text stringlengths 71 459 | label int64 0 2 |
|---|---|
सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । ‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ । | 2 |
एनआरएन कथा बोकेको रोमान्टिक फिल्म ‘लिलीबिली’ ले पाँच दिनमा ४ करोड ५ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको फिल्मले गरेको व्यापार उत्साहजनक रहेको बुधबार निर्माण पक्षले दाबी गरेको छ । | 1 |
नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर विक्रम लामा अबको केही महिना फुटबल करियरको सम्भवत: सबैभन्दा ठूलो परीक्षाबाट गुज्रनेछन् । युवा अवस्थामै ढाडको समस्याले करियर सुरु नभई नै अन्त्य हुने स्थितिबाट विक्रमले यहाँसम्मको यात्रा तय गरे । तर, शनिबार बूढासुब्बा गोल्डकपको फाइनलमा दुर्भाग्यपूर्ण रूपमा खुट्टा भाँचिएपछि व... | 2 |
यसपालिको विश्वकपमा बल पोसेसन राख्ने टोलीले खेल जितेकोभन्दा हारेको बढी देखियो । फाइनलमा पनि क्रोएसियाले बल पोसेसन राखे पनि फ्रान्सले मौकाको सदुपयोगमा गोल गरेर जित दर्ता गर्न सक्यो । खेलको सुरुआती १५ मिनेट फ्रान्सले रक्षात्मक रणनीतिमा खेल्यो । | 2 |
बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो । | 1 |
आरआरश्री स्कुल अफ टेक्नोलजीले निर्माण गरेको एनिमेटेड फिल्म ‘फष्ट ब्लड’ ले ‘सम्मानजनक महिनावारी’ को विषयलाई उठान गर्ने हेतुले आयोजित छोटो भिडियो फिल्म प्रतियोगितामा पहिलो पुरस्कार जितेको हो । | 1 |
नेपाली युवाहरू कस्ता सपना देख्दै छन् ? जवाफ मिल्न सक्छ– जसरी पनि अमेरिका जाने । भएन भने अस्ट्रेलिया या जापान । खाडी मुलुक त विडम्बना नै भइहाल्यो । हरेक वर्ष अमेरिकी डीभी भर्नेहरूको पंक्तिमा लाखौं युवाहरू सामेल हुन्छन् । तर, एउटा यस्तो चिनियाँ फिल्म छ, जसले नेपाली युवाहरूलाई गजबको पाठ सिकाउन सक्छ । | 1 |
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र हजारका नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रूपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरूमा रहेको रकम यत्तिकै थन्किएको छ । | 0 |
जिल्लाका विभिन्न पाटनमा अवैध रूपमा संकलन गरेको जडीबुटी सेतो चिनीको भण्डारण गरिएको छ। | 0 |
मदन घिमिरेको निर्देशनमा ‘काउसो’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा उक्त फिल्मको मुहूर्त गरिएको छ । | 1 |
गत वर्ष व्यावसायिक कीर्तिमान कायम गर्न सफल फिल्म ‘छक्का पञ्जा’ कै टिमले बनाउन लागेको ‘छक्का पञ्जा २’ को बिहीबार मुहूर्तसँगै छायांकन थालिएको छ । | 1 |
बलिउड नायिका सोनम कपुर केही समयदेखि आफ्नो फिल्म ‘प्याडम्यान’ को कारण चर्चामा छिन् । एउटा ट्वीटले यति बेला उनलाई पुन: खबरको केन्द्रमा पुर्याइदिएको छ । उनले ट्वीट गर्दै नायिका सोनाक्षी सिन्हासँग माफी मागेकी हुन् । सोनमले ट्वीटमा सोनाक्षीलाई ‘कहिले एटिच्युड देखाएँ, याद छैन तर तपाईंलाई त्यस्तो लाग्छ भने मलाई माफ गरिदिनुहो... | 1 |
चालु आर्थिक वर्षमा वित्तीय मध्यस्तता क्षेत्रको वृद्धि झन्डै साढे ६ प्रतिशतले हुने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले हालसम्मको प्रगति र बाँकी तीन महिनाको सम्भावित गतिविधिका आधारमा उक्त प्रक्षेपण गरेको हो । बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायतको शाखा सञ्जालमा वृद्धिका साथै बचत तथा ऋण कारोबार अपेक्षित रूपमा नबढेक... | 0 |
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार एभरटनले न्युक्यासल युनाइटेडलाई १-० ले पराजित गरेको छ । | 2 |
