text stringlengths 71 459 | label int64 0 2 |
|---|---|
लामो समयपछि पुरानै लोक दोहोरी जोडी विष्णु माझी र खुमन अधिकारी एक साथ देखिएका छन् । ‘न भन नाई–नाई....’ गीतमा दुवैको आवाज एक साथ आएको छ । | 1 |
पाथीभरा गोल्डकप फुटबलको पुरस्कार राशि बढाइएको छ । लाखेजात्रा खेल सञ्चालक समितिको बैठकले उपाधि विजेतालाई ३ लाख १ हजार १ सय ११ र उपविजेतालाइ १ लाख ५१ हजार १ सय ११ रुपैयाँ दिने निर्णय गरेको हो । | 2 |
मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधिलाई सहिद स्मारक लिग च्याम्पियन मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लब शनिबार भिड्ने भएका छन् । बिहीबार दोस्रो सेमिफाइनलमा मनाङले नेपाल पुलिस क्लबविरुद्ध १–० को जित निकाल्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । | 2 |
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै इम्बोस्ड नम्बर प्लेट जडान रोकिँदा सरकारलाई प्रतिमहिना करिब ६ करोड रुपैयाँ घाटा हुँदै आएको छ । सरकारले ५ वर्षभित्र २५ लाख गाडीमा नम्बर प्लेट जडान गर्ने गरी अमेरिकी र बंगलादेशी संयुक्त कम्पनी ‘डेकाटु टाइगर’ सित सम्झौता गरेको छ । | 0 |
नेपालले सन् २०१९ मा हुने वान डे विश्वकप छनोटअन्तर्गत प्लेअफको पहिलो चरणमा पीएनजीको सामना गर्दैछ । समूह 'बी' मा चौथो भएको नेपालले समूह 'ए' को पुछारमा रहेको पीएनजीलाई पराजित गरे वान-डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रबल सम्भावना छ । | 2 |
बक्सअफिस सञ्चालन, राष्ट्रिय फिल्म नीतिको कार्यान्वयन र फिल्म प्रदर्शनको सेयर बाँडफाँडको विषयलाई लिएर फिल्म निर्माताहरू दुई सातादेखि आन्दोलनरत छन् । | 1 |
सांस्कृतिक विविधतालाई मुलुकको गहना मानिन्छ । पछिल्लो समय विभिन्न समुदाय मौलिक कला, साहित्य र संगीतको जगेर्नामा लागिपरेका छन् । शनिबार दिउँसो राजधानीमा नेवारी गीतसंगीत प्रस्तुत गरियो । | 1 |
साउन ११ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रोमियो एन्ड मुना’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ । | 1 |
दुई वर्षअघि मुलुकमा गएको विनाशकारी भूकम्पको सन्दर्भ जोडेर जापानी निर्देशक तोशिआकी इतोहले बनाएको फिल्म ‘माई लभ : प्रमिस फर काठमान्डू’ को रिलिज डेट नजिकिँदै गर्दा फिल्म युनिट मोफसलको प्रमोसनल दौडाहामा निस्केको छ । टोली राजधानीबाट शुक्रबार पोखरा प्रस्थान गरेको छ । | 1 |
करिब १० वर्षअघि अलैंची खेती थालेको भुटानले नेपालको अलैंची खेती र यसको गुणस्तरमा चासो देखाएको छ । | 0 |
‘लम्फू’ का अडियो गीतहरू सार्वजनिक भएका छन् । चारै गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । ती गीत प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेश लामा र अप्सरा घिमिरेले गाएका हुन् । | 1 |
मुलुकले आर्थिक वर्षको सुरुमै तीव्र व्यापार घाटा बेहोरेको छ । आन्तरिक उत्पादन न्यून हुनु र बढ्दो मागका कारण पहिलो महिनामै व्यापार घाटा करिब सवा खर्ब रुपैयाँ पुगेको हो । | 0 |
तीन साता लामो सांगीतिक प्रस्तुति लिएर अस्ट्रेलिया आएको नेपथ्यले तीन सहरहरूमा हाउसफुल प्रस्तुति दिएको छ। | 1 |
१ । टाइटनिक
सन् १९९७
फरक वर्गका केटाकेटीको सदाबहार प्रेमकथा हो यो । जेम्स क्यामरुन निर्देशित यस फिल्ममा लियोनार्डो डिकाप्रियोलाई गरिब आर्टिस्ट र केट विन्स्लेटलाई सम्पन्न केटीको भूमिकामा देख्न पाइन्छ । | 1 |
