text stringlengths 2 914 |
|---|
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छिन् । उनी माओवादी उम्मेदवारलाई २ सय ५ मतान्तरले हराउँदै विजयी भएकी हुन् । |
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी |
कान्तिपुर संवाददाता |
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन् । |
कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमालेलाई माओवादीले उछिन्यो |
कान्तिपुर संवाददाता |
कीर्तिपुर नगरपालिकाको मेयर उपचुनावको मतगणना अन्तिम चरणमा पुगिरहेका बेला माओवादी दोस्रो स्थानमा उक्लिएको छ । कांग्रेसका कृष्णमान डंगोल ५ हजार ६९ मतसहित अग्रस्थानमा रहेका छन् । |
सत्ताबाट बाहिरिएपछि माओवादीलाई फापेको उपनिर्वाचन |
गंगा बीसी |
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । यसअघि पनि माओवादीले जितेको यो पालिकामा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भइन् । |
ओमानमा सामाजिक सुरक्षा सेवा प्रदान |
कान्तिपुर संवाददाता |
ओमानस्थित नेपाली दूतावासको समन्वयमा सामाजिक सुरक्षा कोषले मस्कट र सोहारमा सामाजिक सुरक्षा सेवा प्रदान गरेको छ । योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्न मस्कट र सोहारमा शुक्रबार, शनिबार र सोमबार सेवा प्रदान गरिएको हो । मस्कटमा मात्रै २१५ जनालाई सेवा दिइएको हो । |
सभामुखमाथि जनमतको गम्भीर आरोप, राजीनामा गर्न माग |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेमाथि जनमत पार्टीले गम्भीर आरोप लगाएको छ । जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले सोमबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले सांसद गोमा लाभ सापकोटालाई पदमुक्त नगरी 'आपराधिक कार्य गरेको' र संसद् संचालनका क्रममा नै नश्लवादी एवं रंगभेदी व्यवहार देखाएको आरोप लगाएका छन् । |
सेवा लिन घूस खुवाउन नपरोस् भनी काठमाडौं-१६ का जनताले मत परिवर्तन गर्नुभयो : पराजुली |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिका वडा नम्बर-१६ को अध्यक्षमा जित हासिल गरेको छ । यो जितसँगै रास्वपा स्थानीय सरकारमा सहभागी भएको छ । |
प्रधानमन्त्री ओली बेइजिङमा |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणमा बेइजिङ आइपुगेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली साेमबार चीन भ्रमणमा आएका हुन् । |
भ्रष्टहरूको संरक्षण गर्दागर्दै सरकार चल्नै नसक्ने अवस्थामा पुग्यो : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ |
विनय आजाद |
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्टहरुको संरक्षणमा लगेको आरोप लगाएका छन् । सिरहाको मुसहर्नियाँमा आयोजित तीनदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । |
सचिव भएको तीन वर्षमा सिग्देलको सातौं सरुवा |
ऋषिराम पौड्याल |
सचिवमा बढुवा भएको तीन वर्षमा सातौं पटक सरुवा भएर गोपाल सिग्देल अहिले सहरी विकास मन्त्रालय आइपुगेका छन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल पाँच दिन अघि निवृत्त भएपछि रिक्त स्थानमा सिग्देललाई सरुवा गरिएको हो । सिग्देल जल तथा उर्जा आयोगमा सचिव थिए । |
कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी विजयी |
महेश केसी |
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छिन् । नरपुराले ३ हजार ६ सय २७ मत ल्याएकी छिन् । |
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादीलाई सुरुवाती अग्रता |
कान्तिपुर संवाददाता |
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सोमबार दिउँसोदेखि सुरु भएको छ । वडा नम्बर १र २ मतगणना हुँदा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको हो । |
पुथा उत्तरगंगाको उपाध्यक्षमा सत्ता गठबन्धनभन्दा दोब्बर मतले माओवादीको अग्रता |
कान्तिपुर संवाददाता |
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको मतगणना भइरहेको छ । पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले सत्तारुढ एमाले र कांग्रेसका संयुक्त उम्मेदवारभन्दा दोब्बरले अग्रता लिएका छन् । |
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका छन् । |
पर्यटक हिँड्ने बाटोमै 'मकुना'को बास |
रमेशकुमार पौडेल |
जंगली भाले हात्ती 'मकुना' अचेल वन छाडेर पर्यटक र स्थानीयको ओहरदोहर भइरहने सौराहाको पिच बाटोमै भेटिन्छ । सौराहास्थित निकुञ्जको टिकट काउन्टर छेउमै वन हात्ती देखेपछि कुकुर भुक्ने र मान्छेले होहल्ला गरेको भिडियो अहिले सामाजिक सञ्चालमा छ्यापछ्याप्ती छन् । |
प्रधानमन्त्री ओली चीन प्रस्थान |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् । |