सर्वाधिक हेरिएको म्युजिक भिडियोमा साइको ‘गङनम स्टाइल...’ लाई विज खालिफाको ‘सी यु अगेन...’ ले उछिनेको समाचार अहिले दक्षिण कोरियामा व्यापक बनेको छ । र, यही बेला ‘ब्ल्याक पिंक’ को गीत ‘एज इफ इट्स योर लास्ट...’ को चर्चा पनि बबाल नै छ ।
| 1 |
विराटनगर भन्सारबाट चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ६२ करोड ३२ लाख २१ हजार मूल्य बराबरको चिनी आयात भएको छ । साउनदेखि बैसाखसम्ममा चिनी आयातबाट ९० करोड ९ लाख ९४ हजार राजश्व असुली भएको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । | 0 |
अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । | 2 |
सरकारी रेकर्डमा दर्ता भई सञ्चालन नभएका उद्योगको छानबिन हुने भएको छ । केही उद्योगले उत्पादनको नाममा आयातित सामान नेपाली टयाग राखेर बिक्री गरेको गुनासोपश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । | 0 |
पाकिस्तानबाट नेपाल आयात हुने चिनीको परिमाणमा दोब्बर बढोत्तरी भएको छ । चालू आर्थिक वर्षको चैत महिनासम्ममा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट चिनीको आयात बढेको हो । | 0 |
यो वर्षको तिहारमा मात्र ९ करोड ९४ लाख रुपैयाँ बराबरको असर्फी (सुनको सिक्का) बिक्री भएको छ । यो तिहारअघि तीन दिनमा भएको कारोबार हो । | 0 |
डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई टाइब्रेकरमा ३–१ ले हराउँदै त्रिभुवन आर्मी क्लब सोमबार मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप फुटबलको सेमिफाइनल पुग्न सफल भएको छ । | 2 |
गत साताको भीषण वर्षासँगै आएको बाढीले डुबानमा परेका तराई क्षेत्रमा यतिबेला स्वत:स्फूर्त रूपमा समेत सर्वसाधारण र संघसंस्थाहरू राहतमा जुटिरहेका छन् । | 1 |
स्थानीय तहका विषयगत कार्यालयमध्ये कृषि सेवाका कर्मचारीका लागि कामको भार बढेको छ । कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे, मादी, रूपा गाउँपालिका र पोखरा महानगरपालिका गरी ५ स्थानीय तहमा करारसहित ११ जना कर्मचारीले काम चलाएका छन् । | 0 |
सन् २०१३ । भारतको उत्तर प्रदेश राज्यको मुजफ्फरनगर क्षेत्रमा एकाएक हिन्दु र मुस्लिमबीच तनाव बढ्न थालेको थियो । अर्को वर्ष हुने लोकसभा चुनावका लागि भारतीय जनता पार्टी (भाजपा) ले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदै थियो । भारतको सबभन्दा ठूलो राज्य उत्तर प्रदेश भाजपाको चुनावी लडाइँको केन्द्रमा थियो ।
| 1 |
सातायता अदुवाको मूल्य दोब्बर वृद्धि भएको छ । मूल्य वृद्धिले पूर्वी पहाडका अदुवा किसान र व्यापारीहरू खुसी छन् । साताअघि धरान कृषि उपज बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँ मात्र थियो । | 0 |
मदन भण्डारीको स्मृतिमा इटहरी गोल्डकप फुटबलले फेरि ठूलो प्रतियोगिताको रूप लिएको छ । सहिद स्मारक ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र कोलकाताका गरी आठ क्लब सहभागी इटहरी गोल्डकप शनिबार सुरु हुँदै छ । | 2 |
नेपाल–भारत वाणिज्य सन्धिसम्बन्धी सहसचिवस्तरीय दोस्रो बैठक बिहीबार पोखरामा सुरु भएको छ । परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सम्मिलित बैठकमा नेपाली टोलीको नेतृत्व रविशंकर सैंजु र भारतीय टोलीको नेतृत्व भुपिन्दरसिंह भल्लाले गरेका छन् । | 0 |
ललितपुर प्याट्रियटसले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि आवश्यक तीन विदेशी खेलाडीमा भारतीय खेलाडी लिएको छ । विकेटकिपर ब्याट्सम्यान जयकिशन कोल्सावाला तथा अलराउन्डरद्वय सन्नी पटेल र गौरव तोमार नेपाली क्रिकेटसँग परिचित छन् । | 2 |