चौतारा साँगाचोकगढी नगरपालिका पानीचौरस्थित दीपसिन्धु बचत तथा ऋण सहकारीले ठगी गरेको भन्दै स्थानीयले मुद्दा दायर गरेका छन् । | 0 |
चीनसँगको प्रमुख व्यापारिक नाका धुन्चे–रसुवागढी सडक खण्डमा तीन साताअघि गएको पहिरोको कारण यातायात अबरुद्ध हुँदा खाद्यान्न, स्याउ तथा लत्ताकपडा बोकेका सयौं कन्टेनर बाटैमा अलपत्र परेका छन् । | 0 |
पाँच टिमको सहभागितामा उपराष्ट्रपति महिला लिग फुटबल सोमबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ । राउन्ड रोबिन लिगका आधारमा १५ साउनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफसँगै काठमाडौं र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् । | 2 |
युरोपेली च्याम्पियनका रूपमा रियल म्याड्रिडका १ हजार ११ दिनमा मंगलबार राति पूर्णविराम लागेको छ । २ वर्ष, ९ महिना र ५ दिनअगाडि रियलले छिमेकी एट्लेटिको म्याड्रिडलाई मिलानमा हराएको थियो, सन् २०१६ को फाइनलमा । | 2 |
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोट क्रिकेटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् । | 2 |
राक्सिलोहाङ वेराती तुङचु गदरी,
निक्तोमार सररर प्याङचे ल्यामसै आल्च मनहरी... | 1 |
बिहीबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक करिब सवा २५ अंकले बढयो । अघिल्लो दिनको तुलनामा २५.३० अंकले बढेर समग्र नेप्से १ हजार ३ सय ८८.३१ विन्दुमा उक्लेको छ । बुधबारको तुलनामा बिहीबार सेयर बजार १.८६ प्रतिशतले बढेको हो । | 0 |
बलिउडका स्टार किडहरू आफ्ना बाबुआमालाई नै पछयाउने क्रम बढदो छ । स्टार किडकै रूपमा आएका रनवीर कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, आलिया भट्ट, वरुण धवन अहिले बलिउडमा स्थापित भइसकेका छन् । | 1 |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई सिटिजन्स बैंकले शुक्रबार ब्रान्ड एम्बासडर (सद्भावना दूत) बनाएको छ । | 2 |
भारु पाँच करोड रुपैयाँभन्दा बढीको सामान भारतबाट आयात गर्दा अनिवार्य रूपमा प्रतीतपत्र (एलसी) खोल्नुपर्ने भएको छ । भारतसँगको व्यापारलाई वैधानिक प्राणालीमा जोडने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । | 0 |
माउरिसियो पोचेटिनोले सम्हालेको टोटेनहमले दुई ठूला गल्तीको मूल्य चुकाउँदा युभेन्ट्सले पुनरागमन गर्दै समग्रमा ४–३ को जितसहित बुधबार च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल यात्रा पक्का गर्यो । | 2 |
विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं सस्करण शनिबार सुरु हुँदै छ । सहिद मैदानमा ‘फ्लडलाइट’ मा साँझ ६ देखि ८ बजेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ ११ र थिम्पू फुटबल क्लव भुटानबीच प्रतिस्पर्धा हुनेछ । | 2 |
गुरुङ फिल्म प्रदर्शनको इतिहासमै पहिलोपटक सफलता मिलेको छ । गुरुङ भाषाको फिल्म ‘मैंरिमो’ लाई लगातार एक साता प्रदर्शनको सफलता मिलेको हो । दैनिक २ देखि ४ सो गरी १६ पटक ‘स्क्रिनिङ’ हुन सफल यो फिल्म बिहीबारसम्म नियमित थियो भने शनिबार विशेष प्रदर्शन भयो । निर्देशक भोजबहादुर गुरुङ मख्ख छन् । ‘यो नयाँ रेकर्ड हो,’ उनले भने । | 1 |
क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन सँगै युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति रियल म्याड्रिडले युभेन्टसलाई ३-० ले पराजित गरेको छ । | 2 |
तीन दशकअघि जै घाँसको व्यावसायिक खेती सुरु गरेका यहाँका गोविन्द पौडेल अहिले निराश छन् । घाँस उत्पादन गरेर पोखरा, भैरहवा र धौलागिरिका सबै क्षेत्रमा पठाएका उनलाई अहिले काम गर्न साथ नपाएको अनुभव छ । | 0 |
