text stringlengths 71 459 | label int64 0 2 |
|---|---|
रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणको काम निर्धारित समयमै पूरा हुने भारतीय नीति आयोगका उपाध्यक्ष राजीव कुमारले बताएका छन् । भारतको नीति तथा योजना निर्माण गर्ने उच्च संस्थाका उपाध्यक्ष कुमारले रेलमार्गका लागि उल्लेखनीय रूपमा काम भइसकेकाले तोकिएको समयमै पूरा हुने बताए । | 0 |
प्रधानमन्त्री केपी ओलीको सरकार बनेपछि इन्धनको मूल्य चारपटक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले चारपटक मूल्य बढाएको हो । निगमका अनुसार २०७४ चैत १९ गते पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा २/२ रुपैयाँ बढेको थियो । | 0 |
केही वर्षअघि सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगिता ‘दृश्यांश’ गरेको थियो । यति बेला दोस्रो संस्करणको तयारी भइरहेको छ । सर्वनाम थिएटरमा गरिएको पत्रकार सम्मेलनमा जनाइएअनुसार यसपालि निश्चल बस्नेत, अभिनाश विक्रम शाह, दीपक रौनियार र सुशील पौडेल निर्णायक रहनेछन् । | 1 |
बयलगाडा, पटिहानीका थारू समुदायले पुस्तौंदेखि चलाउँदै आए । पहिला यसको चलन व्यापक थियो । खेतमा गोबर मल लैजान र पाकेको बाली घर भित्र्याउन यसको प्रयोग हुन्थ्यो । हिउँदमा धानका बेरा गाडाभरि राखेर नारायणगढ बजार पुर्याउने गरिन्थ्यो । | 0 |
आन्तरिक गृहयुद्धका कारण दशकौंदेखि अफगानिस्तान रणभूमिमा परिणत भएको छ । विद्रोही तालिवानको कारण झनै अफगानिस्तान आतंकमा फस्दै गइरहेको छ । तर जो तालिवान बने, ती सबै रहरले बनेका हैनन् भन्ने सन्देश पस्क्यो शनिबार राजधानीमा मञ्चन गरिएको अफगानी नाटक ‘ता रेहाए’ ले । | 1 |
बैंक तथा वित्तीय संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा मौलाउँदै गएको विज्ञहरूले आैंल्याएका छन् । नयाँ योजनासहित निक्षेप संकलनको दायरा विस्तार गर्नुको साटो बैंकबीच निक्षेप खोसाखोस, ब्याजदर नियन्त्रण, आक्रामक रूपमा कर्जा विस्तारलगायत प्रवृत्ति बढेकाले वित्तीय असन्तुलनको अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ । | 0 |
‘ए’ डिभिजन टोली थ्रीस्टार क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । मंगलबार संकटा क्लबसँग १–० ले पराजित भएपछि थ्रीस्टारको अगाडिको यात्रा रोकिएको हो । | 2 |
जमाइकन गीतकार टुट्स हिबर्टका शब्दमा गायक मेटल्सले सन् १९६० को दशकमा पहिलो पटक गाएका थिए– ‘डु द रेग्गे !’ यही रेग्गे शब्द पछि विश्व संगीतमा शक्तिशाली विधाका रूपमा चर्चित भयो, सयौं रेग्गे शैलीका गीतहरू गाइए । | 1 |
अक्सनमा राम्रो भनिएका खेलाडी लिएपछि निकै बलियो देखिएको पारस खड्काको कप्तानीमा रहेको विराटनगर किङ्स पहिलो खेलमै महेन्द्रनगर युनाइटेडसँग ३३ रनले स्तब्ध भएको छ । | 2 |
‘दमक औद्योगिक क्षेत्र’ का लागि जग्गा अधिग्रहणसहित मुआब्जा वितरणको काम सुरु भएको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मुआब्जा वितरणका लागि मंगलबार दमक नगरपालिका परिसरमा कार्यालय स्थापना गरेको छ । | 0 |
नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्राउन्डेड छन् । | 0 |
