text
stringlengths
2
914
मंसिर १८, २०८१
नेपाल-चीन संयुक्त वक्तव्य : 'बीआरआई फ्रेमवर्कमा छिटोभन्दा छिटो हस्ताक्षर गर्ने तत्परता छ'
कान्तिपुर संवाददाता
नेपाल र चीनले आपसी विकास रणनीतिहरूको समन्वयलाई थप मजबुत बनाउन र 'बेल्ट एन्ड रोड' परियोजनामा गहिरो सहकार्य गर्ने सहमति जनाएका छन् ।
मन्दिर खन्ने क्रममा दुईवटा बम फेला
कान्तिपुर संवाददाता
पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ । कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो ।
सभामुख घिमिरे र सांसद सापकोटा नातेदार भएको पुष्टि गर्न जनमतलाई चुनौती : सभामुख सचिवालय
कान्तिपुर संवाददाता
सभामुख देवराज घिमिरे र सांसद गोमा लाभ सापकोटा नातेदार भएको पुष्टि गर्न जनमत पार्टीलाई सभामुख देवराज घिमिरेको सचिवालयले चुनौती दिएको छ । सभामुखमाथि लगाएका गैरकानुनी, असभ्य र निराधार आरोप फिर्ता लिन पनि जनमतलाई सभामुखको सचिवालयले आग्रह गरेको छ ।
संसदीय समिति सभापतिहरूले मागे मन्त्रीसरह मर्यादा र सुविधा
जयसिंह महरा
संसदीय समिति सभापतिहरूले मन्त्रीसरहको मर्यादा र सुविधा माग गरेका छन् । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, संघीय संसद्को संयुक्त समिति र प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिहरू, संसद् सचिवालयका सचिव र समिति सचिवहरूको बैठकमा संसदीय समिति सभापतिहरूको मर्यादाक्रम मन्त्रीसरहको हुनुपर्ने र सेवा सुविधा पनि सोहीअनुसार गर्नका लागि कानुनी र व्यवहारिक व्यवस्था गर्न माग गरेका हुन् ।
चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
टिकटकले जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ : सचिव अर्याल
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताइन् । उनले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गरेकी छिन् ।
प्रधानमन्त्री ओलीले दिए चिनियाँ समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । बेइजिङमा सोमबार भएको भेटवार्ताका दौरानमा प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री लीलाई नेपाल आउन निम्तो दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद ढकालले जानकारी दिए ।
प्रधानमन्त्रीको चीन भ्रमण : नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा
कान्तिपुर संवाददाता
चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दृष्टिविहीन दम्पती : अगरबत्ती बेचेरै १६ लाखको घरजग्गा
माधव अर्याल
दृष्टिविहीन गौरव तिमिल्सेना क्षेत्री (३६) को एउटा हातमा सेतो छडी छ । अर्को हातले दृष्टिविहीन श्रीमती सम्झना थापा तिमिल्सेना (३३) लाई डोर्‍याउँदै छन् । उनीहरूको यात्रा तय हुन्छ, नजिकको हार्थोक बजारका साथै भैरवस्थान मन्दिरसम्मको । घामपानी, जाडो-गर्मी, बिदा वा अन्य दिन केही भन्दैनन् । उनीहरूको दैनिकी यसैगरी बितेको ६ वर्ष भयो । निरन्तरताको मिहिनेत र यस्तै दैनिकीले दम्पतीलाई सफलता पनि दिलाएको छ ।
प्रधानसेनापति सिग्देल भारत जाँदै
कान्तिपुर संवाददाता
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चार दिने औपचारिक भ्रमणमा भारत जाने भएका छन् । सैनिक प्रवक्ता गौरव केसीका अनुसार प्रधानसेनापति सिग्देलले मंसिर २६ देखि २९ सम्म भारत भ्रमण गर्न लागेका हुन् ।
कांग्रेस र एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भयो : पुन
कान्तिपुर संवाददाता
स्थानीय तह उपनिर्वाचनले माओवादी केन्द्रको पक्षमा जनमत बढेको पुष्टि भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताएका छन् । कहिले कांग्रेस त कहिले एमालेको साथले माओवादी केन्द्र टिकेको भन्ने प्रचार पनि खारेज भएको पुनको भनाइ छ ।
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपति यादवको आग्रह
कान्तिपुर संवाददाता
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गरेका छन् ।
जनमतले सभामुखमाथि लगाएको आरोपको संसद् सचिवालयद्वारा खण्डन
कान्तिपुर संवाददाता
सभामुख देवराज घिमिरेले संसद् संचालनका क्रममा जातजाती र रंगका आधारमा भेदभाव गरेको भनी जनमत पार्टीले लगाएको आरोपको संघीय संसद् सचिवालयले खण्डन गरेको छ । संसद् सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै सभामुखमाथि जनमत पार्टीले लगाएको आरोपको खण्डन गरेको हो ।
कतारी जेलमा रहेका नेपालीको सजाय घटाउन राजदूतसँग उपराष्ट्रपतिको आग्रह
कान्तिपुर संवाददाता
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ । मंगलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो ।