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को शनिबार कार्यसमितिको बैठक दुबईमा बस्दै छ । दुई दिनअघि निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभा बसेको थियो । आईसीसीकै रोहबरमा बनाइएको सल्लाहकार समितिमार्फत आएको प्रस्तावित विधान क्यानले उक्त साधारण सभाबाट हुबहु पारित गर्नुपर्ने थियो । | 2 |
दोस्रो नेपाल स्ट्रोङगेस्ट सुनीललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिता असोज १७ र १८ मा राजधानीमा आयोजना हुने भएको छ । | 2 |
मेक्सिको सीमामा पर्खाल लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्ते हालिरहेका बेला ओस्करमा भने एक मेक्सिकनले इतिहास निर्माण गरेका छन् । मेक्सिकन फिल्ममेकर अल्फान्सो कुरोंले सोमबार बिहान वितरण गरिएको ओस्करमा तीनवटा अवार्ड हात पारे । | 1 |
प्रिमियर लिग क्लब आर्सनलले मे महिनामा उनाई एमेरीलाई आर्सनलमा मुख्य प्रशिक्षकको पदमा नियुक्ति दियो । पछिल्लो २२ वर्ष उत्तरी लन्डन क्लबमा आर्सेन वेंगर भने व्यवस्थापकको भूमिकामा थिए । | 2 |
बाल नाटकहरू कस्ता हुन्छन् ? तिनका विषय के हुन् ? हामीले हेर्दै आएका बाल नाटक लोक कथा र परीहरूको कथामा आधारित हुने गरेका छन् । तर, भारतलगायत विश्वमै पनि बाल नाटकका विषयवस्तु फेरिन थालेको बताइन्छ । | 1 |
नेपाल वायुसेवा निगमले वाइडबडी विमानमा पाइलट ‘अभाव’ भएकाे कारण देखाउँदै एकसातायता दोहालगायत खाडी मुलुकमा राति हुने उडान रद्द गर्दै आएको छ । निगमसँग अहिले भएका दुईटा वाइडबडी विमानकालागि ५ जना क्याप्टेन र ६ जना कोपाइलट छन् । | 0 |
खेल मैदानमा के गरिन्छ ? खेलकुद । उत्तर दिन सबैलाई सजिलो छ । तर जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–१ मा रहेको खेलमैदान अहिले संकटमा परेको छ । | 2 |
प्रशिक्षक अरुणकुमार अर्याल र नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजु खड्का उनीहरुको क्रिकेट योगदानका लागि रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन दिन सम्मानित भएका छन् । | 2 |
आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो फिल्म ‘ढाङ्कुम’ को प्रिमियर सो भएको छ । राष्ट्रगानका रचयिता व्याकुल माइलाले ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा प्रदर्शन उद्घाटन गरेसँगै प्रदर्शन गरिएको हो । | 1 |
सप्तरीको राजविराज विमानस्थलबाट असार १ भित्रै नियमित उडान हुने भएको छ । लामो समयदेखि बन्द रहँदै आएको उक्त विमानस्थलमा पक्की धावनमार्गसहितको संरचना निर्माण भएपछि नियमित उडान हुने भएको हो । | 0 |
पाकिस्तानले दोस्रो डे नाइट वान–डे अन्तर्राष्ट्रियमा शुक्रबार राति न्युजिल्यान्डलाई छ विकेटले हरायो । तर पाकिस्तानको यो जित उसका ब्याट्सम्यान इमाम हल हकको चोटका कारण ओझेलमा परेको छ । | 2 |
‘हैट’ अर्थात् बुद्धि तामाङ । टेलिसिरियल ‘मेरी बास्सै’मा हनुमानेको थेगो । यही थेगोले बुद्धिलाई फिल्ममा एकपछि अर्को काम दिलाउँदै गयो । यद्यपि उनले ‘मेरी बास्सै’ अघि ‘कबड्डी’ जस्ता चलेका फिल्म खेलिसकेका थिए । | 1 |
अप्ठ्यारो भनिएको समयमा पनि वाणिज्य बैंकहरूले उच्च नाफा कमाएका छन् । लगानीयोग्य रकम अभाव भएको भन्दै बैंकहरू आत्तिएको र केही बैंकले ऋण प्रवाह रोकेको समयमा पनि बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको हो । | 0 |