अचेल फिल्मतिर लोक शैलीका गीत राख्ने चलन छ । तिनमा हिरो–हिरोइन छमछम नाचेको देखिन्छ । लोक भाका प्रचलनमा रहे पनि स्वयं लोकदोहोरी क्षेत्रबाट ‘तगडा’ गीत आइरहेको थिएन । चार वर्षअघि पशुपति शर्माको ‘मलाई अमेरिका यै...’ र अन्य केही गीतपश्चात् यो क्षेत्र आमश्रोतामाझ सुनसानझैं रह्यो । युवा पुस्ताले गुनगुनाउने भाका सुन्नमा आएन । | 1 |
भोगविलास र लिप्साका उदाहरण दिनुपरे राजा ययातिको नाम लिने गरिन्छ । महाभारतको कथामा आधारित यी ययातिलाई भने यति बेला राजधानीको शिल्पी थिएटरमा भेट्न सकिन्छ । | 1 |
सरकारी निकायको आपसी समन्वय नहुँदा औद्योगिक क्षेत्रभित्र रहेका बन्द उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन् । ११ वर्षदेखि बन्द नेपाल शान्ति वनस्पति घिउ उद्योग साल्ट ट्रेडिङले पुन: सञ्चालनमा ल्याउन खोजेको छ । | 0 |
भदौभरि नै राजधानी नारीमय बन्यो । महिनाको सुरुवातमा तीजले रौनक छर्यो भने लगत्तै सुदूरपश्चिमको गौरा पर्वले राजधानी ततायो । बुधबार भने मैथिल र थारू युवतीहरू मौलिक परिधानमा सजिएर जितिया पर्व मनाउँदै थिए । | 1 |
प्रेम मनले गर्ने हो, मनदेखि गर्ने हो । प्रेममा उँच–नीच भन्ने हुँदैन । सोमबार सार्वजनिक गरिएको फिल्म ‘भुइँमान्छे’ को ट्रेलरमा पनि यस्तै असमान उमेरका दुई विपरीतलिंगीप्रतिको प्रेम आकर्षण झल्केको देखिएको छ । | 1 |
लगालग हिट फिल्म दिन माहिर राजकुमार हिरानीको पछिल्लो निर्देशन ‘सन्जु’ को बम्पर कलेक्सनले उनलाई दर्शकको नाडी छाम्न सक्ने फिल्मकर्मीको रूपमा फेरि पनि स्थापित गराइदिएको छ । | 1 |
नेपाली फिल्ममा महिलाको चरित्र चित्रण पितृसत्तात्मक सोचभन्दा पर जान नसकेको टिप्पणी बेलाबेलामा उठ्ने गरेको छ । फिल्ममा महिलालाई सशक्त बनाउनका लागि फिल्म लेखनमै महिला आउनुपर्ने निर्देशक सुचित्रा श्रेष्ठले बताइन् । | 1 |
फिल्मका निर्माण, सम्पादन, निर्देशन र लेखन सबै विधामा अब्बल मानिएका र त्यसभन्दा बढी ट्रेनरको रूपमा आफ्नो छवि कायम गरेका दीपेन्द्र गौचनले बिहीबार राजधानीको एउटा कार्यक्रममा यहाँका फिल्म विद्यार्थीसँग दुई घण्टा अन्तरक्रिया गरेका छन् । | 1 |
‘गेट क्लोजर एन्ड स्प्रेड लभ’ भन्ने सन्देशका साथ राजधानीमा लभ फेस्ट सम्पन्न भएको छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर क्लोजअपले गरेको उक्त लभ फेस्टमा द अग्लिज ब्यान्ड, निमा रुम्बा तथा लिजेन्ड ब्यान्ड, इन्दिरा जोशी, अतृप्त ब्यान्ड, हक्र्युलिस बस्नेत, सुवानी मोक्तान तथा धर्मेन्द्र सेवान प्रस्तुत भए । | 1 |
नि:सन्तान दम्पतीको कथाव्यथा समेटिएको फिल्म ‘प्रसाद’ को बुधबार राजधानीमा प्रिमियर सो गरियो । प्रिमियरका क्रममा निर्देशक राउतले फिल्ममा ‘विवाहपछिको प्रेमसम्बन्ध र त्यसपछि सन्तान नहुँदा सम्बन्धमा आइपर्ने उतारचढाव फिल्ममा समेटिएको’ बताए । | 1 |
चिया मजदुरको पुनर्बहालीको माग गर्दै शनिबार हिले बजारमा प्रदर्शन भएको छ । गुराँसे टी स्टेटमा कार्यरत ७० बढी चिया मजदुर निष्कासित भएसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । मजदुरलाई चिया किसानले समेत साथ दिएका छन् । | 0 |
