text
stringlengths
71
459
label
int64
0
2
यतिबेला बनेपा कला र संगीतमय बनिरहेको छ । यहाँ जारी ‘बनेपा महोत्सव’ मा दैनिक राष्ट्रिय स्तरका कलाकारले प्रस्तुति दिइरहेका छन् ।
1
पेप ग्वार्डिओलाले सर्जियो एगुरोलाई म्यानचेस्टर सिटीका लागि वास्तविक नायकका रूपमा आइतबार राति प्रशंसा गरेका छन् । अर्जेन्टिनी खेलाडी एगुरोले दोस्रो हाफमा गरेको चार गोल मद्दतले इंग्लिस प्रिमियर लिगमा सिटीले लेस्टर सिटीमाथि ५–१ को आरामदायी जित निकाल्यो ।
2
तेस्रो झापा गोल्डकप फुटबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ ।
2
तिहार बिदापछिको पहिलो कारोबार दिन नेप्से परिसूचक १७.३१ अंकले घटयो । उक्त दिन बजारमा ९ करोड ९४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भयो ।
0
फ्रेन्चाइज टोली दिल्लीले २० लाख भारूमा सन्दीपलाई लिएसँगै उनी आईपीएल खेल्ने पहिलो नेपाली भएका छन् । बधाईको पात्र बनेका सन्दीपलाई विभिन्न व्यक्तित्वबाट शुभकामना प्राप्त भइरहेको छ ।
2
स्पेनिस ला लिगामा बार्सिलोनालाई स्पष्ट ५ अंकको अग्रता कायम राख्नका लागि लियोनल मेसीले वैकल्पिक खेलाडीका रूपमा आएर सानदार अन्त्य गरे । फ्रान्समा भने घरेलु मैदानमा कीर्तिमानी जितका बावजुद पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने खुसियाली मनाउन सकेन । 
2
तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर बनाइएको फिल्म ‘मिस्टर भर्जिन’ ले आफनो प्रदर्शन मिति तय गरेको छ ।
1
नि:सन्तान हुनुको पीडा पक्कै पनि गहिरो हुन्छ । समाजमा यस्ता दम्पतीहरू प्रशस्तै भेटिन्छन् । यस्तै दम्पतीको कथा व्यथामाथि सञ्चारकर्मी सुशील पौडेलले फिल्मको पटकथा लेखेका छन् ।
1
अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् । 
2
गत वर्षको दुई महिनामा १० प्रतिशतले वृद्धि भएको व्यापार घाटा यसपटक ४५ प्रतिशतले बढेको छ । २०७४/७५ को साउन र भदौमा १ खर्ब ४९ अर्ब ३४ करोड २९ लाखले मुलुक व्यापार घाटामा थियो ।
0
नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्सले नगदरहित स्वास्थ्य बिमा सेवाको सुरुवात गरेका छन् ।
0
यसै साता सम्पन्न इनास फिल्म अवार्डमा ‘जात्रा’ ले उत्कृष्ट फिल्मको अवार्ड हात पारेको छ । सोही फिल्मबाट अभिनेतामा विपिन कार्की र सम्पादनमा मित्र गुरुङ पनि उत्कृष्ट ठहरिएका थिए भने ‘डाइङ क्यान्डल’ की सृजना सुब्बालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको थियो ।
1
केही साताअघि मात्रै ‘ब्लाइन्ड रक्स’ ल्याएका निर्देशक मिलन चाम्सका दुई साताको फरकमा पुन: दुई फिल्म ‘लिलिबिली’ र ‘ह्याप्पी डेज’ आउँदै छन् ।
1
दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा’ फिल्म हेरिरहँदा आफू मूर्खझैं महसुस भएको अभिनेत्री ऋचा शर्माले बताएकी छन् । फिल्मको दोस्रो सिक्वेल अझै नहेरेकी उनले भनिन्, ‘मौका मिलेको छैन । छक्का पञ्जा एकमा दर्शक हाँसेको देख्दा, आई फेल्ट लाइक अ फुल ।’
1
