text
stringlengths
2
914
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका अति विशिष्ट र विशिष्ट (भीभीआईपी) विदेश भ्रमण जाँदा र फर्किँदा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने राज्यका उच्च पदस्थ अधिकारीहरूको लर्कोमा अब कमी आउने भएको छ ।
साहारा सहकारी बचत अपचन : चितवनमा पूर्वडीआईजी जोशीको बयान
रमेशकुमार पौडेल
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा चितवन प्रहरीले कास्की प्रहरीको हिरासतमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आइतबार भरतपुर ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरेको छ ।
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
कान्तिपुर संवाददाता
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
कोशीका तत्कालीन मन्त्री अधिकारीलाई पक्राउ गरी मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्च प्रशासनद्वारा दरपीठ
कान्तिपुर संवाददाता
मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री तथा एमालेबाट कोशी प्रदेश सभाका सदस्य लिलावल्लभ अधिकारीलाई काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यालयले दिएको उन्मुक्ति बदर गरी मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।
हेटौँडाका १०२ वर्षीय लामिछानेले गरे उपनिर्वाचनमा मतदान
रासस
स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
रोल्पामा पुल बनाउने क्रममा ढिस्कोले पुरिएर ५ जना मजदुरको मृत्यु
काशीराम डाँगी
रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको दुर्घटनामा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ९:५० बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको हो ।
बेइजिङस्थित नेपाली राजदूतले भने : प्रधानमन्त्री ओलीको भ्रमणको तयारी पूरा
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक ४ दिने चीन भ्रमणको तयारी पूरा भएको बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओलीले बताएका छन् । राजदूत ओलीले प्रधानमन्त्री ‌ओली सोमबार दिउँसो बेइजिङ उत्रने र त्यसपछि मंगलबार द्विपक्षीय भेटघाटमा व्यस्त रहने कान्तिपुरसँगको कुराकानीमा जनाए ।
नेपालमा नयाँ चरा गेरुमुहार चाँचर फेला पर्‍यो
मनोज पौडेल
नेपालमा नयाँ चरा गेरुमुहार चाचर फेला परेको छ । उक्त चरा माथिल्लो मुस्ताङको ३ हजार १ सय मिटर उचाइमा चराविद् शंकर तिवारीले फेला पारेका हुन् । पदयात्रा गर्दै चरा अवलोकनका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रको चेले गाउँमा रहेको स्याउ बगैंचामा उनले चरा देखेर तस्बिर खिचेका थिए ।
अमेरिका, जर्मनी, साउदी अरब र अस्ट्रेलियाका लागि नियुक्त नेपाली राजदूतले लिए शपथ
कान्तिपुर संवाददाता
विभिन्न देशमा नियुक्त भएका राजदूतहरूले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिरहामा मदिरा तस्करको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सईको मृत्यु
विनय आजाद
सिरहामा मदिरा तस्करी गर्ने गिरोहको जिपको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नेपाल-भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका-१ कचनारीमा आइतबार बिहान मदिरा तस्करले सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको किचेर हत्या गरेको प्रहरीको भनाइ छ ।
स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान सुरु
तस्बिर : अंगद ढकाल
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान सुरु भएको छ ।
आजको मौसम : चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
कान्तिपुर संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको छ । जल तथा मौषम विज्ञान विभागले आइतबार देशभरको मौसम सफा रहने जनाएको छ ।
बाढीपहिरोले खेत बन्यो बगर
ज्योती श्रेष्ठ
भाडामा लिएको २ रोपनीमा जंगबहादुर तामाङले भदौ दोस्रो साता आलु रोपेका थिए । बेथानचोक गाउँपालिका–३ स्थित उक्त फाँटमा मलजल, गोडमेल पनि राम्रै गरेका थिए । यसवर्ष ३० बोरासम्म आलु उत्पादन हुने उनको अनुमान थियो । तर असोज दोस्रो साताको बाढीपहिरोबाट बाली जोगाउन सकेनन् ।
प्रधानमन्त्रीको चीन भ्रमणको तयारी अन्तिम चरणमा
कुलचन्द्र न्यौपाने
प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारबाट हुने चारदिने औपचारिक चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । भ्रमण तयारीकै क्रममा चीन प्रस्थान गरेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेर शनिबार स्वदेश फर्किसकेकी छन् । सबैभन्दा पेचिलो बन्दै आएको बीआरआईसम्बन्धी दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेले शुक्रबार नै सहमति जुटाइसकेका छन् ।
स्थानीय तह उपनिर्वाचन आज
राजेश मिश्र
जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन हुँदै छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको हो ।
मंसिर १५, २०८१
प्रधानमन्त्रीको चीन भ्रमण : बीआरआई अघि बढाउने सहमतिपछि ओली उत्साही