सोलु दुधकुण्ड नगरपालिका २ स्थित नागिनका टासी शेर्पाले सुरुमा मकै, आलु लगाउँथे । परम्परागत खेतीमा मिहिनेत धेरै भए पनि आम्दानी कम हुने भएपछि उनले विकल्प खोज्न थाले । त्यति मात्र होइन । खेती लगाउन समस्या भएपछि बारी नै बाँझो बस्न थाल्यो । जब उनले किवी खेतीबारे थाहा पाए । | 0 |
कुनै बेला दक्षिण अमेरिकामै सबैभन्दा धनी राष्ट्र थियो, भेनेजुएला । यहाँका कामदारहरू सबैभन्दा धेरै ज्याला पाउने भाग्यमानीमा दरिन्थे । यो सन् १९७० ताकाको अवस्था हो । त्यो बेलामा विश्वकै २० धनी देशभित्र अटाउँथ्यो । | 0 |
नेपालले एएफसी यू–१६ महिला च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह ‘ई’ को दोस्रो खेलमा शुक्रबार म्यानमारसँग ११–१ को लज्जास्पद हार बेहोर्यो । | 2 |
शुक्रबारदेखि फिल्म ‘तिमी हुन्छौ जहाँजहाँ’ रिलिज हुने भएको छ । देशभरका ७५ हलमा एकसाथ रिलिज हुन थालेको उक्त फिल्मलाई विकास बस्यालले निर्देशन गरेका हुन् । | 1 |
संकटा अतिरिक्त समयमा कोलकाताको मोहम्मडनलाई १–० ले हराएर आइतबार पाँचौं विराट गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । | 2 |
प्रिमियर लिग क्लब चेल्सीलाई आगामी दुई ‘ट्रान्सफर विन्डो’ सम्म नयाँ खेलाडी अनुबन्ध गर्न प्रतिबन्ध लागेको छ । कम उमेरका खेलाडी अनुबन्ध गर्न नपाउने नियम उल्लंघन गरेको प्रमाणित भएपछि विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार चेल्सीलाई कारबाही गरेको हो । | 2 |
यतिबेला निर्देशक शोभित बस्नेत फिल्म ‘बाबु कान्छा’ को निर्देशनमा व्यस्त छन् । फिल्म छायांकनका क्रममा यहाँ आएका उनलाई गर्मीले भने अत्याइरहेको छ । | 1 |
चौथो कटारी मेयर गोल्डकप फुटबलको उपाधि रमपम झापा ११ ले जितेको छ । पूर्व विजेता झापाले शनिबार फाइनलमा संकटा क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै ५ लाख रुपैयाँ पुरस्कार जितेको छ । झापा पहिलो संस्करणको विजेता टोली हो । | 2 |
नेपालमा ठूला आयोजना समयमै पूरा किन हुँदैनन् ? भन्ने उदाहरण खोज्न कहीँ जानु पर्दैन, दुई वर्षदेखि रुमल्लिइरहेको नेपाल टेलिकमको फोरजी विस्तार योजनालाई हेर्दा पुग्छ । | 0 |
समाज घेरैघेरोले जकडिएको छ । महिनावारी भयो, छाउको घेरो । वृद्ध र असहाय भयो, बोक्सीको घेरो । छिमेकछिमेकमा छुवाछूतको घेरो । निस्पट्ट अँध्यारोमा भूतप्रेतको घेरो । कुनै न कुनै घेरो तोड्न नसक्ने डरले हामीमा धेरथोर डेरा जमाएकै छ । | 1 |
टेलिशृंखलामध्ये ‘भद्रगोल’ अहिले सबैभन्दा लोकप्रिय छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम युटयुबमा पनि उत्तिकै हिट छ । प्राय: हरेक दिन यो ट्रेन्डिङमा हुन्छ । धेरैजसो चर्चित पाँचभित्रै परिरहेको देखिन्छ । | 1 |
टेक अर पे प्रावधानसहित विद्युत् खरिद सम्झौता गर्ने सीमा बढाइएपछि विद्युत् प्राधिकरणले ८४ अर्ब रुपैयाँ बराबरको थप विद्युत खरिद गर्नुपर्ने भएको छ । | 0 |
प्रतिनिधिसभा सांसद योगेश भट्टराईले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत विनियोजन गरेको रकम खर्च नगर्ने भनेर फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्यो । ७७ लाख रुपैयाँ छुट्टिएको नगरपालिकामा प्राथमिकताभन्दा बाहिर आफूखुसी छुटयाइएको नगरपालिकाको गुनासो छ । | 0 |