उनी हुन त बलिउडका नायक हुन्, त्यो पनि सफल । तर, धेरैजसोले उनलाई सञ्जय दत्तपछिको अर्को खलनायक जस्तो मान्ने गर्छन् । यस्तोचाहिँ उनको स्पष्टवादिताका कारण हुने गरेको हो । अरूलाई नगन्ने स्वभावका सलमान खान योपालि चाहिँँ बडो उदारतापूर्वक प्रस्तुत भएका छन् । त्यो पनि अर्काको गुणगान गाउनमा ।
1
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेटको सर्वोच्च निकाय निलम्बनमा परेको असर कतिसम्म छ भने त्यो वर्तमान राष्ट्रिय टोलीलाई हेरे पुग्छ । नेपाली क्रिकेटको भविष्यसँग जोडिएको विश्व क्रिकेट लिग डिभिजन २ नजिकिए पनि नेपाली टोलीको तयारीले सोचेअनुरुप गति लिन सकेको छैन । 
2
चितवन राइनोजले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै चितवन दोस्रो चरणमा प्रवेश गरेको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले टस जित्दै ५ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
2
बन्दना श्रेष्ठ यितबेला मोडलका रुपमा स्थापित हुने क्रममा छिन् । थुप्रै फोटोसेसनमा सहभागी भइसकेकी बन्दनाको व्यवसायिक मोडलिङ भने कायरा रनवे फेसन सोबाट सुरु गरेकी हुन् ।
1
भक्तपुर जिल्लाव्यापी यु-१६ फुटसल गोलकप प्रतियोगिताको उपाधि कौशलटारमा रहेको जनप्रेमी स्कुलले उचालेको छ । 
2
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो लोगो परिवर्तन गरेको छ । खुला प्रतिस्पर्धामार्फत ५ सय ७० प्रतिस्पर्धीलाई पछि पार्दै पोखराका सन्दीप तिवारीले डिजाइन गरेको लोगोलाई एन्फाले आधिकारिकता दिएको हो । 
2
सीप र जाँगर भएपछि कोदो र मकै मात्र उत्पादन हुने जमिनमा मनग्ये गोलभेंडा र फर्सी उत्पादन हुन थालेको छ । 
0
एभरेस्ट फिल्म एकेडेमीले पाँच फिल्मकर्मीलाई सम्मान गरेको छ । ‘एभरेस्ट लाइफ टाइम अचिभमेन्ट अनर’ बाट वरिष्ठ फिल्म निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मानित गरिएको हो । पूर्वप्रधान सेनापति रुक्मांगद कटवालले शर्मालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरे ।
1
संसारका सबैभन्दा ठूला शत्रु दाजुभाइ हुन्छन् भन्ने भनाइ छ । तर, बलिउड स्टार सलमान खान र उनका दुई भाइको सम्बन्ध हेर्दा यस्तो लाग्दैन । एउटै क्षेत्रमा भएर पनि सलमान, अरबाज र सोहेलबीच प्रतिस्पर्धाको भावना देखिँदैन ।
1
सधैंझैं यस वर्ष पनि भदौमा रिलिज हुन तम्सिने फिल्मको लाइन लामो छ । त्यही मेसोमा फिल्म ‘ए मेरो हजुर २’ पनि मिसिएको छ । आइतबार एक कार्यक्रम गरी फिल्म युनिटले भदौ १६ लाई रिलिज निश्चित गरेको हो । यसै फिल्मबाट निर्देशनमा समेत हात हालेकी नायिका झरना थापाले आफ्नै जन्मदिनको अवसर पारेर फिल्मको रिलिज मिति घोषणासँगै एउटा गीत पनि सार्वजनिक गरिन् ।
1
यहाँ गौतम बुद्ध अन्तर्राष्ट्रि्य विमानस्थलको निर्माण कार्यले गति लिएको छ  । आयोजना शिलान्यास भएदेखि विभिन्न अवरोधले निर्माण सुस्त थियो  । हाल विमान पार्किङस्थल पिचको काम सकिएको छ । टर्मिनल हाउस निर्माण धमाधम छ । यही गतिमा काम भए निर्धारित समयमा निर्माण कार्य पूरा हुने आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले बताए ।