अनुदान दिने प्रलोभनमा दुई दर्जन बढी किसानलाई ठगी गरेको खुलासा भएको छ । कृषिसम्वन्धी विभिन्न फर्म सञ्चालन गर्ने किसानहरुलाई ७० प्रतिशत अनुदान दिने प्रलोभनमा खोटाङका दुई दर्जन बढी किसानलाई ठगी गरेको हो । | 0 |
‘नाइँ मलाई थाहा छैन...’ गीतमार्फत चिनिएका गायक सञ्जीव पराजुली नयाँ एल्बमसहित उपस्थित भएका छन् । गीतकार होमनाथ न्यौपाने र संगीतकार दीपक भट्टराईसँग मिलेर उनले ‘त्यो सपना’ एल्बम तयार पारेका छन् । शनिबार आयोजित कार्यक्रममा गीतकार तथा कवि दिनेश अधिकारीले एल्बम लोकार्पण गरे । | 1 |
फिल्म वृत्तमा मूलधार र अफ–बिटको चर्चा अचेल धेरै हुन्छ । तर, दुई दशकअघि माहोल यस्तो थिएन । त्यो बेला न फिल्म बुझ्ने दर्शक पर्याप्त थिए न त राम्रा थिएटर न प्रविधि नै बलियो थियो । मूल वा फरक धार भन्ने शब्दावली नै जन्मिसकेको थिएन सम्भवत: । | 1 |
हिमालयन शेर्पा क्लबले वीरगन्जमा जारी दोस्रो विशाल स्मृति गोल्डकपअन्तर्गत आइतबारको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ४–१ गोलले पराजित गरेको छ । हिमालयन शेर्पाले नारायणी रंगशालामा पहिलो हाफमै चार गोल गरेको थियो । | 2 |
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १०९ रन मात्रै बनाउन सक्यो । | 2 |
कर्णाली प्रिमियर लिग (केपीएल) ट्वान्टी–२० क्रिकेटमा मंगलबार त्रिभुवन आर्मी, महाकाली र मध्यपश्चिम क्रिकेट क्लब विजयी भएका छन् । | 2 |
रक्सौल रेल्वे स्टेसनमा नेपाली सिमेन्ट उद्योगका लागि भारतको विभिन्न राज्यबाट ल्याइने क्लिंकरले प्रदूषण फैलाएको भनी रोक लगाएपछि पर्सा–बारा औद्योगिक करिडोरका १३ सिमेन्ट उद्योग संकटमा परेका छन् । | 0 |
तेस्रो नेपालगन्ज गोल्डकप फुटबलमा मंगलबार सुदूरपश्चिम ११ ले सरस्वती क्लब काठमाडौंलाई सडन डेथमा पन्छाउँदै सेमिफाइनल यात्रा गरेको छ । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवैबाट ४–४ गोल भएको थियो । | 2 |
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ३ हजार ४ सयभन्दा बढी कुल क्षमता हुने १९ वटा आयोजनामा सर्वसाधारणबाट झन्डै एक खर्ब रुपैयाँ उठाउने घोषणा गरेको छ । | 0 |
कतारले नेपालीसहित मुलुकका पीडित कामदारलाई तीन साताभित्र न्याय दिलाउने गरी गठन गरेको ‘श्रम विवाद समाधान समिति’ ले मार्च १८ देखि कामदारको उजुरी लिने भएको छ । | 0 |
रामे मगरले घरेलु कोर्स रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा पाँच अन्डर ६३ स्कोर गर्दै सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन बिहीबार शीर्षस्थान ओगटेका छन् । ५४ होलको समाप्तिमा ५ अन्डर १ सय ९९ को अवस्थामा रहेका उनले भुवन नगरकोटीमाथि दुई स्ट्रोकको अग्रता लिएका हुन् । | 2 |
तेस्रो नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टनमा नेपाली खेलाडीको पदक आशा सकिएको छ । बिहीबार भएको स्पर्धामा सबै नेपाली खेलाडी क्वाटरफाइनलभन्दा माथि जान सकेनन् । | 2 |
विभिन्न क्षेत्रमा दिइने ब्याज अनुदानका लागि आउँदो वर्ष सरकारले ५ अर्ब रुपैयाँ खर्चने भएको छ । उद्यमशीलता तथा सीप विकास, शैक्षिक प्रमाणपत्र धितोमा प्रवाह हुने ऋणलगायत क्षेत्रमा दिइने ब्याज अनुदानका लागि सरकारले उल्लिखित रकम खर्चिन लागेको हो । | 0 |
खेलकुद विकासका लागि प्रदेश ३ सरकारले चालु आव ०७५/०७६ मा ६० करोड ६५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । | 2 |
स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य पुस १६ सम्म सम्पन्न गर्ने प्राविधिकहरूले बताएका छन् । | 0 |
डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब बुधबार संकटा क्लबलाई २–१ ले हराउँदै बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको फाइनल पुगेको छ । पुलिसले उपाधि रक्षाका लागि फाइनलमा थ्रीस्टार र कोलकाताको दुर्गापुर स्टिल फुटबल क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । | 2 |
यो वर्ष घरजग्गा व्यवसायको वृद्धिदर लगभग स्थिर रहने एक सरकारी प्रतिवेदनले देखाएको छ । जमिनको खण्डीकरण रोक्न सरकारले नयाँ कित्ताकाटमा रोक लगाएको, राष्ट्र बैंकले यो क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गरेको र लगानीयोग्य रकम नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेपछि चालु आर्थिक वर्ष घरजग्गा व्यवसायको वृद्धिदर स्थिर हुने देखिएको हो । | 0 |
सन्दीप लामिछाने अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । उनको र कप्तान पारस खड्काको सानदार प्रदर्शनपछि नेपालले आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ मा लगातार दोस्रो जित हात पारेको छ । | 2 |
विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले एक निर्देशन जारी गरेको छ । | 0 |
नेदरल्यान्ड्ससँग अर्को साता दुई खेलको शृंखला खेलेर नेपाल वान–डे अन्तर्राष्ट्रिय क्रिकेट क्लबमा प्रवेश गर्दै छ । फेब्रुअरीमा जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा आठौं भएसँगै नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो । | 2 |
यो साता बजारमा ८० करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम ३१.८१ प्रतिशतले कम हो । | 0 |
विराटनगर भन्सार कार्यालयले राजस्व अपचलन गर्ने दुईजना भन्सार एजेन्टलाई निलम्बन गरेको छ । | 0 |
अजायी मार्टिनको ह्याट्रिकमा विकास रनिङ सिल्ड फुटबलमा मंगलबार थ्रीस्टार क्लबले घरेलु टोली नारायणगढ फुटबल क्लब (एनएफसी) लाई ३–१ ले पराजित गरेको छ ।
जितसँगै थ्रीस्टार सेमिफाइनल पुगेको हो । फाइनल पुग्नका लागि थ्रीस्टारले मनाङ मस्र्याङदीको सामना गर्नेछ । | 2 |
लालबन्दी गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४–३ ले हराउँदै एपीएफ क्लब उपाधि नजिक पुगेको छ । पहिलो हाफको नवौं मिनेटमा एपीएफका श्याम नेपालीले हानेको फ्रि–किकमा रुपबहादुर लामाले हेडबाट गोल गरेका थिए । | 2 |
विरोधका बाबजुद १४ वटा क्लबलाई अधिवेशनबाट बञ्चित गर्दै एक साताअघि प्रकाश पंज्ञेनीको अध्यक्षतामा बनाइएको नवलपरासी जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गरेर बिहीबार पुन: अर्को समिति गठन गरिएको छ । | 2 |
गायक सुगम पोखरेलकी छोरी एन्जलिनाले बाबुकै पथ पछ्याएकी छन् । उनी गायिकाका रूपमा आउँदै छिन् । उनका गीत केही दिनभित्र रिलिज हुँदै छन् । | 1 |
काठमाडौंबाट आएका आधा दर्जनभन्दा बढी कलाकारले शुक्रबार फुङलिङ बजारमा तिहारको छेकोमा कार्यक्रममार्फत स्थानीयलाई मनोरञ्जन दिएका छन् । सिमसिमे वर्षाका बाबजुद सयौं दर्शकका साथ उनीहरूले स्टेज तताउँदै दीपावलीको शुभकामना आदानप्रदान गरेका हुन् । | 1 |
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सोमबार त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै तेस्रो मदन भण्डारी गोल्डकप नकआउट फुटबलकों अन्तिम चारमा स्थान बनाएको छ । | 2 |