आस्था ब्यान्डका गायक नरेन लिम्बू दुर्गिश फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्म ‘लाउरे’ का लागि मुख्य भूमिकामा अनुबन्ध भएका छन् । फिल्म निर्माता सुनील रावलले गायक लिम्बूसँग हालै सम्झौता गरे । | 1 |
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणमा डिभिजन वन कार्यालय रसुवाले रोक लगाएको छ । रूख नभएको स्थानमा पनि वनको जग्गा प्रयोगको स्वीकृति नलिएको भन्दै डिभिजन वन कार्यालय रसुवाले रोक लगाएको हो । | 0 |
म्यानचेस्टर सिटी शनिबार राति पाँचौं इंग्लिस लिग उपाधिको नजिक पुगेको छ । पछिल्लो एक साताको विर्सनलायक खराब प्रदर्शनयता सिटीलाई पुनरागमन गर्दै टोटनहमलाई वेम्बलीमा ३–१ ले हरायो । | 2 |
नेपथ्यको दसौं एल्बममा समावेश ‘कुरूप अनुहार...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरुभक्तको शब्द र विक्रम गुरुङको संगीतमा नेपथ्यले प्रस्तुत गरेको उक्त गीतले एक्लो र परित्यक्त महसुस गर्ने तन्नेरी भाव अटाएको सरुभक्त बताउँछन् । | 1 |
४६ औं अतुल जयन्तीको अवसरमा अतुल स्मृति गुरुकुलले तीन संगीतकर्मीलाई सम्मान गरेको छ । वरिष्ठ कलाकार गायक कुशेश्वर राईलाई सुकर्म अतुल स्मृति सम्मान, वरिष्ठ गायक कमल क्षेत्रीलाई अतुल स्मृति गुरुकुल सम्मान र युवा तवलाबादक विदुर राजकर्णिकारलाई सतिशचन्द्र–सानुबाबा स्मृति युवा पुरस्कार–२०७४ द्वारा सम्मान गरिएको हो । | 1 |
घरेलु टोली नारायणगढ फुटबल क्लब (एनएफसी) विकास रनिङ सिल्ड आमन्त्रण फुटबलमा बुधबार एन्फा एकेडेमी काठमाडौंलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनल पक्का गरेको हो । | 2 |
लामो समयदेखि नायिका खोजीमा रहेका निर्माता रोहित अधिकारीले ‘ब्रेकअप’ का लागि शिल्पा मास्केलाई लिएका छन् । | 1 |
भुटानी शरणार्थीले अन्तर्राष्ट्रिय सितोरियो कराँते च्याम्पियनसिप आयोजना गर्ने तयारी गरेका छन् । शरणार्थी शिविर बेलडाँगीमा उनीहरूले डिसेम्बर १६ र १७ मा गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेको जनाएका छन् । | 2 |
अस्ट्रेलियाका सबै सहरमा हुन लागेको सांस्कृतिक प्रस्तुतिका लागि नेपाल आइडललगायतका कलाकारहरू यहाँ आइपुगेका छन् । | 1 |
दशकयताकै ठूलो हिमपातका कारण बझाङका किसानहरू हर्षित भएका छन् । हिमपात नहुँदा खेतीपातीमा असर पर्न थालेकामा चिन्तित किसानहरू माघमा पटकपटकको बाक्लो हिमपातले खुसी भएका हुन् । | 0 |
१८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पदकविहीन हुनबाट जोगाउने प्याराग्लाइडिङ टोलीलाई मंगलबार पोखरामा भव्य स्वागत गरिएको छ । | 2 |
क्यानडाको सिनियर टिममा बोलाइएपछि त्यहाँका नागरिक बनेका अल्फोन्सो डेभिसलाई बायर्न म्युनिखले अनुबन्ध गरेको जर्मन लिजेन्ड बास्टियन स्वाइन्सटेगरले बिहीबार घोषणा गरेका छन् । | 2 |
भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा अन्य दिनभन्दा भिन्न चहलपहल थियो । जब साँझ पर्दै गयो, तब हलमा तन्नेरीहरूको भीड बढदै गयो । | 1 |
प्रतीक्षित मानिएको फिल्म ‘धनपति’ ले सुटिङ अवधिमा चालू सडकलाई जबरजस्ती बन्द गराएर दृश्य खिचेको रहस्य खुलेको छ । शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा ‘धनपति’ निर्देशक दीपेन्द्र के खनालले यस्तो खुलासा गरेका हुन् ।
| 1 |
