text stringlengths 71 459 | label int64 0 2 |
|---|---|
विलियम शेक्सपियरपछि कुनै बेला सबैभन्दा बढी पढिएका लेखक थिए ओस्कार वायल्ड । सौन्दर्य सिद्धान्तले भरिएका उनका कविता र नाटकहरू सन् १८९० को दसकमा बेलायतमा औधि लोकप्रिय भए । | 1 |
जातीय विभेदविरुद्धको कथामा गुरुङ भाषाको फिल्म ‘मेदों’ (सिट्ठा) बन्ने भएको छ । बेंसीसहरमा हालै फिल्मको शुभमुहूर्त गरिएको छ । | 1 |
गत साता स्टक एक्सचेन्जमा सेयरको कारोबार बढेको छ । स्टक एक्सचेन्जका अनुसार सातामा एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयर खरिद–बिक्री भएका छन् । | 0 |
सोमबार सेयर बजारमा सुधार देखिए पनि त्यो मंगलबारसम्म पनि टिकेन । यही कारण मंगलबार नेप्से करिब सवा ७ अंकले ऋणात्मक रह्यो । अघिल्लो दिन करिब साढे ७ अंकले बढेको नेप्से मंगलबार ७.१७ अंकले घटेर १ हजार १ सय २.५६ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.६५ प्रतिशतले कम हो । | 0 |
नेपालमा अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजियम (सम्मेलन) हुने भएको छ । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सक्रियतामा कात्तिक ११ देखि १३ सम्म हुने सम्मेलनमा नेपालसहित १० मुलुकका ३ सय जनाले सहभागिता जनाउने आयोजकले बतायो । | 0 |
उखु किसानलाई भुक्तानी गर्न ढिलाइ गर्दै आएका चिनी उद्योगीप्रति सरकार लचिलो भएको छ । भुक्तानी नदिने उद्योगीलाई प्रक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको निर्देशन सच्च्याउँदै सरकारले लचकता देखाएको हो । | 0 |
खुला बजार तथा विश्वव्यापीकरणले साना मुलुकहरूलाई पुर्याएको फाइदा चाडपर्वहरूबाट झल्किन्छ । अझ आधुनिक सञ्चार प्रविधि र सामाजिक सञ्जालले संसारका जुनसुकै कुनामा पुगेको भए पनि सँगसँगै भएको महसुस गराउनु अर्को रोचकता हो । | 1 |
मुलुकमा नेपाली भाषापछि धेरै बनेका भाषाभाषीका फिल्ममा गुरुङ फिल्मको संख्या धेरै छ । गुरुङ भाषाका कुनै पनि फिल्म पोखरा आइपुगेनन् भने तिनको निर्माणले सार्थकता नपाउने सिनेकर्मीहरूको भनाइ छ । पछिल्लोपटक बनेको भाषा र संस्कृतिमा आधारित गुरुङ फिल्म ‘मैंरिमो’ (सम्झिरहेछु/मिस यु) को प्रदर्शन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । | 1 |
कुनै समय प्रदेश १ का जिल्ला ‘अन्न भण्डार’ भनेर चिनिन्थे । त्यसबेला मोरङ, सुनसरी र झापालगायत जिल्लामा धान र अन्य खाद्यान्न प्रशस्तै उत्पादन हुन्थ्यो । स्थानीय माग पूरा गर्ने मात्र होइन निकासी पनि हुने गरेको थियो । अचेल यो अवस्था छैन । | 0 |
लन्डनमा आयोजना गर्न लागेको बक्सअफिस फिल्म फेयर अवार्डले आइतबार विधागत उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । स्थानीय थर्ड आई संस्थाको पहलमा असार १७ मा हुने उक्त अवार्डका लागि २८ विधागत उत्कृष्ट अवार्ड र १५ पब्लिक च्वाइस मनोनयन रहेका छन् ।
| 1 |
विद्युत् विकासले स्पष्टीकरण सोधेका अधिकांश जलविद्युत् आयोजना प्रवद्र्धकले प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारण आयोजना निर्माणमा ढिलाइ गरेको स्पष्टीकरण पेस गरेका छन् । | 0 |
साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालय कलेज एन्ड स्कुलले प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । साइपाल प्लस टु सिनियर ब्वाइज, न्यु भिजन सिनियर गल्र्स र हिमालय जुनियर ब्वाइजमा च्याम्पियन बने । | 2 |
बलिउड अभिनेत्री विद्या बालनलाई विशुद्ध भारतीय सौन्दर्यकी प्रतिमूर्ति मानिन्छ । यो अचेलको कुरा हो । उनै विद्यालाई कुनै बेला निकै कुरूपमा मानिन्थ्यो रे ।
| 1 |
सहकारी संघसंस्थाको नियमन गर्नुपर्ने व्यक्ति नै सहकारी संघका सञ्चालक छन् । जिल्लाभरका सहकारीहरूको छाता संस्था जिल्ला सहकारी संघमा जनप्रतिनिधिकै बोलवाला छ । संघको कार्यसमितिमा ४ वडा अध्यक्षसहित ५ जना जनप्रतिनिधि छन् । | 0 |
नेपाली राष्ट्रिय महिला टोलीका प्रशिक्षक विनोद दास एसियाली क्षेत्रबाट एउटा टिममात्र छनोट गर्ने आईसीसीको नियमले नेपालले नोक्सानी बेहोर्नुपरेको बताएका छन् । टान्टी–२० र एकदिवसीय विश्वकपका लागि थाइल्यान्डमा बुधबार सम्पन्न एसियाली छनोटमा दोस्रो भएपछि नेपाल ग्लोबल क्वालिफायरमा छनोट हुन असफल भयो । | 2 |
बलिउड बक्स अफिसमा ‘बागी–२’ ले यतिबेला धूम मच्चाएको छ । सस्पेन्स, थ्रिलर र एक्सनले भरिपूर्ण फिल्म बागी–२ ले दुई दिनमै ४५ करोड भारु कमाई गरेपछि फिल्मका नायक टाइगर श्राफको सबैतिर चर्चा बढेको छ । | 1 |
रेडियो कान्तिपुरले बर्सेनि आयोजना गर्दै आएको ‘होली हंगामा’ कार्यक्रमलाई यसपालि पनि निरन्तरता दियो । पुलचोकस्थित भूतपूर्व सैनिक भवनमा रेडियोकर्मी, कलाकार र रेडियोका श्रोताहरू एकत्रित भई होली खेले । रङ र पानी छ्यापाछ्याप गर्दा माहोल चम्कियो । | 1 |
श्याम तमोटको रचना र संगीतमा गायक रामेश, रायन, मञ्जुललगायतले गाएको ‘गाउँ गाउँबाट उठ...’ लाई अब नेपथ्य ब्यान्डको भर्सनमा सुन्न सकिनेछ । समूहले हालै यसको भिडियो पनि सार्वजनिक गरेको छ । तमोटले लेखेको ‘संकल्प गीत’ का रूपमा लोकप्रिय सिर्जनालाई ब्यान्डले लामो समयदेखि आफ्ना कन्सर्टमा सुनाउँदै आएको थियो । | 1 |
सांगीतिक समूह नेपथ्यले डालसमा कन्सर्ट गर्दै यस वर्षको अमेरिका यात्राको पहिलो शो गरेको छ । झन्डै २५ सय दर्शकलाई नेपथ्यले लगातार दुई घण्टाको सांगीतिक मनोरञ्जन दिएको थियो । | 1 |
मोहम्मद सलाहले लिभरपुललाई पुन: इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुर्याएका छन् । लिभरपुलले आइतबार पुछारमा रहेको फुलहमलाई एनफिल्डमा २–० ले पराजित गर्यो । | 2 |
नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो । | 2 |
किसानले परल लागत बराबर पनि दूधको मूल्य नपाएका गुनासो गरेका छन् । सहकारी संस्था, डेरी उद्योगीले उचित मूल्य दिएको दाबी गरे पनि किसानले भने मूल्य पाएका छैनन् । | 0 |
यहाँका ग्रामीण क्षेत्रमा चल्ने बस र जिपले लिँदै आएको भाडा घटाइएको छ । ग्रामीण क्षेत्रमा सञ्चालित यात्रुबाहक सवारीसाधनले चर्को भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा बसेको जिल्ला भाडादर निर्धारण समितिको बैठकले भाडा समायोजन गरेको हो । | 0 |
लकिङ गरेको टयांकरबाट करिब २ हजार ५ सय लिटर डिजेल चोरी भएको प्रकरण जटिल बन्दै गएको छ । | 0 |