0
पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनि बढ्न थालेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वका १९ वटा देसमा नेपाली छुर्पी पुगेको छ । पहिला कोसेलीका रूपमा मानिसले चपाउने छुर्पी अहिले बिदेशी बजारमा कुकुरको आहारा बनेको छ ।
0
छ महिनाबीचमा यतिखेर दोश्रो पटक बेलायती माटोमा छन्, नायक अनुप विक्रम शाही । हांस्यप्रधान चलचित्र ‘कमलेको बिहे’ को रेड कार्पेट प्रिमियर शोका लागि बेलायत आएका उनी नेपाली दर्शकको मायाले दंग छन् ।
1
मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले भोजबहादुर शाहलाई पुन: संचालक समितिकाे अध्यक्षमा चयन गरेकाे छ । शुक्रबार सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।
0
न्यु डायमन्ड क्लबले पनि आधी आवाधी महिला भलिबल लिग (एभीएल) मा प्रतिस्पर्धा गर्ने भएको छ ।
2
क्वीक्स बास्केटबल लिगको सुरुआती चार खेलमा अपराजित एएनके कीर्तिपुर बास्केटबल टिम (केबीटी) ले मंगलबार लगातार तेस्रो हार बेहोरेको छ ।
2
अभिनेता हरिहर शर्माले आफ्नो करिअरको सबभन्दा महत्त्वपूर्ण फिल्म ‘वासुदेव’ बनेको ३२ वर्षपछि आइतबार फेरि हेर्न पाए । चलचित्र समीक्षक समाज (फिक्सन) द्वारा अनामनगरको युनियन हाउसमा थालिएको साप्ताहिक फिल्म प्रदर्शनी तथा छलफल शृंखला ‘सन्डे सिनेमा’ मा फिल्म हेरेपछि उनले भने, ‘आफूले अभिनय गरेको भए पनि फिल्म हेर्ने मौका मिलेको थिएन ।’
1
दुई फिल्मको प्रदर्शन मिति एकै दिन भएपछि ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ बीच टकराव हुने देखिएको थियो  । तर, आपसी सहमतिमा ‘जय भोले’ को रिलिज मिति ‘छक्का पञ्जा’ भन्दा पर सारियो  ।
1
नेपालले भारतसँगको वाणिज्य (व्यापार) सन्धि पुनरावलोकनका क्रममा निकासी प्रवद्र्धनका अलावा वैदेशिक लगानी आकर्षित गर्ने विषयलाई विशेष जोड दिने भएको छ ।
0
नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिदका बिक्रीका लागि भएको सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।
0
घरेलु टोली यूएईले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई ३ विकेटले पराजित गरेको छ । सानो स्कोरको खेलमा पनि नेपालले झण्डै खेल पल्टाएको थियो ।
2
लिग जितेपछि निरन्तरता गुमाएको मनाङ मर्स्याङदी क्लब फेरि एकपल्ट पराजित भएको छ । १७ औं आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा मनाङ शनिबार एपीएफसँग १–० ले स्तब्ध भएको हो । 
2
विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् ।
0
नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र सञ्चारकर्मी निरु त्रिपाठीको स्वर रहेको गीत ‘कोरेर मीठा भावहरु....’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
1