पौने तीन लाख जनसंख्याले प्रतिक्षा गरिरहेको माथिल्लो तामाकोसी जलविद्यत आयोजनाको सेयर बाँडफाड प्रक्रिया उर्जा मन्त्री वर्षामान पुनले औपचारिक रुपमा सुरु गरेका छन् । | 0 |
जिल्ला समन्वय समिति (जिसस) ले यहाँका दुई विमानस्थलमा निजी विमान कम्पनीका जहाज उडानको व्यवस्था मिलाउन नेपाल वायु सेवा निगमलाई पत्राचार गर्ने निर्णय गर्यो । जिससले निर्णय गरेकै दिन समिट एयरको जहाज सल्ले विमानस्थलमा अवतरण भयो । | 0 |
बूढानीलकण्ठ नगरपालिकाले क्वीक्स बास्केटबल लिगअन्तर्गत आइतबार बीएमसी साउथ साइडर्सलाई ६७–६६ पराजित गरेको छ । माइतीघरस्थित साउथ साइडर्सको घरेलु कोर्टमा बूढानीलकण्ठले पहिलो क्वाटरमा १४–१० को अग्रता लियो । | 2 |
दूरसञ्चार सेवा प्रदायकहरूले पूर्वाधार विस्तार नगर्दा नेपालमा दूरसञ्चार उपकरण आयात पनि घटेको छ । नेपालका टेलिकम सेवा प्रदायकहरूले २०७४ सालभरमा साढे ५ अर्बभन्दा बढीको उपकरण आयात गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वर्ष ५ अर्ब ४२ करोड २९ लाख ९६ हजारको टेलिकम उपकरण आयात भएको थियो । | 0 |
आठौं बृहत् राष्ट्रिय खेलकुदका लागि नेपालगन्ज रंगशालामा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । आउँदो वर्ष मंसिरमा हुने खेल मेलाका लागि अहिले पौडी पोखरी, सुटिङ रेन्ज र भारोत्तोलन एकडेमी निर्माणको काम भइरहेको छ । | 2 |
२३ अप्रिल २००३ मा जावेद नामक युजरले युटयुबमा ‘मी एट द जु’ शीर्षक भिडियो अपलोड गरेका थिए । यो नै युटयुबको पहिलो भिडियो हो, जसमा हालसम्म ५ करोड भ्युज छ । योपछि युटयुबमा भिडियोको बाढी आयो । | 1 |
कन्दरा व्याण्डले आफ्नो भडी गोठैमा एल्बममा समावेश गीत हिमालै मुनीको म्युजिक भिडियो सार्वजनिक गरेको छ । | 1 |
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले सवारी साधनलाई परीक्षण नगरी चलाउने गरेको पाइएको छ । | 0 |
तेस्रो संस्करणको धनगढी प्रिमियर लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने १४ जना १९ वर्ष मुनिका खेलाडीलाई दक्षिण अफ्रिका लगिने भएको छ । | 2 |
यस पटकको ओस्कार अवार्डमा सर्वाधिक दस विधामा मनोनयनमा परेर हाईहाई भएको फिल्म ‘रोमा’ ले प्रदर्शनबाट चाहिं कति कमायो होला ? विश्वको ध्यान खिच्न सफल फिल्मले पक्कै पनि दर्शक पनि मनग्गे पाएको अनुमान गर्नु स्वाभाविक नै हो । | 1 |
स्टन्टम्यान हुँदै फिल्म ‘पिँजडा’ बाट एक्सन नायकका रूपमा आएका निखिल उप्रेतीले अझै पनि एक्सन छविलाई नै निरन्तरता दिइरहेका छन् । माघ ४ मा उनको डेब्यु फिल्मकै सिक्वेलका रूपमा ‘पिँजडा ब्याक अगेन’ रिलिज हुँदै छ । | 1 |
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले खाद्य संस्थानमा भर्ती भएका अनावश्यक कर्मचारी हटाउन निर्देशन दिएका छन् । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारीसँग भएको छलफलमा उनले आपूर्ति सचिव अनील ठाकुरलाई यस्तो निर्देशन दिएका हुन् । | 0 |
नयाँ उपभोक्ता ऐन जारी भएपछि चार महिनामा सरकारले एक सय पाँच व्यावसायिक फार्मलाई जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्यांकअनुसार गत असोजमा ऐन जारी भएपछि ६ सय ३३ व्यावसायिक फार्ममा अनुगमन भएको छ । | 0 |