पहिलो दुई दिनको उत्कृष्ट लय जारी राख्दै भारतले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको अन्तिम दिन टिम इभेन्टतर्फ दुवै स्वर्ण जितेको छ । पुरुषतर्फ पाकिस्तानलाई हराएको भारतले महिलातर्फ घरेलु टोली नेपालमाथि वर्चस्व राख्दै स्वर्ण जित्यो । भारतले व्यक्तिगत स्पर्धाको महिलातर्फ सबै ७ स्वर्ण र पुरुषमा ३ स्वर्ण जितेको थियो । | 2 |
नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रबार सिंगापुरसँगको खेल वर्षाले रद्द गरेपछि नेपाल च्याम्पियन भएको हो । राउन्ड रोबिन लिगको अन्तिम खेल अगाडि नेपाल र सिंगापुरको दुवैको १० अंक थियो । तर सिंगापुर भन्दा नेपाल रनरेटमा अगाडि थियो । | 2 |
सरकारको नेतृत्व गर्ने दलले कार्यकर्ता पाल्ने थलोका रूपमा उपयोग गर्दै आएको मुलुकको जेठो उद्योग विराटनगर जुट मिल्सको १० करोडभन्दा बढीको मेसिनरी सामान अवैध रूपमा बिक्री भएको छ । | 0 |
चकलेटी नायकका रूपमा ‘मेरो एउटा साथी छ’ बाट फिल्म यात्रा थालेका आर्यन सिग्देल त्यसपछिका केही वर्ष युवा दर्शकको ढुकढुकी नै रहे । जसै अनमोल केसी, प्रदीप खड्का र पल शाह मार्काका विकल्प बजारमा देखिए, आर्यन बिस्तारै छेउ लागे । | 1 |
विग इभेन्ट नेपालद्वारा धरानमा आयोजित दोस्रो मिस प्लस टुको ताज संगिना श्रेष्ठले जितेकी छिन् । आइतबार भएको उक्त प्रतियोगितामा २२ प्रतिस्पर्धीलाई उछिन्दै उनले मिस भ्युअर्स च्वाइस र मिस पर्सनालिटिको टाइटल अवार्ड पनि जितेकी छन् । | 1 |
कर्णालीको हावापानी सुहाउँदो भएकोले स्पर स्याउ उपयुक्त भएको अनुसन्धानले देखाएको छ । बागबानी अनुसन्धान केन्द्र राजीकोटले उक्त स्याउ स्थानीय किसानको लागि सिफारिस गरेको छ । | 0 |
एपीएफकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट प्लेयर अफ द इयर अवार्डबाट सम्मानित भएका छन् । | 2 |
कालो र रातो पहिनमा सजिएका २६ युवती मञ्चमा एकनासले उभिएका थिए । उनीहरूले पालैपाले आ–आफ्नो एकल अभिनयमार्फत अंग्रेजी संवादमा माथिका यस्तै भाव अपिल गरिरहेका थिए । महिला माथि हुने हिंसाविरुद्ध रहेक वर्ष नारा, जुलुस र भाषण गरेर खबरदारी गर्ने गरिन्छ । | 1 |
नेपाली चलचित्रमा नामै काफी छ धिरेन शाक्य । एक जमानाका लोकप्रिय स्टार अचेल अभिनयभन्दा आफ्नै फिल्म प्रोडक्सन कम्पनी चलाउन व्यस्त छन् । बचेको समय चाहिं म्यूजिक भिडियोतिर । | 1 |
भारतीय ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण साना जलविद्युत् उपभोक्ता समिति जुम्लाको विद्युत्गृहमा रहेको टर्बाइन जडानको काम अलपत्र परेको छ । एक महिनाभित्र टर्बाइन जडान गरेर विद्युत् सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको भए पनि अहिलेसम्म मर्मत कार्य नसकिँदा जुम्लाबासी अध्याँरोमा बस्न बाध्य छन् । | 0 |
संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा प्रस्तावित १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । | 0 |
थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । | 2 |
नेपाल र भारतको सीमावर्ती क्षेत्रमा हुँदै आएको गैरकानुनी (विदेशी) बिमा कारोबार नियन्त्रण गर्न अर्थमन्त्री युवराज खतिवडाले निर्देशन दिएका छन् । | 0 |
यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । | 2 |