दैनिक अस्पतालमा पोस्टमार्टम गर्ने मान्छेको जीवन कस्तो हुन्छ ? उसलाई समाजले कसरी हेरेको हुन्छ ? उसको मनोविज्ञान कस्तो होला ? यिनै कुराहरू समेटिएको फिल्म ‘भुइँमान्छे’ को गीत र फस्टलुक (टिजर) सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै साउन २० बाट फिल्म रिलिज हुनेसमेत फिल्म युनिटले घोषणा गरेको हो ।
1
लगातार चार वर्ष हुन नसकेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (८,५८६ मिटर) को आरोहण तयारी यो वर्ष थालिएको छ । सेभेन समिट ट्रेक्स एन्ड एक्सपिडिसन, एसियन ट्रेक, बेस्टक्याम ट्रेकिङलगायतका कम्पनीले उक्त तयारी सुरु गरेका हुन् ।
0
विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । 
2
वैशाख दोस्रो सातादेखि छायांकन थालिने भनिएको ‘रुट नं २३’ मा सौगात मल्ल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् ।
1
भूकम्प, भोटेकोसी बाढी र पहिरोबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको मर्मतले तीव्रता पाएको छ । भोटेकोसीदेखि सुनकोसी क्षेत्रमा रहेका साना ठूला आयोजनाहरू छिटोभन्दाछिटो सञ्चालनका लागि मर्मत भइरहेको हो ।
0
आयोजक सुदूरपश्चिमाञ्चल–११ स्पोर्टिङ क्लबको चुनौती २–० ले पन्छाउँदै एपीएफ आइतबार नेपाल आइस दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनल पुगेको छ । एपीएफले सोमबार नै उपाधि भिडन्तमा अर्को विभागीय टोली आर्मी क्लबको सामना गर्दैछ ।
2
‘जनताको पैसा गलत ठाउँमा प्रयोग नगर्न बैंकहरूलाई धेरैपटक भनिसकेको छु तर धेरैले नसुनेजस्तो छ, आज फेरि राम्रोसँग सुन्नुहोस्, नटेर्ने वित्तीय संस्थालाई अब छोडिन्न ।’ राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालको भनाइ हो यो ।
0
क्रिकेटमा जस्तै फुटबलमा पनि नेपालमा पहिलोपल्ट फ्रेन्चाइज लिग फुटबल हुने भएको छ । आयोजनाका लागि नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग मंगलबार सम्झौता गरेको छ ।
2
‘लिरिल फ्रेस फेस’ चौथो संस्करणको उपाधि हिसिला महर्जनले जितेकी छन् । दर्शकका लागि रोमाञ्चक र सहभागीहरूका लागि चुनौतीपूर्ण भएको चौथो संस्करण मंगलबार राति समापन भएको छ । सात सयभन्दा बढी इन्ट्रीबाट छानिएर हरेक टास्क र एपिसोडमा उत्कृष्ट प्रदर्शन गर्दै टप थ्रीमध्ये सर्वोत्कृष्ट भएर हिसिलाले उपाधिका साथ १ लाख रुपैयाँ र स्कुटर जितेकी छन् ।
1
एक सय सत्तरीभन्दा बढी फिल्म खेलिसकेका राजेश हमाल पछिल्लो समय रंगमञ्चतिर पनि तानिएका छन् । ६ वर्षअघि मात्रै रंगमञ्च यात्रा सुरु गरेका उनी काँडाघारीस्थित अक्षरा स्कुलको अभि थिएटरमा भेटिए ।
1
नेपाल र म्यान्मारबीच शुक्रबार व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीबीचको भेटवार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो ।
0
कञ्चनजंघा हिमालले यो वर्ष ८२ लाख २६ हजार ७ सय रुपैयाँ रोयल्टी रकम संकलन गरेको छ । पर्वतारोहणका लागि गएकाहरूबाट मात्रै यति रकम संकलन भएको हो । कञ्चनजंघा आरोहण गर्नेबाट संकलित सम्भवत: यो अहिलेसम्मकै सबैभन्दा बढी रकम हुन सक्ने अधिकारी बताउँछन् ।
0
