text
stringlengths
2
914
साइबर अपराधमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतीय ‘आपराधिक समूह’ लरेन्स बिस्नोईका नाममा सहयोगीमार्फत बैंकर र व्यवसायीलाई धम्की दिने गरेको खुलेको छ । उद्योगी/व्यवसायी, बैंकरलगायतलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिले नै प्रसाईंको निर्देशनमा उक्त काम गरेको प्रहरी बयानमा खुलाएका हुन् ।
परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षीबीच भेटवार्ता
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार चीनको छेन्दु सहरमा भेटवार्ता भएको छ । भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल भएको छ ।
विमान चालक बन्दै दुई मुस्लिम युवती
माधव ढुंगाना
ललितपुर महानगरपालिका–२ सानेपाकी २० वर्षीया आलिया परबिन फिलिपिन्समा विमान उडाउने सीप सिकेर भर्खरै नेपाल फर्केकी छन् । रूपन्देही सिद्धार्थनगर नगरपालिका–९ गोलीगढकी २३ वर्षीया साइमा खान भने यतिबेला अमेरिकामा विमान उडाउने प्रशिक्षण लिइरहेकी छन् । यी दुवै युवती मुस्लिम समुदायका हुन् ।
बीआरआई फ्रेमवर्क’ मा हस्ताक्षर गर्न कांग्रेस–एमाले सहमत
कुलचन्द्र न्यौपाने
लामो रस्साकसीपछि सत्तारूढ कांग्रेस र एमालेले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का विषयमा साझा धारणा तय गरेका छन् । चीनले प्रस्ताव गरेको ‘कार्यान्वयन योजना’ शीर्षकको साटो ‘सहकार्य फ्रेमवर्क’ का नाममा सम्झौता गर्न शुक्रबार दुई दल सहमत भएका हुन् ।
मंसिर १४, २०८१
‘बीआरआई सहकार्य फ्रेमवर्क’मार्फत चीनलाई ६ वटा पूर्वाधार परियोजना प्रस्ताव गरिने
कान्तिपुर संवाददाता
सत्तारुढ दल कांग्रेस र एमालेले शुक्रबार सहमति गरेको ‘बीआरआई सहकार्य फ्रेमवर्क’मार्फत चीनलाई ६ वटा पूर्वाधार परियोजना निर्माणको लागि प्रस्ताव गरेको छ ।
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
कान्तिपुर संवाददाता
चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणमा गएकी परराष्ट्रमन्त्री राणाले वाङलाई नेपाल भ्रमणको पनि निम्तो दिएकी छन् ।
‘बीआरआई सहकार्य फ्रेमवर्क’मा एमाले र कांग्रेसबीच सहमति
कुलचन्द्र न्यौपाने
लामो समयको गृहकार्यपछि सत्तारुढ दलहरु कांग्रेस र एमाले चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउन तयार भएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन : नयाँ जनवादी क्रान्तिको कार्यदिशा प्रस्तुत
कान्तिपुर संवाददाता
मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (क्राकपाने)को एकता महाधिवेशनमा आधा दर्जन बढी प्रतिवेदन पेस भएका छन् ।
ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैन : मन्त्री गुरूङ
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्‍याउनेलाई कारबाही : गृह मन्त्रालय
कान्तिपुर संवाददाता
गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो ।
स्थानीय तह उपनिर्वाचन : मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
कान्तिपुर संवाददाता
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ ।
केसीलाई रथीको दर्ज्यानी
कान्तिपुर संवाददाता
नेपाली सेनाका प्रदीपजंग केसीलाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको छ । उनलाई शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले रथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
रामेछाप जिप दुर्घटना : मृतक ४ जनाको मात्रै सनाखत
केदार शिवाकोटी
रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडा भीरनजिकै जिरो किलोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो
कान्तिपुर संवाददाता
सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ ।
बुद्व जन्मस्थलमा अनिवार्य ध्यानका लागि सभाहल बनाइएको हो : प्रधानमन्त्री ओली
दीपेन्द्र बडुवाल , मनोज पौडेल
प्रधानमन्त्री केपी शर्मा ओेलीले बुद्ध जन्मिएकाे स्थानमा ध्यान अनिवार्य भएकाले लुम्बिनीमा ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय सभाहल निर्माण गरिएको बताएका छन् । हल निर्माणपछि अन्तर्राष्ट्रियस्तरका ध्यान र सम्मेलन आयाेजना गर्न सम्भव भएकाे बताए ।
रामेछापमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु
केदार शिवाकोटी
रामेछापमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।काठमाडौंबाट गोकुलगंगा गाउँपालिका-३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको जिप फर्पुमा दुर्घटना वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।
भारतीय आपराधिक समूहको नामबाट व्यावसायीलाई धम्क्याउने व्यक्ति 'दुर्गा प्रसाईंद्वारा सञ्चालित' ‍
कान्तिपुर संवाददाता
नेपालमा व्यावसाय गरिरहेका विभिन्न व्यक्तिहरुलाई भारतीय नम्बरबाट फोनकल तथा मेसेज मार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भन्दै धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि हुने चीन भ्रमणको क्रममा पेकिङ विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने भएका छन् ।
परराष्ट्रमन्त्री राणा छन्दुस्थित महावाणिज्यदूतावासमा
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवाले शुक्रबार चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छन्। त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।
सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैन : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताएका छन् ।
बीआरआई परियोजना र अनुदानमा कांग्रेस–एमाले मतैक्य, संरचनामा फरक मत
कुलचन्द्र न्यौपाने
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सञ्चालन गरिने परियोजना र लगानीका विषयमा सत्तारूढ कांग्रेस र एमालेबीच साझा धारणा बने पनि सम्झौताको संरचनागत अवधारणामा अझै मत मिल्न सकेको छैन ।
प्रहरीको स्वास्थ्य समूहतर्फ चार एसपी एसएसपीमा बढुवा सिफारिस
कान्तिपुर संवाददाता
नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ ।
आज देशभरको मौसम सफा रहने अनुमान
कान्तिपुर संवाददाता
आज देशभरको मौसम सफा रहने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
लामिछानेसँग आजदेखि काठमाडौंमा बयान
दीपक परियार
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौं पुर्‍याइएको छ ।
किन भइरहन्छ मल अभाव ?