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार वान–डे अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शीतल निवासमा भेट गरी बधाई दिएकी छन् । नेदरल्यान्ड्सविरुद्धको दुई खेलको शृंखलामा नेपालले दोस्रोमा जित हात पार्दै शृंखला बराबरी गरेको थियो । | 2 |
रोडिज सिरिजको नेपाली संस्करणको पहिलो एपिसोड आजदेखि प्रसारण हुने भएको छ । रोमाञ्चकारी तथा ‘रगेड’ शैली अपनाएको रोडिजको एउटा भिन्नै पहिचान छ । | 1 |
नेपाल आयल निगमले तिहार बिदामा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त इन्धन उपलब्ध गराएको जनाएको छ । | 0 |
कपडा उद्योगीहरुले शनिबारबाट मंसिर ७ गतेसम्म मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द गरेका छन्। सरकारले ल्याएको आर्थिक एन मार्फत उद्योगहरुलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्यागीहरुले सांकेतिक विरोध स्वरुप उद्योग बन्द गरेका हुन् । | 0 |
सन् २०२० ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ । | 2 |
उपभोक्ता हितलाई कमजोर बनाउने गरी सांसदहरूले प्रस्तावित ऐनमा संशोधन पेस गरेका छन् । सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले प्रस्तावित ऐनमा व्यवस्था गरिएको कालोबजारीलाई सजाय घटाउने, अनुगमनमा व्यापारीलाई नै संलग्न गराउनेलगायतका संशोधन दर्ता गराएका हुन् । | 0 |
युटयुबमा लोकप्रिय ‘फजस्केप डकुमेन्ट्री शृंखला’ को नयाँ भाग सार्वजनिक भएको छ । फज फयाक्ट्री समूहले भोजपुर पुगेर तयार पारेको उक्त म्युजिकल डकुमेन्ट्री शुक्रबार युटयुबमा अपलोड गरियो । | 1 |
बेलायत नेपाली संगीत र फिल्मका लागि उर्वर भूमि बन्दै गएको उल्लेख गरिरहनै परेन । सातापिच्छे म्युजिक कन्सर्ट हुन्छन्, फिल्म देखाइन्छन् । अचेल त नेपाली फिल्म छायांकनको रोजाइ पनि बन्दै छ बेलायत । | 1 |
सर्वाधिक पुरस्कार राशिको आदिअवादी महिला भलिबल (एभीएल) मा पहिलो दिन चितवन टाइगर्स र नेपाल पुलिस क्लब विजयी भएका छन् । | 2 |
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा तीन चिजको चर्चा भयो– मैदान । खदिलो पिच, एकनासे आउटफिल्ड र आँखै अघि हिमालका लस्कर । पोखरा रंगशाला क्रिकेट मैदानको चर्चा सर्वत्र भयो । पहिलोपल्ट क्रिकेटको भव्य प्रतियोगिता सकिएपछि पोखराले देखेको सपना हो, अन्तर्राष्ट्रिय क्रिकेट मैदान । | 2 |
प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्न नसकेको भन्दै बेलायतको एक निकायले फेसबुकलाई ५ लाख युरो (करिब ६ लाख डलर) जरिवाना गरेको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले जरिवाना गर्ने निर्णय गरेको हो । | 0 |
अन्नपूर्ण ३ दानादेखि पर्वतको कुस्मास्थित खुर्कोट सबस्टेसन जोड्ने कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभीए प्रसारण लाइन आयोजनालाई रूख काट्न वन कार्यालयले स्वीकृति दिएको छ । प्रसारण लाइनका ३० वटा टावर राख्न २.५८ हेक्टर वन क्षेत्रमा फैलिएका ११ वटा सामुदायिक वनका २ सय ८ वटा रूख काट्नुपर्छ । | 0 |
डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेका छन् । | 2 |