चीनको क्विजो प्रान्तबाट आएका हुन् कलाकार जियाङ बुजिआन । दोङ सम्प्रदायका उनले सोमबार राजधानीमा आयोजित चिनियाँ सांस्कृतिक कार्यक्रममा नेपाली गीत ‘रेशम फिरिरि...’ को धुन बनाए ।
1
संगम फुटबल क्लबले बुधबार दोस्रो भीमकाली सेभेन ए साइड कप फुटबलको उपाधि जितेको छ । संगमले पुरानो टुँडिखेलमा सम्पन्न फाइनलमा तारा फुटबल क्लबलाई १–० ले हराउँदै १ लाख २५ हजार रुपैयाँ जितेको छ ।
2
जयप्रताप मल्ल कविता संग्रह लिएर पाठकमाझ आएका छन् । ‘मेरो कथा मूर्खको घर’ फ्रेन्ड्स अफ नयाँगाउँको भेटघाट कार्यक्रममा पूर्वजर्नेल भरत मल्लसहितले सार्वजनिक गरे ।
1
हवाई क्षेत्रमा स्थापित हुन खोजिरहेको श्री एयरलाइन्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणमा एयरलाइन्स पार्टनरका रूपमा जोडिएको छ । डीपीएलको दोस्रो संस्करण चैत १७ बाट धनगढीमा सुरु हुनेछ । 
2
बैंकहरूका सबै शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ । चार महिनाअघि ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ तयारी गरी सरकारले लागू गर्न निर्देशन दिएको थियो ।
0
विजेताको सर्वाधिक पुरस्कार ६ लाख रुपैयाँका लागि आधीआवाधी एनभीए महिला भलिबलको फाइनलमा चितवन टाइगर्स र एपीएफ क्लब भिड्ने भएका छन् ।
2
नेपाल विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ । बुलाबायोमा टस जितेको जिम्बावेले ६ विकेट गुमाई ३ सय ८० रन बनायो । नेपालले खर्चेको यो अहिलेसम्मकै सवैभन्दा बढी रन हो । जिम्बावेबाट ब्रेन्डन टेलर र सिकन्दर राजाले शतक बनाए ।
2
‘घर वरपर र खेतमा उम्रिने सबैखाले वनस्पति झार होइनन्, तीमध्ये कतिपय जडीबुटी पनि हुन सक्छन् ।’ मोरङ जहदा ७ महादेवकोल बस्तीकी देवतिया मण्डल यो ज्ञान पाएपछि खुसी छिन् ।
0
बिमा व्यवसाय सीमित क्षेत्र तथा वर्गमा मात्र केन्द्रित भएकाले त्यसलाई विकेन्द्रीकरण गर्न अर्थमन्त्री युवराज खतिवडाले निर्देशन दिएका छन् । एउटै क्षेत्रमा मात्र केन्द्रित हुँदा जोखिम धेरै हुने भएकाले त्यसलाई अन्य क्षेत्रहरूमा पनि विस्तार गर्न बिमा कम्पनीहरूलाई उनले निर्देशन दिएका हुन् ।
0
बर्थ डे, म्यारिज एनिभर्सरी या कुनै खुसीयालीको क्षण । साथीभाई जम्मा भएर पार्टी दिने संस्कृति झयाँगिँदै गएको छ । युवा रंगकर्मी नानी थापाले भने आफ्नो बर्थ डे कुनै भोज भतेर नगरी आश्रममा मनाएकी छन् ।
1
कुनै समय दार्जिलिङ नेपाली साहित्यको केन्द्र जस्तै थियो । बीचको विश्रामपछि फेरि यहाँको नयाँ पुस्ता जुरमुराउँदै छ । यस्तै जागरणबीच नेपाल लिटेररी ग्रुप दमकले यस पटक ‘अनप्लग कविता साँझ’ शृंखलाको १२ औं संस्करण मेचीपारि पुर्‍याएको छ ।
1
पाँचथरका लम्की ब्युटी पार्लर, सविता ढाका उद्योग, चाहना टेलरिङ सेन्टरलगायतले महिला उद्यमशीलता विकास कोषबाट ऋण लिएर आफ्नो व्यवसाय विस्तार गरेका थिए । तिनले बिनाधितो ६ प्रतिशत ब्याजमा तीन वर्षभित्र तिरिसक्ने गरी एक लाखदेखि पाँच लाख रुपैयाँसम्म कर्जा लिएका थिए ।
0