ललितपुरमा जारी वार्सटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिसको महिला सिंगल्सतर्फ राणा दिदीबहिनी मायंका र माहिकासहित प्रेरणा कोइराला, अभिलाषा विष्ट सेमिफाइनलमा पुगेका हुन् । | 2 |
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन (जहाज चढ्ने र ओराल्ने ठाउँ) को निर्माण सकिएको छ । यतिबेला रनवे, टर्मिनल भवनलगायत संरचना धमाधम निर्माण भइरहेको आयोजनाले जनाएको छ । आयोजना राष्ट्रिय गौरवको हो । | 0 |
नेपालमा पर्यटन तथा शान्ति पर्यटन प्रवर्द्धनका लागि सहयोग पुर्याउने उद्देश्यले ‘द भ्याली अफ लाइट’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । | 1 |
यस वर्षको ओस्करमा सर्वाधिक दस विधामा मनोनीत हुँदै ‘रोमा’ ले उत्कृष्ट विदेशीभाषी फिल्म र निर्देशनसहित तीन विधामा अवार्ड जितेको छ । नेटफ्लिक्सबाट स्ट्रिमिङ उक्त फिल्मले ओस्करमा आधिपत्य जमाएपछि थिएटर रिलिज फिल्मलाई मात्रै प्रतिस्पर्धामा समावेश गर्ने वा जुनसुकै प्लेटफर्मबाट रिलिज भए पनि मान्यता दिने भन्ने विषय बहसमा छ । | 1 |
वीरगन्जमा जारी विशाल गोल्डकप फुटबलको दोस्रो संस्करण पनि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । | 2 |
इंग्लिस क्लब आर्सनलले बुधबार जर्मन क्लब बोरुसिया डर्टमन्डबाट फरवार्ड पिएर एमेरिक औबामेयाङलाई भित्र्याएको छ । गाबोनका २८ वर्षीय फरवार्ड औबामेयाङले सन् २०१३ मा डर्टमन्ड पुगेयता १ सय ४१ गोल गरेका थिए । | 2 |
टिम चौराह धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गरी रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको प्ले अफमा पुगेको छ । शनिबारको दोस्रो खेलमा टिम चौराह धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ७७ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा आएको रुपन्देहीले निर्धारित ८ ओभरमा ५ विकेट गुमाइ ७३ रन मात्रै बनाउन सक्यो । | 2 |
दोस्रो विश्वयुद्धका बेला अडोल्फ हिटलरले यहुदीहरूको हत्या गर्दा दुई जर्मन परिवार नेदरल्यान्ड्समा लुकेर बसे । डच नागरिककै सहयोगमा फ्रंक र भानडान परिवार एम्स्टरड्याको एउटा घरमा लुकेका थिए । | 1 |
‘माइक्रो हाइड्रोबाट बत्ती बलेपछि दियालो बाल्न छाडियो, फेरि दियालोकै भर पर्नुपर्ने बाध्यता छ’ यो भनाइ सुम्ली गाउँका कर्ण भण्डारीको हो । उनका अनुसार आर्थिक रूपमा सम्पन्न घरधुरीले सोलार प्यानल जडान गरे । तर, अधिकांश नहुनेहरूले सल्लाकै दियालो बाल्ने गर्छन् । | 0 |
काठमाडौंबाट पूर्वतर्फ हुइँकिएको बसलाई कृष्णभीरको पहिरोले रोक्छ । पहिरो हटाउन लामै समय लाग्ने बुझिन्छ । रातको समय छ । त्यही भएर यात्रुहरू थकाइ मार्न नजिकैको होटलमा पस्छन् । | 1 |
म्यानचेस्टर सिटीले जारी सिजनको इंग्लिस प्रिमियर लिग उपाधि जितेको छ । शनिबार म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा लिगको पुछारमा रहेको वेस्ट ब्रुमविच आल्बियनसँग १–० ले पराजित भएपछि सिटीको उपाधि पक्का भएको हो । | 2 |
बलिउड स्टार शाहरुख खानसँग फिल्म खेल्दिनँ भन्ने हिरोइन सायदै होलान् । तर, यही दुर्लभ कोटीमा आफूलाई उभ्याएकी छिन् कंगना रनावतले । | 1 |
चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ३४ प्रतिशतको वृद्धि हो । गत वर्ष भदौसम्म रेमिटयान्समार्फत १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो । | 0 |