एसियाली विकास बैंक (एडीबी) ले प्रतिबद्धता गरेको रकमको एक चौथाइ (साढे ४१ प्रतिशत) मात्रै खर्च भएको छ । एडीबीले सन् २०१८ को ‘कन्ट्री पोर्टफोलियो रिभ्यु’ शुक्रबार गर्दै यस्तो जानकारी गराएको हो । | 0 |
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गरेको प्रदेश १ स्तरीय १० औं राष्ट्रपति रनिङ्गशिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता शनिबारदेखि विराटनगरमा सुरु भएको छ । | 2 |
‘मेरा लागि यो भन्दा ठूलो अवसर अरू हुनै सक्दैन,’ इन्डियन प्रिमियर लिग (आईपीएल) मा आबद्ध पहिलो नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो ‘डेब्यु’ खेलपछि दिएको प्रतिक्रिया हो यो । | 2 |
चेल्सीले म्यानचेस्टर सिटीलाई यस सिजनको इङलिस प्रिमियर लिगमा पहिलो पराजय चखाएको छ । चेल्सीले शनिबार राति स्टामफोर्ड ब्रिजमा सिटीमाथि २–० को जित हात पार्यो । १६ औं खेलमा
आएर सिटीले पहिलो पराजय भोगेको हो । | 2 |
फिल्मको शीर्षकै ‘पर्व’ । शुक्रबार रिलिजको पूर्वसन्ध्या पारेर बुधबार नै राजधानीको बिग मुभिजमा आयोजित ‘पर्व’ को प्रिमियर उत्सवमय बन्यो । फिल्मका टिमले पाँच सयभन्दा बढी फिल्मकर्मी, सञ्चारकर्मीसँगै बसेर फिल्म हेरे । | 1 |
आरिफ शेख, ललितसिंह भण्डारी, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की र ललितनारायण राजवंशीले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेटको अक्सनमा सर्वाधिक २ लाख ५० हजार रुपैयाँ मूल्य पाएका छन् । | 2 |
फिल्म निर्माणका लागि तीन पत्रकार एकजुट भएका छन् । फिल्म समीक्षकका रूपमा परिचित दीपेन्द्र लामा र सामीप्यराज तिमल्सिनासँगै फोटो पत्रकार श्रीधर पौडेलले ‘गोपी’ फिल्म बनाउने भएका छन् । यसबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरेलगायत कलाकार देखिनेछन् । | 1 |
चार खेलाडी परिवर्तन गर्दै नेपालले बंगलादेशमा हुने एसीसी यू–१९ एसिया कपका लागि १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रतियोगिता सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म आयोजना हुँदै छ । | 2 |
जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चंगा’ को पहिलो गीत ‘कम्पनी माला...’ रिलिज भएको छ । लोकलयको गीत राजेन्द्र थापाले लेखेका हुन् भने, संगीत राजनराज शिवाकोटीले दिएका हुन् । | 1 |
अखिल नेपाल फुटबल संघ (एन्फा) को चैत १४ मा हुने निर्वाचनका लागि महिला केन्द्रीय सदस्यमा पेमा लामा निर्विरोध निर्वाचित भएकी छन् । | 2 |
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१७ मा ३८ लाख ८७ हजार ८ सय यात्रुले ओहोरदोहोर गरेका छन् । यो विमानस्थलबाट २८ वटा विदेशीसहित ३१ वटा एयरलाइन्सले उडान र अवतरण गर्छन् । | 0 |
त्रिभुवन आर्मी क्लबले वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङको महिलातर्फ ट्रफी जितेको छ । आर्मीले ६ तौल समूहमा तीन स्वर्ण, २ रजत र १ कांस्य पदक जितेको थियो । शुक्रबार वसन्तपुर डबलीमा सम्पन्न फाइनलमा ६४ केजीमुनि तौलमा आर्मीकी पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन् । | 2 |