जानकी मन्दिर परिसर सारंगी र मुरलीको धुनले तरंगित भयो । बुधबार साँझ संगीतमय बन्यो जनकपुर । जनकपुरीयालाई छठको अवसरमा सारंगी र मुरलीको कर्णप्रिय धुनले प्रफुल्लीत बनायो । पूर्वीय शास्त्रीय संगीत र सद्भाव प्रवर्द्धनको लागि जनकपुरमा आयोजित घराना संगीत महोत्सवको प्रस्तुतिले जानकी मन्दिरमा उपस्थित दर्शकको मन थामिएन । बुधबार अबेर रातिसम्म चलेको घराना संगीत महोत्सवमा जनकपुरीयाले ठुम्का लगाए । | 1 |
नेपाल–भारत संयुक्त ऊर्जासचिवस्तरीय बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङ र विद्युत् व्यापार सम्झौताको विषयमा छलफल हुने भएको छ । नयाँ दिल्लीमा सोमबारदेखि सुरु हुने दुई देशका ऊर्जा सचिवस्तरीय बैंठक मुख्यतया प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा थाँती रहेका यिनै विषयमा केन्द्रित हुनेछ । | 0 |
धान र मकैपछि प्रमुख खाद्य बाली मध्येको कोदो भित्र्याउन यतिबेला यहाँका किसानलाई चटारो छ । आकाशमा बादल देखिन थालेपछि वर्षा हुन सक्ने भन्दै उनीहरू हतारोमा छन् । | 0 |
कास्की आर्चरी क्लबकी केशरी आलेमगरले पाँचौं लक्ष्मणकुमार स्मृति राष्ट्रिय इन्डोर आर्चरीको महिला व्यक्तिगत रिकर्भमा स्वर्ण पदक जितेकी छन् । | 2 |
मलेसियन प्रिमियर लिग क्रिकेटअन्तर्गत क्वालालम्पुरका लागि खेलिरहेका नेपाली अलराउन्डर सागर पुनले प्रतियोगिताको दोस्रो शतक बनाएका छन् । | 2 |
सरकारले मुख्य राजमार्गलाई एक्सप्रेस वेको रुपमा विकास गर्ने, रेल आयोजनाको सम्भाव्यता अध्ययन थाल्ने र व्यस्त राजमार्गमा सुरुङ बनाउनेसहितका महत्वकांक्षी योजना समेटेर सतह मार्गसम्बन्धी कार्यक्रम घोषणा गरेको छ । | 0 |
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-२ क्रिकेटको तेस्रो दिनको पहिलो खेलमा टिम चौराह धनगढीले सीवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ । | 2 |
सूर्य नेपाल गल्फ टुर २०१८–१९ को छैटौं संस्करण ‘सूर्य नेपाल च्यालेन्ज’ रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा मंगलबार सुरु हुँदै छ । | 2 |
अहिले चिसो मौसम सुरु भएको छ । बिहानीपख हत्तपत्त घाम देख्न पाइँदैन । त्यसमा पनि हुस्सुले गर्दा घामको न्यानोपन पाउन बिहानको १० नै बज्छ । मंगलबार अभिनेता सुशील श्रेष्ठलाई यस्तै समस्या आइपर्यो । | 1 |
राष्ट्रिय क्रिकेट टोलीका सबैभन्दा कनिष्ठ तर ट्वान्टी–२० अन्तर्राष्ट्रियतर्फ म्यान अफ द सिरिज बनेका अविनाश बोहराले अग्रपंक्तिमा रहँदै शृंखलाको ट्रफी बोकेका थिए । | 2 |
क्यानडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपूर्ण जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन–२ को राउन्ड रोबिनको पाँचौं तथा अन्तिम चरणको नेपाल र क्यानडाबीच बुधबारको खेलमा विजयी हुने टोली मात्र विश्वकप छनोटमा पुग्ने स्थिति थियो । | 2 |
हरियानाको गुडगाउँ र नयाँ दिल्लीको दूरी ४१ किलोमिटर छ । सन् २००३ तिर गुडगाउँको एउटा ठिटो बिहानै घरबाट निस्कन्थ्यो, सुरुमा दिल्लीको आत्मसदन कलेजमा क्लास लिन्थ्यो । त्यसपछि निजी कम्पनीमा काम गथ्र्यो । घर पुग्दा मध्यरात भइसक्थ्यो । बस सधैं ठेलमठेल । यात्रा ज्यादै कष्टकर । | 1 |