मे १ लाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ । बलिउड अभिनेत्री अनुष्का शर्माचाहिँ यही दिन आफ्नो जन्मदिन सेलिब्रेट गर्छिन् । | 1 |
६ दशकभन्दा लामो समयदेखि नेपाली लोकभाकाको जगेर्नामा लागिपरेका छन् उनी । सानै उमेरदेखि पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर सयाैं लोकभाका संकलन गरेर नेपालीहरुमाझ ल्याएका उनी आफूलाई भने अहिले पनि फुटपाथको गायक मान्छन्, कुमार बस्नेत । | 1 |
सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि सार्वजनिक गरेको बजेट संघीय संसदबाट पारित भएको छ । प्रतिनिधिसभाले असार १८ मा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत बाइसौं संशोधन विधेयक पारित गरेर राष्ट्रियसभामा पठाएको थियो । | 0 |
मुलुकको ठूलो कुल जनसंख्या (करिब ८३ प्रतिशत) बिमा सेवाबाट वञ्चित छ । जनसंख्याको करिब १७ प्रतिशतमा मात्र बिमा सुविधा पुगेको बिमा समितिले जनाएको छ । | 0 |
दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसको नटआउट ६७ रनसँगै चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान बनाएको छ । | 2 |
साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिइएको पुँजीगत अनुदानलाई सेयरमा रूपान्तरण गर्ने योजनालाई प्रभावित गर्ने गरी सरकारी अधिकारीले आलटाल गरेका छन् । | 0 |
दर्शकले भरिभराउ धनगढी रंगशालामा शनिबार सम्पन्न फाइनलको निर्धारित समयभित्र दुवैले गोल गर्न सकेनन् । पेनाल्टी सुटआउटबाट विजेता छिनोफानो भयो । | 2 |
नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १ रनले विजयी भएको छ । अन्तिम बलमा २ रन चाहिएको स्थितिमा कप्तान पारस खड्काले रनआउट गरेपछि नेपाल विजयी भएको हो । | 2 |
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको डुडुवा नहर निर्माणको काम निर्धारित समयमा पूरा नगर्ने पप्पु कन्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडिएको छ । | 0 |
रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्ग सोमबार छिचोलिएको छ । १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना गोसाइँकुण्ड गाउँपालिका थुमन र टिमुरेको सिमानामा निर्माण भइरहेको छ । | 0 |
सुर्खेतले मंगलबार कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । चौरजहारी नगरपालिका–१, स्थित नाखिरा मैदानमा भएको फाइनलमा सुर्खेतले जाजरकोटलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । | 2 |
भुवन आर्मी क्लबले शुक्रबार पल्सर सहिद स्मारक ए डिभिजन लिगको विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दा संकटा क्लब मछिन्द्रमाथि २–० को नतिजा निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । | 2 |
खाद्य संस्थानले धानको समर्थन मूल्य पहिलो पटक कार्यान्वयन गरेको छ । गत मंगलबार संस्थानको सञ्चालक समितिले समर्थन मूल्य पारित गरेपछि कार्यान्वयनका लागि बाटो खुलेको हो । | 0 |
स्वदेशी केराले आयातितसँग प्रतिस्पर्धा गर्न नसकेको कारण देखाउँदै किसानहरूले भन्सार महसुल बढाएर आयातमा कडाइ गर्न सरकारसँग माग गरेका छन् । | 0 |
पोखरामा शनिबार अन्तर्राष्ट्रिय आईटीएफ सर्किट–४ टेनिस प्रतियोगिता सुरु भएको छ । ३५ वर्षमाथिको एकलमा भारतका अनिलनाथ कल्राले नेपालका मुनेष थापालाई २–६, ६–१, ६–१ को सेटमा पराजित गरेका छन् । | 2 |