गंगा बीसी
प्रधानमन्त्री केपी शर्मा ओली बहुचर्चित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अघि बढाउन कांग्रेस र एमालेबीच सहमति भएपछि उत्साहित भएका छन् ।
भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरणको पहल गर्दा ममाथि छुद्र टिप्पणी भएका थिए : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी तेस्रो मुलुक हस्तान्तरणमा पहल गर्दा आफूमाथि छुद्र टिप्पणी भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
बीआरआई कार्यदललाई प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाद्वारा धन्यवाद
कान्तिपुर संवाददाता
सत्तारुढ दल कांग्रेस र एमालेबीच बनेको कार्यदलले बीआरआई सहकार्य फ्रेमवर्कको मस्यौदा सहमतिमा बनाएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यदलका तीन सदस्य र एक प्राविधिक सदस्यलाई धन्यवाद दिएका हुन् ।
डोल्पावासीका आधारभूत आवश्यकता पूरा गर्न सरकार तत्पर र कटिबद्ध छ : मन्त्री यादव
कान्तिपुर संवाददाता
खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकार हरेक डोल्पावासी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
चीनबाट ऋण लिनैहुँदैन भन्ने अभिव्यक्ति अपरिपक्व छन् : उपसभापति वाग्ले
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले बताएका छन् ।
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा राष्ट्रपतिलाई चीन भ्रमणको जानकारी
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्रीको आसन्न औपचारिक चीन भ्रमणको बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।
बालेन, रवितिर संकेत गर्दै दाहालको टिप्पणी : 'फक्रिरहेका कोपिलालाई निमोठ्नु हुँदैन'
कान्तिपुर संवाददाता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं महानगरका मेयर बालेन शाह र सहकारी ठगीमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै लोकतन्त्रमा फक्रिइरहेका कोपिलालाई फुल्न दिनुपर्ने बताएका छन् ।
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
कान्तिपुर संवाददाता
स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोसिस नगरे हुन्छ : उपप्रधानमन्त्री पौडेल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले र कांग्रेसको सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण बनाउन कसैले कोसिस नगरे हुने बताएका छन् । एमाले र कांग्रेसको वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गर्दै गठबन्धनभित्र र बाहिरबाट भत्काउने कोसिस सफल नहुने उनको भनाइ थियो ।
बीआरआईअन्तर्गत अनुदान उपयुक्त हुन्छ : उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
कास्की उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने बताएका छन् ।
नेपालमा ९१ प्रतिशतले एचआइभी संक्रमण घट्यो
रासस
नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको संक्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको संक्रमण घटेको पाइएको हो ।
बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक : परराष्ट्रमन्त्री राणा
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरू नेपालमा अनुदानस्वरुप अघि बढाउन चीन सरकार सकारात्मक रहेको बताएकी छन् ।
पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान
कान्तिपुर संवाददाता
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा’
रासस
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन, वातावरण, वन्यजन्तुको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नेलगायत कामलाई मन्त्रालयले अघि बढाएको बताएका छन् ।
सरकार परिवर्तन गर्न कांग्रेससँग पहल गरेको छैन, गगन थापाप्रति दया लाग्छ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको बताएका छन् ।
विमानस्थल भन्सारबाट सुनसहित एक जना पक्राउ
ऋषिराम पौड्याल
त्रिभुवन विभानस्थल भन्सार कार्यालयले सुनसहित एक जनालाई पक्राउ गरेको छ । एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित शुक्रबार पक्राउ परेका हुन् ।
परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै
रासस
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कँदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।
लोकसेवाको राय ‘बाइपास’ गरेर प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी मस्यौदा मन्त्रिपरिषद्‌मा
मातृका दाहाल
गृह मन्त्रालयले लोक सेवा आयोगले दिएको रायलाई बाइपास गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) सम्बन्धी ऐनको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा पठाएको छ । मस्यौदाका केही महत्त्वपूर्ण प्रावधान हेरफेर गर्न लोक सेवाले सुझाव दिएको थियो । तर, मन्त्रालयले सुझाव सम्बोधन नगरी सुरुकै मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको हो ।
बिस्नोईका नामबाट व्यापारी धम्क्याउन प्रसाईं समूहको ‘सुपारी’
कान्तिपुर संवाददाता