तिहार नजिकिँदै गर्दा गीतकार गायत्री लम्सालले देउसी गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । फरक शैलीको यो पूर्वेली भाका उनी आफैंले गाएका छन् । | 1 |
काठेखोला ६ का किसान बालानन्द कँडेलले दशकदेखि सुन्तलाबाट वार्षिक लाखौं कमाइरहेका छन् । आगामी दुई वर्षपछि उत्पादन दोब्बर बढाउने उनको योजना छ । | 0 |
केन्द्रीय बैंकलगायत सरकारी स्वामित्वका बैंकमा ३० वर्षे सेवा अवधि हटाउने विषयमा सर्वोच्च अदालतमा दुई दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन् । | 0 |
आठौं राष्ट्रिय खेलकुद छनोटअन्तर्गत कर्णाली प्रदेशस्तरीय फुटबलमा सुर्खेत विजयी भएको छ । बिहीबार फाइनलमा हुम्लालाई ४–२ गोलले हराउँदै सुर्खेत उपाधि हात पार्न सफल भएको हो । | 2 |
प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुलाई देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताएका छन् ।
नेपाल चलचित्र कलाकार संघले शुक्रबार राजधानीमा आयोजना गरेको ‘फान अवार्ड– २०७३’ वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको भनाइ ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन देश र समयले माग जस्तो भूमिकामा बदल्नु पर्ने बताए । | 1 |
यती एयरलाइन्सले मंगलबार तेस्रो एटीआर ७२-५०० विमान थपेको छ । योसहित अब यतीसँग सुगम रुटका लागि ९ वटा विमान भएका छन् । यससँग अहिले ६ वटा ब्रिटिस विमान जेट स्ट्रीम छन् । | 0 |
पूर्वी पहाडका किसानले यस वर्ष अम्रिसोको मूल्य पाएनन् । गत वर्ष ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको अम्रिसो यस वर्ष ४०/४२ रुपैयाँमा मात्रै बिक्री भइरहेको उनीहरूको भनाइ छ । | 0 |
चमेलिया जलविद्युत् आयोजनाले स्थानीयका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि दुई दिनदेखि जारी अनशन तोडिएको छ । शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माण भएको ३० मेगावाट क्षमताको उक्त आयोजनाले निर्माणका क्रममा स्थानीयवासीसित गरेका सम्झौताहरू कार्यान्वयन गर्ने सहमति भएपछि शनिबार अनशन तोडिएको हो । | 0 |
सरकारले विद्युत् नियमन आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइ गर्दा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्राप्त सहयोग कार्यान्वयनमा अन्योल बढेको छ । | 0 |
सागका रजत विजेता तेक्वान्दो खेलाडी वीरबहादुर महराले ६३ केजीमुनिको तौल समूहमा अफगानिस्तानका अमहद बाखसीलाई पराजित गरेर प्रिक्वाटर फाइनल चरणमा पुगेका छन् । | 2 |
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले करिब १७ वर्षपछि ‘शत्रुगते’ मार्फत नेपाली फिल्ममा पुनरागमन गरेका छन् । महजोडीकै महसञ्चारले १७ वर्षअघि ‘तँँ त साहै्र ब्रिग्रिस् नि बद्री’ बनाएको थियो । | 1 |
अभिनेत्री एमी ज्याक्सन आफ्ना पुर्खाबारे जान्न उत्सुक थिइन् । उनको यो चाहना चाँडै पूरा हुँदै छ । यसका लागि डीएनए एन्सिस्ट्री टेस्ट गराएकी छन्, जसको परिणाम केही दिनमा आउँदै छ । | 1 |
ट्युनिसियामा युथ ओलम्पिक क्वालिफाइङ प्रतियोगिता तथा वल्र्ड जुनियर तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली तेक्वान्दो टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । | 2 |