मलाई मतदानजस्तो मौलिक अधिकार प्रयोग गर्ने संयोग नै जुरेन । स्थानीय निर्वाचनमा पनि फिल्मकै काममा व्यस्त थिएँ । अहिले त झन मुस्ताङमा छु । जनताले जनताको हितका लागि उम्मेदवार छनोट गर्ने प्रणाली हो– निर्वाचन ।
1
धनगढीप्रदेश सरकारले कञ्चनपुरमा भएको झडपमा शुक्रबार मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने भएको छ ।  मन्त्रिपरिषद्को शनिबार आकस्मिक बैठकले मृतक सन्नी खुनाका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको हो । क्षतिपूर्ति रकम भने खुलाएको छैन ।  
0
गायिका योजना पुरी नयाँ सांगितिक कोसेली लिएर स्रोतामाझ आएकी छन् । उनको 'औंठी खसेछ' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
1
सीवाइसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अत्तरियाले बुधबार धनगढीस्थति फाप्ला क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्सलाई पहिलो क्वालिफायरमा ४१ रनले पराजित गर्‍यो ।
2
अमेरिकाको तनावपूर्ण भ्रमणमा अन्तत: रियल म्याड्रिडविरुद्ध हात पारेको २–१ को जितले जोसे माउरिन्होलाई केही खुसी दिएको छ । पहिलो हाफमा एलेक्सिस सान्चेज र एन्डर हरेराले गोल गरेपछि युनाइटेडले सफलता पाएको हो ।
2
चार वर्षयता नाजिर हुसेनले चारै वटा फिल्म खेले । फिल्मले दर्शकको मन जिते पनि । उनलाई भने फिल्मी दुनियाँमा आफ्नो कला अझै खुल्न नसकेको भन्ने लाग्छ । भने पनि, ‘अझै बेस्ट काम दिन सकेकै छैन ।’
1
पाकिस्तानको लाहोरमा हुने प्रथम अफजल स्मृति अन्तर्राष्ट्रिय हक्की प्रतियोगितालाई नेपाली टोलीको छनोट गरिएको छ ।
2
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले जित हात पारेको छ । प्रदेश नम्बर ७ संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार भएको खेलमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई सात विकेटेले पराजित गरेको छ । १४६ रनको लक्ष्य १८.४ ओभरमा पुरा गर्‍यो।
2
मिलन चाम्सको निर्देशन रहेको ‘लिलिबिली’ को यति बेला लन्डनमा सुटिङ धमाधम चलिरहेको छ । स्कटल्यान्ड र लन्डनमा सुटिङ चलिरहँदा फिल्मका निर्माता गोविन्द शाहीले केही फोटो मिडियालाई उपलब्ध गराएका हुन् ।
1
भुटानी शरणार्थीहरूको कथालाई लिएर बनाइएको फिल्म ‘देश खोज्दै जाँदा’ को बिहीबार एक कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरसँगै फिल्म जेठ १२ देखि प्रदर्शनमा आउने जानकारी दिइएको छ ।
1
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का शुक्रबार ‘प्रथम मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित भएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको क्रिकेट विभागद्वारा आयोजित प्रथम क्रिकेट महोत्सवमा पारस राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भए । कप्तान पारस २५ हजार रुपैयाँसहित सम्मानित भए । 
2
‘फिर्के’ फिल्मको प्रवद्र्धनात्मक यात्रामा निस्केका कलाकार र फिल्मकर्मीले शनिबार दोर्दी गाउँपालिका–८ दुबारगाउँको मैदानमा फुटबल खेलेका छन् । 
1