बारा जिल्ला फुटबल संघको शनिबार सम्पन्न निर्वाचनमा लिग नै नखलेको क्लबलाई सहभागी गराइएको छ । निर्वाचनमा सहभागी भएका ११ क्लबमध्ये शिव शक्तिमान युवा क्लबले लिग नै नखलेको र अस्तित्वमा समेत नरहेको जिल्लाका खेलपदाधिकारीले आरोप लगाएका छन् । | 2 |
रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् । | 0 |
भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत् तार भूमिगत गर्न भारतीय कम्पनीलाई छनोट गरेको हो । तार भूमिगत गर्नेबाहेक केईआईले यो क्षेत्रको वितरण प्रणालीलाई स्वचालित बनाउने जिम्मा पनि पाउने... | 0 |
बेनीको आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रापालन व्यवसाय सुरु गरेका छन् । | 0 |
साकिरा ठूलो आर्थिक व्यवहारमा परेकी छन् । उनले स्पेनमा २० मिलियन युरो (करिब २ अर्ब ६० करोड रुपैयाँ) टयाक्स तिर्नुपरेको छ । कर छलीको आशंकामा स्पेनी एजेन्सीले गरेको अनुसन्धानपछि कोलम्बियन गायिकाले ब्यांक अकाउन्ट हल्का गर्नुपरेको हो । | 1 |
बुधबार दुइटा दिवस एकसाथ मनाइए । विश्व योग दिवस र विश्व संगीत दिवसका उपलक्ष्यमा हामीकहाँ पनि दिनभर अनेक कार्यक्रम गरिए । संगीतकर्मीहरूले बिहानैदेखि सामाजिक सञ्जालमा ‘संगीत दिवसको शुभकामना’ भन्दै स्टाटस पोस्ट गरे । कोही भने कार्यक्रम र ज्याम–अप गर्दै यो दिवस मनाइरहेका भेटिए ।
| 1 |
चितवनका फूल व्यवसायी प्रकाश पन्त दुई दिनयता भाइटीकाका लागि माला तयार पार्न व्यस्त छन् । बजारमा एकै प्रकृतिका मालाको खरिद/बिक्री भएको देखेपछि उनले भाइटीकाका लागि नयाँ माला तयार पारेका हुन् । | 0 |
भुवन नगरकोटीले रोयल नेपाल गल्फ क्लबमा तीन अन्डर ६५ खेल्दै सूर्य नेपाल काठमाडौं ओपन गल्फको पहिलो दिन मंगलबार शीर्षस्थान हासिल गरेका छन् । उनी डिफेन्डिङ च्याम्पियन रामे मगरभन्दा एक स्ट्रोक अगाडि छन् । | 2 |
मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन गरेको ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ नाम दिइएको आममाफी कार्यक्रम बिहीबार सकिएको छ । | 0 |
करिब ४ वर्षयता गाईघाट बजारका सुन व्यापारीले संस्थागत रूपमै मनपरी गर्ने निर्णय गरेको पाइएको छ । व्यपारीको छाता संगठन ‘उदयपुर सुनचाँदी व्यावसायी संघ’ को कार्यसमितिले संस्थागत निर्णय गरेरै प्रतितोला २ हजार ४ सय रुपैयाँ ज्यालाको बहानमा उठाउने निर्णय गरेका हुन् । | 0 |
सेफले मोडल नीति शाहलाई परिकार बनाउने तरिका सिकाउँदै थिए । मोडलिङमा लामो अनुभव संगालेकी नीतिलाई भने यो काम नौलो लाग्दै थियो । | 1 |
प्रतियोगिता सकिएपछि उपाधिमै रमाएर बस्ने परिपाटीबाट अलग छन्, बेलायतका सुन्दरीहरू । प्रतियोगिता चालु हुँदा उनीहरूले नेपालका लागि च्यारिटी काम गर्ने एउटा वाचा गरेका थिए, त्यो शनिबार पूरा गरे । मिस यूके नेपाल २०१६ विजेता टिमले अल्डरसटस्थित एम्पायर हलमा एक च्यारिटी डिनर कार्यक्रम गरेको हो । | 1 |
कप्तान रविन खत्रीले २३ अंक र १४ असिस्टसहित डबल–डबल प्रदर्शन गरेपछि क्वीक्स बास्केटबल लिगमा त्रिभुवन आर्मी क्लबले विशाल मिलन केन्द्र (बीएमके) लाई १११–९२ ले पराजित गरको छ । | 2 |
लेखापरीक्षण प्रणालीलाई चुस्त र गुणस्तरीय बनाउन विज्ञहरूले सुझाएका छन् । मुलुक संघीय व्यवस्था कार्यान्वयनको चरणमा रहेकाले सार्वजनिक वित्त व्यवस्थापन चुनौतीका रूपमा देखिएको र त्यसका लागि लेखा परीक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन उनीहरूले सुझाव दिएका हुन् । अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्रसम्बन्धी सम्मेलनको... | 0 |