राजु चौधरी
रासायनिक मल किन्न भनेर सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब ९५ करोड बजेट छुट्याएको छ । कृषि बाली उत्पादनमा मुख्य भूमिका खेल्ने रासायनिक मल किन्न विनियोजित रकम कृषि बजेटको झन्डै ५० प्रतिशत हो । गत वर्ष पनि मल किन्न ३० अर्ब रुपैयाँ छुट्याइएको थियो ।
किसानलाई चाहिएकै बेला मलको हाहाकार
कान्तिपुर टिम
तराई–मधेसमा हिउँदे बाली लगाउने बेला किसानले पर्याप्त रासायनिक मल पाउन सकेका छैनन् । मल नपाएकै कारण धेरै किसानले गहुँ, चना, मसुरो, तोरीलगायतका हिउँदे बाली लगाउन पाएका छैनन् । कतिपयले भने मल पाए पनि महँगोमा खरिद गर्नुपरेको छ ।
सहकारीकै बचतबाट लामिछानेलाई सवा दुई करोडको टोयोटा फर्च्युनर
मातृका दाहाल , जयसिंह महरा
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने चढ्ने गाडीसमेत स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनबाट खरिद गरिएको पुष्टि भएको छ । सवा दुई करोडको ‘टोयोटा फर्च्युनर’ गाडी किन्नेसहित विभिन्न प्रयोजनका लागि स्वर्णलक्ष्मीबाट निकालिएको ऋण भुक्तान गर्न लामिछाने आफैंले काटेका चेक पनि भेटिएका छन् ।
उपनिर्वाचनमा मौन अवधि
कान्तिपुर संवाददाता
स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार मध्यरातबाट ‘मौन अवधि’ सुरु भएको छ । मतदानभन्दा ४८ घण्टाअघि प्रचारप्रसारमा रोक लगाइने कानुनी व्यवस्थाअनुसार निर्वाचन आयोगले मौन अवधि लागू गरेको हो । यस अवधिमा कुनै प्रकारको प्रचारप्रसार वा मतदातालाई प्रभावित पार्ने कार्य गर्न नमिल्ने आयोगले जनाएको छ ।
साउदीमा ज्यान गुमाएका १०९ श्रमिकका परिवारलाई २७ करोड क्षतिपूर्ति
होम कार्की
साउदी अरबमा कार्यस्थलमै ज्यान गुमाएका नेपाली कामदारका परिवारले बल्ल क्षतिपूर्ति पाउन थालेका छन् । साउदीको रियादस्थित नेपाली दूतावास र साउदीको सामाजिक सुरक्षा बिमा (गोसी) बीच समन्वय र सहजीकरण भएपछि क्षतिपूर्ति वितरण हुन थालेको हो । गोसीसमक्ष मृतक श्रमिकका तर्फबाट पूरै कागजात पेस नगरिँदा २००२ देखि परिवारले क्षतिपूर्ति पाएका थिएनन् ।
मंसिर १३, २०८१
हिउँ चितुवामा संरक्षणमा नेपाल र चीनबीचको सहकार्य अपरिहार्य : मन्त्री शाही
कान्तिपुर संवाददाता
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवाको संरक्षणका लागि अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
चीनको छेन्दु पुगिन् परराष्ट्रमन्त्री राणा
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार बेलुकी चीन सिचुवान प्रान्तको छेन्दु सहर पुगेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी हुन् ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई ८ वर्ष कैद
कान्तिपुर संवाददाता
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई जनही आठवर्ष कैद र तीन करोड ४२ लाख २२ हजार आठसय रुपैयाँ बिगो र सोही बराबर जरिवाना निर्धारण गरेको छ ।
व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
रासस
सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न आदेश गरेको छ ।
प्रचण्डले हप्तामा एकपटक कांग्रेसलाई प्रधानमन्त्री बनिदिनुपर्‍यो भन्दै खबर पठाउनुहुन्छ : गगन थापा