फरक भूगोल, समाज र संस्कृति आधारित फिल्मको स्वाद चाख्न चाहनेका लागि राजधानीमा इजरायली फिल्म फेस्टिभल सुरु भएको छ । सभामुख ओनसरी घर्ती मगरले मंगलबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा फेस्टिभल उद्घाटन गरिन् । मगरले दुईदेशीय सांस्कृतिक आदान–प्रदानमा यस्तामा फेस्टिभलले महत्त्वपूर्ण योगदान पुर्‍याउने दाबी गरिन् ।
1
राष्ट्रिय विभूति एवं नेपाली सेनाका कप्तान बलभद्र कुँवरबारे इतिहासमा पढ्न पाइन्छ । स्कुल/कलेजका पाठ्यपुस्तकमा उनको वीरगाथा समेटिएको छ । यिनै नेपाली स्वतन्त्रता सेनानीमाथि अब फिल्म बन्ने भएको छ ।
1
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार बर्नलीको घरेलु मैदानमा २–० को सहज जित दर्ता गरेको छ ।
2
चित्रदेखि प्रभावित भई फेसन डिजाइन गर्ने चलन नयाँ होइन । अन्तर्राष्ट्रिय फेसन उद्योगको इतिहास पल्टाउने हो भने सय वर्ष अघिदेखि नै यस्तो भएको पाइन्छ ।
1
गत सिजनको सफल टोली त्रिभुवन आर्मी क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार आर्मीले आयोजक दमक ११ लाई ६–० ले पराजित गर्‍यो । आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले ह्याट्रिक गरे ।
2
दिल्लीका चर्चित व्यापारी आनन्द अहुजासँग बलिउड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाँधिएकी छन् । 
1
प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मोरङमा दुई वर्ष अवधिमा थप ६० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार भएको छ । गत वर्ष ४५ हेक्टर र यस वर्ष १५ हेक्टरमा गरिएको छ ।
0
विभागीय टोली त्रिभुवन आर्मी क्लबले शनिबार दोस्रो मदन भण्डारी आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ ।
2
सफल फिल्म ‘जात्रा’ को सिक्वेलको रूपमा बनेको ‘जात्रैजात्रा’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ  । प्रस्तुतकर्ता रवीन्द्रसिंह बँनियाँका अनुसार, प्रदीप भट्टराई निर्देशित उक्त फिल्म वैशाख २७ देखि प्रदर्शनमा आउने भएको छ  ।
1
जुलाई अन्तिम साता बेलायतका युवाबीच गरिएको ‘यूके डान्स अफ २०१७’ प्रतियोगिता जितेपछि दंग छिन् जसिता गुरुङ ।
1
महिला संवेदनालाई लिएर हेमन्त ओलीले लेखेका गीतको सँगालो श्रोतामाझ आएको छ । ‘अन्तरा’ राजधानीमा शनिबार गायक प्रेमध्वज प्रधान, संगीतकार शक्ति बल्लभलगायतले सार्वजनिक गरे ।
1
दीपिका पादुकोण ‘इन्टरटेनर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी छन् । स्वाभाविकै हो, अवार्ड पाएपछि चर्चा भइहाल्छ । कलाकारका लागि यो कुराले बढी अर्थ राख्छ पनि ।
1
तिहारका पाँच दिन अर्थात् यमपञ्चकमाथि एकुन्टा गीत बनाउन पाए कस्तो हुन्थ्यो होला † दिदीभाइको सम्बन्ध, लक्ष्मीपूजाको तामझाम, काग, कुकुर र गोरु तिहारको रीतमाथि छुट्टाछुट्टै गीत बनाउन सके कति मीठो सुनिन्थ्यो होला । तर, अभ्यास यसको ठीक विपरीत भइरहेको देख्छन्, गीतकार दिनेश अधिकारी ।
1
सानो माया आऊ न वर भन्छन् सबै गाउँका मोरा चौबन्दी चोली अनि रातो घाँघर...