दुई वर्षअघिसम्म यहाँ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा जेपी र सतना ब्रान्डका भारतीय सिमेन्टको प्रयोग हुन्थ्यो । अहिले स्वदेशी सिमेन्ट प्रयोग भइरहेको छ । माथिल्लो मर्स्याङदी आयोजनाका लागि पनि सुरुमा भारतीय जेपी सिमेन्ट आयात हुन्थ्यो । पछि स्वदेशी सिमेन्टको प्रयोगबाट आयोजना सम्पन्न भयो । | 0 |
उच्च हिमाली मानव बस्तीमा छायांकन हुने जानकारीसहित नेपाली फिल्म ‘म्हेन्दू’ को बिहीबार राजधानीमा एक कार्यक्रम गरी निर्माण घोषणा गरिएको छ । | 1 |
अवसर खोज्दै विदेशिने नेपालीहरुको कथालाई समेटेर 'सपनाको देश' फिल्म निर्माण हुने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार भेटघाटमा वरिष्ठ फिल्म निर्देशक माओत्से गुरुङले अमेरिका पुगेका नेपालीहरुको भोगाइलाई लिएर फिल्म निर्माणको घोषणा गरे । | 1 |
सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि चिनीको मूल्य अकासिएको छ । व्यापारीले एक किलो चिनीको ८५ रुपैयाँसम्म लिन थालेका छन् ।मन्त्रिपरिषद्ले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । | 0 |
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको अवधिमा विद्युत्को बढी माग हुने भए पनि लोडसेडिङ नहुने बताएका छन् । उनले तिहारको बेलामा विद्युत्को माग १ हजार २ सय ७० मेगावाट पुग्ने अनुमान रहेको उनले बताए । | 0 |
सबैभन्दा कमजोर मानिएको सीवाईसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । अघिल्लो दुई संस्करणमा पहिलो चरण कटाउन नै संघर्ष गरेको अत्तरियाले शनिबार डीपीएल–३ को रोमाञ्चक फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्यो । | 2 |
यो साता बजारमा १ सय ८३ कम्पनीका सेयर खरिदबिक्री भए । तीमध्ये नौ वटा वाणिज्य बैंक र एक बिमा गरी १० कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा परे । | 0 |
जिल्लामै पहिलोपटक आयोजित मिस एन्ड मिसेस लमजुङ २०१७ को उपाधि बेंसीसहरका शर्मिला विश्वकर्मा र शोभा ठकुरीले जितेका छन् । | 1 |
एकदिवसीय अन्तर्राष्ट्रियपछि नेपालले यूएई विरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा पनि जित हासिल गरेको छ । नेपालले पहिलोपटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । यसअघि नेपालले नेदरल्याण्ड्स र हङकङसँग शृङखला खेलेको थियो । दुवैमा नेपाल पराजित भएको थियो । | 2 |
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट २०२० खेल्न तीन छनोट चरणका प्रतियोगिता पार गर्नुपर्ने भएको छ । भर्खरै मात्र वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरे पनि नेपालले एसियाका अन्य एसोसिएट राष्ट्रसँगै विश्वकप छनोटमा खेल्नुपरेको हो । विश्वकप सन् २०२० को १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म अस्ट्रेलियामा हुनेछ । | 2 |
नेपाली समाज लामो संक्रमणबाट गुज्रेको छ । राजनीति, यौन र पैसाले मान्छेलाई महत्त्वाकांक्षी बनाएको छ । महत्त्वाकांक्षा पूरा नहुँदा कतिले आत्महत्याको बाटो रोजिरहेका छन् । पोखरामा शुक्रबार प्रदर्शन भएको नाटक ‘बार्दलीको छेउबाट’ ले भने संघर्ष गर्नुपर्छ भन्छ । | 1 |