युक्रेनकी १५ वर्षीया मार्टा कोस्ट्युक घरेलु खेलाडी ओलिभिया रोगोस्कालाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै अस्ट्रेलियन ओपनको तेस्रो चरण पुगेकी छिन् । सन् १९९६ यता तेस्रो चरण पुग्ने उनी सबैभन्दा कान्छी खेलाडी हुन् । त्यति बेला मार्टिना हिंगिजले क्वाटरफाइनल यात्रा तय गरेकी थिइन् । | 2 |
नेपाली फुटबल टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ नियुक्त भएका छन् । बंगालादेशमा आयोजना हुने साफ फुटबल च्याम्पियनसिपका लागि एन्फाले उनलाई बिहीबार सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । | 2 |
उत्पादन अनुमति पाएको लामो समयसम्म पनि प्रगति कम देखिएका तीन दर्जन आयोजनालाई विद्युत् विकास विभागले स्पष्टीकरण सोधेको छ । | 0 |
तोकिएको समयमै नयाँ मैदानमा खेल्न नपाएको विवादलाई पन्छाउँदै टोटेनहम हट्सपरले वेम्बली मैदानमा शनिबार फुलहमलाई ३–१ ले पराजित गरेको छ । | 2 |
यूडब्लूसी इस्टका सैयद हमजा शाह पुरुषतर्फ आठौं एनएसए कप खुला तथा उमेर समूह पौडीको २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक जितेका छन् । सैयदले उक्त दूरी २ मिनेट १०.५० सेकेन्डमा पूरा गरे । | 2 |
प्रदेश १ लाई आलु उत्पादनमा आत्मनिर्भर बनाउन झापाको ग्रामीण क्षेत्रबाट उन्नत प्रकारको मूलबीउ तथा बेर्ना उत्पादन थालिएको छ । जैविक प्राविधिकहरूले टिस्युकल्चर प्रविधिबाट आलुको पूर्व–मुलबीउ (प्रि–बेसिक सिड) उत्पादन गर्न लागेका हुन् । | 0 |
बूढानीलकण्ठ नगरपालिकाले प्रदेश नम्बर ३ स्तरीय अन्तरनगरपालिका प्रथम मेयर कप बास्केटबलको उपाधि जितेको छ । | 2 |
विराटनगर टाइटन्सले टस जितेर पहिलो ब्याटिङ गर्दै काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको छ । विराटनगर पहिलो जितको खोजीमा छ । हेर्नुहोस् पहिलो इनिङका केही तस्बिरहरु । | 2 |
गायक श्री राई एल्बमसहित आएका छन् । ‘समर्पण’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त र सदस्यसचिव गणेश रसिक तथा गायिका तायाहाङमा राईले लोकार्पण गरे ।
| 1 |
विदेशमा नेपालीको गैरकानुनी लगानीबारे खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको खुलासामा मुछिएका थप केही व्यवसायीले आफ्नो बचाउ गरेका छन् । | 0 |
स्ट्यान्डअप कमेडीलाई नयाँ ढंगले पस्कने सुरुवात स्वरूप भिम्यागले सञ्चालन गरेको माइक ड्रपको पहिलो सिजनको साँझ फाइनल आइतबार सकिएको छ । अन्तिम प्रस्तुतिमा ६ जना कलाकारहरू एलेनजंग थापा, मयूर गोयल, प्रनेश गौतम, श्रद्धा बर्मा, विशाल गौतम र सजन श्रेष्ठले आआफ्ना हास्य प्रस्तुति दिएका थिए । | 1 |
‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ...’ । नारायणगोपालको यो सदाबहार गीत गुनगुनाउने प्रशस्तै छन् । स्वर हुनेका लागि गाउँदाको आनन्द पक्कै पनि बेग्लै हुन्छ । तर, अलिकति पनि लय हाल्न नजान्नेले चाहिँ मन परेको गीत के गर्लान् ? | 1 |
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा चेल्सीले चीर प्रतिद्वन्द्वी आर्सनललाई घरेलु मैदानमा ३-२ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा ४ गोल सम्भव भएको थियो । | 2 |
चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा मूल्यवृद्धिको मात्रा अरु क्षेत्रको तुलनामा बढी छ । | 0 |
फिल्म ‘डायरी’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ । रिभेन्ज लभ स्टोरीमा आधारित भनिएको उक्त फिल्मको साढे दुई मिनेट लामो ट्रेलर पनि एक्सनप्रधान बनाइएको छ ।
| 1 |
दुई वर्षमा फिक्स्ड ब्रोडब्यान्डका उपभोक्ता तीन गुणाले बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपालका कुल इन्टरनेट प्रयोगकर्तामध्ये फिक्स्ड ब्रोडब्यान्डका करिब २० प्रतिशत छन् । | 0 |
