text
stringlengths
2
914
बयान सकिएपछि लामिछानेलाई पाेखरा लगियाे
रमेशकुमार पौडेल
सहकारी ठगी प्रकरणमा चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई आज बिहानै पाेखरा लगिएकाे छ ।
रास्वपा कार्यकर्ताले कुटे सञ्चारकर्मी, झडपमा प्रहरी–प्रदर्शनकारी घाइते
रमेशकुमार पौडेल
साहारा चितवन सहकारीको बचत अपचलनमा पूर्वगृहमन्त्री रवि लामिछानेसँग चितवन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुधबार बयान लिइरहँदा प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ताले सञ्चारकर्मीलाई कुटपिट गरेका छन् । रास्वपा कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप पनि भएको छ ।
प्राधिकरणमा निगरानी गर्न ऊर्जामन्त्रीको कार्यकक्ष
सीमा तामाङ
प्राधिकरणले जारी गरेका बिलमाथि छानबिन गर्न सरकारले बनाएको समितिको वैधानिकतामाथि नै कार्यकारी निर्देशक कुलमान घिसिङले प्रश्न उठाएपछि ऊर्जामन्त्री खड्काले प्राधिकरणमै आफ्नो कार्यकक्ष स्थापना गरेर निगरानी र नियन्त्रण बढाउन थालेका हुन् ।
युवा बोकेर जापान जाने मन्त्रीलाई उन्मुक्ति, पैसा गुमाउनेलाई मुद्दा किन ?
घनश्याम खड्का
मानव तस्करीेको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्‍याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएकामा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ ।
सहुलियतपूर्ण ऋणको बाटो खुला राखी बीआरआईमा हस्ताक्षर
कृष्ण आचार्य
‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) बाट अनुदान मात्रै लिने नेपालको प्रस्तावलाई चीनले अस्वीकार गरेपछि सहुलियतपूर्ण ऋण लिने बाटो खुला राखेर सम्झौता भएको छ ।
मंसिर १९, २०८१
चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताएका छन् ।
वर्षामा आधारित कृषि प्रणालीमा परनिर्भरता बढ्दै गएको निष्कर्ष
नुमा थाम्सुहाङ
जलवायु परिवर्तनको असरले नेपालमा वर्षामा आधारित कृषि प्रणालीमा परनिर्भरता बढ्दै गएको एक अध्ययनले देखाएको छ ।
वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन : ‘विद्रोहको कार्यदिशा’ पारित गर्ने तयारी
कान्तिपुर संवाददाता
मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (क्राकपाने) को राष्ट्रिय महाधिवेशनले विद्रोहको कार्यदिशा लिने करिब निश्चित भएको छ ।
माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि चीन भ्रमणमा
कान्तिपुर संवाददाता
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बुधबार चीन भ्रमणमा गएका छन् ।
शिक्षा ऐन छिट्टै आउँछ : कांग्रेस सभापति देउवा
कान्तिपुर संवाददाता
सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाले शिक्षा ऐन छिट्टै आउने बताएका छन् । जति सक्दो छिटो ऐन पारित गराउन सरकारलाई आग्रह गर्ने र त्यसका लागि कांग्रेसले सहजीकरण गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक : दाहाल
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान-२०८१ लाई सम्बोधन गर्दै बुधबार उनले यस्तो धारणा राखेका हुन् ।
रवि लामिछाने र छविलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
भूषण यादव
पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्समा पनि पक्राउ पुर्जी जारी भएको छ ।
कांग्रेसमा विकृति उत्कर्षमा छ : नेता सिटौला
सन्तोष सिंह
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीमा विकृति उत्कर्षमा रहेको बताएका छन् । 'विकृति समाधान गरी पार्टी संगठित र एकताबद्ध भएर अगाडि बढ्नु पर्ने समय आएको छ', सिटौलाले भने, ‘पार्टीमा समझदारी, एकता भएन । कमजोरीहरुबाट पाठ सिकेर अहिलेको व्यवस्थामा जनताकै लागि काम गर्नु पर्ने अवस्था आएको छ ।’
उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समीक्षा गर्छौं : पोखरेल
कान्तिपुर संवाददाता
सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचन परिणामको समीक्षा गर्ने बताएका छन् ।
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिए १० परियोजना[सूचीसहित]
कृष्ण आचार्य
नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन् । ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क सहमति हुँदा परेको हो ।
राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चितवनमा सहकारी पीडितको प्रदर्शन
रमेशकुमार पौडेल
चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता पीडितले प्रदर्शन गरिरहेका छन् । सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय चितवनमा बयान भइरहेका बेला पीडितले प्रदर्शन गरेका हुन् ।
नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर
कृष्ण आचार्य
बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको अनौपचारिक दुई दिने वार्तापछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीकै चीन भ्रमणका क्रममा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ । योसँगै अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई आधिकारिक रूपमा अघि बढाउने पक्का भएको छ ।
चितवनमा लामिछानेको समर्थनमा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार
रमेशकुमार पौडेल
सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन भएको छ ।
मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते
सुवास विडारी
हेटौंडा–सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको हो ।
पेकिङ विश्वविद्यालयले मदन भण्डारी विश्वविद्यालयलाई रणनीतिक सहयोग गर्न प्रधानमन्त्री ओलीको आग्रह
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र बेइजिङस्थित पेकिङ विश्वविद्यालयलाई नेपालको मदन भण्डारी विज्ञान तथा प्राविधि विश्वविद्यालयको शिक्षा क्षेत्रमा स्तरोन्नतीको लागि रणनीतिक सहकार्य गर्न आग्रह गरेका छन् ।
नेपालका राजनीतिक दलहरू ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्ध : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बुद्ध र कन्फ्युसियसको भूमि रहेको उल्लेख गर्दै सामंजस्यपूर्ण सह–अस्तित्व र स्थायी मित्रताको समृद्ध साझा इतिहासलाई प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् ।
नेपाल र चीन प्राचीन ज्ञानको भूमि : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताएका छन् । चीनको चार दिने भ्रमणमा रहेको नेपालका प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै भने, ‘नेपाल र चीन प्राचीन ज्ञानको भूमि हो ।’
हसिनापछिको बंगलादेशका ४ महिना
बुद्धिसागर मरासिनी
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेको चार महिना पुगेको छ । बंगलादेशमा लगातार १५ वर्ष शासन गरेकी हसिना आरक्षणविरोधी आन्दोलन चर्केपछि गत अगस्ट ५ मा देश छोडेर भागेकी थिइन् । गत जुलाई र अगस्टमा आरक्षणविरोधी प्रदर्शन चर्केसँगै हसिना सरकारले आन्दोलनकारीमाथि चरम दमन गरेको थियो ।
माझी दम्पती मृत्युको कारण अझै खुलेन
विवेक पोख्रेल
सिनामंगलस्थित एक होटलको रेलिङमा गत साता झुन्डिएको अवस्थामा फेला परेका दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । मंसिर ८ मा क्यानडाबाट फर्किएका दुहबी नगरपालिका–८, सुनसरीका ३४ वर्षीय रमेश माझी र ग्रामथान गाउँपालिका–३, मोरङकी २९ वर्षीया शर्मिला माझी भोलिपल्ट बिहान मृत फेला परेका थिए ।
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।
सहकारी ठगीमा लामिछानेसँग चितवनमा बयान
रमेशकुमार पौडेल
संगठित रूपमा सहकारी ठगी गरेको कसुरमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग चितवनमा बयान सुरु भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि डेढ महिनाअघि पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट जहाजमा मंगलबार ल्याएर बयान थालिएको हो ।
लुम्बिनीका अनुदान केन्द्रित कृषि कार्यक्रम ‘असफल’
घनश्याम गौतम
लुम्बिनी प्रदेश सरकारले अघि सारेका कृषि कार्यक्रम असफल बन्दै गएका छन् । कृषिमा आत्मनिर्भर प्रदेश बनाउने उद्देश्यसाथ लुम्बिनी सरकारले हरेक वर्ष बजेटमा कृषिलाई प्राथमिकतामा राख्दै नयाँ कार्यक्रम थप्दै आए पनि तिनको कार्यान्वयन प्रभावकारी बन्न नसकेको हो ।
संसदीय समिति सभापतिहरूले मागे मन्त्रीसरह मर्यादा र सुविधा
जयसिंह महरा
संसदीय समिति सभापतिहरूले मन्त्रीसरहको मर्यादा र सुविधा माग गरेका छन् । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, संघीय संसद्को संयुक्त समिति र प्रतिनिधिसभाअन्तर्गतका समिति सभापति, संसद् सचिवालय तथा समिति सचिवको बैठकमा उनीहरूले मन्त्रीसरह मर्यादाक्रम रहने गरी कानुनी व्यवस्था गर्न माग गरेका हुन् ।
एनपीएलमा सट्टेबाजी आरोपमा ४ भारतीय पक्राउ
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री लामिछानेकी पत्नी उपाध्यक्ष रहेको सहकारीका सबै सञ्चालकमाथि अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं महानगरको पत्र
यज्ञ बञ्जाडे
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनामा अनुसन्धान गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्र लेखेको छ ।
किन भएन बीआरआईमा हस्ताक्षर ?
कृष्ण आचार्य
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहकार्यसम्बन्धी दस्ताबेजमा हस्ताक्षर हुन सकेन । जबकि भ्रमण सुरु हुनुअगावै बीआरआई सहकार्यसँग सम्बन्धित दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति जुटेको भन्दै दुवै दलबीच खुसी साटासाट गरिएको थियो ।
९ समझदारी, ९ अर्ब सहायता घोषणा
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार दुई मुलुकबीच नौवटा सहमति तथा समझदारी भएको छ । यसबाहेक ९ अर्ब रुपैयाँ बजेटरी सहायता उपलब्ध गराउने घोषणा पनि चीनले गरेको छ ।