राष्ट्रिय फुटबलर विशाल राई र क्रिकेटकी रुबिना क्षेत्री झापा जिल्लाका उत्कृष्ट वर्ष खेलाडी भएका छन् । नेपाल खेलकुद पत्रकार मन्च झापा समन्वय शाखाले आइतबार बिर्तामोडमा आयोजना गरेको पहिलो झापा स्पोर्ट्स अवार्डमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर विशालले फुटबलकै योगेश गुरुङ र बुद्धिचालका भूपेन्द्र निरौलालाई पछि उपाधि जितेका हुन् । | 2 |
दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजनाले एक वर्षभित्र निर्माण सक्ने दाबी कम्पनीले गरेको छ ।
आगामी मंसिर (२०७६) भित्र निर्माण सकेर विद्युत् उत्पादन थाल्ने आयोजनाले जनाएको छ । | 0 |
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलमा आइतबार रमपम झापा ११ लाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सुरुआतमै लय गुमाउँदा झापाले छिमेकी जिल्लाको यात्रा टुंग्याएको छ । | 2 |
विराटनगर नाकाबाट सहज रूपमा व्यापार व्यवसाय सञ्चालन गर्न एकीकृत भन्सार जाँच चौकी अस्थायी रूपमा सञ्चालन गर्ने सहमति भएको छ । | 0 |
पछिल्लो पटक हलमै गएर ‘छक्का पञ्जा’ हेरेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बिहीबार साँझ ‘रातो घर’चलिचत्र हेरेका छन् । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘रातो घर’ हेर्न ओली पत्नीसहित एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ, भीम रावल, योगेश भट्टराईलगायत सिटी सेन्टरस्थित बीग मुभिज पुगेका थिए । | 1 |
सञ्चार मन्त्री गोकुल बाँस्कोटाले भनेअनुसार सेवा शुल्क आफैंले व्यहोर्ने गरी समायोजन गर्न सम्भव नभएको सेवा प्रदायकहरूको धारणा छ । इन्टरनेट सेवा प्रदायक एसोसिएसन नेपालका पूर्वअध्यक्ष विनय बोहोराले सेवा प्रदायक आफैंले १३ प्रतिशत सेवा शुल्क तिर्न सक्ने अवस्था नरहेको बताए । | 0 |
हिन्दुहरुको ग्रन्थ रामायणका लेखक बाल्मिकीविरुद्ध टिप्पणी गरेको आरोपमा पञ्जाब प्रहरीको एक टोलीले मुम्बईमा भारतीय विवादास्पत कलाकार राखी सावन्तलाई पक्राउ गरेको छ । | 1 |
भिसालगायत प्रवेषाज्ञामा भएको झन्झटिलो प्रक्रियाको कारण यस वर्ष हुम्ला भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको संख्या घटेको छ । जटिल प्रक्रिया झेल्न नसक्दा कतिपय तीर्थयात्री चीनको सीमा हिल्सा पुगेर पनि फिर्ता भएका छन् । | 0 |
मासुजस्तै स्वाद तर मासु हैन । राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा एसिया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलन तथा भेजफेस्टमा शाकाहारीहरू छक्क परे । | 1 |
जनक मावि भीरकोट राष्ट्रपति रनिङ शिल्ड खेलकुद च्याम्पियन भएको छ । लोकतान्त्रिक मैदानमा सम्पन्न प्रतियोगितामा १४ स्वर्ण, ६ रजत, ७ कांस्य पदक जित्दै जनकले शिल्ड जित्यो । | 2 |
प्रदेश ५ को मुख्य आर्थिक उपार्जन कृषि हो । यहाँको कुल उत्पादनमा ४५ दशमलव ६ प्रतिशत योगदान कृषिको छ । यो कुल कृषि उत्पादनको १८ दशमलव ४ प्रतिशत हो । सरकारले सार्वजनिक गरेको स्थितिपत्रअनुसार प्रदेश धान र तेलहन उत्पादनमा देशमै पहिलो स्थानमा पर्छ । | 0 |
पछिल्लो पटक ‘फन्को’ मा स्क्रिन सेयर गरेका सौगात मल्ल र प्रियंका कार्की यति बेला ‘फाटेको जुत्ता’ मा जोडीको रूपमा देखिने भएका छन् ।