1
गुणस्तरहीन घिउ उत्पादन गरी वर्षौंदेखि बिक्री गर्दै आएका सञ्चालकमध्येका एक अभियुक्तलाई थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतले दिएको छ ।
0
रुस्लान कर्णाली प्रिमियर लिगमा शुक्रबार धनगढी क्रिकेट एकेडेमी र टीकापुर क्रिकेट क्लबले लगातार दोस्रो जित पाएका छन् । धनगढीले शुक्रबार रोयल राइजिङ क्लबलाई ४९ रनले हरायो ।
2
उद्यमी तथा सरकारको सहकार्यमा राजधानीको दक्षिणकालीमा फुटवेयर औद्योगिक क्षेत्र बन्ने भएको छ । यसका लागि उद्योगीले जग्गा खरिद प्रक्रिया सुरु गरेका छन् ।
0
क्रोएसियाका मारिन सिलिचलाई पराजित गर्दै रोजर फेडेररले सिजनको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको उपाधिमाथि कब्जा जमाएका छन् । यो उनको करियरको २० औं ग्रान्डस्लाम हो । 
2
झापाकी गंगा विकको उपचार राजधानीको नर्भिक अस्पतालमा सुरु भएको तीन महिना पुगिसकेको छ । अब थप उपचार गर्न उनीसँग पैसा पुग्दैन । त्यसो त पहिलेकै उपचारको १२ लाख रुपैयाँ पनि तिर्न बाँकी नै छ ।
0
चितवन भेट्रान्सले दोस्रो रुस्लान जावलाखेल कप भेट्रान फुटबल प्रतियोगिता जितेको छ । जावालखेल युथ क्लबको आयोजनामा सोमबार सम्पन्न फाइनलमा चितवनले फ्रेन्ड्स क्लब कुपन्डोललाई ३–० ले हरायो । 
2
ब्राजिलका अन्तर्राष्ट्रिय खेलाडी विलियनले चेल्सीमै बस्ने वाचा गरेपछि टिमलाई ठूलो उत्साह थपिएको छ । प्रिमियर लिग महारथी टोलीमा थिबाउट कोर्टियस र इडेन हाजार्ड पनि बस्नेमा भने शंका गरिएको छ ।
2
दसैंमा सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा सोमबार प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य ६ वर्षयताकै उच्च हो ।
0
निमा गुरुङ र सुमित्रा खत्रीले आइतबार यूएईस्थित शेख जायद स्पोर्टस् सिटीमा भएको छैटौं फुजैराह ओपन तेक्वान्दो च्याम्पियनसिपमा क्रमश: ५३ केजी र ७३ केजी तौलसमूहमा कांस्य पदक जितेका छन् ।
2
कमेडी जानरामा ‘अमेरिका बोइज’ निर्माणको घोषणा गरिएको छ । प्रवेश पौडेलको डेब्यु निर्देशन रहने उक्त फिल्ममा अर्पण थापा, सुनील थापा, हरिहर शर्मा, सन्दिप क्षत्री, कामेश्वर चौरासिया, सृष्टि कार्कीलगायत कलाकारको मुख्य भूमिका रहनेछ ।
1
मकवानपुरको उत्तरी क्षेत्रमा पहिलो पटक कृषि विकास कार्यालयले सामुदायिक वन समूहसँग सहकार्य गरेर अलैंची खेती सुरु गरेको छ । 
0
दिगम्बर झाको कार्यकालमा नेपाल दूरसञ्चार प्राधिकरणमा दर्जनौं आर्थिक र नीतिगत अनियमितता भएको सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनले औंल्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त प्रतिवेदन दुई महिनादेखि गोप्य राखेको छ ।
0