बीआरआई : कतै विकासको बिउ, कतै विवादको निहुँ |
बुद्धिसागर मरासिनी |
विभिन्न मुलुकसँगको सम्बन्ध र सम्पर्क सुदृढ बनाउने लक्ष्यसहित चीन सरकारले विश्वव्यापी पूर्वाधार विकास रणनीति ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ प्राथमिकताका साथ अघि बढाइरहेको छ । बीआरआईअन्तर्गत अनेक परियोजना विभिन्न मुलुकमा अघि सारिएका छन् । |
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका डंगोलको अग्रता कायमै |
कान्तिपुर संवाददाता |
कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायम छ । |
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी |
पर्वत पोर्तेल |
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे । |
काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् । |
उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान |
कान्तिपुर टिम |
स्थानीय तहमा रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३३ वडाध्यक्षका लागि मतदान भएको हो । |
क्रिकेटका दर्शकसँग शुल्क असुल्दै स्ववियु |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हेर्न पुगेका दर्शकसँग स्वतन्त्र विद्यार्थी युनियनका नाममा विद्यार्थीले पार्किङ शुल्क उठाउन थालेका छन् । विश्वविद्यालय परिसरमै मोटरसाइकल, गाडीलगायत सवारीसाधन पार्किङ गरेको शुल्क उठाएको भन्दै आलोचना भएको छ । |
‘भीभीआईपी’ को बिदाइ र स्वागतमा अब लर्को नहुने |
जयसिंह महरा |
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका अति विशिष्ट र विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किंदा विमानस्थलमा राज्यका उच्च पदस्थ अधिकारीको लर्को अब घट्ने भएको छ । |
प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा स्वीकृत |
कुलचन्द्र न्यौपाने |
प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चारदिने चीन भ्रमणका क्रममा ‘बीआरआई फ्रेमवर्क’ भित्र सञ्चालन हुने गरी नेपालले प्रस्ताव गर्ने नयाँ परियोजनासहितका एजेन्डालाई मन्त्रिपरिषद् बैठकले आइतबार अनुमोदन गरेको छ । |
ढिस्को खस्दा पुल निर्माणमा खटिएका एकै परिवारका चारसहित ५ मजदुरको पुरिएर मृत्यु |
काशीराम डाँगी |
ठेकेदार कम्पनीले प्राविधिक परिचालन नगरी मजदुर मात्र लगाएर पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको काम गर्दा आइतबार ढिस्को खसी पुरिएर एकै परिवारका चारसहित ५ मजदुरको मृत्यु भएको छ । |
सुन्तली धामी र अफताव आलमको नजिर : मानव तस्करीका आरोपी पूर्वमन्त्रीविरुद्ध चल्न सक्छ मुद्दा |
घनश्याम खड्का |
मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ । तर, कसैलाई मुद्दा लगाउने वा नलगाउने भन्ने निर्णय सरकारी वकिलले तजबिजका आधारमा गर्न सक्दैनन् भन्ने नजिर यसअघि नै बनेका छन् । |
त्रियुगा नगरपालिका- १२ को अध्यक्षमा माओवादीका राई विजयी |
कान्तिपुर संवाददाता |
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । त्रियुगा नगरपालिका १२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नविनकुमार वान्तवा राई निर्वाचित भएका हुन् । |
हेटौंडा- १२ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी |
सुवास विडारी |
मकवानपुरको हेटौंडा उपमहागरपालिका वडा नम्बर १२ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा हेटौंडा वडा नम्बर १२ को अध्यक्षका लागि भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका हुन् । |
मंसिर १६, २०८१ |
मन्त्रिपरिषद् बैठक : अमेरिकी अनुदान सहायता स्वीकार गर्ने निर्णय |
कान्तिपुर संवाददाता |
मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ । |
पूर्वयोजनाबिनै गरिने विकासले राम्रो प्रतिफल दिन सक्दैन : पूर्वप्रधानमन्त्री नेपाल |
शंकर आचार्य |
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वयोजनाबिनै गरिने विकासले जनतामा राम्रो प्रतिफल दिन नसक्ने बताएका छन् । |
स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान |
कान्तिपुर संवाददाता |
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । |
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न |
कान्तिपुर संवाददाता |
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । |
यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक चार दिने भ्रमणमा सोमबार निस्कँदै छन् । प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लागेका ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ । |
'भीभीआईपी'को विदेश भ्रमणको बिदाइ र स्वागतको लर्को हट्ने |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.