उपनिर्वाचनको नतिजाले एक्लै चुनाव लड्न जनादेश : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उपनिर्वाचनको नतिजाले एक्लै चुनाव लड्न जनादेश दिएको बताएका छन् । मंगलबार प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले जनताले उपनिर्वाचनमार्फत आफ्नो एजेन्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न जनादेश दिएको बताएका छन् ।
प्रधानमन्त्री ओली र जनकंग्रेसका अध्यक्ष झावबीच भेट
कान्तिपुर संवाददाता
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ ।
त्रिवि क्रिकेट मैदानबाटै एनपीएलमा 'बेटिङ' खेलाउने ४ जना भारतीय पक्राउ
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । गत शनिबारदेखि त्रिवि अन्तराष्ट्रिय क्रिकेट ग्राउन्ड कीर्तिपुरमा जारी एनपीएलमा अनलाइनट सट्टेबाजी चलाएको आरोपमा प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
‘बीआरआई फ्रेमवर्क’ मा भएन हस्ताक्षर, आयोजनागत रूपमा मात्रै समझदारी
कृष्ण आचार्य
नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि बीआरआई फ्रेमर्वमा हस्ताक्षर हुन नसकेको हो ।
पोखरा एभेन्जर्सविरुद्ध चितवनको चुनौतीपूर्ण स्कोर
कान्तिपुर संवाददाता
लगातार दोस्रो विजयको खोजीमा रहेको चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध चुनौतीपूर्ण स्कोर बनाएको छ ।
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
कान्तिपुर संवाददाता
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ ।
कांग्रेसले भन्यो : उपनिर्वाचनमा एक्लै लड्दा प्राप्त स्थान सांगठनिक र गुणात्मक रूपले महत्त्वपूर्ण
कान्तिपुर संवाददाता
कांग्रेसले उपनिर्वाचनमा पार्टीको प्रदर्शन सन्तोषजनक र उत्साहवर्द्धक रहेको जनाएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवर्द्धक संकेतका रूपमा लिएको जनाएका हुन् ।
नेपाल र चीनबीच ९ बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर [सूचीसहित]
कान्तिपुर संवाददाता
नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो ।
सहकारी ठगी प्रकरण : बयानका लागि रवि लामिछाने चितवनको सरकारी वकिल कार्यालयमा
रमेशकुमार पौडेल
पूर्व गृहमन्त्री तथा चितवन-२ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि प्रहरीले मंगलबार मध्याह्न चितवन जिल्ला न्यायाधिवक्ताको (सरकारी वकिल) को कार्यालयमा उपस्थित गराएको छ ।
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
कान्तिपुर संवाददाता
नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न ९ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य
कान्तिपुर संवाददाता
बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन् ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
कान्तिपुर संवाददाता
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गरेका छन् ।
सहकारी ठगी प्रकरण : रवि लामिछाने बयानका लागि चितवनमा
रमेशकुमार पौडेल
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन चितवन प्रहरीले पूर्व गृहमन्त्री तथा चितवन–२ का सांसदसमेत रहेका राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का केन्द्रीय अध्यक्ष रवि लामिछानलाई आज मंगलबार चितवन ल्याएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने
कान्तिपुर संवाददाता
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । उनी मंसिर २३ देखि २५ गते (डिसेम्बर८-१०) सम्म काठमाडौंमा आउने भएका हुन् ।
सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई बयानका लागि चितवन लगियो
कान्तिपुर संवाददाता
सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ ।
विश्वविद्यालय थपिँदै तर विद्यार्थीको भार त्रिविमै
सुदीप कैनी
प्रदेशपिच्छे थरीथरी विश्वविद्यालय र सोही हैसियतका शैक्षिक प्रतिष्ठानको संख्या थपिँदै गए पनि उच्च शिक्षामा विद्यार्थीको आकर्षण भने जेठो र पुरानो त्रिभुवन विश्वविद्यालयबाट खासै घट्न सकेको छैन ।
मंसिर १७, २०८१
बेलका-९ को वडाध्यक्षमा माओवादीका भरत घिमिरे ३४ मतले विजयी
कान्तिपुर संवाददाता
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ को उपचुनावमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार घिमिरे ५ सय ५९ मतसहित विजयी भएका हुन् ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादीकी देवकी तिमिल्सिना विजयी
कान्तिपुर संवाददाता
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिना विजयी भएकी छिन् । उनी कांग्रेसकी उम्मेदवार सविता बुढालाई ४३ मतले हराउँदै विजयी भएकी हुन् ।
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शेर्पा विजयी
केदार शिवाकोटी