गुणस्तरहीन घिउ उत्पादन गरी वर्षौंदेखि बिक्री गर्दै आएका सञ्चालकमध्येका एक अभियुक्तलाई थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतले दिएको छ । | 0 |
यसवर्ष मुलुकको अर्थतन्त्र झण्डै ६ प्रतिशतले विस्तार हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको मुलुकको अर्थतन्त्र बारेको राष्ट्रिय लेखा तथ्यांकले ५.८९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखाएको हो । | 0 |
नयनराज पाण्डे आख्यानका लागि चर्चित छन् । उपन्यासदेखि कथासम्म उनी उत्तिकै जमेका छन् । पश्चिम तराईको जनजीवनमाथि लेखिएका ‘उलार’ र ‘लू’ उनका मास्टरपिस हुन् । | 1 |
विनोद मगरातीको जीवनमा २०७४, असोज २८ को दिन ठूलो वज्रपात बनेर आयो । जब वैदेशिक रोजगारीका क्रममा उनी साउदी अरेबियाको जेद्दामा दुर्घटनामा परे । | 2 |
महिला भलिबलको घरेलु प्रतियोगिता हुनासाथ फाइनल यात्रा तय गर्ने सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सरस्वती चौधरी परिचित नाम हो । बाइसौं राष्ट्रिय भलिबल प्रतियोगितामा पनि उनले आफ्नो टिमलाई फाइनल पुर्याएरै छाडिन् । | 2 |
नेपाल एपीएफ क्लबले आइतबार महिन्द्रा मोटर्ससँगको सम्झौतालाई ५ वर्षका लागि नवीकरण गरेको छ । नयाँ सम्झौताअनुसार क्लबले वार्षिक ४० लाख पाउने छ । ५ वर्षसम्मको कुल सम्झौता रकम २ करोड रुपैयाँबराबरको हुनेछ । | 2 |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधरित बायोपिक चलचित्रमा परेश रावलले अभिनय गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अभिनेता रावलले मोदीको भूमिका निर्वाह गर्न लागेका हुन् । | 1 |
जनकपुर उपमहानगरपालिका–१८ भोइलस्थित सूर्य युवा क्लबले आयोजना गरेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि ओम युवा कमिटी कटरैतले जितेको छ । | 2 |
समृद्ध गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबलको महिलातर्फ समूह ‘बी’ को विजेता बनेको छ ।गोरिल्लाजले साइपाललाई ५६–२१ स्कोरले हरायो । दुवै टोली यसअघि नै सेमिफाइनल पुगिसकेका थिए । | 2 |
पाच दशकदेखि संगीत क्षेत्रमा सक्रिय गायक दीप श्रेष्ठ सम्मानित भएका छन्। उनलाई ‘हिट्स एफएम म्युजिक अवार्ड’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। ‘म पत्थरको देउता होइन...’, ‘बितेका कुराले...’, ‘म त दूरदेखि आएँ...’, ‘हररात सपनीमा...’ जस्ता गीतका गायकले ‘ठूलो र आशा राखेको अवार्ड’ पाएको भन्दै हर्ष प्रकट गरे। | 1 |
गत वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब पौने ४ सय अंकले घटेको छ । | 0 |
ताजकिस्तानको युवा टोली यू–१७ विश्वकप छनोट भएको खुसीमा रमिरहेको क्षणमा उसको सिनियर टोलीले पनि बंगलादेशमा मंगलबार नेपाललाई हराउन धेरै मिहिनेत गर्नुपरेन । | 2 |
चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले यूएईमा नेपालीको मन जितेको छ । २०७२ को भूकम्पमा परेर मुस्किलले ज्यान बचाएकाहरुमा केन्द्रित उक्त वृत्तचित्र आबुधाबी, शारजाह र दुबईमा प्रदर्शन गरिएको हो । | 1 |
भारतले ९ सय मेगावाट जडित क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाअन्तर्गतको प्रसारण लाइन निर्माणका लागि लगानी गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक मामिला समितिको बिहीबार राति बसेको बैठकले प्रसारण लाइन निर्माणका लागि सन् २०१७ को लागतको आधारमा १२ अर्ब ३६ करोड भारु (करिब २० अर्ब रुपैयाँ) को लगानी स... | 0 |
कीर्तिमानी चारपल्टको च्याम्पियन जापानलाई ३–१ ले स्तब्ध पार्दै शुक्रबार कतारले ऐतिहासिक रूपमा पहिलोपल्ट एसियन कप फुटबलको उपाधि उचालेको छ । | 2 |