| 1 |
डेढ दशकदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले सिभिल संरचनाको परीक्षण सुरु गरेको छ । आयोजना सञ्चालन हुनुअघि धेरै चरणको परीक्षणमध्ये सिभिल संरचनाको परीक्षण पहिलो भएको नेपाल विद्युत् प्राधिकरणका तर्फबाट आयोजना प्रमुख सुवास मिश्रले जानकारी दिए । | 0 |
निस्दी ३ स्थित खादरमा परम्परागत कुँडुले घर पर्यटकको मन लोभ्याउन सफल भएको छ । खरका छाना, एउटा ढोका, एकतले घुमारा घरहरू आकर्षक भएकाले पर्यटकहरू लोभिने गरेका हुन् । | 0 |
क्लबहरूसँगको छलफलपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग समितिले सहिद स्मारक ‘ए’ डिभिजन लिग १३ असोजदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । | 2 |
‘जय ढाका, माग्ने काका’ । हास्य कलाकार केदार घिमिरे ‘माग्नेबूढा’ ले फेसबुकमा राखेको एउटा तस्बिरमा अभिनेत्री/निर्देशक दीपाश्री निरौलाले यस्तै कमेन्ट गरिन् । दीपाले यस्तो कमेन्ट गर्नुमा माग्नेबूढाको गेटअप मूल कारण थियो । उनी अभिनयमा जति कमेडी देखिन्छन्, उस्तै प्रभाव फेसबुकमा पनि झल्काउँछन् । | 1 |
दूरसञ्चार सेवा प्रदायकहरूबाट उठ्न बाँकी बक्यौता यथाशीघ्र उठाउन संसदको विकास तथा प्रविधि समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । समितिले आइबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीलाई बोलाएर दूरसञ्चार क्षेत्रको विषयमा छलफल गरेको थियो । | 0 |
आईसीपी भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । दसैं, तिहारजस्ता चाडपर्वका कारण आयात बढेपछि यो भन्सारले असोज महिनामा बढी राजस्व संकलन गर्न सफल भएको हो । | 0 |
फिओरेन्टिनाका कप्तान एवं इटालियन डिफेन्डर डेविड एस्टोरीको होटल कोठामा निधन भएको क्लबले आइतबार जनाएको छ । | 2 |
मुलुकभित्र रहेको साना ठूला व्यापारिक र औद्योगिक प्रतिष्ठानहरूको गणना सुरु भएको छ । पहिलो पटक हुन गइरहेको उक्त गणनाको शनिबार अर्थमन्त्री युवराज खतिवडाले एक कार्यक्रमका बीच उद्घाटन गरे । | 0 |
मनाङ मर्स्याङदी क्लब नयाँ प्रायोजक सिग्नेचर ह्विस्कीसाथ जारी सहिद स्मारक लिगमा उत्रने भएको छ । मनाङले शुक्रबार दिनको दोस्रो खेलमा व्रिगेड व्वाइज क्लबसँग खेलेर ५ वर्षपछि भएको लिगमा आफ्नो यात्रा थाल्दै छ । मनाङ धेरैपल्ट लिग जित्ने टोली हो । | 2 |
एसियाड फुटबलतर्फ फाइनल खेलमा जापानलाई २–१ ले पराजित गर्दै दक्षिण कोरियाले फुटबलको स्वर्णपदक हात पारेको छ । | 2 |
अस्ट्रेलियाली बैंक वेस्टप्याकलाई नियमन निकायले २ करोड ८० लाख रुपैयाँ जरिवाना तिराएको छ । | 0 |
आयोजक टोली धरान फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै क्यामरुनी टोली डफिन्स क्लबले २१ औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि उचालेको छ । | 2 |
विभिन्न आरोह–अवरोहपछि रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अहिलेको स्थितिमा आइपुगेको छ । | 2 |
विश्वभर अहिले एक अर्बभन्दा बढी सवारी रहेको अनुमान छ । र, यीमध्ये अधिकांश पेट्रोल र डिजेलबाट चल्नेछन् तर अहिले अवस्था परिवर्तन भइरहेको छ । | 0 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.