फागुन २६ गते शनिबार टुँडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन आउन लागेका बलिउड अभिनेता सलमान खानको नेपाल आगमन स्थगित भएको छ । | 1 |
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार टोटेनहम हट्सपरले बर्नमाउथलाई ४–१ ले पराजित गरेको छ । | 2 |
अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पाले स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचन चाँडै गर्न माग गरेका छन् । | 2 |
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना पदाधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाएका चार जिल्ला संघका अध्यक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । | 2 |
टाढाबाट हिमालको सौन्दर्य नियाल्दा जति आनन्द आउँछ, नजिकबाट यसलाई बेहोर्न उत्तिकै कठिन । झन् हिउँ, चिसो र विकटता झेलेरै सिंगो जीवन बिताउन बाध्य हिमाली समुदायको अँध्यारा पाटाहरू कस्ता होलान् ? मण्डला थिएटरमा नियमित मञ्चन भइरहेको ‘कालापत्थर माथि’ ले हिमाली जनजीवनको यस्तै अँध्यारो पाटोलाई उधिन्ने कोसिस गरेको छ । | 1 |
कर असुलीका लागि एनसेलको सम्पत्ति र दायित्व लेखापरीक्षण गर्न सरकारले आह्वान गरेको प्रस्तावमा दुई विदेशी कम्पनीले इच्छा देखाएका छन् । | 0 |
दीपक तिमल्सिना र ठाकुर श्रेष्ठले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलमा स्वर्ण पदक जितेका छन् । राष्ट्रिय पारा भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ ५४ केजीमा दीपक र ६५ केजीमा ठाकुर विजेता भए । | 2 |
चितवन राइनोज नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । चितवनले आइतबार भएको इलिमिनेटरमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्यो ।
टस जितेर व्याटिङ रोजेको काठमाडौं रोयल्स सन्नी पटेलको एकै ओभरमा ३ विकेटपछि १९.३ ओभरमा ९४ रनमा धराशयी भएको थियो । पोखरा रंगशालाको क्रिकेट मैदानमा चितवनले १८.२ ओभरमा लक्ष्य पुरा गर्यो । | 2 |
बंगलादेशले शनिबार माल्दिभ्समाथि गोलको वर्षा गर्दै ९–० को जित निकालेको छ । तीन टिम रहेको समूह ‘ए’ मा माल्दिभ्स लगातार दुई खेलमा हारेपछि आयोजक नेपाल र बंगलादेशको एक खेलअगावै सेमिफाइनल यात्रा निश्चित भयो । | 2 |
दक्षिण कोरियाको पोहाङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले पुरुष टिम फाइटमा स्वर्ण पदक जितेको छ । | 2 |
फिल्म ‘लभ लभ लभ’ रिलिजको दुई सातामै सोही टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । निर्माता शर्मिला पाण्डेले निर्देशक दीपेन्द्र के खनाललाई नै लिएर शुक्रबार मेगा प्रोजेक्टको घोषणा गरेकी हुन् । शीर्षक निश्चित गरिनसकेको उक्त फिल्म स्थलमार्ग हुँदै अवैध रूपमा अमेरिका छिर्न खोज्ने नेपालीहरूको कथा समेटिएको बताइएको छ । | 1 |
विश्व क्रिकेटमा फरक पहिचान बनाएको लर्डस् क्रिकेट मैदानमा नेपालले फेरि खेल्ने भएको छ । | 2 |
शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । | 2 |
नारायणगोपालको २७ औं स्मृति दिवस अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरिए । संगीतकर्मीहरूले आआफ्नै तौरतरिकाले स्वरसम्राट्लाई स्मरण गरिरहँदा महाराजगन्जस्थित उनकै निवासमा पनि समारोह आयोजना गरियो । त्यहाँ नयाँ र अग्रज संगीतकर्मीको बाक्लो उपस्थिति थियो । | 1 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.