दुई उत्कृष्ट टिम थ्रीस्टार र विभागीय टोली आर्मी पाँचाैं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार साँझ सहिद मैदानमा आमने–सामने हुँदै छन् । | 2 |
शीर्ष वरीयताका गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८–१९ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा सोमबार दुई स्ट्रोकको अग्रता लिँदै सुरु गरेका छन् । उनले पार ७२ को गोकर्ण गल्फ क्लबमा चार अन्डर ६८ स्कोर गरे । | 2 |
कसैको जिन्दगी कति रहस्यमय छ भन्ने थाहा पाउन लक्ष्मी राना मगरलाई हेरे पुग्छ। उनी नियतिको विचित्र लीला भोगिरहेकी छन्। ऐना हेर्दा झस्किन्छिन्। | 1 |
संसद्को अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको बक्यौता रकम एक महिनाभित्र उठाउन सरकारलाई निर्देशन दिएको छ । | 0 |
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज प्रक्रियामा अन्योल देखिएको छ । | 0 |
चार वर्षअघि हिमाली जिल्ला मनाङमा वर्णसंकर स्याउ भित्रियो । मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङमा एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी क्षेत्रफलमा खेती थालेपछि अब मनाङ पनि स्याउ उत्पादनमा मुस्ताङभन्दा कम छैन । तर, भ्राताङमा लगाइएका जात रैथाने होइन । | 0 |
मनाङको २ हजार ६ सय ३५ मिटर उचाइको तिमाङमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माणसँगै विभिन्न तालिम तथा खेल गतिविधि अघि बढाइएको छ । | 2 |
नेपाली कला क्षेत्र अहिले निकै उज्यालो छ । हाम्रो पालामा यस्तो थिएन । आम मानिसको कला चेतना पनि अहिलेको जस्तो थिएन । झन्डै ६ दशकअघिको कुरा गर्दै छु । उति बेला ल्यान्डस्केप चित्र कोर्न बाहिरतिर हिँड्यो कि भूत आएजस्तै गरेर लखेट्थे मानिस । | 1 |
मोहम्मद सलाहको अर्को उत्कृष्ट प्रदर्शनको मद्दतले लिभरपुलले युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा मंगलबार राति एएस रोमालाई ५–२ ले हराएको छ । | 2 |
गएको साता वाणिज्य बैंकहरूमा १ अर्ब मात्र निक्षेप संकलन भएको छ । अघिल्ला दुई साता सन्तोषजनक रूपमा निक्षेप बढे पनि गत साता यसको वृद्धिदरमा उल्लेख्य कमी आएको छ । | 0 |
कालीमाटी र बालाजुमा सरकारी स्वामित्वको बजारमा तरकारी र फलफूलको कारोबार गरिरहेका अधिकांश व्यापारीले तोकिएको नियम पालना गर्दैनन् । करिब ७४ प्रतिशत व्यापारीले नियम पालना नगरेको भेटिएको हो । | 0 |
चितवनको भण्डारामा किसानहरूले शुक्रबार सडकमै दूध पोखेका छन् । मूल्य घटाउन लागेको भन्दै विरोधमा सडकमा दूध पोखेका हुन् । | 0 |
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० वर्ष प्रतिबन्ध लगाएयता सोमबार गणेश थापा पहिलोपल्ट औपचारिक रूपमा मिडियासामु प्रस्तुत भए । खास कार्यक्रम उनको नेतृत्वमा गठन भएको नेपाल स्पोर्टस अर्गनाइजेसनबारे जानकारी दिन आयोजना गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव नजिक रहेको स्थितिमा पत्रकार सम्मेलन उनकै स्पष्टीक... | 2 |
नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई साेमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । | 0 |
विश्वका कतिपय नामुद फिल्म फेस्टिभलमा अभिनेत्रीले अनिवार्य हाई हिलमा उपस्थित हुनुपर्ने नियम छ । हाल जारी क्यान्स फेस्टिभल पनि यो नियमका कारण महिलावादीमाझ कुख्यात छ । जुलिया रोबर्टस् र क्रिस्टिन स्टेवार्ट यो नीति तोड्न खोज्दै छन् । | 1 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.