बागचौर नगरपालिका २ स्थित खरिबोटमा सय किसानलाई लक्षित गरी अदुवा र बेसार संकलन गर्न भवन निर्माण गरिएको छ । उक्त भवनलाई यी दुई वस्तुको भण्डारण र प्रशोधन केन्द्रका रूपमा उपयोग गरिनेछ । | 0 |
फिलिप कोटिन्होले बेन्चबाट मैदान प्रवेश गर्दै क्लबका लागि आफ्नो पहिलो गोल गरेपछि बार्सिलोनाले बिहीबार राति भ्यालेन्सियालाई २–० ले हरायो। यो जितपछि बार्सिलोना कोपा डेल रेको फाइलन प्रवेश गर्न सफल रह्यो। | 2 |
बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा हस्तक्षेप गरी नियन्त्रण गर्न निजी क्षेत्रले राष्ट्र बैंकसमक्ष माग गरेको छ । | 0 |
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले सन् २०२६ को विश्वकप अमेरिका,क्यानाडा र मेक्सिकोमा गर्ने निर्णय गरेको छ । | 2 |
मुलुकको प्रमुख व्यापारिक केन्द्र वीरगन्जमा चारतारे होटल सञ्चालनमा आएको छ । करिब एक अर्ब रुपैयाँ लगानीमा वीरगन्जको आदर्शनगरमा दियालो लड्र्स प्लाजा होटल सञ्चालनमा आएको हो । | 0 |
सोलुखुम्बु दूधकुण्ड नगरपालिका २ स्थित इविङमका आङनुरी शेर्पाले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ५ वर्ष भयो । सुरुमा रिच ए रेड र गोल्डेन डेलिसियस जातको स्याउ लगाए । यो स्याउ अझै फलेको छैन । फल्न अझै ६ वर्ष लाग्छ । | 0 |
इन्जुरी समयमा आयोजक माईभ्याली फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै दार्जिलिङ युनाइटेड इलाममा सुरु भएको पाँचौं माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । निर्धारित ९० मिनेटसम्म गोल नभएको अवस्थामा ३ मिनेटको इन्जुरी समयमा गोल गर्दै दार्जिलिङ युनाइटेडले जित निकालेको हो । | 2 |
ग्यास उद्योगलाई व्यवस्थित बनाउन सरकारले दुई वर्ष अघि गुणस्तर चिह्न लिनुपर्ने निर्णय गर्यो । गुणस्तर चिह्न ऐन २०३७ अनुसार बोटलिङ प्लान्टसम्बन्धी मापदण्ड (नेपाल गुणस्तर ५३३) राजपत्रमा प्रकाशित भयो । | 0 |
उत्पादित सामग्रीको बजारीकरणमा समस्या रहेकाले लघुउद्यमीहरू निराश बन्दै गएको ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । | 0 |
टंकबहादुर कार्कीले चार वर्षअघि कोरियामा नेपालका लागि गल्फमा एसियाडकै उत्कृष्ट प्रदर्शन गरेका थिए । १७ ओभर ३ सय ५ को स्कोरसहित शिवराम श्रेष्ठले सन् २००६ मा बनाएको स्कोरलाई एक स्ट्रोकले पछाडि पारेका उनको अन्तिम दिनको प्रदर्शन भने खराब रहेको थियो । | 2 |
बेलायतका नेपाली युवतीबीच गरिने एउटा सौन्दर्य प्रतियोगिता आरम्भ भएको छ । छैठौं मिस यूके नेपाल प्रतियोगिता २०१७ को पहिलो अडिसनमा शनिबार ६ सुन्दरी सहभागी भए । | 1 |
हालै अमेरिकामा सम्पन्न अभिनेता राजबल्लभ कोइरालाको विहेमा अभिनेत्री नन्दिता केसीलाई केही विशेष देखिनु थियो । त्यसका लागि दसैंदेखि नै उनले तयारी गर्दै थिइन् । के लगाउने ? बजारमा आइरहेका ट्रेन्डभन्दा फरक लुक्समा देखिनुपर्छ भन्ने नन्दिताको सोच थियो । | 1 |
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘ऐश्वर्य’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ । दिवाकर भट्टराई निर्देशित उक्त फिल्मको ट्रेलरमा एक युवतीका लागि दुई युवाबीचको टकराव देख्न सकिन्छ । | 1 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.