभियोगको प्रक्रिया अघि बढाएका हुन् । |
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.